पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराः  पोखरा महानगरपालिका ८ जाल्फारोडस्थित पद्य नर्सिङ कलेजमा पढाई रोकिएको ३ महिनापछि पढाई सुचारु भएको छ ।  चौतर्फीदबाव र आन्दोलनपछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब दिने सहमतिसँगै पठनपाठन सुचारु भएको हो ।  विभिन्न विषयमा सहमति भएपछि पढाई सुरु भएको अस्पतालका व्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।  उनका अनुसार कलेजमा कार्यरत कर्मचारीहरुले २० महिनादेखि तलब नपाएको भन्दै विद्यार्थी कलेज गएपनि शिक्षक नआउँदा भदौं देखि कक्षा सञ्चालन हुन सकेको थिएन । पद्य नर्सिङ कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरुले २० महिनादेखि रोकिएको तलब पाए मात्र पढाउन सुरु गर्ने अडानसहित प्रशासन, श्रम कार्यालय र सिटिभीटिमा निवेदन दिएका थिए ।  कलेजमा नियमित पढाई नभएपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुुले बुधबार कलेज प्रशासन अगाडी विद्यार्थीसहित पढाई सुरु गर्न दबाब दिएको थियो ।  पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षाको फारम भरेका विद्यार्थीहरु भदौ देखि नियमित पढाई नहुँदा आफुहरु चिन्तित भएको एक विद्यार्थीले बताएका थिए ।  कलेजमा कार्यरत एक कर्मचारीका अनुसार समयमा नै तलब नपाउँदा घरभाडा तिर्न देखि बालबच्चाको विद्यालयमा शुल्क तिर्नसमेत समस्या भएको सुनाएका थिए ।

पोखराः   नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ । समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । 

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको अभिमुखीकरण तालिम सहभागीहरुले नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने  अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा  खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका हुन्  । सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए । खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभुती भएको बताउँदै प्रदेशका सबै जिल्लाहरुले प्राप्त बजेटहरुको समुचित प्रयोग र व्यवस्थापन आवश्यक्ता रहेको बताए । सो अवसरमा परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गरेका थिए । यसै विच प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका विच नगद सहित सम्मान गर्ने भएको कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो । गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । कार्यकारी सदस्य गुरुङका अनुसार एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुन लागेका हुन् । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् । नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने छ । 

पोखराः   हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।   सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाई भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।  कार्यक्रममा मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुती राख्दै अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताउनुभयो ।  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनको लागि आफ्नै घरवाट सुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सनाले आवाजविहिनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताउनुभयो । ८८ प्रतिशत पत्रकार महिलाहरुलाई अनलाइनवाट हिंसा हुने उहाँले सो अवसरमा जनाउनुभएको थियो । अझै पनि लैङ्गिक समानतामुलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकोले अब जुझारु रुपमा लाग्नुपर्ने तिमिल्सिनाले उल्लेख गर्नुभयो । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सक्यौ भने हिंसा कम गर्न मद्धत पुग्नेमा उहाँको जोड थियो । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ष्ठले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै अब हामी हिंसा नसहने र हिंसा गरेको टुलुटुलु हरेर पनि नस्बने बताउनुभयो । उहाँले अब महिला हिंसाको प्रतिकार गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्कीका प्रमुख ईश्वर विक, नेपाल टेलिभजनका पोखराका संवाददाता पत्रकार पुरुषोत्तम शर्मा, नेष्डो गण्डकीका सुर्यप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले र सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले गर्नुभएको थियो ।

तनहुँ:  मंसिर महिना चिसो बढ्ने महिनामात्र हैन, घुमघामको सिजन पनि हो । यदि तपाई पोखरामा हुनुहुन्छ भने आसपासका प्राय: स्थानमा पुगिसक्नु भयो होला । अब केही फरक र नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने तपाइकालागि उचित गन्तव्य हुनसक्छ छिमेकी जिल्ला तनहुँको मगर गाउँ ‘दगाम’ । दगाम नाम कसरी रहन गयो भन्नेमा कुनै खास आधार र तर्क छैन । यद्यपि, पहिले दलित जातिको बस्ती रहेकाले दगाम भन्न थालिएको केही स्थानीय बताउँछन् । खैर, लेखको उद्देश्य भने दगामको प्राकृतिक छटालाई वर्णन गर्नु हो ।  गण्डकी प्रदेशको राजधानी पोखराबाट यात्रा तय गर्दा २४ किलोमिटर पूर्वतर्फ कास्की र तनँहुका सिमाना कोत्रे पुगिन्छ । त्यहाँबाट साढे ६ किलोमिटर उत्तरतर्फ कच्ची सडकखण्डको यात्रापछि शुक्लागण्डकी नगरपालिका २ को दगाम गाउँ पुगिन्छ ।  जहाँ ३८ घर धुरी रहेको छ ।  मगर जातिको बाहुल्यता रहेको सो गाउँमा ३ घर मात्रै गुरुङ जातिको रहेको छ । यहाँका स्थानीयहरु मुख्यत: कृषि, मौरीपालन, र घरबास व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् ।    किन जाने दगाम? गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न छ । त्यसको केही अंश हेर्न तपाई दगाम पुग्नैपर्छ । दगाम पुग्नु अघि उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरुले हाँस्दै स्वागत गर्छ । त्यसपछि दगाम होमस्टेको भवनमा पुगेपछि मगर भेषभूषामा सजिएका आमा समूहद्वारा  टिका, फुलका गुच्छा तथा मालाले स्वागत गरिन्छ । त्यसपछि पर्यटकलाई गाउँमै पाइने अर्गानिक परिकारको स्वाद चखाइन्छ । र सुरु हुन्छ साँस्कृतिक कार्यक्रमहरु ।    यस गाउँमा मगर जातिको बाहुल्यता रहेकै कारण कौराहा, घाटुँ तथा झ्याउरेको लोकप्रियता छ । यसबाट दगाममा मगर समुदायको कला तथा संस्कार अझै पनि जिवित रहेको प्रष्ट हुन्छ । त्यसैले संस्कृतिसँग पिरती गाँस्न चाहनेहरु दगाम पुग्नै पर्छ । साँस्कृतिक रुपमा धनि यस गाउँ प्राकृतिक रुपमा पनि उत्तिकै सम्पन्न छ । दगाम यस्तो ठाउँ हो, जहाँबाट सूर्याेदय र सूर्यास्त नियाल्न सकिन्छ । यतिमात्रै होइन यहाँबाट उत्तरमा हाँसिरहेको माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरु आँखै अगाडि देखिन्छ ।     त्यसैगरि कास्कीको रुपाताल, बेगनासताल र पर्यटकीय नगरी लेखनाथको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । भने दगाम आसपासमा रहेको भूमिकोट, विरकोट, थानकोट दर्शन गर्ने अवसर पाइन्छ । सोही स्थानबाटै तनहुँको दुलेगौँडा र खैरेनीटार पनि नजरमा पर्छ ।    दगामको सम्भावना तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ को दगाम गाउँ पर्यटकको पर्खाइमा रहेको छ ।  पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचारप्रसारमा कमी हुदाँ ओझेलमा परेको स्थानीय अगुवा नन्द बहादुर थापामगरले बताए । ‘हामी सस्कृतिमा मात्रै होइन प्रकृतिले पनि धनि छौं, उनले भने, ‘हाम्रो गाउँको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छौं ।’ खानेपानी र सडकको सुविधा भएपनि पर्यटकीय दृष्टिकोणले यथेष्ट नभएको थापामगरको भनाई छ । ‘बाटो पनि छ खानेपानी पनि लिफ्टिङबाट प्रयोग गरिराछौ, उनले भने ‘तर पर्यटकको ओइरो लाग्नको लागि सडकको सहज पहुँच हुनुपर्छ । त्यसको लागि हामी नगरपालिकालाई गुहारेका छौ ।’   शुक्लागण्डकी वडा नम्बर २ को  सम्पत्तिको रुपमा रहेका भूमिकोट, विरकोट, थानकोटको संरक्षण र सम्वद्र्धन अपरिहार्य छ । र स्थानीयहरु ऐतिहासिक महत्व बोकेका सम्पदा तथा संस्कार र संस्कृति संरक्षण गर्न लागि पर्दै आएका छन् । ‘हामीसँग हाम्रो आफ्नैँ मौलिक पहिचान छ । हामीसँग भाषा छ । कला छ । धर्म र संस्कार छ, स्थानीय तोरण बहादुर थापामगरले भने ‘त्यसैले पनि पाहुनाहरु यहाँसम्म आउनुहुन्छ । अझ यहाँ आउने बाटो पक्की भयो भने बाह्य पर्यटक पनि भित्रिन्थे । त्यसको लागि हामी आफ्नो तर्फबाट पहल गरिरहेका छौ ।’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तिला थापा मगरका अनुसार विगत ९ वर्षदेखि दगाम सामुदायिक होमस्टे सञ्चालनमा छ । यस दगाम होमस्टेसँग शुक्ला गण्डकी २ मै स्थानथोक कोट दरबार सामुदायिक होमस्टे, बाघ भैरव सामुदायिक होमस्टे, इमान्दार सामुदायिक होमस्टे सञ्चालनमा छन् । ‘यो क्षेत्रमा अहिले ४ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । तुलनात्मक रुपमा दगाममा बढी पाहुना आउनुहुन्छ, उनले भनिन्, ‘अझ बढी पाहुना भित्राउनका लागि हामी नगरपालिका तथा वडासँग समन्वय गरिरहेका छौ ।’    दगाममा आन्तरिक पाहुनाको तुलनामा बाह्य पर्यटक कम आएको उनको अनुभव छ । थापामगरका अनुसार होमस्टे व्यवस्थापन समितिले प्रतिव्यक्ति १ रात बसेको १२ सय रुपैया निर्धारण गरेको छ । पर्यटकीय स्थलको रुपमा सम्भावना बोकेको दगामको मुख्य समस्या कच्ची सडक भएको  होमस्टे सञ्चालिका सुस्मिता पुलामीमगरले बताइन् । ‘दगाममा आउनको लागि बाटो पक्की छैन र तरपनि पाहुनाहरु आइरहनुभएको छ । अझ बाटो पक्की भयो भने पाहुनाको ओइरो लाग्ने आशा गरेका छौ ।’ उनले भनिन् । शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।   तस्बिर: सुशान्त गाहा मगर (अर्जुन)                  

