पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

पोखराः   नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो ।   साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।  नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलि आएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो ।   कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेको उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।   कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् ।   कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ ।    गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो ।  स्याङ्जाले लिगचरणको  खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए ।  समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।  जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो ।  समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

 सुर्खेत:   पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडी शुक्रबार पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा दुर्घटनामा परेको हो।  घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन् । यस्तै पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीय नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीय मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।  पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइटमा पल्टिएको थियो । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।

पोखरा:  पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।  पुस्तकका बारेमा बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले यो पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरु भरेको बताए । उनले भने, ‘यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ । सधैँ गौतम बुद्धको कोणबाट सुन्दै पढ्दै आएको कथा लेखकले यशोधराको कोणबाट लेख्नुभएको छ ।’  गौतम बुद्धसँगै पुस्तकले २५ सय देखि ३ हजार वर्ष अघिको सामाजिक अवस्था तथा द्वन्द्वको पनि चित्रण गर्ने उनले बताए । पुस्तकमा सिद्धार्थ गौतम र यशोधराले सँगै बिताएको समयमा केन्द्रित भएर यशोधराको कोणबाट यो पुस्तक लेखिएको छ ।  उनले भने, ‘यशोधरा र सिद्धार्थ बिचको प्रेम, साथमा बिताएको १४ वर्ष, दुई जना साथ साथै हुँदा पनि रहेको मनोवैज्ञानिक दुरी, सामान्य मानवीय सम्बन्ध नहुँदाको पिडा, दुई बाट तीन पात्र हुँदा यशोधरा गुज्रिनु परेको मानसिक अवस्थाको चित्रण पुस्तकमा छ । जुन सबैभन्दा प्रभावकारी पक्ष पनि हो ।’  सिद्धार्थ गौतम गौतम बुद्धहुनुमा भूमिका र त्याग रहेकी यशोधरालाई इतिहासले बिर्सनु दुःखद कुरा रहेको पनि उनले जिकिर गरे । साथै यो पुस्तकमा लेखक काफ्लेले सशक्त रुपमा यशोधरालाई ल्याएको पनि उनले बताए ।  यशोधरा पढ्दै गर्दै आफूलाई सुरुमा प्रेम, वियोग र प्रतिक्षाको कथाजस्तो लागे पनि त्योभन्दा बढी यशोधराको बलिदानको कथा रहेको शीतल दाहालले बताइन् । उनले भनिन्, ‘यो सिद्धार्थ गौतम भगवान नहुँदैको कथा हो । जहाँ एउटा लोग्ने घर छोडेर जान्छु भन्दा सामान्य परिवारमा अहिले जस्तो द्वन्द्व हुन्छ त्यस्तै अथवा त्यो भन्दा ठूलो त्यतिवेला दरबारमा हुन्छ ।’  मानिसहरु धर्मसँग डराउने भएकाले पनि यशोधराको प्रेम सधैँ छायाँमा रहेको पनि उनले बताइन् । यशोधरा सिद्धार्थलाई एकदमै धेरै प्रेम गर्थिन् । यहाँसम्म कि बादलमा समेत सिद्धार्थकै आकार देख्थिन् । उनले भनिन्, ‘तर हामी धर्मसँग डराउँछौँ । यशोधरा र सिद्धार्थको प्रेमको बारेमा बोल्न डराउँछौँ । उनीहरुले प्रेग गरे, उनीहरुको प्रेमका कारण छोरो राहुल जन्मियो भन्न डराउछौँ । हामी सिद्धार्थ गौतम पनि हामी जस्तै सामान्य मान्छे थिए भन्ने बिर्सन्छौँ र गौतम बुद्धले प्रेम गर्ने? भन्छौँ । त्यसैले गर्दा इतिहासले यशोधराको प्रेम, त्याग र बलिदान लुकाइ रह्यो । हामी न गौतम बुद्धको बाटोमा जान सकेका छौँ । न त यशोधरालाई स्विकार्न सकेका छौँ ।’  किताब सकिइसकेपछि यशोधरा पनि आफ्ना लागि तपस्वीजस्तो लागेको उनले बताइन् । उनले भनिन्, ‘यशोधरा यस्तो प्रेमिका हो जो नआउने प्रेमीलाई पर्खेर बसेको छ । आउँदैन, आए पनि मलाई स्विकार्दैन भन्ने थाहा हुँदा हुँदै पनि पर्खेर बस्नु पनि तपस्या गर्नु जस्तो होइन?’ यस पुस्तकबाट हिन्दु र वैद्यिक सभ्यताका साथै सांख्य दर्शन, तत्कालीन समाजको चित्रण पनि गर्ने प्रयास गरेको यसका लेखक हरिबोल काफ्लेले बताए । उनले भने, यस पुस्तकमा सिद्धार्थ गौतम गौतम बुद्धबन्ने प्रक्रियामा यशोधराको त्याग तथा पर्खाइको कथा त हो नै साथै यसले इतिहास, समाज, विविधताको परिकल्पना, तत्कालिन जीवन पद्धति, प्रताडनको अवस्थाको पनि चित्रण गर्न खोजेको छु । 

पोखरा:  कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण विकले सहजीकरण गरेका थिए । सत्रका सहजकर्ता किरण विक अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यलाई प्रश्न गर्छन्, ‘अहिलेसम्मको समयमा सामाजिक न्यायको यो यात्रालाई कसरी हेरिराख्नुभएको छ ?’ जवाफमा शाक्य भन्छिन्, ‘विगतको तुलनामा अन्य मानवीयता विरोधी कुसंस्कार, विकृत संस्कारमा कमी हुँदै गएको छ । अहिले एक हिसाबले सकारात्मक छ । तर, समयक्रमअनुसार विभेद, हिंसा र शोषणका स्वरुप फरक हुँदै गएका छन् ।’ तर, उनी विगतको तुलनामा नेपालमा सामाजिक न्याय अग्रगमनतर्फ नै लम्किरहेको बताउँछिन् । उक्त सत्रमै अर्का वक्ता अधिकारकर्मी प्रदीप परियार भने कानुनी हिसाबमा सामाजिक न्याय प्राप्त गरे पनि व्यवहारमा नेपाली समाज पश्चगमनमै रहेको मत राखे । उनले अहिले सामाजिक न्यायको बाटो कहाँ पुग्ने बाटो निक्र्योल नहुँदासम्म समाज सप्तरंगी हुनै नसक्ने बताए । ‘हामी  पुग्नुपर्ने बाटो कहाँ हो भनेर हेर्ने हो भने हामी पश्चगमनमा छौं,’ उनले भने । विश्वभर महिला पुरुषबीचकै विभेद हट्न अझै शताब्दी कुनुपर्ने विभिन्न अध्ययनले देखाइरहेका बेला समाजमा व्याप्त जातीय विभेल हट्न अझै अर्को सयौं वर्ष लाग्न सक्ने परियारको भनाइ छ । नेपाली समाजको इतिहास नै सामान्तवाद र पितृसत्ताबाट सुरु भएकाले नेपाली समाजको बनोटबीच नै खाडल रहेको पूर्वसांसद शाक्य बताउँछिन् । नेपाली समाजलाई सामाजिक न्यायपूर्ण बनाउन अझै पनि आन्दोलन चलिरहेको उनले सुनाइन् । ‘हामीले नेपालको इतिहास हेर्दा सदियौंदेखि समान्तवाद, पितृसत्ता भनेर चिनियौं । त्यसले गर्दा हाम्रो बीचमा खाडल सधैं रह्यो,’ शाक्यले भनिन्, ‘दलित, महिलासहित विभिन्न सीमान्तकृत समुदाय, उनीहरू जो श्रम गरेर खान्छन् ती समुदाय उत्पीडनमा परे । यसको विरुद्ध लामो समय आन्दोलन गर्दै आयौं । अझै आन्दोलन जारी छ ।’ वक्ता परियार नेपाली समाजमा दलित त्यसमा पनि मधेशी मूलका दलितले राज्यका नागरिकको अनुभव गर्नै नपाएको बताउँछन् । आफूले अझै पनि थुप्रै दलित समुदायका लागि नेपालमा सामाजिक न्यायको अनुभूति गर्न नपाएको उनको भनाइ छ । ‘रुकुममा भएको नवराजका, अंगिरा पासवानहरूका आमाबुवाको आँखाबाट हेर्ने हो भने त यो नेपालमा सामाजिक न्याय छैन,’ परियार भन्छन्, ‘उनीहरू, हामी सबैलाई यो देशप्रति असाध्यै माया छ । तर, नेपाल राज्य हाम्रो भइसकेको छैन । यो अनुभूति भइरहन्छ ।’ पछिल्लो समय केही थोक राज्य सञ्चालनको जिम्मेवारीमा पुगे पनि त्यसले मात्रै सींगो सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्न नसक्ने परियार सुनाउँछन् । उनी भन्छन्, ‘केही परिवर्तन नभएको भने होइन । तर, केही सांसद, केही सिडिओ हुन परिवर्तनको खुड्किलो मात्रै हो । यो पर्याप्त होइन ।’ परियारले नेपालको संविधानलाई स्वीकार गर्दै उदाएका मुख्य राजनीतिक दलले पनि सामाजिक न्याय मान्न तयार नरहेको विचार राखे । आफ्ना घोषणा पत्रहरूमा सामाजिक न्यायलाई स्वीकारे पनि राजनीतिक दलहरूले त्यसलाई पुष्टि गर्न नसकेको उनले सुनाए । ‘नेपालको संविधान मान्छु भन्नेले पनि सामाजिक न्याय मान्न तयार छैन । व्यवहारमा राजनीतिक दलहरूले त्यो पुष्टि गर्न सकिराखेका छैनन्,’ परियारले भने, ‘सीमान्तकृत, दलित वर्गको आधा पनि हिस्सा राज्यको प्रशासनिक तहमा पुग्न सकेको छैन ।’ पूर्व सांसद एंव नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले राजनीतिक दलहरूभित्रै पनि संविधान कार्यान्वयनका लागि अन्तरसंघर्ष चलिरहेको बताउँछिन् । ‘पार्टीभित्र पनि मामी संविधानलाई पूर्ण रुपमा कार्यान्यन गर्न झकझकाइराखेका हुन्छौं । अन्तरविरोध चलिराखेकै हुन्छ,’ उनले भनिन् । शाक्यले लैंगिक हिंसा झर्झर अवस्थामा जान लागेको देखेरै आफूहरूले ०७० सालमा राष्ट्रिय सम्मेलन नै गरेर हिंसाका कारक तत्व खोज्न सुरु गरेको सुनाइन् । ‘त्यो राष्ट्रिय सम्मेलनमा हिंसाका कारकतत्व खोजेर कार्यपत्र बनायौं । निष्कर्ष निकालेर लैंगिक हिंसाविरुद्ध आचारसंहिता पनि बन्यो,’ उनले भनिन् । वक्ता प्रदीप परियार दक्षिण एसियाली मुलुकमा जातीय विभेद ठूलो समस्याका रुपमा रहे पनि ‘ग्लोबल इस्यु’ नबनेकोमा दुखेसो पोखे । उनले विश्वभर भइरहेका हिंसाका स्वरुपमध्ये सबैभन्दा निकृष्ट व्यहावहार दलित समुदायले व्यहोर्नु परेको उनको दाबी थियो ।  ‘दलित समुदायले हिंसाको पनि निकृष्ट व्यवहार भोग्नुपरेको छ । तर, यो ग्लोबल अजेन्डाका रुपमा स्थापित हुन सकेको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रि संघसंस्था तथा अधिकारकर्मीले पहिचान गर्न सकेका छैनन् ।’ उनले सामाजिक न्यायको पक्षमा रहेका दलित तथा गैरदलित समुदायले नै यो मुद्दालाई स्थापित गराउन लागिपर्नुपर्ने सुनाए । वक्ता शाक्यले राज्यको पुनर्संर्चनासँगै सामाजिक न्याय प्राप्तिका लागि जनशक्ति तथा स्रोतको उपलब्धता पनि प्राप्त भएको बताइन् । ‘हामीसँग स्रोत पनि छ, जनशक्ति पनि छ । अब इच्छाशक्तिमात्रै भयो भने सामाजिक न्याय प्राप्ति कार्यान्वयन गर्न समस्या नै हुँदैन,’ उनले भनिन् । उनले नेपालमा काुननी साक्षरतामा कमीसँगै कार्यान्वयनमा ठूलो समस्या रहेको विचार राखिन् ।  सामाजिक न्यायका लागि बालबालिकालाई नै सोहीअनुसार व्यवहार सिकाउनुपर्ने शाक्यको भनाइ छ । उनीहरूसँग गरिने सानो असल व्यवहारले पनि समानताका लागि ठूलो भूमिका खेल्ने उनले सुनाइन् । ‘अहिले केही राम्रो भइराखेको छ । तर, यो पनि पर्याप्त होइन । ५ वर्षभित्र जे सिक्छ, त्यही कुरा नै पछिसम्म लिएर जाने हो,’ उनले भनिन् ।  

