पोखराः आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा मनोनयन दर्तापछि विभिन्न राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी आमसभा तथा प्रचारप्रसार गर्न अनुमति दिएसँगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी सभामा जुटिरहेका छन् । यसैक्रममा प्रस्तुत छ, कास्की रुपा गाउँपालिका निवासी सुमन सुवेदीले उम्मेदवारहरुलाई सुनगाभा न्यूजमार्फत सोधेको प्रश्नः –उम्मेदवार ज्यू मतदाताको घरघरमा पुग्दा शिक्षित युवाहरु कति वैदेशिक रोजगारीमा पलायन भए, कति बेरोजगार छन् कुनै लेखाजोखा छ ? –तपाइको क्षेत्रका कति विद्यार्थीले स्नातकोत्तर गरेपछि हाल के गरिरहेका छन् भन्ने तथ्याङ्क राख्नुभएको छ ? -चुनावकै लागि परिचालित युवाहरुको उज्वल भविष्य निर्धारण गर्ने जिम्मेवारी तपाइहरुको होइन र ?
पोखरा: गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै ५ करोड संकलन गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने कुरा बताए । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु। यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवर्द्दन एवम् संरक्षणमा टेवा पुग्ने छ ।’ उनले भने । संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्ष देखि हामीले यस क्षेत्रबाट आफ्नो कला र सस्कृति जोगाउन लागिपरेका छौं। त्यसकारण हाम्रो योगदानको मुल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पें ल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु। ’ उनले भने, ‘उहाँहरुले हाम्रो यस कदममा साथ अपिल गर्न चाहान्छु ।’ महासविचले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रमपनि गर्ने योजना भएको सुनाए । त्यसै गरि संस्थाका उपाध्यक्ष सन्तोस कोन्मेले कार्यक्रममा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए । यस्ता कार्यक्रम आयोजना हुँदा कोभिड पछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाई छ । विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठुलो बजारको रुपमा लिइन्छ ।
पोखरा: मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारसँगै घरदैलो र चुनावी सभामा व्यस्त छन् । कास्कीमा ३ वटा प्रतिनिधि तथा ६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । सो अन्तरगत कास्की क्षेत्र नम्बर १ (ख) मा मादी गाउँपालिका र पोखरा महानगरपालिकाको १०, १२, १३, १४ र २८ वडा पर्छ । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा बामगठबन्धनका उम्मेदवार मनबहादुर गुरुङले नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केशीलाई पराजित गरेका थिए । तर अहिले भने एमालेको तर्फबाट वेद बहादुर गुरुङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट दीपक गुरुङ (माइला) चुनावी मैदानमा छन् । यसै क्रममा हामीले कास्कीको क्षेत्र नम्बर १ (ख) का कांग्रेस उम्मेदवार दीपक गुरुङ (माईला) सँग उम्मेदवारी दर्तापछि चुनावी एजेण्डा र योजनाका बारेमा सुनगाभा न्यूजले संक्षिप्त कुराकारी गरेका छौं: -कास्की क्षेत्र नम्बर १ (ख) मा तपाईको उम्मेदवारीपछि तयारी कस्तो हुदैछ ? उम्मेदवारीपछि मेरो चुनावी प्रचारप्रसार अन्र्तगत यस क्षेत्रमा पर्ने सबै मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छु । कोणसभा कम गरेकाले दैनिक घरदैलो कार्यक्रममा नै व्यस्त छु । तयारी तिब्र नै छ । -पछिल्लो समय दलका उम्मेदवारप्रति मतदाताको वितृष्णा जागेको देखिएको छ, यसलाई कसरी चिर्नुहुन्छ ? मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्तापछि यस क्षेत्रमा पर्ने मतदाताहरुको घरदैलोमा पुग्दै गर्दा केही वृद्धवृद्धा मतदाताहरुमा निर्वाचनमा केही वितृष्णा रहेको पाए । जति चुनाव आएपनि जितेर गएर केही गरेन खै मतदान गर्ने कि नगर्ने उहाँहरु दोधारमा रहेको पाए । यो पटकको निर्वाचनमा मैले चुनाव जितेर गएपनि उहाँको वितृष्णालाई फाल्ने गरि उहाँहरुकै साथमा नै रहेर काम गर्नेगरी मेरो क्षेत्रका मतदातासँग प्रतिवद्धता