पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

 काठमाडौंँ:  जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो।  १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेश सभा सदस्य शाहले बताए।  आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन्। अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ। स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ।  सोमबार जाजरकोटको छेडागाड नगरपालिका ४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो।

काठमाडौंः   गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए । तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो ।   पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे । दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३(० गोलले पराजित गरेको थियो । मेस्सीका लागि सन् २०१४ मा ब्राजिलको प्रतिष्ठित मराकाना रंगशालामा जर्मनीसँग फाइनलमा भोगेको निराशाको भर्पाई गर्ने अवसर आएको छ ।

पोखराः    १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।  निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् । केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् ।     भलिबल प्लस टु तर्फ सेमीफाइनलको समिकरण पुरा प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रा तर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गर्न सफल भएको भलिबलका संयोजक नबिन बरालले जनाएका छन् । त्यसै गरी तेश्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमने सामने हुनेछन् । यस अघि प्रतिभाले करुणानिधिलाई र प्रतिभाले गुरुकुललाई समान २–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।  यता मावितह छात्रा भलिबलको भने क्वाटरफाइनलको समिकरण पुरा भएको छ । आजको खेलमा रेन्वोले डायमण्डलाई २–१ ले, नेपाल आदर्शले स्टेपबाईस्टेपलाई २–१ ले, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् ।  त्यसै गरी मावि छात्रतर्फको सेमीफाइनलमा निलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् । आजको खेलमा निलगिरीले नेशनल इन्भेन्टिभलाइ २–०, सृजनाले विद्या निकेतनलाई २–० ले, न्यू मोडलले ताराकुञ्जलाई २–१ ले र धवलागिरीले ढुङ्गेसांघुलाई २–० को सोझो सेटमा पराजित गरेका थिए ।  बास्केबलको फाइनल खेल बुधबार हुने  बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् । यस अघि प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् । तेश्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् ।  इता छात्रतर्फ प्रतिभा र पारामाउण्ट फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । यस अघि प्रतिभालो बाल कल्याणलाई ३८–२० र पारामाउण्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा शुरक्षित गरे । बास्केटबल छात्र–छात्रा दुवैतर्फको तेश्रो स्थान र फाइनल खेल बुधबार हुने संयोजक गुरुङले जानकारी दिए ।  एथलेटिक्स खेल जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सका खेलहरु जारी रहेको संयोजक राम गुरुङले बताए । एथलेटिक्स प्लस टु छात्रातर्फ २०० मिटर दौडमा बाल कल्याणकी शुदिक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितिय र टप्सकी सम्झाना नेपाली तृतिय भएकी छन् ।  मावि छात्रा शटपुट तर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्वोकी सृष्टि अर्मजा द्वितिय र फिसटेलकी कृष्टिना गुरुङ तृतिय भएका छन् । यस्तै हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मिया प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितिय, स्नो भ्यूकी रिता रसाइली तृतिय भएका छन् । लङ्गजम्पतर्फ शान्ती निकुञ्जकी दिपशिखा रानामगर प्रथम हुँदा, बेसलाइनकी स्वस्तिका मल्ल द्वितिय र शिसुकल्याणकी तेजश्वी गुरुङ तृतिय बन्न सफल भइन् । प्लस टु छात्रतर्फ ८०० मिटर दौडमा केफका बिबेक परियार पहिलो, स्नो भ्यूका शुसन घिमिरे दोश्रो र सृजनाका हेमन्त गुरुङ तेश्रो भएका छन् । छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिल बहादुर पुन दोश्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे ।  टेबुल टेनिसका खेल सुरु  प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् । प्रतियोगिता अन्तर्गत आज सम्पन्न डवल्स छात्रातर्फ सिर्जनाले टप्स विरुद्ध तथा ग्लोवलले केफ संग सेमीफाइनलमा भिड्नेछन् । त्यस्तै छात्रतर्फ रेन्वोले ग्लोबल संग र नेशनल इन्भेन्टिभले सिर्जना संग सेमीफाइनलमा भेट पक्का गरेका छन् । सिंगल्सतर्फ भने पहिलो राउण्डका खेलहरु जारी रहेको प्याब्सन कास्कीले जनाएको छ । सेमीफाइनल र फाइनलका खेलहरु पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार सम्पन्न हुनेछन् ।  फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल खेल सम्पन्न पोखराका विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समिकरण पुरा भएको प्रचार प्रसार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । आज जुनियरतर्फको खेल परिणामा भने रोचक बनेको छ । शान्तीदिप खेल मैदानमा भएको खेलमा दुई विद्यालयहरु खेलाडीको कारण प्रोटेष्ट लाग्दा खेलनै गुमाउन पुगेका छन् । प्रतियोगिताको न्यायिक समितिले छानविन पश्चात मेट्रोपोलिटान र भ्यू पोइन्टलाई कार्वाही गरेको छ । खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो । तर दुवै टिम विरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरी रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।  त्यसै गरी सिनियर छात्रतर्फको खेल समेत क्वाटरफाइनलका समिकरण पुरा भएको छन् । अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदय सङ्ग र शान्ती दिपले मेरी गोल्ड संङ्ग भेट पक्का गरे । यस अघि स्नो भ्यूले बालविद्यालाई ३–१ गोल र बालोदयले शिसु कल्याल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ  । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।   

