पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराको शान्तिवनस्थित  पोखरा बहुमुखी क्याम्पसले ३६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।    मानवीय कार्य हेतु ‘रक्तदानः जीवनदान’ नारासहित आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपकप्रसाद घिमिरेले जानकारी दिए । रक्तदान कार्यक्रमपूर्व रक्तसञ्चार केन्द्र, कास्की प्रमुख अर्जुन ज्ञवालीले विषयवस्तुउपर प्रकाश पारेका थिए ।    सप्ताहव्यापी कार्यक्रमकासाथ मनाइने वार्षिकोत्सवमा विविध विधा रहेका छन् । सोही अनुरुप मंगलबार सरसफाई कार्यक्रम रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।    क्याम्पसको वार्षिकोत्सव बुधबार रहेको छ । पोखराकै पुरानो यस क्याम्पसले हाल शान्तिवनस्थित नयाँ भवनबाट शैक्षिक कार्यक्रम सुचारु गरेको छ ।    बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा पढाई भइरहेको क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि अन्य संकाय थपिने प्रमुख पराजुलीले जनाएकी छिन् । 

महोत्तरीः   मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।  आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोश्रो रात जलेश्वर , तेश्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र राीत्र भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झनुहुन्छ ।  यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुशरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सिमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र ९मटिहानी–जलेश्वर–पिपरा–जनकपुर० का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् । पछिल्लो कालमा मेलाउत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउनुहुन्छ ।   विगत दुई वर्ष ९२०७८,२०७७० कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ । जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला ९विदेह० का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रुपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर विदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।   विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।   प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने  पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ ।

पोखरा:   कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको यही मङ्सिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बर माझथरको सिलिङ्गेमा शनिबार सम्पन्न बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूजा सञ्चालन तथा पूजा सामाग्री व्यवस्थापन समितिको संयोजकमा पिताम्बर पौडेल, सह संयोजकमा शंकरप्रसाद पौडेल, सदस्यहरूमा चर्तुभुज शर्मा पौडेल र पशुपति पौडेल रहनुभएको छ ।  अभिलेख तथा सचिवालय उपसमितिमा संयोजक कमलप्रसाद पौडेल र सदस्यहरूमा शान्ति पौडेल(पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल हुनुहुन्छ ।  पूजा मण्डप, आवाशस्थल र साउन्डसिष्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरूमा सुनिल पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहनुभएको छ । प्रसाद तथा भान्छा व्यवस्थापनमा संयोजकमा श्रीलाल पौडेल, सह संयोजकमा कमलप्रसाद पौडेल र सदस्यहरूमा किरण पौडेल, सुदन पौडेल हुनुहुन्छ ।  समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यहरूमा दीपक पौडेल र नरहरी पौडेल हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत आगामी मङ्सिर १७ गते शनिबार विहान १०.०० बजे गरिने उक्त अवसरमा जानकारी गराइयो । कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरेको थियो । कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णय समेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम् सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवम् सदस्यहरू तीलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पिताम्बर पौडेल, शंकरप्रसाद पौडेल,रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेल लगायतले विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।     

कास्की:  पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा गत ५ गतेदेखि यान्त्रिक परिक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दै आएको एरो थाईको जहाजले आज अन्तिम उडान गर्नेछ ।   एक हप्ताभर उडान गरेको उक्त जहाजले विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणबारे चेकजाँच गरिरहेको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेश मनुकर्मी जानकारी दिए । ‘अहिले काठमाडौं र नेपालगञ्ज लगायतबाट आउने रुटमा यहाँ जडित इक्विपमेन्ट र  सिग्नलले काम गरेछ कि छैन । सिग्नल फालेछ कि छैन भनेर एरो थाईको जहाजले जाँच गरिरहेको छ, उनले भने, ‘अब त्यो जहाज आजसम्म मात्रै उड्नेछ  र प्रतिवेदन तयार पार्नेछ ।’ उनले भने ।   उनले उक्त परिक्षण उडानपछि उडान भर्न योग्य भए/नभएको बारे प्रतिवेदन तयार पार्ने बताउदै छिट्टै नेपाल नागरिक उड्ययन प्राधिकणलाई बुझाउने बताए । ‘एरो थाईको जहाजले एक आजसम्म क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । 'आज अन्तिम फ्लाइट गर्छ, उनले भने, ‘त्यसपछि उडान भर्न योग्य भए नभएकोबारे रिपोर्ट तयार पारेर करिब हप्ता दश दिनमा नेपाल नागरिक उड्डयन प्राधिकणलाई बुझाउला ।’   एरो थाईको जहाजले गत वर्षको फागुनमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । भने पोखरा विमानस्थलमा ७ दिन मात्रै परिक्षण उडान गरेको छ ।   आयोजना प्रमुख इन्जिनियर मुनकर्मीका अनुसार करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको सो विमानस्थल निर्माणको लागि झण्डै २२ अर्ब लगानी रहेको छ ।    सम्बन्धित समाचारहरु:   - ‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा https://sungabhanews.com/story/165/2022/4/23/tourism/pokhara/   -पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल http://​https://sungabhanews.com/story/837/2022/6/12/scoop/Samaj/   -ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको  छैन: मेयर आचार्य https://sungabhanews.com/story/4523/2022/11/16/gandaki/desh/   -पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’ https://sungabhanews.com/story/4729/2022/11/21/bisesh/desh/

सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ ।    मतगणनाको सुरुवाति चरणदेखि अग्रता लिएकी रास्वपा उम्मेदवार गोमा तामाङ अहिले पछि परेकी छिन् । तामाङलाई जसपाका अशोक कुमार राइले १ सय १८ मतले पछि पारेका हुन् ।    तेस्रोमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत ल्याएका छन् भने चौथोमा ६ हजार ९२९ मतकासाथ स्वतन्त्र उम्मेदवार प्रदीप मेयाङ्बो रहेका छन् ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार राईको ६ हजार ४६० मत रहेको छ । 

ढोरपाटनः   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् । बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बन्नुभएका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२)बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराख्नुभएको छ । बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि ग¥यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ ।” उहाँले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताउनुभयो । बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताउनुभयो । सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । उहाँले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो ।   “अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।” बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती–बस्तीमा पुगिरहेको छु ।” उहाँले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुग्नुभएको छ ।  

पाल्पाः   यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार आठ सय १३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार सात सय ९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार एक सय ९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार छ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय ४२, राष्ट्रिय जनमोर्चाले छ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले पाँच सय ४०, जनमत पार्टीले एक सय ३० मत प्राप्त गरेको छ ।    प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार आठ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार दुई सय १६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीले तीन हजार सात सय ४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले सात सय ४८, हाम्रो नेपाली पार्टीको चार सय ९४, जनमत पार्टीले दुई सय ४९, जनता समाजवादी पार्टीले दुई सय ४२, नेपाल आमा पार्टीले एक सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीले एक सय ४८, जनसमाजवादी पार्टीले एक सय छ मत प्राप्त गरेको छ । जिल्लामा दुई लाख एक हजार तीन सय २६ मतदाता रहेकामा प्रतिनिधिसभातर्पm एक लाख २१ हजार पाँच सय ९७ मत खसेको थियो भने तीन हजार पाँच सय ४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार चार सय ४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार दुई सय ३९ मत बदर हुन पुगेको छ ।

दमौलीः   तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ । तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।  तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा ९माले०ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ ।  कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । 

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै  स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।