काठमाडौंः नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन । उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिनुभयो । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने लामिछानेले उल्लेख गर्नुभयो । मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।
काठमाडौंः नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ । आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के–के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अहिले सङ्कटको डिलमा छ । अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि हामीले धेरै मेहनत गर्नुपर्छ । विश्वका अनुभव, नेपालमा विगतमा गरिएका अनुभवका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छु । बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु, सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्यसम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सकिन्छ ।’ अर्थमन्त्री पौडेलले सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालयअन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा अहिले रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
लेखनाथ: गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो । सोमबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल, गायिकाहरु पुर्णकला बिसी, वसन्ती थापा, दिलु मगर, लगायतको प्रस्तुति रहेको थियो । त्यस्तै बेलुका लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम, र ओम गुरुङ्गले महोत्सवको स्टेज तताएका थिए । मंगलबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनार लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहनेछ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको सोमबार नेपाली काँग्रसका नेता एवं पुर्वमन्त्रीहरु मिनेन्द्र रिजाल र यज्ञ बहादुर थापा, माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद दिपक कोईरालाले अवलोकन गरेका थिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
पोखराः अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे । पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर ?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए। केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्यांग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ ।’ उनले हिजोदिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोखे। ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको ।’ अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो । वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो ।’ कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे । ‘एउटा पुर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ ।’ छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए । ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने । उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे । छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो । ‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने । यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ । यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं ।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए ।
पोखराः खेलकुद होस् वा राजनीति दुवैमा हार-जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन् । तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो । लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उनले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोधे, ‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी?’ एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, म ‘अहिले नेकपामा छु ।’ अनि विजय कुमारले भने, ‘ए!’ विजय कुमारले अर्का वक्ता मिनेन्द्र रिजाललाई पनि किन छोड्थे ! डा. रिजाललाई कबुल गर्न बाध्य पारे, म पार्टीको निर्वाचनमा महामन्त्रीमा मज्जैले पराजित भएँ। रक्षामन्त्रीबाट राजीनामा गरेँ । तर छलफल वक्ताद्वयलाई होच्याउन नभई हारजीतको बुझाइलाई नयाँ कोणबाट हेर्ने प्रयासका लागि थियो । दुवै नेताले पालैपालो आफ्नो हारलाई संघर्षका रुपमा व्याख्या गर्ने अवसर पनि पाए । रिजालले भने, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार बेहोर्छ। मैले पटक पटक संसदमा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा शानसाथ हार्न सक्नु भएन भने जीतमा विनयशीलता भएन भने मानिस मानिस हुन्न । आज फेरि भन्छु– ओलीजी प्रचण्डजी विनयशीलता नगुमाउनुस् ।’ उनले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गरे। एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उनले भने, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन्। चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन् ।’ नेता भुसालले हारजीत एकदम वृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गरे । ‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ । यो आज भन्दै छुइनँ। एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो। त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो,’ भुसालले भने, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ, यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले। तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस् ।’ उनले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई भाग्यमानीसमेत भने । छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गरे । रिजालले यसबारे भने, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौ त्यहाँ पुग्नै पर्छ । जसले जसलाई जतिबेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ । हाम्रो भाष्य के थियो? नमिली जितिन्छ? एक्लै लडेर जितिन्छ? जित अन्तिम सत्य बन्यो हाम्रो । आज कांग्रेससँग जीत पनि छ, हार पनि छ ।’ यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताए। उनले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर शान देखाउनेहरु हाबी भएको टिप्पणी गरे। यसबाहेक विचार र मूल्यमा रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरु पनि सानो संख्यामा रहेको उनले बताए । हारजीतमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि काठमाडौंका नेता भुसालले मेयर बालेन्द्र शाहको ट्विटबारे पनि आफ्नो धारणा पोखे । मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्विटमा लेखेका थिए- राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा । ‘बालेनजीले जुन उदाहरण राजालाई नै केन्द्रित भएर त्यो उहाँले किन भन्नुभएको भन्ने कुरा मैले अहिलेसम्म बुझेको छैन। आगामी दिनमा नेपाली राजनीतिका अनेक कौतुहलता क्रमशः अगाडि आउँछन् केही छ भने,’ उनले भने, ‘यदि छैन त्यसै एउटा कविता लेख्नुभयो उहाँले छोटा कविता लेख्नुभएको हो भने सकिएला। यसभित्र केही छ भने यो राजालाई नै केन्द्र गरेर किन यो प्रश्न आयो भन्ने कुरा, मेरो कौतुहलता त्यत्ति हो ।’
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा २१ औं सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा आगामी १४ गतेसम्म सञ्चालन हुने मेला आइतबारदेखि सुरु भएको हो । सो मेलाको उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद) दामोदर पौडेल बैरागीले भव्य सफलताको शुभकामना व्यक्त गरे । उनले ल्होछारको शुभकामना व्यक्त गर्दै सो मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने धारणा राखे । सांसद बैरागीले केन्द्रीय विद्युत प्रशारणको लाइन अन्नपूर्ण आधार शिविरसम्म पुर्याउने प्रतिबद्धता जनाए । ‘म तपाइहरुको योगदान प्रति आभारी छु, उनले भने, ‘मैले मेरो कार्यकालमा विद्युतको केन्द्रीय प्रशारण लाइन र ‘फोर जि’ लाई एबिसीसम्म पुर्याउन पहल गर्ने प्रतिबद्धता गर्दछु ।’ यस्तै गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउदै निरन्तरता दिन आग्रह गरे । छोम्रोङबासीले यसपटकपनि अमुल्य मत दिएको भन्दै धन्यवाद प्रकट गरे । ‘यहाँहरुले मलाई यसपटकपनि अमुल्य मत दिनुभयो, यद्यपी रिजल्ट मेरो पक्षमा आएन । तैपनि म तपाइहरुको अमुल्य मतप्रति एकदमै आभारी छु । आगामी दिनमा तपाइहरुसँगै रहने पनि बाँचा गर्दछु ।’ उनले भने । यस्तै अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई सँस्कृतिको संरक्षण गर्ने बताए । ‘यो मेलाले पर्यटनको मात्रै प्रवद्र्धन गर्दैन । यसले हामी तमुहरुको कला तथा सँस्कृतिको पनि जगेर्ना गर्छ ।’ वडाध्यक्ष गुरुङले भने । कार्यक्रममा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वित्तिय स्थान हाँसिल गरेका अन्नपूर्ण गाउँपालिका ११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो । क्लबका अध्यक्ष मिकास गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेला संयोजक राजकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । मंगलबारदेखि खेलकुद प्रतियोगिता छोम्रोङका जारी मेलामा अन्य कार्यक्रम भइरहेपनि खेलकुद प्रतियोगिता भने मंगलबारदेखि सुरु हुने मेला संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जारी मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, भोलि (मंगलबार) देखि सञ्चालन हुनेछ । ‘आजसम्म टिम दर्ता भइरहेको छ । सबै प्रतियोगिताहरु भोलिदेखि सुरु हुदैछ । अहिले साँस्कृतिक कार्यक्रमहरु भइरहेको छ ।’ संयोजक गुरुङले भने । उनका अनुसार पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन् ।
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो । साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् । उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ । उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।
पोखराः जिल्ला प्रहरी कार्यालय कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