पोखराः    कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुरु भएसँगै हनी हन्टिङ फेस्टिबल सुरु भएको हो।  फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए । लान्द्रुक पर्यटकीय गाउँ हो । 'कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ, उनले भने, गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला' ।हनी हन्टिङलाई आवश्यक स्रोतसाधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे ।    गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो ।  गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् ।  कोटेसाङ भीरमा करिव ३० वटा मौरीका घार छन् । दुई दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ, उनले भने ।  जेठ र मंसिर गरेर वर्षमा दुईपटक मह काढिन्छ । दोस्रो सिजनको मह  निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।  

बाजुरा:  बाजुरा जिल्लाको पुर्वी उतरी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।    १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको सामाजिक अगुवा रन्दीप बुढाले बताए । उनले भने, ‘स्वाथ्य संस्थाले ३ दिन अगाडी रिफोर गरी सकेको भए पनि गर्भवती महिला पवित्रा कडारको आर्थीक अभावको कारण  सुत्केरी बेथा लागेकी कडारालाइ घरमै बसाएकोले उनको स्वस्थ्य अवस्था जटील बन्दै गएपछी आज नेपाली सेनाको हेलिक्प्टर मार्फत उद्वार गरिएको हो ।’ पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नसकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् । स्वास्थ्य केन्द्रबाट हिजो रिफर गरिएकि पवित्रालाई आज राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले बताएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।  

काठमाडौंँ:   चालू आर्थिक वर्ष २०७८९र८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो । विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् । यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ । यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।

चितवन:  नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०स्५० बजेदेखि रोकिने छ । काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०स्५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०स्४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

काठमाडौं:   नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् । विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ । ‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका निरन्तरको तालाबन्दी र प्रँध्यापकमाथिको सांघातिक आक्रमणले थप पुष्टि गरेका छन्’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ । उपकुलपति बाँस्कोटाले यस वर्ष स्ववियुको चुनाव हुने भन्दै तयारीमा लाग्न आग्रह गरेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मदन विष्टले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले हरेक २ वर्षमा फागुनमा स्ववियु चुनाव गर्दै आएको थियो । तर १४ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।

ढोरपाटन:   बागलुङको ताराखोला गाउँपालिका(३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।  पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।” स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताउनुभयो । उहाँले स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताउनुभयो ।  गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।  ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिनुभयो ।  “बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्”, उहाँले भन्नुभयो, “ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ ।” ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताउनुभयो ।  “हाम्रो पालिका अन्तर्गत धेरै पर्यटकीयस्थल छन्, केही स्थलमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा काम हुन बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमितामा राखेर काम गर्नेछौँ,” उहाँले भन्नुभयो ।  उहाँले पर्यटन क्षेत्रको विकास गरी  स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने गरी योजना बनाएको दाबी गर्नुभयो । खिउ बराह तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रुङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गल्मी, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ ।