पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

बागलुङः    राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो ।  प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ । यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।

पोखराः   नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।     पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो । कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए ।  उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’  कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।  संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।  कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’  टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।   

पोखराः   बुकवर्म फाउन्डेसनको आयोजनामा नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ ।   बुकवर्म फाउन्डेसनको आयोजनामा सञ्चालन हुने फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रर्वद्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौ साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ । साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ फेस्टिभलको पहिलोदिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने छ । यस्तै फेस्टिभलमा शिक्षा ३ समहरु रहेका छन् साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको आयोजक टोलीका विकास रोकामगरले बताए । “शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं । त्यसमाथि यस वर्ष दशौ संस्करणको फेस्टिभल हो,’ उनले भनिन्, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं।’ पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ ।  आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘यस्ता फेस्टिभल अरु पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ लामिछानेले भने । नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुयाउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ,’ उनले भने । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।

पोखराः    पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए । बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लैजान लागिएको जानकारी दिए । उनका अनुसार भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मा स्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइने छ । भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर बिदाइ पश्चात् आफ्नो भनाई राख्दै पोखरा महानगरका मेयर धनराज आचार्यले निर्वाचित भएर आइसकेपछि पोखरालाई साँच्चैको महानगर बनाउनका लागि यहाँका न्यूनतम आवश्यकताहरूलाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडी बढिरहेको बताए । उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए । अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मान स्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडी बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रमहरू ल्याउने बताए । उनले ज्येष्ठ नागरिकहरूमा वृद्ध भत्ता सम्बन्धी केही अस्पष्टता रहेको भन्दै महानगरबाट दुई सय रुपैयाँ थप दिँदै आइएकोमा नेपाल सरकारबाट त्यसरी दिन नमिल्ने भन्दै बेरुजु बनाइएपछि अहिले पोषण कार्यक्रमका रूपमा दुई वटा शीर्षकमा खातामा रकम पठाइरहेकाले सबैलाई स्पष्ट हुन आग्रह गरे । उनले भ्रमण टोलीलाई सफल यात्राको शुभकामना दिँदै बागलुङ कालिका प्रसिद्ध धार्मिक स्थल भएको र झोलुङ्गे पुल, पुल मात्र नभएर संसारले हेर्न आउने अग्लो स्थानको पुल भएकाले आनन्द पूर्वक अवलोकन गर्न आग्रह गरे । यस्तै, भ्रमणमा सहभागी मध्ये ज्येष्ठ नागरिक श्याम प्रसाद सुवेदीले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा पहिलो पटक यसरी वडाले सम्झिएर भ्रमणमा लैजान लागेकोमा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे ।  भ्रमणको नेतृत्व वडा सदस्य बलराम पौडेल गरेका छन् । भने, ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक जना नर्ससहित तीन जना स्वास्थ्य स्वयंसेविकाको टोली र रेखदेखका लागि वडाका तीन जना कर्मचारीलाई खटाइएको छ ।

काठमाडौंः    नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । मङ्सिर २९ गतेसम्म भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को कात्तिकसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएका थिए । राखिएका पुस्तकमध्ये ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘वर्ण व्याकरण’, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, चूडानाथ भट्टराईको ‘पौरस्त्य दार्शनिक कृतिहरु’, ‘नेपाली लोकवार्ता’, ‘दर्शनावली भाग एकदेखि नौसम्म’, जगतप्रसाद उपाध्यायको ‘नेपाली दर्शन’, पुस्तक बढी बिक्री भएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु तीनदेखि रु तीन हजार ३०५ सम्मका पुस्तक राखिएका थिए । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायत विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० भन्दाबढी थरीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएका थिए । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोश रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएका थिए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेकामा यसपटक पनि त्यस्तै देखिएको प्रतिष्ठानले जनाएको छ ।     प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा प्रदर्शनी आयोजना गरिँदै आएको छ । यसपटक भने प्राज्ञ सभाको अवसर पारेर प्रदर्शनी गरिएको हो । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने छ । यसपटकको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका बदरीनाथ भट्टराईले लेख्नुभएको ‘संस्कृत साहित्यको ंिसंहावलोकन’, शीतल गिरीको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, श्याम खनाल सङ्कलक÷सम्पादक रहेको ‘नयराज पन्तका ज्योतिषी चिन्तन’, अनुवादक र सम्पादक स्नेह सायमी रहनुभएको ‘नेपाल भाषाका समकालीन कविता’, सम्पादक जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको ‘चूडानाथ भट्टरायका पौरस्त्य दार्शनिक कृतिहरु’ नामक पुस्तक राखिएका थिए । यसैगरी लेखक डा बीपी बाजपेयी र अनुवादक डा विज्ञान भिक्षु रहनुभएको ‘विश्व धर्म (प्राणनाथका धर्मको एकीकरण)’, प्रा डा कृष्णचन्द्र शर्माको ‘नेपालमा नाथ योग दर्शनको परम्परा’, डा शुक्रराज अधिकारीको ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, सम्पादक योगेन्द्रप्रसाद यादव रहनुभएको ‘मातृभाषाको रुपरेखा भाग–३’, भीमराज गौतमको ‘कुसुण्डा भाषाको व्याकरण’ र भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’लगायत पुस्तक  प्रदर्शनीमा राखिएका थिए   

काठमाडौंः   कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा। सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन । अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन । ‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो, तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’       सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो । नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ । 

गलेश्वरः    म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ । मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ । “गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । “गौँथली आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौँथली रु घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्न मुस्किल छ”, बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो । गौँथली हराउनुका थुप्रै कारण भएको विज्ञको भनाइ छ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले माटोका घर भत्किएपछि भूकम्पबाट प्रभावित जिल्लामा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ । “केही वर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिँदैनन्”, ज्यामरुककोटका ८९ वर्षीय खड्गबहादुर घिमिरेले भन्नुभयो ।   विभिन्न समयमा हुने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभावलगायत विविध कारणले गर्दा गौँथली नासिदै गएका वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदूषणका कारणले गौँथली सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । दुई दशक अघिसम्म म्याग्दीका घरैपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसकेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा यिनीहरू लोप भइरहेका छन् । किसानले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरूको खानामा असर परेको देखिन्छ । हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ । सामान्यतया आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जीउको रङ खैरो र कालो हुन्छ भने पेटतिरको भागको रङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराको भन्दा बेग्लै किसिमको हुने चराविद् सापकोटाले बताउनुभयो । “अरु चराले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलोभित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाउँछ । यसले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने गर्छ । गौँथली प्रायः जोडी बनाएर बस्ने गर्छन्”, सापकोटाले भन्नुभयो । मानव बस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउदा यिनीहरूको संरक्षण हुन नसकेको उहाँको भनाइ छ । गौँथली चराको विशेषता र सुन्दरतालाई वर्णन गर्दै धेरै साहित्यकारले साहित्यको रचना गरेका छन् । सधँै जोडी बनेर बस्ने गौँथली घर वरिपरि नै बस्न रुचाउने गर्दछ ।

काठमाडौंः   संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ । ‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।  शान्ति मिशनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिशन सिनाइ (ईजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो । हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय ४४ वटा शान्ति मिशनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ सकलदर्जा शान्ति मिशनमा सहभागी भएकामा एक हजार नौ सय ८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुती दिएका छन् भने ६८ जना सकलदर्जा घाइते भएका छन् । हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिशनमा नेपाली सेनाका छ हजार १६ जना सकलदर्जा ९चार सय २९ महिलासहित० सहभागी भइरहेका छन् ।  यसैगरी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशन मध्य युएनडिओएफ मिशन सिरियामा फोर्स कमाण्डर, युएनआइएफआइएल मिशन लेवनानमा डेपुटी फोर्स कमाण्डर तथा एमआइएनयुएसएमए मिशन माली र युएनएमआइएसएस मिशन दक्षिण सुडानमा सेक्टर कमाण्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत हुनुहुन्छ ।

दोलखाः   बाघको आक्रमणबाट रामेछापको गोकुलगंगामा एकजना गम्भीर घाइते भएका छ्न । गाइते हुनेमा गोकुलगंगा गाउंपालिका वडा नं १ ढांडे निवासि अन्ध्वज कार्कि रहेका छन ।  कार्की पौष १ गते स्थानीय बनमा पत्कार सोर्न जाने क्रममा बाघको आक्रमणमा परेको स्थानीय शिक्षक लोकध्वज कार्कीले बताएका छ्न । घाइतेलाई जिरी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भाव नभए पछि सामान्य उपचार पछि थप उपचारको लागि राजधानी रिफर गरीएको छ ।  गौरीशंकर संरक्षण क्षेत्रबाट पछिल्लो समय जंगली जनावार मानव बस्तिमा छिर्ने र आक्रमण गर्ने गरेको छ । गत वर्ष रामेछापको गोलुलगंगा र दोलखाको जिरी नगरपालीकाको केहि ब्यक्ति भालुको आक्रमणमा परेका थिए ।