पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:  लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाउनुभयो । शाड्ली भान शाल्कविकले ३१, उन्मुक्त चन्दले २२ र अनिल शाहले १९ र गुलसन झाले १० रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले दुई दुई तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्बाधिक ६१ रन बनाउनुभयो । उस्तै उपुल थरंगाले ४२ रन जोड्दा अन्यले खेलाडीले दोहारो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका शाड्ली भान शाल्कविकले तीन विकेट लिनुभयो । किशोर महतो र गुलसन झाले दुई दुई विकेट लिनुभयो । तेस्रो जितसँगै ६ अंक बनाएको लुम्बिनी शीर्षस्थानमा छ । तीनवटै खेलमा पराजित पोखरा अंकविहन बन्दै अन्तिममा छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताका ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

कास्की:  पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउएका छन् । ४६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका हुन् । कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । ‘कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु’, पुनले भने। २०७५ सालमा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । ‘जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरेँ,’ उनले बताए, ‘बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो।’ गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । ‘कोरोना सुरु भएपछि व्यापार नै भएन। अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,’ पुनले जोड दिए, ‘तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो। गत वैशाखदेखि भने राम्रै भएको छ।’ पछिल्लो समय उनले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आएका छन् । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उनले अहिले तीन मजदुरलाई काम पनि दिए । ‘कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ,’ पुनले भने । उनको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए । ‘गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ,’ उनले भने, ‘यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।’ गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताए । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौँलगायत अन्य सहरमा निर्यात हुने गरेको उनले जानकारी दिए। ‘विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ,’ पुनले भने, ‘बजारको कुनै समस्या छैन। पछिल्लो समय त माग धान्नै गाह्रो छ।’ बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उनको योजना छ। पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक रु एक लाखभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताए ।

काठमाडौं: कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट हामलाई ३—१ गोलले हरायो । अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ गोलले नै स्तब्ध बनायो । आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । वेस्ट हामका सेड बेनरहमाले सान्त्वना गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अङ्क बनाएको छ । पराजित वेस्ट हाम १४ अङ्कसहित १६औं स्थानमा छ ।  यसैगरी लिभुपुललाई जिताउन मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल फर्काउनुभयो ।  जितसँगै लिभरपुल छैटौं स्थानमा छ । लिभरपुलले १५ खेलबाट २५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला १८ अङ्कसहित १२औं स्थानमा छ ।  अन्य खेलहरुमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३–०, वल्भ्सले एभर्टनलाई २–१ र फुलहामले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । टोट्टनहाम र ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी 

काठमाडौं:  ‘मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीय शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् । प्रतियोगितामा कैलालीकी २५ वर्षीय दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने, उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीय डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।

सर्लाही:   सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् ।  अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डाक्टर नवलकिशोर झाले बताउनुभएको छ ।  शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो । अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।  जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो ।  अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । 

काठमाडौँ:   नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा सर्न लाग्नुभएको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।  नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको हो ।  तत्काल नै सर्नुपर्ने भए पनि उहाँ बस्ने नयाँ घरको भने यो समाचार तयार हुँदासम्म टुङ्गो लागेको छैन । प्रेस संयोजक परियारले भन्नुभयो, ‘‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ । बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ । 

पोखराः     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवालाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा लागूूऔषधसहित पर्वतका रामबहादुर सार्की र म्याग्दीका सुरेश थकालीलाई प्रकाउ गरेको हो ।  जिल्ला कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका हाल पोखरा महानगर २९ बस्ने सुरेश थकालीको साथबाट नुर्फिन ३४, डाईजाम ३४, फेनेरागन ३४ गरी १सय २ एम्पुल लागूऔषधसहित एक थान मोबाइल बरामत गरेको हो ।  पर्वतको कुश्मा नगरपालिका १२ घर भएका २६ वर्षीय रामबहादुर सार्कीको साथबाट नुर्फिन ४४, डाईजाम ४४, फेनरागन ४४ गरी १ सय ३२ एम्पुल लागूसहित एक थान मोबाइल बरामत गरेको कास्की प्रहरीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई जिल्ला अदातल कास्कीबाट लागूऔषध मुद्धामा १०/१० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।  

पोखरा: अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुका नै पोखरा आइपुगि सकेका छन् ।   यसपटकको दौडाहाअन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवलमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहमैदान पोखरामा नवौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ ।

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ ।  प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए ।  कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिर द्धितिय,  व्यवस्थापन संकायका सम्झना सार्की,विज्ञान संकायका विवेक सापकोटा  तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सान्तवना भने निबन्ध लेखन तर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने कार्यक्रम संयोजक शोभाकान्त गौतमले बताए ।    यस्तै क्याम्पसमा अन्तर संकाय स्तरीय फुुटबल, भलिबल र बास्केट प्रतियोगिताहरु समेत सञ्चालन भएको छ ।  फुटबल फुटबलतर्फ क्वाटरफाइनल खेलको पहिलो खेलमा विविए संकायले पहिलो जित निकालेको छ । क्याम्पसको फुटबल मैदानमा भएको खेलमा विज्ञान संकायलाई ६–५ गोलको अन्तरले पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ ।  दोस्रो खेलमा मानविकी संकायलाई पराजित गर्दै विविएस संकाय (राहुल)को समूह सेमिफाइनल प्रवेश गरेको छ । मानविकी संकायलाई ५–१ गोलले पराजित गर्दै विविएस सेमिफाइनल प्रवेश गरेको हो ।  यस्तै तेस्रो खेलमा विविएस संकाय (अशोक समूह) विजयी भएको छ । विसिए संकायलाई ५–० गोलको अन्तरमा पराजित गर्दै विविएस संकाय (अशो समूह) सेमिफाइनल प्रवेश गरेको छ । यस्तै अन्तिम खेलमा विविए संकाय विजयी भएको छ । विएड संकाय र कानुन संकायबीच भएको खेलमा ४–१ गोलको अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फुटबल तर्फको सेमिफाइनल खेल पुष १३ गते सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।   भलिबल  यस्तै छात्र भलिबल प्रतियोगिताको पहिलो खेलमा शिक्षा संकायलाई पराजित गदै विविए संकाय विजयी भएको छ । विविएले २५–१७ र २५–१७ को अङ्कमा पराजित गरेको छ ।  दोस्रो खेलमा विज्ञान र व्यवस्थापन संकायबीच भएको खेलमा विज्ञान संकाय विजयी भएको छ । विज्ञान संकायले २५–२०, १५–२५ र २५–१० अङ्कले पराजित गरेको हो ।  तेस्रो खेलमा विविए र विएड संकायबीचको खेलमा विएड संकाय विजयी भएको छ । विएडले २५–१८ र २५–१२ को अङ्कले पराजित गरेको छ ।  बास्केटबल  बास्केटबल तर्फ पहिलो खेलमा विविए र कानुन संकाय बिच ६३–२४ नम्बरका साथ विविए संकायले पहिलो जित निकालेको छ ।  दोस्रो खेलमा विज्ञान र शिक्षा संकाय बिच ५२–५३ नम्बरले शिक्षा संकाय, तेस्रो खेलमा विए र विविएस बिच २८–२७ नम्बरका साथ विविएस संकाय, चौथो खेलमा विसिए र विविएस बिच ४१–४० नम्बरले विविए संकाय र पाचौँ खेलमा विविएस र विज्ञान संकाय बिच ३५–२३ ले विविएस संकाय विजयी भएको छ ।  बाँकी खेलहरु मंगलबार सञ्चालन हुने क्याम्पसले जनाएको छ । पुष १० देखि सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुनेछ ।