पोखरा: नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।
पोखराः पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो । ४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए । प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५र५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् । पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।
पोखराः गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् । भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् । स—परिवार सहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको अभिव्यक्ति दिए । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने बताए । मन्त्री थापासँगको भेटमा उनले भने, ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ । नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’ मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मदत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ । मन्त्री थापाले नेपालमा छायाँकन गरिएको भारतीय सिनेमा उचाईलाई राम्रो सफलता मिलेको बताए । उनले नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाहरुले समेत राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको अभिव्यक्ति दिए । ‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो । नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, उनले भने । प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायाँकनका लागि आउने कलाकर्मीहरुलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उनको थियो । भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनो स्वरुप नेपालको पहिचान झल्किाउने ढाका खुकुरी दिएका थिए ।
पोखराः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट अनौपचारिक रुपमा बुधबारबाट सुरु भएको छ । स्पोर्टस मिट अन्तर्गत पोखरा रंगशालामा आजबाट छात्र–छात्र भलिबल र बास्केटबलका खेलहरु सुरु भएको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका हुन् । प्रतियोगिता अन्तर्गत छात्र भलिबल प्लस टु लेभलतर्फ तर्फ पहिलो दिन ९ र छात्रातर्फ ८ खेल सम्पन्न भएको भलिबल खेलका संयोजक किरण सापकोटाले जनाएका छन् । प्लस टु छात्र भलिबलमा ग्लोबलले साइनिङ स्टारलाई, सबलाइमले न्यू लाइटलाई, सिर्जनाले पोखरा आदर्शलाई, सगरमाथाले जुनियर सिटिजन एकेडेमीलाई, डायमण्डले शिसुनिकेतनलाई सोझो २–० सेटमा पराजित गरेका छन् । त्यसै गरी हाभर्डले पिकेजीलाई, भाष्करले रत्नज्योतीलाई पश्चिमाञ्चलले मदरल्याण्डलाई, न्यू मोडलले गुरुकुललाई यूनिभर्सले लिटिल फ्लावरलाई पराजित गर्न सफल भएको संयोजक सापकोटाले जानकारी दिए । यसै गरी प्लस टु छात्रातर्फ माउन्ट अन्नपूर्णले यूनिभर्सलाई, रत्नज्योतीले लिटिल स्टेपलाई, त्रिवेणीले बालोदयलाई, डायमण्डले पोखरा आदर्शलाई पराजित गरेका छन् । प्रतियोगिता अन्तर्गतनै बुधबार पहिलो दिन प्लस टु छात्रा बास्केटबलका पहिलो चरणका ८ खेलहरु सम्पन्न भएको बास्केटबल प्रतियोगिता संयोजक खिम गुरुङले बताएका छन् । प्रतियोगिता अन्तर्गत केफले वेलननलाई ४०–० ले, पोखरा आदर्शले त्रिवेणीलाई २२–० ले, न्यू ग्यालेक्सीले मनकामनालाई १८–७ ले, ग्लोबलले सगरमाथालाई १८–४ ले, भाष्करले डायमण्डलाई ३५–२ ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई २८–४ ले, मेरी गोल्डले कास्की मोर्डनाइज्डलाई २२–१८ ले र जेसिएले सवलाइमलाई १४–८ को स्कोरले पराजित गरेका छन् । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजना गरिएको हिसान कास्कीले जनाएको छ । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । १५ औं हिसान स्पोर्टस मिटको पुष ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
पोखराः गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउनुहुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहनुभएको छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने उहाँले बताउनुभयो ।
पाेखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो । जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला कार्यालयसमेत प्रभावित भएको थियो । राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्की भन्दा बाहिरी जिल्लाबाट छनौट गरिएको भन्दै विवाद चर्किएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए । राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा पाएको उक्त मतबाट २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाले समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रिय सदस्य बिन्दु पहाडी छनौट भएका थिए । समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तालाई जिल्ला अध्यक्ष नारायण गुरुङले संझाएका थिए । राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो । पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटी सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘लामो समय पार्टी कार्यालय बन्द रहँदा समस्या झनै बढ्छ,’ गिरीले भने, ‘नेता– कार्यकर्ताबीच सहमति भएपछि बुधबारदेखि पार्टी कार्यालय खोलेर सुचारु गरिएको छ ।’ समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तासंग जिल्ला अध्यक्ष नारायण गुरुङ, भातृ सङगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकीका अध्यक्ष सचिन जंग थापा, युवा संगठन कास्कीका अध्यक्ष निरज शर्मा लगाएतको टोलिले छलफल गरेरपछि सहमति जुटेको थियो ।
