पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ । तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने आयोजकले बताएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार प्राप्त गर्ने छन् । साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापनको संयोजकमा दिपकप्रसाद बराल, प्रचारप्रसारमा सावित्री कोइराला, प्राथमिक उपचारमा कमला गौतम, मञ्च साउण्ड सिस्टम खाजा तथा खेलकुद व्यवस्थापनमा विमल श्रेष्ठ, निर्णयक मण्डल व्यवस्थापन तथा चिठीपत्रमा हेमराज भण्डारी, श्रण्टा सम्मान व्यवस्थापनमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कमला सुनार, स्वयंसेवक परिचालनमा मुन्द्रमान श्रेष्ठ, तिजगित प्रतियोगि व्यवस्थापनमा महेश्वर बराल, महोत्सव अनुगमत तथा मुल्यांकनमा लक्ष्मण कोइराला र महोत्सव सल्लाहकार उपसमितिको संयोजकमा उज्वल खत्रीलाई चयन गरिएको छ । साथै खेलकुदका लागि अफिसियल रेफ्रि शुसिल केसीलाई चयन गरिएको आयोजकले जानकारी दिएको छ ।
पोखरा: चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’ नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ । जीवनको ४० वर्ष आफुले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । ‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्या सँग म जानकार नै छु । हिजो प्रश्न गर्ने ठाउँमा म थिए । आज उत्तर दिने ठाउँमा छु । प्रशासनलाई बुझ्दै छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु ।’, उनले भने । केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा बिकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ । क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको भनाई उनको छ । उनले आफुले एक अभियानको थालनी गरेको बताए । ‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो । जून अभियान मार्फत हामी समाजमा भएका कथा खोज्छौं । हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौं ।’, उनले भने । पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए । हरेक जिल्लाको स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने प्रयासमा आफु रहेको भनाई उनको छ । उनले प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् । कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए । सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने धारणा उनको छ । गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्ज बहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए । भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने तर्क उनको छ । मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने बताए ।
पाेखरा: नेकपा एमालेको सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पाँच दलीय गठबन्धन एमालेलाई धुलो चटाउन बनेको बताएकी छिन् । आइतबार नेकपा एमाले गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले अहिलेको गठबन्धन देश विकासका निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको बताएकी हुन् । ‘यो गठबन्धनको उद्देश्य मुलुक बनाउने होइन । जनतालाई सुविधा दिने होइन, उनले भनिन, ‘गठबन्धनको उद्देश्य एमालेलाई कमजोर बनाउने र धुलो चटाउने हो ।’ उनले पाँचदलीय गठबन्धन इतिहासको नै असफल र नालायक सरकार भएको आरोप लगाइन् । ‘ यो सरकार सरकार नै हो जस्तो लाग्नदैन । इतिहासको सबभन्दा नालायक र असफल सरकार यो गठबन्धनको सरकार हो, अर्यालले भनिन्, ‘आर्थिक हिसाबले पुरै असफल छ । आर्थिक सुचांकहरु पुरै धारासायी बन्दै छ । राष्ट्रियताको हिसाबले एससिसी हेर्नुस् । एसपिपी हेर्नुस् । दीर्घकालिन रुपमा राष्ट्रलाई नोक्सान हुन्छ । नेपाललाई रणभूमी बनाउने उद्देश्यकासाथ आजा एसपिपी अगाडी बनाउन खोजिएको छ ।’ पाँचदलिय गठबन्धन देशका लागि अपवित्र रहेको भन्दै सिमित स्वार्थका लागि गठबन्धन गरिएको दाबी गरे । ‘पढ्नका लागि पुस्तक छैन्, खेतीका लागि मल दिन सरकार तयार छैन् सिमित स्वार्थका गठबन्धन गरिएको छ, उनले भनिन्, यसकै कारण नागरिकले दुःख पाइरहेको अवस्था छ ।’ एमालेलाई पराजित गर्न अहिलेका सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि मतदान स्थल स्थानान्तरण गर्न लागेको समेत अर्यालले आरोप लगाइन् । ‘एमालेलाई कसरी गर्ने, कसरी मत लुट्ने भनेर मतदान स्थानान्तरण गर्न लागिरहेको छ ।’ उनले भने । इन्चार्ज अर्यालले सरकारले पेट्रोलियम पदार्थमा अरबौँ रुपैया घोटाला गरेको आरोप लगाउदै गत जेठमा महिनामा तिनपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको टिप्पणी गरेकी थिइन् । प्रदेश सरकारले जनविरोधी काम गरेको एमाले गण्डकीको आरोप नेकपा एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारमा पाँचदलिय गठबन्धन नेतृत्वको गण्डकी प्रदेश सरकारले मनोमानी गरेको भन्दै सरकारले जनविरोधी काम गरेको आरोप लगाएको छ । नेकपा सरकारले अगाडी सारेको बहुवर्षिय योजनहरुमा राजनीतिक पूर्वाग्रह साँधेर बजेट कटौटी गरेर आयोजना प्रभावित पारेको एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताए । एक निर्वाचन क्षेत्र एक सडकको दीर्घकालिन नीतिलाई निस्तेज पार्ने मनसायले कृषि सडककको आवरण दिएर दिर्घकालिन महत्वको नीतिलाई लत्याएको उनको आरोप छ । बजेट निर्माणमा सिद्धान्त विपरित विना योजना ल्याउने, आफूखुसी बजेट बनाउने, सत्तापक्षका सांसदहरुलाई प्रति सांसद पाँच करोड बजेट विनियोजन गर्ने तर विपक्षी सांसदलाई दोस्रो दर्जाको सांसदको रुपमा व्यवहार गरेको उल्लेख गरे । उनले मन्त्री परिषद सदस्यका मृतक आफन्तको नाममा ट्रष्टको आवरणमा बजेट छुट्टाएर नीजि सम्पत्ति बनाउन खोजको उनले टिप्पणी गरे । चालु आर्थिक वर्षमा सवारी करदेखि घरजग्गा नामसारी गर्दा लाग्ने करमा चरम वृद्धि गरिएको प्रति समेत प्रदेश सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै उम्मेदवारी घोषणा हुन थालेको छ । आगामी भदौ २४ र २५ गते संघको महाधिवेशनको मिति घोषणा भएसँगै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले पत्रकार सम्मेलनमार्फत आज (आइतबार) उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै वाणिज्य संघ छोड्न तयार तर अध्यक्षको उम्मेदवारीबाट पछाडी नहट्ने उनकाे अडान छ । ‘कुनैपनि सर्तमा म पछि हट्दिन, उनले भने, ‘बरु म वाणिज्य संघ नै छाड्छु तर अध्यक्ष पद छोड्दिन ।’ उनले अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाको रुपमा पुनः स्थापित गर्नै दायित्व नयाँ पुस्ताको काँधमा आएको महसुस गर्दै आफुले उम्मेदवारी दिने स्पष्ट पारे । ‘संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर काम गरेको छु, पोखरेलले भने, ‘अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरे पश्चात धेरैको चाँसो र चिन्ता अब उद्योग वाणिज्य संघमा छ त्यसैले अध्यक्षमा उम्मेदवार घोषणा गरेको हुँ ।’ व्यवसायीको हकहितको पक्षमा विभिन्न प्रबिद्धताहरुसहित उम्मेदवारी घोषणा गरेको उनले बताए । पोखरा उद्योग वाणिज्य संघलाई पोखरेलीको साझा घर बनाउने, भइरहेको भवनलाई पुनः निर्माण गरि बहुतले भवन बनाएर व्यापारिक प्रयोजनका लागि उपयोग र २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय रहने पोखरेलको प्रतिबद्धता रहेको छ । उनले संघीय संरचनापछि पोखरा उद्योग वाणिज्य संघको भूमिका कमजोर भएको भन्दै सरकार–जनताबीचको दुरी घटाउन पुलको रुपमा संघलाई अगाडी बढाउने बताए । प्रतिबद्धता पत्रमासंघको पहिलो दायित्व संघमा आवद्ध भएका÷नभएका उद्योगी व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने र उनीहरुको अधिकार, राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुुरक्षा, नयाँ लगानी भित्राउन प्रोत्साहन काममा निष्पक्ष भएर काम गर्ने उल्लेख गरिएको छ । आफु निर्वाचित भए २ वर्ष कार्यकालभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पोखरा लगानी सम्मेलनदेखि, विदेशी लगानीलाई स्थानीय लगानीकर्तालाई थप लगानी गर्न मिल्ने प्रेरणा सहित संघले देशका चेम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने पोखरेलले घोषणा समेत गरेका छन् ।
