पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

झापाः   विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ ।  दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा ९एमाले०का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो ।  दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गर्नुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का स्थायी कमिटीसमेत रहनुभएका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ । शर्माको राजनीतिक यात्रा  पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुनुहुन्छ विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उहाँको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिनुभएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत हुनुभयो । हाल उहाँ नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ ।  सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित हुनुहुन्छ ।  शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश हुनुहुन्छ ।  नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँ पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।  सामान्य परिवारमा जन्मनुभएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल पर्नुभएको थियो । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चाल्नुभएका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढ्नुभएको थियो । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लाग्नुभएको थियो ।  विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बन्नुभएका शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित हुनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का कार्कीसँग पराजित हुनुभएका शर्माले यस पटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गर्नुभएको हो । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित हुनुहुन्छ । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुनुहुन्छ । 

पोखराः   ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ ।  कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो ।  गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो ।    कर तिर्नु नागरिकको दायित्व होः करदाता  अटोवेज प्रालिका सञ्चालक नारायण पौडलले कर तिर्नु नागरिकको दायित्व भएको बताएका छन् ।  आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कर तिर्नु नागरिकको दायित्व भएको बताएका हुन् ।  ‘कसैले कुनै व्यापार व्यवसाय गर्दा राज्य मेरो सेयर होल्डर हो भनेर सम्झन आवश्यक छ, उनले भने, ‘कसैले व्यापार व्यवसाय गर्दा राज्यलाई कर तिर्नु नागरिकको कर्तव्यको हो । व्यवसायी र नागरिकले कर नतिरेसम्म देश समृद्ध बन्न सक्दैन । त्यसैले देश समृद्ध बनाउन कर तिर्न आवश्यक छ ।’ व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाए समृद्ध देशको परिकल्पना पुरा हुने धारणा राखे । ‘नागरिक र व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाउन सके समृद्ध देशको परिकल्पना पुरा हुन्छ, उनले भने, ‘राज्यले बजेट ल्याउँदा व्यवसायी र नागरिकको करबाट ल्याउने हो । जति हामीले कर तिर्न सक्यो त्यति नै देश समृद्ध बनाउने सबैको सपना साकार हुन्छ ।’  यस्तै कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्यले राज्यले विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दा छुट दिएको करको विषयमा जानकार नभएको बताए ।  ‘राज्यले नेपालमा नै उद्योग व्यवसाय गर्दा विभिन्न क्षेत्रमा छुट दिएको छ, उनले भने, ‘ राज्यले देशमा नै कसैले उद्योग, पेशा व्यवसाय सञ्चालन गर्दा विभिन्न क्षेत्रमा करमा छुट गरेको छ तर नागरिकले बुझ्न सकेका छैनन् । व्यापार, व्यवसाय उद्योगसम्बन्धी सरकारले ल्याएको नीति नियम आम नागरिकले अध्ययन गर्न आवश्यक छ ।’  उक्त कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनार, कोष नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्मा, मालपोत अधिकृत प्रमुख राजेन्द्र पौडेल लगायत बोलेका थिए ।   

कास्की:  कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) मा कांग्रेका दीपक गुरुङ (माइला) लाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भएका छन् ।   उनले दीपकलाई ८ सय ६७ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका छन्  ।    भर्खरै मात्र १(क) को रुपा गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।   १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।  

झापाः   झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।  नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी हुनुभएको हो ।  शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुनुहुन्छ । 

कास्की:   कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) को मतगणना सुरु भएको छ ।  प्रदेश सभातर्फ कास्की क्षेत्र नम्बर १ (ख) को मतगणना सकिएसँगै रुपा गाउँपालिकाबाट १ (क) को मतगणना सुरु गरिएको हो ।   भर्खरै सम्पन्न प्रदेश सभा सदस्य तर्फ १ (ख) मा कांग्रेसका दीपक माइला गुरुङलाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भए । उनले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका थिए ।    प्रतिनिधि तर्फको मतगणना भने जारी छ ।   प्रदेश सभा सदस्यतर्फ १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।

झापाः   झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ ।  निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याउनुभएको छ । अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो ।

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ ।  कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।  यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

कास्कीः   आन्तरिक राजश्व कार्यालय पोखराले ११ औं राष्ट्रिय कर दिवस मनाएको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमूखी अर्थतन्त्र आधार’ भन्ने मूलनारासहित पोखरामा ११ औं राष्ट्रिय कर  दिवस मनाएको हो ।  मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने कर सप्ताह यो वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण विभागको निर्देशन बमोजिम आज (मंगलबार) कर सप्ताह मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्र्दै कास्कीका  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले व्यवसायी कर तिरेर असल नागरिकको परिचय दिन आग्रह गरे । ‘विभिन्न पेशा व्यवसाय अहिले सञ्चालन भइरहेका छन्, उनले भने, पेशा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिन आवश्यक । राज्यले नियमन गर्न होइन सम्मान गर्ने वातावरण सिर्जना गर्न कर तिरेर असल नागरिकको परिचय दिऔं ।’  उनले कास्कीमा कसैले व्यापार व्यवसायमा गर्न सके राज्यको नियम अनुसार सहयोगमा लागि पर्ने बताए ।  यसैगरि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइरालाले कर सप्ताह कार्यक्रम नगरी प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बारे अध्यापन गराउन आवश्यक रहेको उल्लेख गरे । ‘व्यवसाय गरे कर तिर्नुपर्छ भन्ने अहिले आम नागरिकमा चेतना छ, उनले भने, ‘अब कर सप्ताह दिवस कार्यक्रम मात्र गरेर हुँदैन । प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अध्यापनको आवश्यक छ । व्यवसाय सञ्चालनपूर्व करको दायरामा आउन आवश्यक छ ।’ सरकारले करको दायरा नबढाएर करको दर बढाएर व्यवसायीहरुलाई नै अप्ठयारो पार्दै गएको उनले बताए । ‘सरकारले करको दर मात्र बढाएर हुँदैन दायरा बढाउन आवश्यक छ, उनले भने, ‘कसैले ५ महिना देखि ५ वर्षसम्मा पसल व्यवसाय सञ्चालन गरेका हुँदैन । सबै करको दायरामा आउन आवश्यक छ । कर होइन करको दायरा बढाउन राज्यलाई अनुरोध छ ।’ त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले समृद्ध देशको परिकल्पना पुरा गर्न कर कार्यालयले चार बुँदामा ध्यान दिनुपर्ने धारणा राखे । ‘करदाता मैत्री कानुन, स्वच्छ सबल, सक्षम कर प्रशासन, इमान्दार करदाता र दिगो प्रभावकारी करनीतिमा ध्यान दिन सके समृद्ध देशको परिकल्पना पुरा हुन सक्छ’ उनले भने । 

कास्की:  पोखरा सभागृहमा जारी मतगणनामा गणक बनेर मत गणना स्थलमा छिरेका पोखरा ११ का निवर्तमान वडाध्यक्ष्यसमेत रहेका कांग्रेसका नेता मोहन बास्तोलालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको छ ।  नक्कली मत गणक बनेर कास्की क्षेत्र नम्बर २ को मतगणना स्थलमा मतगणना स्थलमा प्रवेश गरेका बास्तोलालाई मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले स्पष्टिकरण सोधेको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।  ‘निर्वाचनको सवालमा हाम्रो नियन्त्रणमा हुनुहुन्न । मुख्य निर्वाचन अधिकृतबाट नै नियन्त्रणमा लिएर स्पष्टिकरण सोधको जानकारीमा आएको छ ।’ डिएसपी तिवारीले भने । उनले अन्य नेताको कार्ड प्रयोग गरेर मतगणना स्थलमा प्रवेश गरेको बताइएको छ । उनलाई मतगणना स्थलमा देखेपछि नेकपा एमालेका गणकहरुले विरोध जनाएका थिए ।  पोखरा सभागृहमा अहिले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र २ (क) र २ (ख) को मतगणना जारी छ ।