पोखराः राष्ट्रिय सोन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष पवी गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित गुरुङको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधनपश्चात सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण भइरहेको छ । सौन्दर्यकर्मी तथा गण्डकी प्रदेशका निवर्तमान सांसद तथा मीना गुरुङले शालिन तथा कुशल नेतृको निधनले मर्माहत भएको सुनाइन् । ‘पोखराले जन्माएको एक सोन्दर्यकर्मी पवी गुरुङ हामी माझ रहनुभएन, गुरुङले भनिन्, ‘मृगौलामा पट्ठरी परेको छ भन्ने जानकारी पाएका थियौं, उपचार गर्न सुझाव दिएको पनि हो, फिस्टेलमा चेकजाँच गरेपछि भरतपुर जान सल्लाह दिएको पायौं, यहाँ आएर मैले केही दिन अगाडी भेटेपनि, निकै असल र कुशल हुनुहन्थ्यो । अहिले उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं ।’ पोखरा स्थायी घर भएका स्वर्गीय गुरुङ राष्ट्रिय सोन्दर्यकर्मीको नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् ।
पोखरा: एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्वन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए । त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पुर्याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले बताए । क्लवले स्थापना कालदेखीनै उठाउदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको वताउदै श्रेष्ठले हाल सम्म युनाईटेड क्लबले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकिएको बताए । क्लवलको पहलकदमीमा तत्कालिन पश्चिमाञ्चल विकाश क्षेत्रका क्षेत्रिय निर्देशक दिनेश कुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्त्ब्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काम मध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो । सोही अनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालय मार्फत निर्माणको कार्य अगाडि वढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए । एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक सहशीक पर्यटकीय गन्तब्य निर्माणका लागी केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिए । एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्स, सह प्रायोजकमा रारा तयारी चाउचाउ, पप कन्सर्ट प्रायोजक युनाईटेड युथ सर्कल यु.एस,ए,प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज एण्ड ट्रेनिङ कन्सल्नेन्सी, स्काई लिंक टेक्नोलोजी, ड्रीमल्याण्ड फनपार्क, सिजी हार्डवेयर एण्ड सप्लायर्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा लि, अफिसियल इन्सुरेन्समा सगरमाथा इन्सुरेन्स, प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि., युथ कम्युनिटी क्लव, मिडियापार्टनरहरुमा एबीसि न्युज टेलिभिजन , फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक, एभरेष्ट एफएम ९३ मेघाहर्ज, रहेको र अन्य प्रायोजकहरुको खोजीमा रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराईनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचार प्रसार संयोजक सुनारले बताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने , विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने , गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने , आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्याउने र उद्योगको प्रवद्वन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा शौचालयको व्यवस्था , निशुल्क वाइफाइको व्यवस्था , अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बिमाको व्यवस्था , प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था , पार्किङको उचित व्यवस्था र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको व्यवस्था गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन । उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सबैलेसहयोग गरी युनाईटेडको सामाजिक अभियानमा भाग लिन आग्रह गरे ।
पोखरा: रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पोखरामा ५ दिनसम्म पोखरा स्ट्रिट फेस्टिबल मेलाको आयोजना हुने भएको छ । रेबानको पोखरा स्थित क्षेत्रिय शाखाले यहीँ आउदो पुस १३ गतेदेखि १७ गतेसम्म २४औं पोखरा स्ट्रिट फेस्टिबल, २०७९ को आयोजना गर्ने भएको हो । विगत २३ वर्षदेखि आयोजना हुँदै आएको स्ट्रिट फेस्टिबल यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसर पारेर अयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विशेष गरी कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गर्न लागिएको रेबानका केन्द्रीय महासचिव एकराज अधिकारीले जानकारी दिए । ५ दिनसम्म चल्ने फेस्टिबलका अवसरमा वटररवट्रेस् रेस, बोटिङ रेस, टग वार जस्ता खेलका साथसाथै सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गरिने आयोजक रेबानले जनाएको छ ।

