फुङ्लिङः मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुन्दासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुनुहुन्थ्यो । उहाँले दिनभर अरिङ्गाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्नुहुन्थो । विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिङ्गाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउनुहुन्थ्यो । तर आजभोलि अरिङ्गाल भेटिन छाडेसँगै अरिङ्गालको सिकार गर्न छोड्नुभएको छ । पाँच वर्षअगाडि कात्तिक र मङ्सिरमा अरिङ्गालको माउ उडेको पछ्याउँदै अरिङ्गालको गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ । सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिङ्गालका माउ अचेल देख्न मुस्किल हुँदै गएको राईको भनाइ छ । सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिङ्गाल सिकारी उपनामले परिचित नाम हो । दिनमा अरिङ्गालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्नुहुन्थ्यो । बिस्तारै अरिङ्गाल लोप हुँदै गएसँगै उहाँहरुले अरिङ्गालका सिकार गर्ने पेसा परिर्वतन गर्नुभएको छ । शहरमान राई अहिले मिस्त्री काममा व्यस्त हुनुहुन्छ भने राजकुमार राई अलैँची खेती गर्न थाल्नुभएको छ । विगतमा गाउँघर वरिपरिका जङ्गलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिङ्गालको गोलो देख्न सकिन्थ्यो । तर आजभोलि जङ्गल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिङ्गाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले बताउनुभयो । लिम्बूले भत्रुभयो, “केही वर्षअगाडि घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ ।” जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिङ्गाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो । यसको देख्न सक्ने क्षमता धेरै हुन्छ । अरिङ्गालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ । सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिङ्गाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ । सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ । यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन् । विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिङ्गाल÷बारुला चाहिँ किरा–फट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन् । अरिङ्गालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ । सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिङ्गाल भत्रे बित्तिकै उनीहरूको टोक्ने ९खिल०, रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिङ्गालहरू विशेषतः जङ्गलमा बस्ने स्वभावका हुन्छ । अरिङ्गालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ । मौरी र अरिङ्गाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताउनुभयो । मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ । कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ । अरिङ्गाल÷बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ । एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ । मौरी तथा अरिङ्गालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ । मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । बारुला÷अरिङ्गालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ । संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा छ प्रजाति पाइन्छन् । तिनमा चार रैथाने प्रजातिका पर्दछन् । नेपालमा बारुला÷अरिङ्गाल भने ११ प्रजाति पाइन्छ । यी प्रजाति असार÷साउनदेखि मङ्सिर÷पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गङ्गा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ । अरिङ्गालको जीवन चक्र अरिङ्गालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क बत्रे गर्दछ । सबैभन्दा पहिले एक अरिङ्गालले आफू मात्र अट्ने सानो चाका बनाएर दुई÷चारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ । फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिङ्गाल थपिन्छन् । यसैगरी जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ । अरिङ्गालको गोलोको आकार हेरेर योभित्र बस्ने अरिङ्गालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ । अरिङ्गालहरू एक गोलोमा एक वर्षसम्म बस्छन् । पुस÷माघमा चिसो मौसमका