पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:   कास्की क्षेत्र नम्बर ३ (क) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले मतान्तरको अग्रता कायमै राखेका छन् ।    उनले ६ हजार १ सय ८१ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धनका तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गदत्त भण्डारीले ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । भने हाम्रो नेपाली पार्टीका उम्मेदवार खिमप्रसाद तिमिल्सिनाले १ हजार  ७ सय ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ । 

पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले मतान्तर बढाएका छन् ।    एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत रहेकाे छ । उनलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ४ हजार ४ सय ७ मत पाएका छन् ।   यसैगरि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामजी प्रसाद बराल जीवनले ३ हजार २ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् ।    कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो ।   

काठमाडौंः   काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत  शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।  थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

चितवनः   सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ  जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार  बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ ।   ३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

डडेल्धुराः   डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ ।  उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

गोरखाः   प्रतिनिधिसभा सदस्य  गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।   पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा ९एमाले०का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।  क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

काठमाडौंः   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ ।   प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।  कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो । विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहनुभयो । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्नुहुन्छ । सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो । सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो । मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।

मनाङः   मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।    प्रतिनिधि  सभाको निर्वाचनमा नेपाली  काङ्ग्रेसका टेकवहादुर गुरुङ २ हजार ५ सय ७५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी  नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्रपत गर्नुभएको छ ।    मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।

काठमाडौंः   ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उहाँले भन्नुभयो ।