पोखरा:  निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ?  जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे । ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर १७ औँ पटकमा घरपालुवा हुन्छ । त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौँथो पुस्ताका हात्ती छन् । जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ ? मान्छे अन्टाटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ ? छैन ।’ सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ । मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ । ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन । उसले घरको बानी नै परिवर्तन हुनुपर्याे । नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस् अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन । ऊ जंगलमै रमाउन चाहन्छ । कुनै पनि हात्ती घरपालुवा भएका छैनन् । त्यो हुन पनि सम्भव छैन ।’ हात्तीबाट कसरी जोगिने ? सापकोटाकाअनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ । उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन् । पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ ।   दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने । ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ । मान्छेजस्तै ऊ मैमत्त हुन्छ । त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए ।   हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने सापकोटाले बताए । उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ ।  प्रायः बासस्थान सर्नेबेला हात्तीले बालीहरु खाने सापकोटाले बताए । ‘हात्ती सधैँ हिँड्दैन । बसाइँ सर्छन् । बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ । गर्भणी हात्तीले केराको पात खाँदैनन् । गर्भ तुहिन्छ । हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने ।  बाघको पाइलाका किस्सा जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ । त्यो बासस्थान वरपर हिँड्डुल गर्दाका प्रशस्तै पाइला भेटिन्छन् । मान्छेलाई त्यो पाइलामात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटा सुनाउँछन् । ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्ग मिटर कभर गरेर राख्छ मेरो घर हो कोही नआउनु भन्छ । उसले मेरो घर होभन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ । अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ ।’ पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए । उनकाअनुसार एउटा बाघको पाइलाबाट अरु बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन् । ‘हट्टाकट्टा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ । जति स्वस्थ बलियो बाघसँग सहबास ग¥यो उसका बच्चा त्यति स्वस्थ हुन्छन् । कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए ।  बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ । भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सनाए ।  अमेरिकी र नेपाली भँगेरामा के फरक ? पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ । भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन् । तर, उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन् । सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए । ‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौँ । तर, यकीनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ । बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ ।’ घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गरेका छन् । उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे – अमेरिकी र नेपाली भँगेरामा के फरक छ ? आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको घिमिरेले बताए ।  घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ । ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ । अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ । तरर, प्रजातिमा फरक हुँदैन । उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन ।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ ।   

