पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यही साउन ३० गते नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराउनुभएको छ । अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र सापकोटाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराउनुभएका भण्डारी पनि चुनावी एजेन्डासहित व्यवसायीमाझ पुगिरहनुभएको छ । तीनैजना उम्मेदवारले टानलाई व्यवसायमैत्री संस्थाका रुपमा स्थापित गराउने बताएका छन् । अध्यक्षका प्रत्याशी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने जानकारी दिनुभयो । आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उहाँले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बास्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उहाँको भनाइ थियो । बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था अन्त्य गर्दै टानले नै व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने र व्यवसायीहरुको सहजीकरणका लागि कर्मचारी सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना रहेको जानकारी दिनुभयो । अध्यक्षका अर्का प्रत्याशी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताउनुभयो ।सापकोटाले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपर्नुभएको छ । उहाँले टानलाई राजनीतिकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना सुनाउनुभयो । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्षसहित कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् । निर्वाचनमा नयाँ समीकरण टान निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोलाको नेतृत्वमा नयाँ समीकरण बनेको छ । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहकार्य गरेका छन् । अध्यक्षसहित पदाधिकारी पदमा बाँडफाँड गरिएको छ । टानका पूर्वअध्यक्ष दीपक महतले टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा तीनवटै सङ्गठन सहकार्यका साथ चुनावी प्रचारमा जुटिरहेको बताउनुभयो । उहाँले टान नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिए पनि सफल नभएकाले प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरिने जानकारी दिनुभयो । सापकोटालाई भने नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनको साथ रहेको छ । उम्मेदवारका प्यानल टान सचिवालयका अनुसार टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारी पक्ष समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको छ । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहनुभएको छ । यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराउनुभएको छ । त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिवमा हरि कडरिया रहनुभएको छ ।त्यस्तै सदस्यहरुमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गर्ने भएको छ । पोखरा ४ ग्रह्रापाटन स्थितउद्योग वाणिज्यसंघको सभाहलमा आगामी ४ गते हुनेछ । समाजको गत चैतमा काठमाडौंमा सम्पन्न छैठौँ राष्ट्रिय सम्मेलन गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा गर्न लागिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले बताए । ‘सम्मेलनको मुल उद्देश्य भनेको उत्पीडित दलित समुदायहरुलाई स्वतन्त्रता र समानतापूर्वक बाच्नको लागि हक अधिकारको सुनिश्चतताको व्यवस्थामा आवाज उठाउनु हो, उनले भने, ‘यस सम्मेलन मार्फत हालसम्मका राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुतहरुलाई व्यवहारबाटै अन्त्य गर्नको लागि एउटा नीति निर्माण गर्नु पर्छ भन्ने हाम्रो विचार हो ।’ उनका अनुसार सम्मेलन सफल पार्नको लागि यातायात व्यवस्था,मञ्च व्यवस्थापन, स्वयंम सवेक परिचालन, खाना,खाजा र आवास , प्रचास प्रसार र सांस्कृतिक उपसमितिहरु गठनगरिएको छ । जसले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने छ । साथै सम्मेलनको तयारीको लागि प्रदेश स्तरको बैठक,भेला र प्रशिक्षण सम्पन्न गरिएको र मुक्ति समाजको प्रनिनिधि चयनमा भने यसै समाजसँग सम्बन्धित जिल्ला समितिहरुले गर्ने नेपालीले जानकारी दिए । नेपालीका अनुसार सम्मेलनमा करिब ५ सय १४ जना प्रतिनिधिहरु गण्डकीका ११ वटै जिल्लाबाट सहभागि रहनेछ । भने यसलाई सम्पन्न गर्नको लागि धनबहादुर नेपालीको संयोजकत्वमै ५०५ सदस्य सम्मेलन व्यवस्थापन समिति बनाइएको छ । उक्त समाज २०४५ साल पौष ९ गते दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि नेकपा एमालद्वारा गठित एक जनवर्गिय संगठन हो ।
