पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

काठमाडौंः   राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।   राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ९नोभेम्बर २५० तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा भनिएको छ, “आजको यस महत्वपूर्ण घडीमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।”   महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गनुपर्ने र महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा निर्मूल गर्न सकिने सन्देशमा उल्लेख छ ।   “महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।   “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । सोअनुरूप नेपालको राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा समेत महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको छ । तथापि, हाम्रो समाजमा विद्यमान सामाजिक–सांस्कृतिक पछौटेपनका कारण बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी, बोक्सीको आरोपलगायत महिलाद्वेषी प्रथाका साथै यौन दुव्र्यवहार, घरेलु हिंसा, महिला बेचबिखन र बलात्कार र हत्याजस्ता जघन्य हिंसा आजको युगमा समेत कायम रहनु सभ्य समाजका लागि कलङ्कको विषय हो”, सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिका विरुद्ध परिवार र समुदायस्तरमा व्यापकरूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।            संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरूद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिँदैछ ।

पोखराः  नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् ।  चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

पोखराः  कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् ।  मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा  कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् ।  कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ । 

पोखरा:   पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु.२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गर्नुभयो । पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।   ‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुदैन्, यसमा पञ्चासेसंग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नु पर्छ ।’ पञ्चासे क्षेत्रलाई आर्युवेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघसंस्थाहरुको छाता संस्था बनाएर अगाडी जानुपर्नेमा समेत उहाँले जोड दिनुभयो । यसैबिच प्रमुख आचार्यले बालाचर्तुदशी कै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित वृहद पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ को उद्घाटन पनि गर्नुभयो । महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधारहरू निर्माण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षण सहित सक्षम खेलाडीहरू उत्पादनमा उहाँले जोड दिनुभयो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उहाँले बताउनुभयो । पञ्चासे जाने क्रममा दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासे लगायतका स्थानमा स्थानीयहरू भेटघाट तथा अन्तरक्रिया समेत गरिएको छ । सो क्रममा स्थानीयहरूले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका छन् । महानगर भित्र पर्ने ग्रामीण क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।  

काठमाडौंः   केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो ।  मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिनुभयो । “युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्”, सञ्चालक अग्रवालले भन्नुभयो,“साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।”  उहाँले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताउनुभयो । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पु¥याउने सञ्चालक अग्रवालको तयारी छ । “अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ”, उहाँले भन्नुभयो ।  आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताउनुभयो । “हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ”, उहाँले भन्नुभयो । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ । 

दमौलीः   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ ।  उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ(२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा ९एमाले०का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गर्नुभयो ।  कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ ।  जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आउनुभएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभएको छ । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो । विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो ।  पौडेल २०४८ सालमा तनहुँ–१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ ।  उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि हुनुहुन्थ्यो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ ।  जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक÷एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।  नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै,  निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी हुनुभएको छ । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।  निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ । महतले १५ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गर्नुभयो । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभयो । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभयो ।

पोखराः नेपाली कांग्रेसका ‘वागी’ महादेव गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट १ हजार ३४० मत प्राप्त गरेका छन् ।    समानुपातिकको बन्द सूचीमा परेपनि अन्तिममा नाम काटिएपछि गुरुङले स्वतन्त्र उम्मेदवारी थिए । गुरुङले प्राप्त गरेको मतानुसार उनी पाँचौ स्थानमा छन् ।    गुरुङले स्वतन्त्र उम्मेदवारी दिएपछि नाम फिर्ता लिन कांग्रेस र गठबन्धनका नेताहरुले फिर्ता लिन गरेको आग्रह उनले अस्वीकार गरेका थिए ।    त्यसपश्चात्, उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ । 

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेकी गिता नाथले जम्मा ४ मत प्राप्त गरेकी छिन् ।    प्राप्त मतानुसार नाथ उम्मेदवार तालिकाको पुछारमा रहेकी छिन् । कूल १४ उम्मेदवारध्ये नाथले दुई अंकमा मत प्राप्त गर्न सकिन् ।    स्वतन्त्र उम्मेदवारी दिएकी ३५ वर्षीया नाथको चुनाव चिन्ह ‘खरायो’ रहेको थियो ।    नाथभन्दा माथिल्लो क्रममा जमुना शर्मा रहेकी छिन् । शर्माले १२ मत प्राप्त गरिन् ।   

पोखराः  कास्की क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारीले मतान्तरको अग्रता कायमै राखेका छन् ।  उम्मेदवार अधिकारीले सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालालाई १ हजार ४ सय ६ मतले पछि पारेका छन् ।  उनले ६ हजार ३ सय २२ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।