राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

बागलुङ कारागारमा नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर पुस्तकालय स्थापना गराएका छन् ।  गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभन्द्र शर्मा कंडेलले शुक्रबार एक कार्यक्रमका बीच पुस्तकालयको शुभारम्भ गरे । मन्त्री कंडेलले कारागारमा बस्ने कैदीबन्दीलाई सुधार्ने लक्ष्यले पुस्तकालय स्थापना भएको बताए ।  पुस्तक पढेर कैदीबन्दीले मानव जीवन सुधारको बाटो खोज्नुपर्नेमा उनेको जोड छ । कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले अब हरेक नागरिकले पढ्ने लेख्ने अधिकार पाउनुपर्ने भन्दै पुस्तकालयको प्रयोगले आफ्नो क्षमता बढाएर जेल पछिको जीवन सहज बनाउन आग्रह पनि गरे । उक्त कार्यक्रममा सहभागि भएका अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष रमेश भट्टले कारागारहरु अब सजाय गृह नभइ सुधार गृह बन्नुपर्ने बताए । उनले परिबन्धले परेकाहरुले पनि आफूलाई संहालेर अध्ययनशिल बनाउन आग्रह गरे ।   जेल जीवन बिताएर घर फर्केपछि आफ्नो क्षमता बढाएर कृषि कर्म गर्नेदेखि अन्य क्रियाकलाप गर्न सकुन भनेर सोही प्रकृतिका ७ सय पुस्तकसहितको पुस्तकालय बनाइएको उनले जानकारी दिए । बागलुङ कारागारमा ५० जनाको क्षमता भएको पुरुष खाना तर्फ १ सय ६२ जना र २० जनाको क्षमता भएको महिला खाना तर्फ ९ जना महिला र २ बालक गरी ११ जना रहेका छन् । फाउण्डेसनले भने पुस्तकालयको क्षमता बढाएर लैजाने लक्ष्य समेत बनाएको बताइएको छ ।

  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापा गाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनले मंसिर ४ का लागि औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।   ‘मंसिर ४ मा त निर्वाचनको मिति पक्काकक्की छ। औपचारीक रुपमा घोषणा नै हुँदैछ,’ उनले भने।  कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहेपनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पु¥याउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।  ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ’, उनले भने । 

पोखरा:  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज सहयोग गरिएको छ ।   मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने साना प्रकारका जहाज दान गरिएको केन्द्रका अध्यक्ष पुनले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।    उनले १० वटा बक्सहरुमा सो जहाजको सामान अट्ने भन्दै नेपाल ल्याएर जोडेर उडाउन मिल्ने बताएका छन् । उनका अनुसार सानो जहाजमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु अटनेछन् ।   उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट निःशुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए ।   अमेरिका रहेका उनी लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको भिडियो फेसबुकमा सार्वजनिक समेत गरेका थिए । जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ ।   नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले बताए । उनले सहयोग पाएका जहाज नेपाल भित्राउन र उडान अनुमतिमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

  पोखरा:   देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु भएको छ।   पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ।   सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्।   महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ।  प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची छ।   सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ। उनको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

मुस्ताङ:  पोखरा आफ्नो क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सपना प्राय सबै नेताको हुन्छ ।    गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य मात्रै गरेनन् । उनले उपल्लो मुस्ताङको लोवान्थाङमा गल्फ कोर्स निर्माण गर्नका लागि निकै कसरतमा लागिपरेका थिए ।    फलस्वरुप परिक्षण पनि सफल भैसकोको छ । उनी यतिबेला गल्फमै व्यस्त देखिएका छन् । गल्फ कोर्समै रमाइरहेका छन् ।   उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स हो । प्रदेश सांसद विष्टका अनुसार उक्त गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो नेपालको हाई अल्टिच्युडमा भएको पहिलो कोर्स हो ।   पोखरा, चितवन र धरानमा १÷१ वटा, काठमाडौँमा ३ र अहिलेको उपल्लो मुस्ताङमा थपिएको १ गरि कुल नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । नेपालको सबैभन्दा उचाइमा रहेको उपल्लो मुस्ताङको गल्फ कोर्समा यतिबेला   गल्फरहरु तथा प्रदेश सांसद इन्द्रधारा विष्ट रमाइरहेका छन् ।  १५ तस्बिरमा हेरौं, सांसद विष्ष्टको गल्फ मोह ।   तस्बिर: राकेश थापामगर                            

  माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहनु भएका माया गुरुङ र पार्वती गुरुङले सांस्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् ।  मानवीय सेवालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई अभियानमार्फत उहाँहरुले सहयोग गर्दै आउनुभएको छ ।    केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्यासको सिलिण्डर पड्केर आगालागीबाट क्षति भएको भन्ने खबर थाहा पाएपछि सहयोगमा जुटेको अभियन्ता माया गुरुङले  जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “ हामीले गाउँमा ग्यास पड्केको र क्षति भएको भन्ने थाहा पायौँ , अनि  मे २८ तारिखमा मगर सङ्घ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी मनका धनी कविता गुरुङ र लता चेम्जो गुरुङको विशेष सक्रियतामा नेपाली चिया, चटपट, काँक्रो, खरबुजा, सेलरोटी बेचेर केही आर्थिक रकम सङ्कलन गरेका हौँ ।” उहाँले सङ्कलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई रु ५० हजारका दरले रु एक लाख रकम नेपाल पठाएको जानकारी दिनुभयो ।    विदेशबाट प्राप्त  उक्त रकम  गाउँका स्थानीय युवा शङ्करमान गुरुङ र मिर्मिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्र«े गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले पीडितद्वय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात् गरी सहयोग रकम जुटाएकामा धन्यवाद व्यक्त गर्नुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय गगनसिंह गुरुङले कठिन अवस्थामा एकअर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राख्नुभयो ।    अर्का स्थानीय युवा सन्तोष गुरुङले कोभिड–१९ देखि नै माइला कान्छा अभियानको सामाजिक सेवाप्रतिको कार्य निकै सह्रानीय र प्रशंसनीय भएको बताउनुभयो । अभियानले कोभिड–१९ को समयमा कास्कीको पोखरालगायत आसपासका थुप्रै बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकाहरुलाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवा नै धर्म हो भन्ने सोचेर हामी अभियानमा सक्रिय छौँ, सहयोगी मन थुप्रै भएको र आफूहरु माध्यम मात्र भएकाले यसको सहयोगी मनलाई दिन चाहान्छौँ ।” 

पोखराः पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई सरिता तुलाचनले १ लाख रुपैयाँ सहयोग गरेकी छिन् ।    क्याम्पसले हाल नयाँबजार शान्तिवनमा नयाँ शैक्षिक भवन निर्माण गरिरहेको छ । सोही भवनमा आवश्यक पूर्वाधार थप गर्न थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेको तुलाचानले बताएकी छिन् ।    तुलाचनले उक्त रकम स्वर्गीय ससुरा बुवा एवं पति वसन्तलाल हिराचनको स्मृतिमा प्रदान गरेकी हुन् ।    सहयोग रकम ग्रहण गर्दै क्याम्पस परिवार एवं सञ्चालक समितिले आभार व्यक्त गरेको छ । क्याम्पस परिवारले भनेको छ, ‘सहयोगी सरिता एवं परिवारलई सुस्वाथ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’   क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।    ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् । 

  पोखरा:   नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो ।   सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण हिमाल समेत सफलतापुर्वक अरोहण गरिसकेकी थिइन । पछिल्लो पटक सन १९९२ मा कन्चनजंगा हिमाल आरोहण गर्ने क्रममा उनि हराउन पुगिन् । रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रुपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टुवर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदुत बुराकोव्स्कीले बताउनुभयो । अन्नपुर्ण हिमाल समेत आरोहण गरेकी शाहसी महिला रुटकिविजको सम्झानामा आयोजना गरिने सो कार्यक्रम पोखरामा गर्न आफुले सहमति दिएको महानगरका प्रमुख आचार्यले बताउनुभयो ।   साथै उहाँहरु बिच पोखराको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ ।   पोखरामा सम्पन्न भेतवार्तामा नेपालका लागि गणतन्त्र पोल्याण्डका अवैतनिक महावाणिज्यदुत लोकमान्य गोल्छाको सहभागीता रहेको थियो ।  

  पोखरा  :  बिहान पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।   पोखरा विमानस्थलबाट काठमाडौँ उड्नेवित्तिकै नाइन एन एएनजी कलसाइन भएको जहाजको इन्जिनमा समस्या देखिएको पाइलटले जानकारी गराएका थिए। उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। ‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’ उक्त जहाजमा ४५ जना यात्रु थिए।