गरेको छुँ । -तपाइको चुनाव जित्ने आधार तथा एजेन्डाहरु केके हुन् ? चुनाव जितेर प्रदेश सभा छिरेर पहिला प्रदेशको सवलीकरण गर्न लाग्ने छु । प्रदेशका केही मन्त्रालय नामका मात्र रहे जसले गर्दा जनतामा वितृष्णा जागेको छ । अब पनि त्यो प्रश्न तथा वितृष्णा नरहला भन्न सकिन्न त्यसैले प्रदेशको सवलीकरण पहिलो प्राथमिकता हो । गुणस्तरीय शिक्षा मेरो अर्काे प्राथमिकताको योजना र एजेन्डा हो । कास्की क्षेत्र नम्बर १ (२) मा मादी गाउँपालिका पनि पर्दछ । यहाँबाट नयाँ पदमार्ग ट्रेकिङको सम्भावना रहेको छ । यस पदमार्गको ट्रेकिङ सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने मेरो एजेन्डा र योजना छ । मादीमा मैले पर्यटनको लागि चुनावी घोषणापत्रमा चार ‘क’ भनेको छु । कोरी, कपुचे लेक, कर्पु र क्व्होलासोथर । जुन क्षेत्रलाई पदमार्गको रुपमा विकास गर्न सकिन्छ यसलाई मैले प्राथमिकतामा राखेको छु । यी नै मेरा जित्ने आधारहरु हुन् र यतिमात्रै होइन मैले धेरै झुटा आश्वासन बाडेको छैन । मैले यति भनेको छु तपाइहरुको मतको उच्च कदर गर्नेछु । -छिमेकी जिल्ला मनाङसँग जोडिने छोटो रुट यहाँकै क्षेत्रमा पर्छ, त्यसको लागि तपाईको योजना के छ ? कास्कीको सिक्लेस हुँदै मनाङ जाने नयाँ रुट यहाँ छ । यो रुटमा पहिलो पदमार्ग विस्तार गरेर यस क्षेत्रका जनताले आर्थिक आर्जनसँगै रोजगारीको सम्भावना बढोस् भन्ने हो । यस क्षेत्रबाट मनाङ जाने रुट विस्तारसँगै यस क्षेत्रको पर्यटन विकासमा मेरो योजनामा रहेको छ । -गुरुङ जातिको उत्गमस्थलको रुपमा क्व्होलासोथरलाई मानिन्छ, यसको विकास र संरक्षणको लागि योजना छन् कि छैनन् ? मेरो चुनावी एजेन्डामा क्व्होलासोथरलाई साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्छु भनेको छु । यस क्षेत्रमा पुग्न कोरीको विकास गर्न आवश्यक छ । यस क्षेत्रका आउने अध्ययन अनुसन्धानमा आउने विज्ञले सडकले यस क्षेत्रमा असर पु¥याएको सुझाव दिएकाले पहिले पदमार्गलाई प्राथमिकता दिएको छु । -परिवर्तनको आभाष खोजिरहेका युवाहरुको जमात यहाँ क्षेत्रमा पनि धेरै छन् उनीहरुको लागि केही योजना बुन्नुभएको छ ? हो, युवाहरु भविष्यका कर्णधार मात्रै होइनन् उनीहरु वर्तमानका साझेदार पनि हुन् त्यसैले सीप भएकोलाई रोजगारमा जोड्ने र सीप नभएका युवाहरुलाई सीपसँग जोड्ने मेरो लक्ष्य छ । हजारौंको संङ्ख्यामा विदेशीने युवाहरुलाई रोक्न युवा लक्षित र रोजगारलक्षित कार्यक्रम योजनामा राखेको छु । म आफै आफ्नै क्षेत्रमा व्यवसाय गर्दै यो ठाउँमा आएको छु त्यसैले युवालाई देशमा रोजगारको ग्यारेन्टी गर्न सीपसँग रोजगार र युवासँगै सीप कार्यक्रम एजेन्डामा राखेको छु । -प्रतिपक्षका रुपमा पालिकामा टेस्टेड अनि बलिया उम्मेदवार हुनुहुन्छ उहाँलाई कसरी हेर्नुभएको छ ? उहाँले पाँच ५ वर्ष पालिका प्रमुख भएर काम गर्नुभएको छ । अहिले चुनावी घरदैलोको क्रममा मादीमा जाँदा उहाँलाई डो¥याउन हुदैन युवालाई अगाडी सार्नुपर्छ भन्ने योजना रहेको पाएको छु । त्यसैले पराजित हुने भन्दा पनि कसरी विजयी हुने भनेर घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छु । यतिमात्र नभएर मसँग विकासको योजनासँगै भिजनहरु प्रष्ट छ त्यसैले प्रतिस्पर्धालाई सहज रुपमा लिएको छ । -चुनाव जित्नुभयो भने तपाइको पहिलो काम के हुन्छ ? मैले अगाडी नै भनि सके मेरो आवाज निर्वाचित भएर प्रदेशसभामा प्रवेश पाए भने पहिलो काम प्रदेशको सबलीकरणमा मेरो आवाज उठ्ने छ । प्रदेशको सबलीकरण नभएसम्म विकासले गति लिन सक्दैन । त्यसैले सबलीकरण पहिलो प्राथामिकता हो । अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छु ? मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट साँझा उम्मेदवार भएर तपाइहरुको घर आँगनमा आएको छु । अहिले मैले गरेको बाँचा मैले पाँचभित्र नै पुरा गर्नेछु । मैले जितिसकेपछि फेरि म तपाइहरुकै घरदैलोमा आइपुग्ने छु तपाइहरुको सुझा र गुनासो जम्मा गरेर प्रदेश सभा छिर्ने छु । र प्रदेशलाई सबलीकरण गर्दै विकासको कामलाई थाल्ने छु । त्यसैले भोट दिनुहुन हार्दिक अपिल गर्दछु ।