कारण अरिङ्गालहरु गोलो छाडेर अलग अलग जान्छन् । कति त मर्छन् पनि । गर्मी सुरु भएलगत्तै बचेका अरिङ्गालले छुट्टाछुट्टै गोला बनाउँछन् । अरिङ्गालहरुले मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउँछन् । अरिङ्गाल भित्र जातअनुसार ठूला रूखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ । विशेषतः कालो अरिङ्गाल, रातो अरिङ्गाल र लाटा अरिङ्गाल रूखमा गोला बनाएर बस्छन् । भिरपहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर गोला लगाउने गर्छन् । पहाडी जिल्लामा जङ्गल र खेतबारी वरपर रूख, ओडार, भिरपहरा ठूला भवनहरूमा वर्षायामसँगै अरिङ्गालले गोलो लगाउने गर्दछन् । पहाडी भेकमा विशेषगरी दुई खालका अरिङ्गाल हुन्छन् रातो र कालो । राता अरिङ्गालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिङ्गाल जो देख्नमा हल्का रातो कालो हुन्छन् । अरिङ्गाललmाई चलाउनु त के आफ्नो गोला भएको रूखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छ । अरिङ्गाल कालो हो कि रातो भनी यसको गोलोको रङ्गबाट पनि थाहा पाउन सकिन्छ । राता अरिङ्गालका गोलाहरू खैरो र फुस्रो रङ्गका हुन्छन् भने कालो अरिङ्गालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन् । अरिङ्गालले आफ्नो गोला बनाउन लालीगुराँस र अयाँरको नरम बोक्रा प्रयोग गर्दछन् र सावधानी नअपनाउँदा हरेक वर्ष अरिङ्गालको टोकाइबाट मृत्युका समाचार आइरहन्छन् । अरिङ्गालको प्रयोग विषालु अरिङ्गाल, वछ्युँ, बारुलोको मह त हुँदैन तर लार्भाको परिकार बनाएर खाने प्रचलन गाउँघरमा लोकप्रिय छ । पछिल्लो ससयमा अरिङ्गालका लार्भाको व्यापार पनि गर्ने गरेको देखिन्छ । लार्भा र उड्न नसकेका बच्चा राम्रो मूल्यमा खरिद बिक्रीसमेत हुँदै आएको स्थानीयहरु बताउँछन् । चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ । चाकालाई पोल्दा वा उसिन्दा बच्चा ढाडिनाका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ । बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाने गरिन्छ । अरिङ्गाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ । पहिला त गाउँलेले मात्रे जनहरुलाई समेत अनिवार्य भाग पु¥याउने रीति रहेको थियो । अरिङ्गालको सिकार किरात राई जातिमा निकै लोकप्रिय मानिन्छ । किरात राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिङ्गाल, तरकारीको वा सितनका रूपमा खाने चलन छ । यति मात्र होइन, उनीहरूले माङ ९देवता० लाई पनि चढाउने आएको फक्ताङलुङ गाउँपालिका—६ राजकुमार राईको भनाइ रहेको छ । किरात राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन् । किरात राई जातिमा अरिङ्गालको महत्व रहेको छ । अरिङ्गाल काढ्ने समय सामान्यतः अरिङ्गाल काढ्ने समय पनि निश्चित हुन्छ । साउन वा भदौमा नुवागी पुजेपछि मात्र अरिङ्गाल काढ्ने चलन रहिआएको छ । त्योभन्दा अगाडि अरिङ्गाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ । अरूको बारी वा खेतको अरिङ्गाल विनाअनुमति काढ्न मिल्दैन । सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोजदेखि कात्तिक र मङ्सिर महिनासम्म अरिङ्गाल काढ्ने चलन छ । यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भत्रे विश्वास रहेको मेरिङदेन गाउँपालिका—३ का शेखर लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार कहिले काढ्ने भत्रे कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ । यसरी लोप हुँदैछ अरिङ्गाल परम्परागत प्रविधिबाट अरिङ्गाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ । गोलाभित्र रहेका माउहरु सबै आगोले जलाइन्छ । अरिङ्गालको गोलोको एक छेउमा एउटा दुलो राखेको हुन्छ । त्यही दुलोबाट अरिङ्गालका माउहरु आउजाउ गर्दछ । गाउँघरमा अरिङ्गाल काढ्दा त्यही दुलोमा रागो ९बाँसका मसिनो भाग० बालेर अरिङ्गालको गालो पोल्ने प्रचलन रहिआएको छ । यसरी अरिङ्गाल पोल्दा अरिङ्गालको माउ सबै जलेर मर्ने गर्दछ । गाउँगाउँमा आगोले पोल्ने, अरिङ्गालको कोलोमा मट्टितेल, डिजेल तथा पेट्रोल छर्की आगो लगाएर अरिङ्गाल काढ्ने परम्पराले अरिङ्गाल मासिदै गएको फक्ताङलुङ गाउँपालिका—६ का वसन्त लिम्बू बताउनुहुन्छ । पछिल्लो समयमा विषादीहरुको प्रयोग र वायु प्रदूषण तथा वनजङ्गल डढेलोजस्ता कारणले अरिङ्गाल सङ्कटमा पर्दै गएको जैविक विविधता क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुहुने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ ।
स्याङ्जा: स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुभएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत तथा हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ । यहाँ कूल छ हजार ८२६ मत खसेको थियो । यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो । यसैगरी क्षेत्र नं २ (१) मा छ हजार ८२१ मतगणना हुँदा एमालेका मोहन रेग्मीले तीन हजार एक सय दुई मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । कांग्रेस उम्मेदवार भोजराज अर्यालले तीन हजार ९१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो । बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो
दोलखाः दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो । त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
काठमाडौंः ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ । सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव चार प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदनमा छ । अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव पाँच प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाएको छ । अनलाइन हिंसामा परेकामध्ये ४० दशमलव दुई प्रतिशत महिला पत्रकारले पेसामा असर परेको र अनलाइन हिंसामा परेकामध्ये ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको बताएको छ । अनलाइन हिंसामा परेकामध्ये ६२ दशमलव तीन प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र मानसिक असर परेकामध्ये २६ दशमलव तीन प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको अध्ययनमा छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले गहन विषयको उठान गरेको र कानुन निर्माण प्रक्रियामा मन्त्रालयले गम्भीरतापूर्वक समेट्ने बताउनुभयो । “आमसञ्चारमा आएका हिंसाका घटना हेरिन्छ, समाचारभित्रका पात्रहरु कसरी पीडित भइरहेका छन् भन्ने हेरिएको थिएन”, उहाँले भन्नुभयो, “अझ सर्वसाधारणको अवस्था कस्तो होला, कानुनमा पनि केही थप गरेर जानुपर्ने देखिन्छ ।” उहाँले मन्त्रालयले आवश्यक परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अध्ययन महत्वपूर्ण भएको उल्लेख गर्दै भन्नुभयो, “महासङ्घले नीति, नियम वा निर्देशिका बनाउँदा यस विषयलाई समेट्नेछ ।” उहाँले हिंसाको विषय महिलाको मात्र नभएर सबैको भएको भनाइ राख्नुभयो । “सुसूचित गर्ने व्यक्ति नै हिंसामा परेपछि समाजको हिंसा अझ कस्तो होला”, महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति ९सिड० कमिटीका सदस्य बन्दना राणाले भन्नुभयो, “पुरुषलाई पनि हिंसा भएको होला, त्यो कुन स्तरमा भएको छ अध्ययन हुनुपर्छ ।” म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले उक्त प्रतिवेदन प्रस्तुत गर्दै अनलाइन हिंसा रोक्न पर्याप्त कानुनकोे व्यवस्था गर्नुपर्ने र मानवीय व्यवहार सुधार गर्न जरुरी भएको बताउनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले संस्थागतरुपमा महिलाहिंसा न्यूनीकरण गर्न र डिजिटल सुरक्षामा खतरा बढ्दै गएको हुँदा राज्यले कानुनीरुपमै व्यवस्था गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त अध्ययन गरिएको जानकारी दिनुभयो । नेपालमा महिलामाथि शारीरिक, मानसिक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक, सांस्कृतिक, यौनजन्य, प्रथा र परम्पराजनितलगायत हिंसा हुँदै आएका छन् । सूचना प्रविधिका बढ्दो प्रयोगसँगै प्रविधिबाट हुने हिंसा बढ्दै गएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ मा साइबर अपराधसँग सम्बन्धित तीन हजार नौ सय छ उजुरी परेका छन् । तीमध्ये महिलामाथि भएको दुव्र्यवहारसम्बन्धी दुई हजार तीन, पुरुषका एक हजार चार सय ७१ र अन्य लिङ्गीका दुई सय २४ रहेका छन् । यो तथ्याङ्कलाई हेर्दा अनलाइन हिंसा बढ्दो क्रममा देखिन्छ । यसलाई सम्बोधनका लागि कानुन, संयन्त्र र व्यवहार सुधारमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
स्याङ्जाः निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको हो । मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताउनुभयो । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा ९एमाले०ले पुनः मतदानको माग गर्दै आइरहेको थियो । कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो । मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।
