पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:  पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फछ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ ।   महानगर लेखा समितिको नवौं बैठकले बेरुजुलाई सुशासनको करात्मक सुचकको रुपमा समेत लिइने हुदाँ महानगरपालिकाको बेरुजु अध्याधिक बढदै गइरहेकोले र फछ्यौटको गति सुस्त रहेकोले आगामी दिनमा सुन्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फछ्यौटको ब्यवस्था मिलाई प्रगती विरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई निर्देशन दिएको छ ।   बैठकले संघीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको ता कामको प्रयोजन समेत नखुलेको दुबै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा बस्तुनिष्ठ र मितब्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न समितिले निर्देशन दिएको छ । समितिले महानगरका कर्मचारीहरुलाई आवास सम्वन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था विनानै घरभाडाका लागि ठूलो रकम खर्च हुने  गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौ बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।  उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी, जस्ता पदमा बाहेक अन्य पदहरुमा कर्मचारी राख्न नपाउने ब्यवस्था भएपनि अन्य पदहरुमा  समेत करारमा कर्मचारी भर्ना गरिरहेको  अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसंग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको छ  । यस्तै बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुदाँहुदैँ महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भएपनि महानगरको आफनै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाँै रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले जानकारी दिनुभयो ।  कार्यपालिका बैठक,तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुदाँहुदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफुले तिरेको राजश्व रकम दुरुपयोगको बढदो टिप्पणी एवं चिन्ता ब्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभुति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ ।  त्यस्तै लेखा समितिले भाटभटेनी, पानी पधेरो, मणिपाल लगायतका नीजि हस्पिटलहरु, सेल्वेज, टे«ड महल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र नीजि विद्यालय मदरल्याण्ड, कुमुदिनी होम्स, सेन्ट मेरीज जस्ता , बोडिङ समेतका ठूला करदाताहरुको कर सम्वन्धि लगत राख्ने, व्यवसाय दर्ता, बक्यौताको विवरण तयार गरी िअसली गर्न निर्देशन दिएको लेखा समिति सभापति रानाभाटले बताए । समितिले कर बढाउन करदाता शिक्षा, कर संकलन र ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न समेत निर्देशन दिएको लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिए ।  लेखा समितिले मंगलबार महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र  आर्थिक विकास महाशाखा मनहर कडरियालाई कार्यालयमा बोलाई शैक्षिक क्षेत्र र कृषिका बारेमा जानकारी लिएको छ । लेखा समिति सभापति झपट रानाभाट,सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा रहेको ब्यथितिलाई सुधारका लागि कार्ययोजना बनाएर ल्याउन विशेष निर्देशन दिएको सदस्यसचिव रोमनाथ उपाध्यायले बताए ।   

पोखरा:  लेखनाथमा हुने ‘१८ औं लेखनाथ महोत्सव’ को तयारी पुरा भएको छ ।  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष ७ देखि १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पुष ७ देखि १८ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार सो महोत्सवलाई सगरमाथा ईन्स्योरेन्स कम्पन्नीको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन गरेको छ । ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेकाको संयोजक बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने ओझाले बताए ।  महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास र बेगनासताल, रुपाताल लगायत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन एवम् समाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।  कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको आत्रेय बताए । ‘कोभिड १९, रुस युक्रेन युुद्ध लगायत विभिन्न कारणले देशको आर्थिक चलायनमान हुन सकेको छैन्, उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिविधि चलायन बनाउन महोत्सवको आयोजना गरिएको हो ।’ उनका अनुसार महोत्सवमा कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको छ । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ५०, साधारण टिकत तर्फ ८०, कन्सर्ट टिकट १ सय ५० र जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डको आधारमा निशुल्क प्रवेश गरिने अध्यक्ष आत्रेयले जानकारी  दिए । उनका अनुसार १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भएर १० लाख बचत हुने अनुमान गरिएको छ भने महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोवार हुने लेखनाथ उद्योग वाणिज्य संघले अनुमान गरेको छ । वि.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।  

पोखरा:  युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ ।  युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र नभइ नेपालभर र विदेशमा समेत सदस्य विस्तार गर्दै आएको कलवले एघारौ पोखरा महोत्सवमा सहयोगी संस्थाको रुपमा रहेर सहकार्य गर्ने सम्झौता भएको हो ।  मंगलवार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नविन श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच सहकार्य गर्ने निर्णय भएको हो ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यावसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब” भन्ने मुल नाराको साथ नेपालभरका युवा ब्यवशायीहरुलाई एकीकृत गर्दै आइरहेको युथ कम्युनिटी क्लवले युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।  युथ कम्युनिटी क्लवले पारिवारीक र निर्वाहमुखी ब्यवशायलाई विविधीकरण, ब्यवशायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह गर्दै एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्दै विदेश पलायन भएका तथा बेरोजगार तथा युवा जनशक्तिलाई नेपालमै आत्मनिर्भर एवं उद्यमशील समाजको निर्माण गर्न युथ कम्युनिटी क्लव लागि परेको श्रेष्ठले बताए ।  त्यसैगरी क्लवले युवा ब्यवशायीहरुलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सेमिनार, फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने, एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने, देश भित्र विभिन्न व्यवसाय गरिरहेको युवाहरुलाई सस्थामा समाबेश गराउने, जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना गर्ने , व्यावसायको प्रोमोशन, व्यावसाय रिसर्च, व्यावसायको छलफल, बदलिदो र विकशित अर्थतन्त्रमा हरेक क्षेत्रका व्यावसायीहरु स्थापित गर्ने लक्ष्य राखेको छ ।  । देश बिदेशका युवाहरुबीच साथ, सहयोग र सहकार्य गरि समय समयमा व्यावसायको बारेमा  विचार आदानप्रदान कार्यक्रमहरु सचालन गर्ने समेत क्लवले जनाएको छ ।  सो अवसरमा बोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्यले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव विभिन्न संघ संस्थाहरुको सहयोगमानै सम्पन्न हुदै आइरहेको वताउदै संघ संस्थाहरु बीच सहकार्य गरेर युनाईटेड क्लव संधै अगाडि वढिरहेको वताए । एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि वढिरहेको र छिट्टै नै पोखराका विभिन्न संघ संस्थाहरु संग बृहत छलफल गरी महोत्सवलाई भब्य र सभ्य बनाउन लागि पर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:   गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे ।  उक्त अवसरमा वडा नं ३२  का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए । सदस्य शोभा बिकले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन ।  वडा सदस्य सावित्री पण्डीत महिलको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए  ।  बिद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए । अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए ।  कक्षा  १० की छात्रा डीम्पल बि कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन ।  कक्षा ७ देखि १२ सम्मका बिध्यार्थीहरुलाइ लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।  

काठमाडौंः    नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका छन् भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्।  संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।  

काठमाडौंः   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  थापाको प्रस्तावकमा शेखर कोइरला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्।  कांग्रेस संसदीय दलको नेताका लागि मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।    

 बागलुङ:  बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजारचरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । निसीखोला गाउँपालिका(६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस(नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । सजायका लागि अर्को पेसी तोकिने अदालतले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।   स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्। शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए। ‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने। अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्‍याइरहेका छन्।  शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए। 

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो । यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।