पोखरा: मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिखेर सम्पूर्ण नेपालीको ध्यान खिचिरहेको छ । मतदाताहरूबीच प्रतिस्पर्धी दलहरूले खडा गरेका उम्मेदवारहरूको योग्यता, क्षमता, इमान्दारिता, सम्बद्ध दलहरूको घोषणापत्र र अहिलेसम्म देखिएका कमीकमजोरी केलाउने काम भैरहेको छ । उम्मेदवारहरुको गुण चर्का नारा, चर्को आलोचना र चर्का अनि पूरा हुन नसक्ने आश्वासन हुन् कि शालिनता, भद्रता अनि विधायकी भूमिकालाई राम्रोसंग बुझेर जनतामा जानुलाई मान्ने यो पक्षलाई अहिलेको पुस्ताले निकै गहिरिएर, निकै मनन गरेर अनि उम्मेदवारहरुको विगत, योग्यता, क्षमता समेत हेर्ने गरेको पाइन्छ । यस्तै मतदाताहरुले पारख गरिरहेकामध्ये एक हुनुहुन्छ कास्की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार तथा पूर्व सांसद विद्या भट्टराई । भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गरी जनताको मन जितेकोमा विमति छैन । यससंगै उहाँको व्यक्तित्वको चर्चा पनि उत्तिकै अपरिहार्य छ । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर निर्वाचन होमिनुभएकी पूर्व सांसद भट्टराईको राजनीतिक पृष्ठभूमि, योग्यता, क्षमता, लगनशीलता र इमान्दारितालाई केन्द्रबिन्दुमा राखेर उहाँको व्यक्तित्वको सानो चर्चा गर्नैपर्छ । यस पटकको महासङ्ग्राममा निश्चित चुनाव जित्ने उम्मेदवारको रूपमा विपक्षीहरूबीच पनि चर्चित हुन पुग्नुभएकी विद्या भट्टराईले संसदमा पुनः प्रवेश गरेर खेल्नसक्ने रचनात्मक भूमिका अहिले उत्सुकता र प्रतिक्षाको विषय बनेको छ । विद्या भट्टराई उदियमान महिला नेतृत्वको नाम हो । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आउनुभएकी भट्टराई पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हाल्नु भएको थियो । मीठो बोली, सबैसंग घुलमिल हुने बानी र कसैसंग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी समुदायमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनप्रति गम्भीर रूची र अनुशसित छात्राका रूपमा गुरुवर्गका बीचमा पनि प्रिय छात्राका रूपमा सुपरिचित रहेको उहाँलाई पढाउने शिक्षकहरूको मूल्याङ्कन छ । हुने बिरूवाको चिल्लो पात भनेझैं उहाँको वक्तृत्व कला र नेतृत्व क्षमताको विकास विद्यार्थीकालमा नै भएको मान्न सकिन्छ । आफ्ना विचार र धारणाहरू शालिनतापूर्वक राख्ने, अरूका कुराहरू धैर्यताकासाथ ध्यान दिएर सुन्ने र सामुहिक छलफलबाट मात्र निष्कर्ष निकाल्ने उहाँको आनीबानीले उतिबेला उहाँलाई चर्चित विद्यार्थी नेतृको रूपमा स्थापित गरेको थियो । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्वपङ्क्तिमा पुग्न उहाँलाई यिनै अन्तर्निहित गुणले सघाएका हुन् भन्नै पर्छ । स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उहाँको भूमिका रुपान्तरित भयो । विद्यार्थी नेताका रुपमा सक्रिय रहेको समयमाा त्यो बेलाका अर्का बहुचर्चित विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग उहाँको दाम्पत्य जीवन गाँसियो । विवाह पश्चात् उहाँले एकातिर सफल गृहिणीको रुपमा रवीन्द्रजीको पूर्णकालीन राजनीतिलाई वैचारिक परामर्शका आधारमा समेत समर्पित भएर सघाउनुभएको देखिन्छ भने अर्कातिर मेधावि छात्राको हैसियतमा उहाँले प्राप्त गरेको उच्च शिक्षाको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरी रत्नराज्य क्याम्पसमा अध्यापन कार्यमा समर्पित रुपमा लाग्नु भयो । अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै गैरहेकाले उहाँ प्राज्ञिक क्षमतायुक्त बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुन थालिसक्नु भएको देखिन्छ । नियति, समय र परिस्थितिले अहिले उहाँको भूमिका बदलिन पुगेको छ । सहधर्मिणीको रुपमा उहाँले रवीन्द्रजीलाई उच्च राजनीतिक जिम्मेवारीमा पुग्न सघाउँदै आउनुभएको थियो तापनि दैवको लीला पर्यटन मन्त्रीको हैसियतले रचनात्मक र लोकप्रिय कार्य गर्दागर्दै हवाई दुर्घटनामा परी रवीन्द्रजीको