राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

गोरखाको चुमनुव्री गाउँपालिका-७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।    गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोला माथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।     ‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो, उहाँले भन्नुभयो, “गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर  सञ्चालनमा ल्याएका हुन् ।”    दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निले गाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए । स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ ।    बर्खा लागेसँगै खोलाले काठे पुल बगाउने गरेकाले  हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो  । ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन् ।

काठमाडौं:   सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।   बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हाे ।     यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

महोत्तरी:   स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ ।   महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँमाथि सो बेरुजु देखिएको हो ।   आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उहाँ सो नगरपालिकामा कार्यरत हुनुहुन्छ । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो ।   उहाँमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।   कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ ।   प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।   कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । रासस   महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६/७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो ।   पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं:  १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।   अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।   एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।   श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।     नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् । 

काठमाडौं:  सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणाको तयारी गरेको छ ।   सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी छ । यसअघि निर्वाचन आयोगले आउँदो मंसिरको २ गतेभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्न सिफारिस गरेको थियो ।   मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ ।   २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।   सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका छन् ।

काठमाडौं:   ७९ जना यात्रु लिएर काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरको छ ।   श्री एयररको ९एन– एएनएफ जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको केहीबेरमै पाइलटले अवतरण गराएका थिए ।   विमानस्थल कार्यालयका अनुसार जहाजमा जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपपछि चालक दलले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो ।   अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

  पोखरा ।  पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ ।    पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ ।   कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो ।    बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने उनको भनाई थियो । एक फरक प्रसंगमा भट्टराइले संघ नेपाली कांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्त भएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमा आफ्नो प्रभूत्व जमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । ती अनियमितालाई चिर्नका लागि पनि लोकतान्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ ।    कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । यसका लागि लोकतान्त्रिक खेलकुद संघले पहल गर्नुपर्ने उनको धारणा छ । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मुल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतान्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।   नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । पोखरामा हुने प्रतियोगिताकालागि गठन गरिएको मुल आयोजक समितिमा पोखराकै खेल क्षेत्रका व्याक्ति समेट्नु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा के भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो ।   संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको बताए । गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढि हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघर्ष गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमा हामीलाई सुरक्षा र अनुसन्धान उपसमितिमा व्यवस्थापन हुनुपर्यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यौँ, पछि सहसंयोजक राख्ने मौखिक सममती भएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं ।’    पूर्व खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउन पहल गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले बताए । नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्व खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले विज्ञप्ती प्रकाशित गरेरै दवाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्री सामु जाने उनको भनाई थियो । यदि त्यसले काम नगरे काठमाडौं प्रधानमन्त्री सामु पुग्ने उनले बताए । पछिल्लो समय कांग्रेलले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको उनको भनाई थियो । अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।   

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।   आगामी २२ गते आइतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा पार्किङ गर्ने आज (बुधबार) विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।   गण्डकी प्रदेश सरकारले नागरिक र यातायात व्यवसायीको हित विपरित कर वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । ‘हाम्रो कोरोना महामारीबाट मुक्त भएको व्यवसायलाई प्रदेश सरकारले करमा बृद्धि गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि सरकारले ६० प्रतिशत सवारी करमा छुट दिन्थ्यो । तर अहिले घटाएर ३३ प्रतिशत बनाएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘यतिमात्रै नभएर वार्षिक करमा वृद्धि गरेको छ । त्यसैले यसको विरुद्धमा हामीले आन्दोलनको घोषणा गरेका हौं ।’   उनले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवानका काट्न सक्ने व्यवस्था समेत यातायात व्यवसायीको हितमा नभएको उल्लेख गरे । ‘अहिले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवाना काट्न सक्ने भनेर अधिकार दिएको छ, केसीले भने, ‘चालकले अलिकति गल्ती गर्दा र भनाभन गरेकै भरमा ५ हजार तिर्नुपर्ने अवस्था छ । त्यसैले यसको विरुद्धमा हामीले कदम चलाएका हौं ।’ उनले उक्त विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक छलफल गरेको बताउदै भने, ‘हामीले त्यो विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक वार्ता र छलफलसँगै ज्ञापनपत्र बुझाउने काम भयो । तर सवारी जरिवानालाई मात्रै केही संशोधन गरे जस्तो गर्याे । त्यसैले सरकारले २१ गते राती १२ बजेसम्म हाम्रो मागलाई सम्बोधन गरेन भने हाम्रा सवारी साधन घर ग्यारेजमा खडा गर्छाै । त्यति गर्दापनि भएन भने प्रदेशभर आम हड्तालको आह्वान गर्छाै र यतिले पनि भएन भने केन्द्रीय समितिसँग समन्वय गरेर देशभर आन्दोलनमा जान्छौं ।’   उनका अनुसार गण्डकी प्रदेशभर मालबहाक र यात्रुबहाक गरि करिब २० हजार सवारी साधन गण्डकी प्रदेशमा सञ्चालन हुदै आएको छ ।   गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको खण्डमा सबै सवारी साधनहरु पार्किङमा राखिने महासंघ गण्डकी प्रदेशले जनाएको छ ।  

  पोखरा ।  मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले श्रम ऐन २०७४ अनुसार तलबसहितको सेवा सुविधा मागेपछि अस्पताल व्यवस्थापन समितिले नीजि सुरक्षा गार्ड (बाउन्सर) अस्पताल परिसरमा तैनाथ गरेको छ ।   अस्वाभाविकरुपमा बाउन्सरसहित नेपाल प्रहरीको टोलीलाई अस्पताल परिसर र भित्रै परिचालित गरेपछि बिरामीको मानसिकतामा असर परेको र अस्पतालको वातावरणमै प्रभाव परेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाईका अध्यक्ष अमृत पौडेलले बताए ।   ‘अहिले यहाँ सेक्युरिटी लेखेको अपरिचित मान्छेहरु आएका छन् । अस्पताल भित्रै पनि गएर मेसमै खाना पनि खाए । र प्रहरीको फुल टाइमै मणिपाल हो भन्ने जस्तो गरेर ठुलो जत्था नै तैनाथ गरिएको छ, उनले भने, ‘प्रहरीलाई सुरक्षाको लागि भनेर कन्सिडर गर्न सकिन्छ । तर हामीले कुनै कार्यक्रम नै नगरि आउनु अस्वाभाविक हो । र त्यसमाथि बाउन्सर नै आउनु भनेको त श्रम ऐनमा उल्लेख भएको कानूनी प्रावधान मान्न पाउन्नस्, बोल्न पाउन्नस् भन्ने नै हो । हामीले अप्रत्यक्षरुपमा त्यो अभिव्यक्ति बुझेका छौं ।’   श्रम ऐनले परिच्छेद ३६ मा कर्मचारीले एक वर्ष कार्यावधि पार गरेको खण्डमा ग्रेड अनुसार वार्षिक तलब वृद्धि पाउने र हरेक दुई वर्षमा सेवासुविधाको दायरा फराकिलो बनाउनुपर्ने व्यवस्था गरेको छ ।   सोही अनुरुप गत शुक्रबार अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरुको संगठनबीच तलब वृद्धि र सेवा सुविधाको बारेमा छलफल भएको पौडेलले बताए । द्विपक्षीय वार्ता व्यवस्थापन समितिको टोलीले कर्मचारीको माग अस्वीकार गरेपछि छलफल निष्कर्षविहिन टुङ्गिएको थियो ।   त्यसपछि केही दिनपछि बाउन्सरसहितको नेपाल प्रहरी अस्पताल परिसर र भित्रै  परिचालित गरिएको पौडेलले बताए । ‘यस्तो एकपटक पहिला पनि भएको थियो । फेरि अहिले करिब १२/१५ वर्षपछि इतिहास दोहोरियो र फेरि भविष्यमा पनि दोहोरियो भने यसले राम्रो गर्दैन, उनले भने, ‘किनभने कर्मचारीको सुरक्षाको ग्यारेण्टी कसले लिने ? अस्पताल जस्तो संवेदनशिल संस्थामा म काम गर्दा, ट्वाइलेट जाँदा सुरक्षित छु कि छैन भन्ने कुरा व्यवस्थापनले सोच्नुपर्ने होइन?, के गर्दा संस्था राम्रो हुन्छ भन्ने त व्यवस्थापनले सोच्न पर्याे नी ? पौडेलको प्रश्न छ ।   कर्मचारी संगठन र व्यवस्थापनको समझदारी अनुसार तलब तथा सेवा सुविधाको वृद्धि गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।   सोही अनुरुप वार्ताको क्रममा व्यवस्थापनले तलब वृद्धि नहुने अडान लिएको बताउदै पौडेलले भने, ‘हामीले ऐन अन्तर्गतकै २/२ वर्षमा तलब वृद्धि गर्ने प्रावधान अनुसार नै माग पेश गरेका थियौ । त्यसमा दुई पक्षनै बसेर अन्तिममा गएर टुङ्गिने हो । कहिले २ जना बसेर नि हुन्छ कहिले मध्यस्तकर्ता सिडिओ कार्यालय अथवा श्रम विभागपनि जान्छ, उनले भने, ‘तिमिहरुको तलब वृद्धि चाँही हुदैन । र ऐनमै नभएको कुरा र कहि प्राक्टिसमै नभएको कुरा गर्दाचाही यो खैलाबैला निस्किएको हो ।’   हाल मणिपाल शिक्षण अस्पतालमा ५ सय ७३ जना ननटिचिङ डाक्टरहरु १ सय बढी डाक्टरहरु कार्यरत छन् ।