पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

सर्लाही:  सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए  ।  इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए ।  आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

चितवनः   नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

पोखराः    दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् । टुर दि पोखराको तयारी पुरा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ ।  दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो ।  बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ ।  साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् ।  यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।     

पोखरा: पोखरामा झव: भ्वय तथा सांस्कृतिक उत्सव हुने भएको छ । नेवा: खल कास्की र नेवा: मिसा पुच: कास्कीको आयोजनामा यही पुस ९ गते तेस्रो संस्करणको उत्सव आयोजना हुन लागेको हो । नेवारी संस्कृति र खानपानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवा: मिसा पुच: का संस्थापक अध्यक्ष शान्ति उदासले जानकारी दिइन् । पोखरामा पहिलोपटक २०७२ सालमा झव: भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले बताइन् । परम्परादेखि चलिआएको प्रचलनलाई युृवा पुस्ताले बिस्तारै भुल्दै गएकाले नयाँ पुस्तालाई ‘फुड कल्चर’ का बारेमा जानकारी गराउन कार्यक्रमले सघाउ पुग्ने संयोजक मोहिनी श्रेष्ठले बताइन् । कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । १ हजार २ सय जनालाई भोज खुवाइने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवा: छे: मा आयोजना हुने छ । विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण श्रेष्ठ, प्रचारप्रसार संयोजकमा शान्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् । कार्यक्रमलाई सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले प्रयोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

पोखरा:   ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ ।  सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।  आइतबार साँझ पसलबाट घर फर्कने क्रममा सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आएर एक्कासि गोलि हानेर साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित परिवारका एक सदस्यले बताए ।  व्यवसायी सुनारको हाल धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा हुनु हो, तसर्थ घटनालाई तीव्रतका साथ अनुसन्धान गरी अपराधीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्यायको लागि आवश्यक पहल गर्र्न सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’  

पोखराः    गण्डकी प्रदेश भलिबल संघले पोखरामा आयोजना गर्नै प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  पुष ६ देखि १० गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकीका १० जिल्लाको सहभागिता हुने संघका महासचिव टहलसिंह थापा मगरले बताए ।  ‘पुष २४ देखि काठमाडौंमा एनभिए कप र माघ ८ देखि पोखरामा टाइगर कपलाई मध्यनजर गर्दै गण्डकी प्रदेशका जिल्लाबाट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरेका हौं, महासचिव थापामगरले भने, ‘पत्राचार ११ जिल्लालाई नै गरेका हौं, मनाङबाट उपस्थित नहुने खवर पाएका छौं मनाङ बाहेक १० जिल्लाको सहभागिता रहन्छ ।’  उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।  प्रतियोगिता सञ्चालन गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय  बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।  उनले प्रतियोगिताबाट संकलित रकमले खेलाडीहरुलाई लक्षितगरि महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको बताएका थिए ।   

बलिउडमा ‘कम्पनी’बाट डेब्यु अवार्ड जितेर स्टार बनेका अभिनेता विवेक ओबराय परिवारका ११ सदस्यसहित अहिले पोखरामा मस्ती गरिरहेका छन् ।    पोखराको लेकसाइड र डाडाँकाडाँमा फेरो मारिरहेका उनै ओबराय सोमबार दिउँसो प्याराग्लाइडिङ्मा मस्त थिए । स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहामगरकाे टाेलीलेभरेकाे उडानमा  उनका परिवारका ४ जना बच्चा पनि थिए ।    फेवा किनारमा अन्तिममा टेकअफ गरेका ओबराय ग्लाइडरको हार्नेससहितै सुनगाभा न्यूजसँग गफिए । ‘नेपाल अझ पोखरा त घरजस्तै लाग्यो, हामी सबै रोमाञ्चित छौं’ ओबरायले भने ‘यहाँको उडान म र मेरो परिवारले जिन्दगीभर बिर्सने छैन ।’ भारत र नेपालबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले यहाँको आतीथ्यता संसारकै उत्कृष्ट रहेको उनको भनाई छ । ‘यहाँ सबथोक रहेछ, अझ नेपाली मनको जति तारिफ गरेपनि कमै होला’ ओबरायले सुनाए ।    नेपालबाट फर्किएपछि पोखराको चर्चा गर्ने र पोखरा जीवनमा एकपटक घुम्नैपर्ने ठाउँ रहेको सन्देश दिने उनका उद्देश्य छ । त्यस्तै, ४ वर्षे छोरीसमेत सुरक्षिततवरले प्याराग्लाइडिङ्मा उडेको भन्दै पोखरेली प्यारापाइलटको खुलेरै प्रशंसा गरे ।   सोहीक्रममा ‘अब विवेकलाई सिनेमाको पर्दामा कहिले देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा उनले ‘धारावी बैंक’ ओटीटीमा प्रशारण भइरहेको र हाल रोहित सेट्ठीको निर्देशनमा रहेको ‘इन्डियन पुलिस फोर्स’ अर्काे वर्ष रिलिज हुने जानकारी दिए ।    कुराकानीकैबीच परिवारका सदस्यले भोकाएको संकेत गरेपछि ओबरायले भने ‘अब लञ्चमा मुस्ताङ् दालसँग दबाएर भात खाने बेला भयो, सबैलाई नमस्ते !’   ओबरायका ‘कम्पनी’, ‘दम’, ‘साथियाँ’, ‘मस्ती’, ‘युवा’, ‘शुटआउट एट लोखण्डवाला’, ‘ओमकारा’लगायत फिल्म हिट छन् । त्यस्तै, उनका बुवा सुरेश ओबरायसमेत सुपरहिट अभिनेता हुन् ।    तस्बिर: सुशान्त गाहा मगर                

धनगढी:   ‘मानवताका लागि सङ्गीत’ नारासहित देश भ्रमणमा रहेको नेपथ्यले आइतबार धनगढीमा छैटौँ कन्सर्ट गरेको छ । ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा कन्सर्ट गरेको हो । द्वन्द्वकालमा बाहिरका मानिस आउन सङ्कोच मान्दा पनि बारम्बार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो । सुरुमा दुई वटा म्युजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्‍यो । दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’ । यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्यान्डले सर्वकालिक हिट गीत प्रस्तुत गर्दा धनगढीले व्यापक स्वागत गरेको थियो ।  त्यसपछि श्रोता दर्शकहरूलाई स्वागत गर्दै गायक अमृत गुरुङले ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’ यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्कै लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कन्सर्टको अन्त्य नेपथ्यले ‘गाउँ गाउँबाट उठ’ गीतबाट गरेको थियो । कन्सर्टमा गायक गुरुङलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । 

 काठमाडौं:   वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् ।  सन् २०२१र०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।  आर्थिक वर्ष २०२०र०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०र०२१ को तुलनामा २०२१र०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।