काठमाडौं:  चर्चित संगीत संयोजक महाराज थापा अस्पताल भर्ना भएका छन् । ब्रेन सिजरका कारण उनलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको हो । बिहान साथीहरुसँग ब्याडबेन्टिन खेल्ने क्रममा एक्कसी लडेका उनलाई तुरुन्तै नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा डाक्टरले उनलाई ब्रेन सिजर भएको बताएका संगीतकार चेन सापकोटाले बताए । ‘बिहान अस्पताल ल्याउँदा उहाँको अवस्था एकदमै खराव थियो’ सापकोटाले भने, ‘अहिले डाक्टरले खतरा मुक्त भएको बताएका छन् ।’ सापकोटाले थापाको उपचार खर्च सबै संगीतकार संघले गर्ने समेत जानकारी दिए ।  

कञ्चनपुर: पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ। अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ।  कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ। पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ।  उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ। कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ। यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ। कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ। त्यसैगरी पहाडी जिल्लामा कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ। यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ। त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कूल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ। डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ।       बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ। त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ।  यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ। त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ। निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कूल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा छ। निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताए। उनले भने, ‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ। यी जिल्लामा खेतीयोग्य जमिन कम हुँदै जानु बिडम्वना हो।’ यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने उनले बताए। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५र१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताए। उनले भने, ुधेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ।ु  माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्गा सिन थालेको बताउँछन्। उनले भने,  ‘पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ।’ बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्छन्। उनी पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्छन्। सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उनको भनाइ छ।

बलेवा:  पर्यटन प्रबद्र्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्यालीको आयोजना गरिएको हो । साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्यालीको महत्वपूर्ण सन्देश रहेको बताए । साइकल र्यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । ‘साइकल र्यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्‍यालीले दिनेछ ।’ साइकल र्यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट २ सय यात्रीको सहभागिता छ । पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्‍याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ ।