पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट  प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी शिरिष गुरुङले नयाँ अनुभव लिने अवसर मिलेको धारणा व्यक्त गरेकी छिन् ।  कास्की २ बाट राजनीति पार्टीसँगै स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले बिहिबार फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचनमा होमिदा नयाँ अनुभव र शिक्षा लिने अवसर पाएको बताएकी छिन् । ‘यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैगर्दा मैले नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरे, उनले लेखेकी छिन्, ‘यस क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिला नेतृ विद्या भट्टराई विजयी हुनुभएको छ । नेतृत्वमा महिला उम्मेदवार विजयी हुँदा गर्वावानवित भएको छु । महिलाको समस्या र उत्पीडनको बारेमा सदनमा विशेष आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’  निर्वाचनको अभियानका दौरान अहोरात्र स्वतन्त्र रुपमा खट्नुहने समस्त साथीहरु र आम मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेकी छिन् । सो क्षेत्रबाट विद्या भट्टराई निर्वाचित भएकी छिन् भने गुरुङ सातौ स्थानमा सिमित भइन् ।   

पोखरा:  गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम देशका विभिन्न स्थानमा धामाधम घोषणा भइरहेको छ । यसैबीच कास्कीको क्षेत्र नम्बर १ (ख) र ३ (क) को मतगणना जारी छ । यद्यपी क्षेत्र नम्बर २ को र १(क) तथा ३(ख) को सार्वजनिक भइसकेको छ ।    कास्की २ (क) मा सोही नेकपा एमालेका भीमबहादुर कार्की र २ (ख) मा नेपाली कांग्रेसका विन्दु थापा दोस्रो पटक निर्वाचित भएका छन् भने प्रतिनिधि सभा तर्फ कास्की २ बाट नेकपा एमालेकी विद्या भट्टराई यसपटक पनि निर्वाचित भएकी छिन् ।   स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा राजनीतिमा कमब्याक गरेकी भट्टराई दोस्रो पटक चुनावी मैदानमा उभिएकै कारण यस क्षेत्र विशेष चाँसोको क्षेत्र बनेको थियो ।   उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका  माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै पतिको विरासतलाई मात्रै जोगाइनन् आफ्नै इतिहास् कोर्न सफल रहिन् ।  विद्याले दोस्रोपटक जीत हाँसिल गर्नु उनका स्वर्गीय पति मात्रै कारण होइन ।   उनको योग्यता, लोकप्रियता, क्षमता, इमान्दारिता, व्यवहारिक घोषणापत्र र गत कार्यकालको कार्यसम्पादन हो ।  भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गराई पुनः दोस्रो पटक चुनाव जित्नुले साँच्चिकै जनताको मन रिझाउन अब्बल रहेको पुष्टि गर्छ  ।    यस पटकको चुनावमा पाँच दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवाराई पराजित गर्दै दोस्रो पटक सांसद बन्ने उनको लक्ष्य पुरा भएको छ । अब जनतमाझ व्यक्त गरेका प्रतिवद्धतालाई उनले पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्ने देखिन्छ । अन्यथा उनको सांसदमा ह्याट्रिक हान्ने रहर तुहिन सक्छ ।  त्यसैले उनले काममार्फत जनतालाई फकाउन सक्नैपर्छ ।   विद्याको कमब्याक   उदीयमान महिला नेतृको रुपमा देखिएकी भट्टराई विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय थिइन् ।  उनी पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिइन् । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनमा रुचि, नरम बोली, अति मिलनसार र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी कालमा सबैमाझ वाहवाही थिइन् ।   यतिमात्र नभएर त्यहीसमयदेखि उनको भाषणकला पनि उत्तिकै राम्रो थियो । यही स्वभाव र क्षमताकै कारण नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्व पङ्तिमा पुग्न सफल भइन् ।    सोही समयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका बद्लियो । त्यही समयको अन्तरालमा अर्का बहुचर्चित नेता स्वर्गीय रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो ।   विवाह पश्चात् उनले सफल गृहिणीको रुपमा र वैचारिक परामर्शसहित रवीन्द्रको पूर्णकालीन राजनीतिलाई सघाइन् ।  र सोही समयमै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरि रत्नराज्य क्याम्पसमा शिक्षाको ज्याति फैलाइन् ।    अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै जादाँ समय र परिस्थितिले बाटो फेर्याे र भूमिका बद्लियो र राजनीतिमा फेरि कमब्याक भइन् । त्यसपछि उनका स्वर्गीय पति रवीन्द्रको राजनीतिक उत्तराधिकार उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रको अप्रत्यासित र असामयिक निधनले सिर्जना गरेको रिक्तताकाबीचमा उनलाई उपनिर्वाचनमा उतार्ने निर्णय गर्याे ।   त्यसपछि शोकलाई शक्तिमा बदलेर २०७६ सालमा उनी कास्की २ बाट उपनिर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् । उनले स्वर्गीय रवीन्द्रको विरासत मात्र जोगाइनन् आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्दै अहिलेको निर्वाचनमा विजयी हुदैछुट्टै छबी बनाएकी छिन् ।   निर्वाचित भएपछि भट्टराईले दोस्रो पटक मतदाताले दिएको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्ने बताइन् । उनले घोषणा पत्रमा उल्लेख गरेका जनमुखी कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइन् । उनले संसदमा आवजविहिनको आवाजलाई बलियो रुपमा प्रस्तुत गर्ने, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने जनएकी छिन् ।     

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले विद्या भट्टराईलाई बधाई ज्ञापन गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका बरालले सूनगाभा न्युजसँग धारणा राख्दै मतपरिमाणको समिक्षा गरेर मात्र आफ्नो विस्तृत धारणा प्रस्तुत गर्ने बताए । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष रुपमा मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार, उनले भने, ‘मत सोचेजस्तो मेरो पक्षमा आएन, किन आएन भनेर मैले समिक्षा गर्न बाँकी छ । समिक्षा गरेर पुनः आफ्नो धारणा राख्नेछु ।’ विजयी उम्मेदवार विद्या भट्टराईलाई  शुभकामना व्यक्त गर्दै बरालले जनताको जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । कास्की २ बाट उम्मेदवार बनेका बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।  विजयी भएका भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए ।  

पोखरा:  कास्की क्षेत्र नम्बर २ (ख) का नेकपा एमालेकी उम्मेदवार मिना गुरुङले नयाँ अनुभव बटुल्न अवसर मिलेको बताएकी छिन् ।   मतपरिणाम सार्वजनिक भएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले भनिन्, ‘निर्वाचन भनेको हार र जीत नै हुन्छ । यसले गर्दा खेरी ठुलो आशा भनेको जित्ने नै हुन्छ तर हार भनेको सेकेन्ड अप्सन हो । त्यसलाई पनि स्वीकार्नुपर्छ । र आगामी दिनमा कसरी काम गर्नुपर्ने रहेछ भनेर नयाँ अनुभव बटुलेको छु ।’   उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित नभएतापनि सदैब आम नागरिक, महिला तथा युवाको पक्षमा काम गर्ने बताइन् । ‘त्यो ठाउँ कानून बनाउने र विकासको काम गर्ने ठाउँ हो । त्यहाँ नभएपनि पहिले जस्तै सामाजिक अभियन्ताको रुपमा काम गर्नेछु, उनले भनिन् ‘महिला तथा युवाहरुको व्यक्तित्व विकास, सीप तथा रोजगारको व्यवस्था र हक अधिकारको क्षेत्रमा काम गर्दै आएको मान्छे हुँ । त्यसैले त्यही भूमीकाबाट सशक्त रुपमा अगाडि बढ्छु भन्ने मेरो आफ्नो संकल्प र प्रतिज्ञा छ ।’   उनले मतदाताहरुप्रति आभार प्रकट गर्दै निर्वाचित विन्दु थापालाई व्यक्तिगत स्वार्थमा लिप्त नभइकन राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न आग्रह गरिन् । ‘मेरो प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा ज्यूलाई विजेता हुनुभएकोमा हार्दिक बधाई छ । जनप्रतिनिधि भएपछि कुनै पार्टीको भइदैन, उनले भनिन्, ‘त्यसैले शुद्ध जनप्रतिनिधिका रुपमा इमान्दार भएर मेरो र अर्काको नभइकन । कसैको स्वार्थमा लिप्त नभई राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’    निर्वाचन आयोगको तथ्याङ्क अनुसार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी थिइन् भने निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले ९ हजार २ सय ८० मत प्राप्त गरेका थिए ।    मिना गुरुङ गण्डकी प्रदेश सभाको संस्थापक सदस्य हुन् ।  

काठमाडौंः   बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।  मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ । 

म्याग्दीः   म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) विजयी हुनुभएको छ ।   गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उहाँले  आफ्ना प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा  निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले  २४ हजार २१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी  एमालेका  श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ । गत सोेमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आउनुभएको थियो ।   जिल्लाभरी  ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।   म्याग्दीको प्रदेशसभा (१) मा  भण्डारी विजयी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई नौ सय ७५ मतले पराजित गरी विजयी हुनुभएको हो । भण्डारीले १२ हजार सात सय ४० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कटुलाले ११ हजार सात सय ६५ मत प्राप्त गर्नुभएको छ ।  प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता रहेकामा २८ हजार सात सय १७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराः   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ ।   आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले सात हजार नौ सय ७१ मत ल्याउनुभयो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण विश्वकर्माले दुई सय ६६, जनता समाजवादी पार्टीका धनबहादुर परियारले दुई सय एक, स्वतन्त्र उम्मेदवारहरु श्रमिक घर्ती क्षेत्रीले चार सय ६५, मोनिका तामाङले ५२ र लिलमाया पुन गुरुङले ३२ मत ल्याउनुभएको छ ।

पोखराः   कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित हुनुभएको छ ।       उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो ।   यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभयो । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो । 

लमजुङः   लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।  कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।