पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

काठमाडौंः   प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो । बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खारपितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली पर्व मनाउने तरिका फरक छ । उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गर्ने गरिएको छ। सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

पाल्पाः   पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् ।  बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।  मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।  पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी झन्डै एक सय ५० जना बिरामी परेका हुन् । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले ुफुड पोइजनु को खास कारण पत्ता नलागेको र पानी जाँचको प्रक्रिया अघि बढेको जनाएको छ ।

काठमाडौंः   निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले सबभन्दा धेरै ३४ सिट पाएको छ । कांग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले समान ५र५ सिट पाएका छन् । प्रदेशसभातर्फ कांग्रेस, एमाले र माओवादीसँगै राप्रपाले सात वटै प्रदेशमा सिट पाएको छ । एकीकृत समाजवादीले भने गण्डकीमा डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । अरु ६ प्रदेशमा भने उसले थ्रेसहोल्ड कटाएर सिट पाएको छ । प्रदेश १ मा सबभन्दा धेरै १५ सिट एमालेले पाएको छ । कांग्रेसले १२, राप्रपा र माओवादीले ४र४ तथा जसपा र एकीकृत समाजवादीले १र१ सिट पाएका छन् । यो प्रदेशमा अघिल्लो पटक एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो पटक भने थ्रेस होल्ड कटाउन सकेन । मधेस प्रदेशमा १० दलले समानुपातिकबाट सिट पाएका छन् । सबभन्दा धेरै ९ सिट कांग्रेसले पाएको छ । एमालेले ८, जनमत र जसपाले समान ७र७, माओवादीले ४, एकीकृत समाजवादीले ३, लोसपाले २ सिट पाउँदा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समान १र१ सिट पाएका छन् । प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीले अघिल्लो पटक पनि एक सिट पाएको हो भने जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेशसभामा आएका हुन् । बागमती प्रदेशमा एमालेले सबभन्दा धेरै १४ सिट पाएको छ । कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६ सिट पाउँदा एकीकृत समाजवादी र नेमकिपाले २/२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । राप्रपाले अघिल्लो पटक एक सिट पाएको थियो भने हाम्रो नेपाली पार्टी नव प्रवेशी हो । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको छ । अघिल्लो पटक समानुपातिक सिट पाएको जसपा (तत्कालीन नयाँ शक्ति) र राष्ट्रिय जनमोर्चाले यो पटक डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । लुम्बिनी प्रदेशमा १० दलले समानुपातिकतर्फ सिट पाएका छन् । एमालेले सबभन्दा धेरै ११ सिट पाएको छ भने कांग्रेसले १० सिट पाएको छ । माओवादीले ४, राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टीले २/२ सिट पाउँदा जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाएका छन् । कर्णाली प्रदेशमा एमाले र कांग्रेसले समान ५/५ सिट पाउँदा माओवादीले ४, एकीकृत समाजवादी र राप्रपाले १/१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि एमाले र कांग्रेसले समान ७/७ सिट पाएका छन् । माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ सिट पाउँदा राप्रपा र एकीकृत समाजवादीले १/१ सिट पाएका छन् 

बेनी:  बेनीमा बुधबार माटोको ढिस्कोले पुरिbf एक निर्माण व्यवसायीको मृत्यु भएको छ।  बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।    भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।  स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुन् ।   ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए । बरुवाल नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा इकाई समिति सभापतिसमेत थिए । 

हुम्ला:  नेपालगञ्जबाट हुम्लाको सिमकोट उडेको कार्गो जहाजमा चिल ठोक्किएको छ ।   तारा एयरका एक कर्मचारीका अनुसार अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको करिब १ बजेतिर आकाशमा चिल ठोक्किएको हो ।    चिल ठोक्किदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको बताइएको छ भने जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना रहेका थिए ।

पोखरा:   पोखरा महानगरपालिका वडा १ को कार्यालयले राष्ट्रिय माविमा अध्ययनरत १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।   विद्यालयको ७४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडाको ‘सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम’ अन्तरगत गरिब तथा जेहेन्दार १६ विद्यार्थीलाई जनही ५ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।   छात्रवृत्ति प्रदान गर्दै वडाध्यक्ष शाहारा प्रधानले विभिन्न विकास तथा सामाजिक कामसँगै शिक्षाको क्षेत्रमा पनि रचनात्मक कार्य गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गरेको बताए । उनले स्वाबलम्बी बन्नका लागि विद्यार्थीहरु अध्ययनशिल हुनुपर्नेमा जोड दिदै सो छात्रवृत्तिले विद्यार्थीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।   उनका अनुसार वडाको सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम अन्तरगत विद्यालयको सिफारिसमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।  अध्यक्ष प्रधानले आगामी दिनमासमेत शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने र सदैव वडाबासीको साथमा रहने प्रतिवद्धता जनाए ।    यसैगरि वडा सदस्य शोभा गुरुङले विद्यार्थीहरु भविष्यका कर्णदार भएको बताउदै प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको बताइन् । वडाको यो कार्यले विद्यार्थीहरुलाई केही प्रोत्सहान मिल्नेमा हामी विश्वस्त छौ, उनले भन्नि, आगामी दिनमासमेत हामीले विद्यार्थीमैत्री कार्यक्रमहरु लिएर आउनेछौ । ’   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेहरुमा कक्षा ५ कि नम्रता गौतम, कक्षा ६ का प्रकाश नेपाली, कक्षा ७ की दिलिशा कौशल, कक्षा ८ की स्वस्तिका नेपाली, सोही कक्षामै अध्ययनरत निश्चल देवकोटा, कक्षा ९ का नितिन गुरुङ, सोही कक्षाकै पुनम परियार, कक्षा १० का कृष्ण सेन्चुरी, सोही कक्षाकै सुरक्षा सुवेदी रहेकी छिन् ।     यसैगरि कक्षा ११ की दिया गुरुङ, कक्षा १२ कि अस्मिता कुमारी, सदिक्षा सुवेदी, मञ्जु पौडेल, मालती क्षेत्री, सलोन मगर र रितु गुरुङ रहेकी छिन् ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीको सभापतित्वमा सम्पन्न छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु जुमकाजी गुरुङ, जुकमाया परियार र रामजी प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।    

काठमाडौं:  नेपाल बार एशोसिएशनले चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिएपछि आज (बुधबार)नै सर्वोच्च जाने तयारीमा छन् । यो खबर पाएसँगै नेपाल बार एशोसिएशनले आकस्मिक बैठक बोलाएको छ । महासचिव अञ्जिता खनालले भनिन्, ‘हामीले तत्काल बैठक बसेर आगामी निर्णय गर्छौं ।’ बारका उपाध्यक्ष हर्क रावलले महाअभियोग प्रस्ताव संसदमा कायम रहेको र संसदमा महासचिवले पत्र दिनु कानुन विपरीत हुने बताए । बारको ठहर पहिलादेखि जे हो, अहिले पनि त्यही छ, संसदको महासचिवले पत्राचार गरेको भन्ने कुरा आएको छ, महासचिवसँग पत्राचार गर्ने अधिकार छैन । उहाँले गलत काम गर्नुभएको छ । ऐनले नियमले नदिएको काम गर्नुभएको छ’ उनले  भने । उपाध्यक्ष रावलले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा कायम रहेको र अर्को प्रतिनिधिसभा आएपछि त्यसमाथि सुनुवाई हुनुपर्ने बताए । ‘यदि संसदको महासचिवले पत्र दिएको हो र चोलेन्द्र आउने हो भने विरोधका लागि जे जे काम गर्नुपर्ने हो हामी गर्छौं । उहाँले त्यो दुस्साहस नगरे हुन्छ ।’ बार महासचिव अञ्जिता खनालले संघीय संसदका महासचिवले महाअभियोग निष्क्रिय भयो भनी पत्र दिनु असंवैधानिक र गैरकानुनी हुने बताइन् । महाअभियोगजस्तो गम्भीर विषय एउटा पत्रको भरमा निष्क्रिय हुन नसक्ने उनको भनाइ छ । ‘एउटा प्रतिनिधिसभाको कार्यकाल सकिएर अर्को प्रतिनिधिसभाले ग्रहण गरेर टुंग्याउनुपर्ने महाअभियोगजस्तो आरोपलाई संघीय संसदले चिठीका भरमा खारेज गर्न मिल्दैन’ उनले भनिन् ।

काठमाण्डौ:  प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ ।   निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ ।   नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ ठाउँमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७र७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि प्राप्त मत र भारका आधारमा दलहरुले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ । विवरण अनुसार एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन । प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दैछन् । निर्वाचन आयोगले आज सम्बन्धित दललाई पत्र पठाउने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गरिनेछ । आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा चुनावी मतपरिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

पोखराः   कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफुलाई एउटा घटनाले संसदमा पुर्‍याएको बताएकी छिन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् । उनले एउटा अविस्मरणीय घटनाका कारण सांसद बनेको बताउदै राजनीतिमा आफै आएको बताइन् । ‘संसदमा एउटा घटनाले पुर्‍यायो, तर राजनीति आफै आएकी हुँ, भट्टराईले भनिन्, ‘हरेक समयको प्रक्रियालाई हेर्ने हो भने, सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ, एउटा घटनाले निर्माण गर्छ अर्को विभिन्न आन्दोलन र अभ्यासले , घटनाले संसदमा पुर्‍याए पनि आन्दोलन र अभ्यासले राजनीतिमा आएकी हुँ ।’ सांसद भट्टराईले आफ्नो स्वर्गीय पतिको नामलाई जोडेर मात्रै आफु परिचित नभएको बताउदै भनिन्, ‘परिचय र पहिचान दिने कुरामा रविन्द्रको धर्मपत्नी, त्यो एउटा परिचय हो । त्यो कुरालाई अस्विकार गर्दिन, पारिवारिक सम्बन्धका लागि मेरो लागि स्वीकार्य छ तर राजनीतिककर्मी, सांसदको सदस्य मान्य हो भने जनताले विद्या भट्टराईलाई अभिमत दिनुभएको छु, म जनप्रनिधि हुँ आफ्नै परिचय र पहिचान पनि जोडिएको छ ।’ उनले आफ्नो धर्मपति अधिकारी सबैको मनमा बस्न सफल एक उदाहरणीय राजनीतिकर्मी भएको सुनाइन् । उनले फरक प्रसंगमा बोल्दै आफु सांसदका रुपमा दोहोरिएपछि कास्की २ को विकास निर्माण र महिलाको उत्थान र विकासको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् । ‘कास्की २ बाट जुन अभिमत पाएकी छु त्यसलाई दुरुपयोग गर्दिन्, उनले भनिन्, ‘अभिमतको सम्मान गर्दै अब कास्की २ को विकाससँगै महिलाको उत्थान र विकासको लक्ष्यलाई अगाडी बढाउन अब मेरो संसदको यात्रा हो ।’ भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि पनि उनी रबिन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन भिडेर सांसद भएकी थिइन् ।