इहलीला समाप्त भयो । एकल पाारिवारिक दायित्व र निर्वाहको कर्तव्य निर्वाहका साथसाथै रवीन्द्रजीको राजनीतिक उत्तराधिकार पनि उहाँमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रजीको अप्रत्यासित र असामयिक अवशानले सिर्जना गरेको रिक्तताका बीचमा उहाँलाई नै निर्वाचनमा उतार्ने निर्णय गरिदियो । उहाँ उच्चअध्ययन, अनुसन्धानात्मक कार्य र प्राध्यापनलाई नै निरन्तरता दिने मानसिकतामा रहेको भए पनि पार्टीले गरेको विश्वास र दिएको अवसरले गर्दा शोकलाई शक्तिमा बदलेर उहाँ कास्की २ बाट निर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेशगर्नु भयो । उहाँ संसद प्रवेशको अल्पकालमा नै संसदभित्र आफ्नो बौद्धिक राजनीतिक छवि निर्माण गर्न सफल देखिनुभएको निर्विवाद छ । स्व. रवीन्द्रको विराशत धान्नमात्र होइन आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्न पनि काविल देखिनुभएको उहाँको निर्वाचन क्षेत्रका मतदाताहरूको टिप्पणी छ । यस पटक पनि उहाँले स्वर्गीय पति तथा नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको विराशत धान्ने स्वतन्त्र पर्यवेक्षकहरूको निर्क्यौल छ ।
कास्की: गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट हटाइएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आफुलाई बर्खास्त गरिनुको कारण स्पष्ट नपारे प्रदेश सरकारको आन्तरिक अडियो भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । पोखरामा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचन सकिएपछि सनसनी समाचार अडियो भिडियो प्रमाणसहित आउने स्थिति बन्छ, उनले भने, ‘दुइवटा केसमा यदि मुख्यमन्त्री जीले चित्त बुझ्दो उत्तर दिनुभएन भने त्याे कुरा मेरो मृत्युभन्दा अगाडि बाहिर ल्याउछु ।’ खड्कालाई कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार विन्दु थापालाई सहयोग नगरेको भन्दै गत मंगलबार मन्त्रीपदबाट बर्खास्त गरिएको थियो । राजिनामा माग नगरि पदमुक्त गरिनुको कारण मुख्यमन्त्रीले स्पष्ट पार्नुपर्ने खड्काको माग छ । ‘मलाई राजिनामा नमागिकन जसरी निकालियो । मलाई निकाल्नको लागि उहाँको आवश्यकता के हो ? दबाब के हो ? त्यसको लक्ष्य के हो ? भन्ने कुराको जवाफ त चाहियो नि, उनले भने, ‘कमसेकम मेरो अपमानजनक बहिर्गमनमा उहाँको नियत खराब होइन भन्ने कुरा प्रमाणित गर्ने भएपछि सँगै सुतेको साथीले लात्ती लगाको कुरालाई बाहिर ल्याउन नैतिक रुपमा पनि ठिक हुदैन ।’ खड्काकाे उक्त अभिव्यक्तिपछि यसमा तपाइको स्वार्थ जोडिएको देखियो नि ? भन्ने पत्रकार प्रश्नमा खड्काले भने, ‘होइन यसमा मेरो स्वार्थ जोडिएको छैन । बाहिर ल्याउछु भनेको छु समयको कुरा हो । मैले ल्याउदै ल्याउदिन त भनेको छैन नि ।’ उनले यसअघि मुख्यमन्त्री लगायतका मन्त्रीहरुसँगको मिटिङमा सरकारबाट बाहिरिएपछि सवारी साधनसहितको सेवा सुविधा पाउनुपर्नै व्यवस्था ल्याउने विषयलाई संकेत गरे । खड्काले उक्त प्रस्तावलाई अस्वीकार गर्नु पनि आफु बर्खास्तमा पर्नुको एक कारण हुन सक्ने भन्दै आशंका व्यक्त गरेका थिए । आफु पदमा रहदा आचारसंहिताले कुनैपनि उम्मेदवारको पक्षमा मत माग्न नहुने भएकै कारण कसैको पक्ष विपक्षमा नउभिएको स्पष्ट पारे । यद्यपी अब भने उनी सक्रिय भएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने धारणा राखेका थिए ।
काठमाडौंः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्र्तक्रिया , सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचारसंहितामा उल्लेख छ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुने उल्लेख छ । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्नेछ ।