पोखरा: सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा छलफल हुने हरेक विषयहरू माथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्न समेत यस प्रकारका फोरमहरू फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोड समेत दिनुभयो । गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि।सं। २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।
पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा एक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुखहरु र परिषदका सदस्यहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रमको यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले गरेका थिए । सो अवसरमा सचिव अधिकारीले संघिय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा आफ्ना भनाई अघि सार्दै प्रदेशको खेलकुद बजेट अप्रयाप्त रहेको संगै अप्रयाप्त लागनी विना निर्माण भएका पूर्वाधारले नतिजा दिन नसकेको बताए । प्रदेशको खेलकुद विकास ऐन र नियमावलीले निर्दिष्ट गरेका अधिकारहरुका बारेमा चर्चा गर्दै सचिव अधिकारीले स्वस्थ्य नागरिक उत्पादन संगै आर्थिक विकासका लागि खेलकुदमा लगानी अपरिहार्य रहेको बताए । उनले स्थानियतह संगको समन्वयमा खेलकुद पूर्वाधारहरुको विकास हुने सके त्यसको संरक्षण र सम्वद्र्धन हुन सक्ने उल्लेख गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा सुशासन आवश्यक रहने कुरामा जोड दिंदै त्यसका लागि खेलकुदमा कार्यरत कर्मचारी र पदाधिकारीहरुमा अनुशासित हुनुपर्ने बताए । उनले संघियता प्राप्त भएको पाँच वर्ष सम्म पनि खेलकुदका संरचनाहरु झनै चपेटामा परेको उल्लेख गर्दै खेलकुदले संस्थागत विकास हुन नसकेको बताए । खेलकुद कार्यालयहरुमा आधुनिक प्रविधिको प्रयोग आर्थिक कार्यान्वयनका लागि योजना र पारदर्शिता महत्वपूर्ण पाटोको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो । सो अवसरमा नेपाल ओलम्पिक कमिटि साइकोलोजी कमिसनका संयोजक एवम उत्प्रेरक इन्द्र गुरुङले नेतृत्व क्षमताका लागि सात वटा विषय प्रमुख रुपमा हुनु पर्ने बताए । उनले उर्जा, संवेग, समयको व्यवस्थापन, आर्थिक परादर्शिता, सम्वन्धको विकास, जवाफदेहिता लगायतका विषय प्रमुख रहेको औंल्याए । उत्कृष्ट तथा क्षमतावान नेतृत्वका लागि शिप संगै मानसिक रुपमा आफूलाई त्यस रुपमा उभ्याउन खाँचो रहेको बताउँदै प्रदेश खेलकुदका सल्लाहकार समेत रहेका गुरुङले क्षमतावान नेतृत्वका लागि मानसिक र सारिरिक तथा स्वस्थ्य संगै सिर्जनशिलता समेत उत्तिकै अपरिहार्य रहेको बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले परिषदले अघि सारेका योजना, कार्यक्रम र बजेट तथा नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए भने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले लेखा प्रणाली व्यवस्थापनका विषयमा अभिमुखीकरण गराएका थिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा: पूर्व शिक्षामन्त्री तथा माओवादीका स्थायी कमिटी सदस्य दिननाथ शर्माले माओवादी पार्टीलाई सुनसँग तुलना गर्दै बहुमुल्य पार्टी भएको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठन गण्डकीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व शिक्षा तथा प्रविधिमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् । शर्माले सुनमा फोहोर लागेपनि पखालेपछि टल्कने बताउदै माओवादी पार्टीको पनि झन सुनको जस्तै मुल्य बढ्दै जाने बताए । ‘सुनमा जति फोहोर लागेपनि पखालेपछि टल्कन्छ, उनले भने, ‘ फोहोर हटेपछि त होनी सुन टल्किने । त्यसैले हाम्रो पार्टीका नेताहरु पनि जुन पार्टीमा गएपनि हाम्रो पार्टी झन टल्किदै छ ।’ उनले केपी ओली, बाबुराम भटराई, झलनाथ खनालहरुलाई माओवादीले नै प्रधानमन्त्री बनाएको दाबी गर्दै सरकार बनाउने निर्णायक भुमिकामा माओवादी रहँदै आएको उल्लेख गरे । माओवादीले मुल मुद्धा बनाएर अगाडी बढाएको जनवादी शिक्षाले पूर्णता नपाएको भन्दै अब यसलाई थप शसक्त ढंगले अगाडी लैजानुपर्ने बताए । शर्माले दक्ष र सीप भएका युवाहरुलाई नेपालमा अवसरको सिर्जना गर्न नसक्ने सरकारको कमजोरी रहेको बताउदै विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताए । नेपालमा २०२८ सालको शिक्षा नीति व्यवहारिक नभएको बताउदै नेपालको शिक्षा नीति परिमार्जन आवश्यक रहेको औल्याए । माओवादी स्थायी कमिटी सदस्य शर्माले आफु शिक्षा मन्त्री हुँदा शिक्षा ऐन राष्ट्रपति कहाँ बुझाउँदा एमाले कांग्रेसका नेताहरुले शिक्षा ऐन पास गर्न नदिएको समेत आरोप लगाए । सरकार शैक्षिक माफियाहरुले चलाएको भन्दै उनले उनीहरुलाई हटाउन प्राध्यापक संघ र सरकारले विशेष योजनामा अगाडी बढ्नुपर्ने बताएका थिए । यसैगरि नेकपा माओवादी गण्डकी प्रदेशका अध्यक्ष गायित्री गुुरुङले नेपाललाई साच्चिकै नेपाल बनाउन प्राध्यापक संघको विशेष भुमिका रहेको बताइन् । उनले प्राध्यापक र राजनितिकर्मीहरुको सहयोग अपरिहार्य रहेको बताउदै देशको परिवर्तनमा टेवा पुग्ने धारणा राखिन् । ‘प्राध्यापक भनेको समाजको महत्वपुर्ण अंग हो अरु भन्दा प्राध्यापक भनेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक छ, उनले भनिन्, ‘त्यसैले समाजलाई कुन दिशामा लैजाने भन्ने महत्वपूर्ण भुमिका प्राध्यापकहरुको हुन्छ ।’ नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रीय सदस्य पूर्ण बहादुुर लामिछानेले विद्यार्थी र शिक्षकहरु एउटै सतहमा रहेमात्र शिक्षामा परिवर्तन हुने बताए । शिक्षकले आफ्नो भुमिका भुल्दै जाँदा शिक्षामा परिवर्तन गर्न नसकेको उनले बताएका थिए ।
अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मस्र्याङ्दी गाउँपालिका-४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिरोले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।
बागलुुङको ताराखोला गाउँपालिका-५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाई घर फर्कनुप¥यो । कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । मिर्गौलाको महँगो उपचार र प्रत्यारोपण कसरी गर्ने भन्ने पिरलो थपिएको छ । न्यून आय भएको उहाँको परिवारले उपचार खर्च धान्न सक्ने स्थिति छैन । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको बताएका थिए । रोकामा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आवश्यक खर्चको जोहोका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । आमा बिरमाको मिर्गौला दान दिने तयारी गरे पनि स्वास्थ्य जटिलताका कारण चिकित्सकले दिन नमिल्ने बताएको रोकाका बुबा भीमबहादुरले बताउनुभयो । भीमबहादुरले मिर्गौला दिने दाताको खोजी भइरहेको बताउनुभयो । “मिर्गौला दिने कोही त भेटिनुहोला, तर उपचार खर्च हामीसँग छैन, छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “सबैसँग सहयोगका लागि अनुरोध गरेका छौँ ।” परिवारको आग्रहमा स्थानीय नवसिर्जना र असारे युवा क्लबले आर्थिक सहयोग अभियान सुरु गरेको नवसिर्जना युवा क्बलका अध्यक्ष पूर्णभद्र न्युरेले बताउनुभयो । आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैङ्कमा रहेको खाता नं. ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने जनाइएको छ ।

