पोखराः लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तीव्र गतिमा बढिरहेको छ । विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई सभ्यभव्य र विगतका महोत्सवभन्दा फरक र व्यवस्थित बनाउन सुझाव संकलन कार्य जारी रहेको अवस्थामा बुधबार मात्र साविक पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिसँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउन विगतका कमिकमजोरीलाई सुक्ष्मरुपमा नियमावली नयाँँ गतिविधि तथा प्रविधि प्रदर्शनी अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
पोखरा: विद्यार्थीहरुका लागि नोवेल पुरस्कार मानिने हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा बृहत रुपले आयोजना हुने भएको छ । हल्ट प्राइज पोखरा विश्वविद्यालयले आज (बुधबार) पत्रकार सम्मेलन गदैैँ सो जानकारी दिएको हो । सम्मेलनमा बोल्दैँ क्याम्पस निर्देशक सूरज राज केशरीले हल्ट प्राइज विद्यार्थीहरुको लागि सामाजिक उद्यमशीलत प्रतियोगिता भएको बताए । हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुटज गर्ने कार्य गर्दछ । केशरीले भने, ‘रिजनल्स सम्म पुगेर बाहिरिएका विद्यार्थीहरुको लागि नेपालमै विजनेस अफर समेत आउने गर्दछ ।’ २०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ । जसमा विद्यार्थीहरुले फेसन र कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ । हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेशनल हल्ट कम्यूनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीहरुले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ । हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् । सात वर्ष देखि नेपालका विश्वविद्यालयहरुले सहभागिता जनाउन थालेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढि विश्वविद्यालय र आङ्गिक विद्यालयहरुले सहभागिता जनाएका छन् । साथै यस प्रतियोगिताको लागि पोखरा विश्वविद्यायले सम्बन्धित विद्यालय र कलेजको स्नातक , स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीहरुको लागि फाराम खुलाएको छ ।
कास्की: पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ । निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो । वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो । तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे । उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो । तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।
पोखरा: एघारौ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयां गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी संगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले आफुहरु निकै उत्साहित भएको वताउदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै क्ल्वका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको वताउदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको वताए । युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएको र महोत्सवको आम्दनीबाट युनाईटेड क्लवले सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले महोत्सवमा सहकार्य गर्ने सम्पूर्णको योगदान महत्वपूर्ण रहेको वताए । त्यसैगरी एघारौं पोखरा महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच एघारौं पोखरा महोत्सव खानेपानी ब्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङले सामाजिक क्षेत्रमा अब्बल युनाईटेड क्लव संगको सहकार्यले आफ्नो ब्यवशाय प्रवद्र्धन संगै सामाजिक काममा अगाडि वढ्न पाउदा आफुहरुमा उत्साह थपिएको वताए । महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । जस अनुरुप महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
कास्की: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’ उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए । ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।
पोखरा: डेभिजफल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट विजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गर्नुभयो । त्यस्तै सम्मानित व्यक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने ताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुछ्रे हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अवको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताउनुभयो । अहिले गाउका दुर दराजमा सडक, खानेपानी जस्ता विकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको विकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उहाँको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गर्नुभयो । ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
हेम्जा: माछापुछ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुछ्रे –४,लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयले जितेको छ । पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यता ४ स्वर्ण ३ रजत र ३ कास्या प्राप्त गरि माछापुछ्रे मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
कास्की: पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा उठाइदै आएको कार तथा मोटरसाइकल पार्किङ शुल्कको ठेक्का सकिएको छ । पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच भएको सम्झौता हिजो (मंसिर २७ मंगलबार ) समाप्त भएसँगै आजदेखि कार तथा मोटरसाइकलको पार्किङ शुल्क उठाउन नपाइने महानगरले बताएको छ । अब महानगरले अर्काे ठेक्का सम्झौता नगरेसम्म आम नागरिकले पोखरा महानगरभित्र निशुल्क पार्किङ गर्न सक्नेछन् । महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।
बर्दिया: ब्राउनसुगरसहित तीन पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका १ डाँफे बस्ने १६ वर्षीय किशोर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