पोखराः मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन,पर्यटकिय दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’ उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवद्र्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए । उनले संघीय सांसद खगराज अधिकारीको विशेष पहलमा करिव ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी काम पनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए । उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा १३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे । अर्को प्रसङ्गमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछि सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए । त्यस्तै उनले देशलाई विकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ, कसले गरेको छैन , त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ ।’ उनले भने । बुधबार उनले पोखरा १३ र १४ का विभिन्न स्थानहरुका मतदाता माझ पुगेर सुर्य चिन्हमा मत मागेका छन् । नेकपा एमालेले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएको छ ।
पोखराः नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ । त्यसै गरी म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेश्रो र सान्त्वना सम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिला,े दोस्रो र तेश्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । त्यसै गरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ । म्याराथन अन्तर्गतनै हुने १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितिय हुनेले नगद २० र तृतियले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रम अन्तर्गत नै विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ । गत केही सस्करणमा कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवारनै हुने अध्यक्ष पराजुलीले बताए । पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण बढाउने तर्फ मञ्चको ध्यान केन्द्रित गरिएको बताउँदै उनले भने–“वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो । तर अव पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पु¥याएका छौं ।” यो संगै म्याराथनतर्फ दौड पुरा गर्नेलाई १ सयजना, हाफ म्याराथनतर्फ ५० जना, १० किमि पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिव एक हजार मेडलका साथमा ईप्रमाण पत्र समेत वितरण गरिनेछ । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यिय विभिन्न समिति समेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन् । उनका अनुसार खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने । १७ औं संस्करणबाट एक साता अगावै दर्ता प्रक्रिया समेत रोक्ने आयोजकले जनाएको छ । पोखराको प्रतिष्ठित उद्योग मध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । मञ्चले हालै गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले प्राप्त गरेको सफलता प्रति खुसी व्यक्त गरेको छ । प्रदेशहरु मध्ये गण्डकी प्रदेश उत्कृष्ट नतिजाका साथ प्रथम हुनु सबैको लागि खुसीको विषय रहेको बताउँदै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई बधाई दिएको हो ।
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने । सभालाई सम्वोधन गर्दै कास्की ३९२० प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले यहाँका जनताले पाँच वर्ष अघि आफुलाई जिताएर पठाएको स्मरण गरे । जितेर गएपछि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्दागर्दै सरकार विचैमा ढलेकाले महत्वपूर्ण योजनाहरु अधुरै रहेको पहारीले बताए । उनले अब आफु खारिएर आएको र काम गर्ने उर्जा झनै थपिएकाले पनि जितेर गएपछि जनसेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे । नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष गायत्री भुर्तेलको अध्यक्षतमा भएको आमसभामा समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग नेकपा एमाले नेता सोमनाथ प्यासी, कास्की इन्चार्ज कृष्ण थापा वडा कमिटि सचिव आशमाया विक, वडा प्रचार प्रचार संयोजक लक्ष्मण बराल लगायतले सम्वोधन गर्दै मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

