पोखराः सामाजिक सञ्जालमा मार्फत महिलो चरित्र हत्या गर्ने सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर कुराकानीको क्रममा पीडित महिलालाई अश्लिलता प्रर्दशन गर्न लगाउने, नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित महिला लगायत नजिकको आफन्त, साथीहरुले प्रयोग गर्ने फेसबुक म्यासेन्जरमा उक्त अश्लि तस्वीर पठाएर मानसिक यातना दिने भक्तपुर नगरपालिका ९ का सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका सुमनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ ।
कैलाली: कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख खडकबहादुर रावतले बताउनुभयो । ३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै बुधबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको नगरप्रमुख रावतले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन सुरु गरिएको उहाँको भनाइ छ । सडक क्षेत्रमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उहाँले सबैमा आग्रह गर्नुभयो । नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइनेछ । बुधबार बिहानै सुरक्षाकर्मी, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ । घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ । २०७४ मा समेत यस्तै सडक अतिक्रमण संरचना हटाउन सुरु गरे पनि सफल नभएको नगरपालिका यतिखेर भने जसरी पनि हटाउने पक्षमा रहेको छ । गोरखापत्र अनलाइन
पोखराः नेपाली कांग्रेसका महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित गुरुङको आज (बुधबार) निधन भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिए । ‘ग्रामीण भेगमा समाजसेवा र कृषि पेशामा क्रियाशिल महिला नेतृ हुन् गुरुङ, उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामिण भेगमा राजनीतिक जागरण देखि ग्रामिणको विकासका लागि अग्रसर नेतृको निधनले दुःखी छौं, उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं।’ २०७४ को स्थानीय निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षमा उनी प्रत्यासी हुन् । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित उनलाई पोखराको एक अस्पतालमा उपचारपछि घरमा लगिएको थियो ।
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो । नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो ।
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ ।
काठमाडौं: अभिनेत्री सुहाना थापाले नयाँ व्यवसाय सुरू गरेकी छन्। उनले समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’ बाट फिल्म वितरण व्यवसाय थालेकी हुन्। उनी सीइओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको हो। मंगलबार सुहाना र निर्देशक भट्टबीच औपचारिक सम्झौतापत्र आदान-प्रदान गरिएको छ। फिल्मको प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ। ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो। राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरिएको निर्देशक भट्टले बताइन्। फिल्ममा समावेश एक गीतको छायांकन गरेसँगै फिल्मको पनि छायांकन सम्पन्न भएको छ। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन्। पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको अभिनय छ। फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। यो फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन। अभिनेत्री सुहाना थापा निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्। उनी पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा देखिएकी थिइन्। उनी यतिबेला फिल्म ‘भगवत् गीता’ मा व्यस्त छिन्।
पोखरा: गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् । आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर
बागलुङ: बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।
काठमाडौं: प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।