पोखराः   प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये स्याङ्जा र बाजुरामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।   मतगणनाको पछिल्लो विवरण अनुसार स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता कायम गरेका छन् । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गरेका छन् भने गुुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।   यस्तै बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राखेका छन् । पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गरेका छन् ।   दोलखामा भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाएका छन् । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गरेका छन् ।    

पोखराः   लेखनाथमा हुने ‘१८ औं लेखनाथ महोत्सव’ को तयारी तिब्र पारिएको छ ।  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष ७ देखि १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पुष ७ देखि १८ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार सो महोत्सवलाई सगरमाथा ईन्स्योरेन्स कम्पन्नीको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन गरेको छ । कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको ओझाले बताए । ‘कोभिड १९, रुस युक्रेन युुद्ध लगायत विभिन्न कारणले देशको आर्थिक चलायनमान हुन सकेको छैन्, उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिविधि चलायन बनाउन महोत्सवको आयोजना गरिएको हो ।’ महोत्सवमा कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको छ । ३ सय ३७ स्टल निर्माण रहने सो महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संयोजक ओझाले सुनाए ।  ओझाका अनुसार पुष ७ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भएर १० लाख बचत हुने अनुमान  गरिएको छ ।  महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको  भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास र बेगनासताल, रुपाताल लगायत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन एवम् समाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।  १८ औं लेखनाथ महोत्सवमा साहित्यक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, विभिन्न जातजातिको लोप हुने लागेको कलासंस्कृति, झाकी प्रदर्शनी, लगायत राष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।  वि.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।

काठमाडौंः   भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ ।   मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छु, विज्ञप्तिमा भनिएको छ, निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छु, विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंः   मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताउनुभयो ।  “चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्”, उहाँले भन्नुभयो, “दैनिक चार/पाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।” चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । “मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन”, अछामका नागेश्र टमाटाले भन्नुभयो, “जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।” पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर बिदेसिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउनुहुन्छ । “चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे”, उहाँले भन्नुभयो, “चुनावको उत्सवमा मतदान गर्‍यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।” स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताउनुभयो । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन”, उहाँले भन्नुभयो, “त्यसैले घर खर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।” संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । “अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ”, बझाङका दुर्गा बोहराले भन्नुभयो, “नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।” कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।