पोखराः मतदान भएको १० दिन बितिसक्दासमेत मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिएको हो । गठबन्धनले स्याङ्जाको चापाकोट नगरपालिका लगायतको बुथ कब्जा गरेको भन्दै नेकपा एमालले पुनःमतदानको माग गर्दै मतगणना रोकेको थियो । यसैगरि आयोगले बाजुरामा पनि रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ ।
पोखराः मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भयो । निर्वाचन सम्पन्न भएको अधिकांस जिल्लाको मतपरिणाम सार्वजनिक भएको छ भने विवादित केही जिल्लाहरुको मतपरिणाम आउँदैछ । ४ गते सम्पन्न भएको निर्वाचनमा राजनीतिक दलहरुले सोचेजस्तो बहुमुत आउन सकेन । सत्ता गठबन्धन बनाएर निर्वाचन होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा कुनैपनि राजनीतिक दलहरुको बहुमत आउन सकेन । निर्वाचन सम्पन्न भएपछि चियापसलदेखि चौतारीसम्म सरकार कसले बनाउँछ भन्ने चर्चा छ । यसैबीच, नयाँ सरकारसँग विद्यार्थीको कस्तो अपेक्षा छ ? भन्ने विषयमा पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा क्रियाशील विद्यार्थी नेताहरुले धारणा राखेका छन् । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल कान्तिकारी पिएनका अध्यक्ष काशीराम पौडेलले राजनीतिक पार्टीको नभई आमनागरिकको स्थिर सरकार बनाउन आग्रह गरे । अब सरकार कसको बन्न सक्छ र के अपेक्षा छ ? भन्ने विषयमा सुनगाभा न्यूजसँग कुरा गर्दै विद्यार्थी नेता पौडेलले अबको सरकार आमनागरिक र स्थिर सरकार बनाउन सुझाव दिए । ‘सरकार कसको बन्न सक्छ भनेर आमजनतामा चासोको विषय रहेको छ, अब बन्ने सरकार आमनागरिक र स्थिर सरकार बन्नुपर्छ, उनले भने, ‘संविधानको रक्षासँगै कार्यान्वयनमा गर्ने स्थिर सरकार बनाउनपर्छ ।’ सत्ता गठबन्धन मात्र नभएर कुनै पनि राजनीतिक पार्टीले घातअन्तरघातको आरोप-प्रत्यारोप भन्दा पनि जनताले दिएकाृ मतको सम्मान गर्नुपर्नेमा विद्यार्थी नेता पौडेलको जोड छ । ‘अब राजनीतिक दलहरुले घातअन्तरघातको आरोप–प्रत्यारोप लगाउन बन्द गर्नुपर्छ, जनताले दिएको मतको कदर गर्न जान्नुपर्छ, उनले भने, ‘पार्टीलाई योगदान गर्ने नेताहरुलाई सम्मान गर्दै निर्वाचनमा युवाहरुलाई अगाडी बढाउन सके कसैले आरोप–प्रत्यारोप लगाउन पर्दैन ।’ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले सुशासनसहितको स्थिर सरकार सत्ता गठबन्धनले नै बनाउने जानकारी दिए । ‘हिजो संसद विघटनको विरोध गरेर सत्ता गठबन्धनमा परिणत भए, केही स्थिरतासँगै दिए, उसको विरोधमा गएको माओवादी लगायतको पार्टी एमालेसँग मिल्छ जस्तो लाग्दैन, उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भयो, अहिले कार्यान्वयनको चरणमा छौं । शुसासन सहितको स्थिर सरकार सत्ता गठबन्धनले नै बनाउँछ ।’ अहिले विद्यार्थी राजनीतिबाट उदायका नेताहरुले निर्वाचन जितेकाले अव युवाहरुको भविष्य उनीहरुको हातमा रहेको विद्यार्थी नेता बरालले बताए । ‘हिजो युवा विद्यार्थी राजनीतिबाट युवाहरुलाई अगाडी बढाउन राजनीतिमा होमिएका नेताहरुले निर्वाचन जितेका छन् । अब विद्यार्थी र युवाहरुलाई कसरी अगाडी बढाउने भन्ने जिम्मा निर्वाचित युवा नेताहरुको हातमा पुगेको छ ।’ उनले भने । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले सरकार कसले बनाउँछ भन्ने प्रश्नमा केन्द्रीय पार्टीमा छलफलको विषय रहेकाले कुनै धारणा नराख्ने जानकारी दिए । ‘सरकार कसको बन्छ भन्ने केन्द्रीय राजनीतिक पार्टीको निर्णय हो, उनले भने, ‘अबको ५ वर्ष कसको सरकार बनाउने भनेर राजनीतिक दलहरुबीच छलफलको विषय छ । जसको सरकार बनेपनि स्थिर सरकार र सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने सरकार बनोस् ।’ मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै राजनीतिक दलहरुको बहुमत नआएकाले कसको सरकार बन्न भन्ने चासोको विषय रहेको छ । युवा विद्यार्थीहरुले जसले सरकार बनाएपनि स्थिर र आमनागरिकको सरकार बनाउन आग्रह गरेका छन् । समाजले परिर्वतन, पुस्तातरण खोजेकाले पार्टीमा योगदान दिएकाहरुलाई सम्मान गर्दै युवाहरु अगाडी बढेकाले अब शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा ध्यान दिन विद्यार्थी नेताहरुको माग छ । अनेरास्ववियु पिएनका अध्यक्ष पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन नसकेको भन्दै यसको निर्वाचन गर्न समेत माग गरेका छन् ।