कास्की । कास्कीका पत्रकार उदयबहादुर अमात्य र लम्जुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ अर्पण गरिएको छ । स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार फोनिजको २३ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) अर्पण गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय अमात्य र गुरुङलाई जनही दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पृथ्वीमान गुरुङले पत्रकारिता शक्तिशाली क्षेत्र भएको उल्लेख गरे । ‘पत्रकार राज्यको चौथो अंग हो, मुख्य अंग हो, उनले भने, ‘राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छ । ओदानको तीन खुट्टा भएझै यी तीन अंग शक्ति सन्तुलनको दृष्टिकोणले महत्वपूर्ण हुन्छ । यस पछिको अर्काे महत्वपूर्ण अंगको रुपमा पत्रकारितालाई लिइन्छ । त्यसैले स्वतन्त्र पत्रकारिता गर्न आवश्यक रहन्छ ।’ उनले पत्रकारहरु राज्यको निर्णायक अंग रहेको बताउदै सचेतक भएको धारणा राखे । ‘राज्यलाई गल्ती गर्दा औला ठड्याउने पत्रकार नै हुन् । नेपालको इतिहासमा निरकुंशको विरुद्धमा उभिएर सचेतकको भूमिकामा रहेको पाइन्छ, उनले भने, ‘त्यसैले पत्रकार सचेतक पनि हुन् । पत्रकार जहिल्यै लोकतन्त्र र नागरिक राष्ट्र हितको पक्षमा हुनुपर्छ ।’ उनले नेपाल एकीकरणदेखि अहिलेसम्म राष्ट्र निर्माणमा आदिवासी जनजाति समुदाय र पत्रकारको भुमिका सम्मानयोग्य रहेको उल्लेख गरे । ‘नेपालको एकीकरणको अन्दोलनमा होस् । चाहे जहानिया राणाशासन विरुद्धको आन्दोलनमा होस् या पछिल्लो समयको आन्दोलनमा होस् । आदिवासी जनाजातिहरु नागरिकको स्वतन्त्रता र अधिकारको पक्षमा लागेको इतिहास छ, प्रदेश प्रमुख गुरुङले भने, ‘आदिवासी जनाजाति मात्रै होइन त्यही समुदायको पत्रकारहरुको पनि योगदान अतुलनीय छ । भलै शैक्षिक अवस्थाको कारण र एकल राज्यसत्तात्मक चिन्तनका कारण त्यो गौरवपूर्ण इतिहास बाहिर आउन सकेको छैन ।’ नेपाल एकीकरणको पक्षमा जनजातिहरुको भूमिका अतुलनीय रहेको बताउदै पाउनुपर्ने अधिकारबाट वञ्चित भएको बताए । उनले विमलमान गुभाजू र गुभाजू परिवारले आफ्ना स्व. पिता र माताको नाममा स्थापित कञ्चन पत्रकारिता पुरस्कारले फोनिजकर्मीहरुलाई थप्रोत्साहान र हौसला प्रदान गर्नेसमेत बताएका थिए । यसैगरि पुरस्कृत व्यक्तित्व उदय बहादुर अमात्यले आफुलाई फोनिज दिवसको अवसरमा पुरस्कृत गरेको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय भाषागत पत्रकारिता लोप हुदै गएको बताउदै फोनिजले संरक्षणको लागि पहल गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो समय मातृभाषा लोप हुदै गएको छ । त्यसको संरक्षण हुन आवश्यक छ, उनले भने, ‘नजानेको भए सिक्नुपर्छ । तर यसको उजागर र संरक्षण हुन जरुरी छ ।’ पुरस्कृत भएका आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । भने गुरुङ कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुन् । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिले पत्रकार द्वयलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । यसअघि उक्त पत्रकारिता पुरस्कारबाट बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीका शान्ति गुरुङ र नवलपुरका केबी राना पुरस्कृत भइसकेका छन् । फोनिज दिवसमा विभिन्न व्यक्तित्व सम्मानित फोनिज गण्डकी प्रदेशले संस्थाको २३ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधान, पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनालाई प्रदेश प्रमुख गुरुङले खादा तथा मालासहित सम्मान गरे । यसैगरि वरिष्ठ अधिवक्ता सुरेन्द्र बहादुर थापामगर, फोनिजका केन्द्रीय सल्लाहकार हुम बहादुर गुरुङ, नेपाल मगर पत्रकार महासंघ कास्कीका अध्यक्ष विना थापा मगर, उपाध्यक्ष, सुरज थापामगर, सचिव प्रविन मगर, सहसचिव बल बहादुर रोकामगर, कोषाध्यक्ष आशामाया थापामगर, सदस्यहरु श्याम रानामगर, विकास रोका मगर, जुना थापामगर, सिजन थापामगर, सुजन थापामगरलाई सम्मान संस्थाका महासचिव सुमन गुरुङले जानकारी दिए । उनका अनुसार मिस मगर नेपाल २०२२ मिलन थापामगर, सेकेन्ड रनरअप टुगा राना मगर, थर्ड रनरअप मिना गर्बुजा मगर, भ्युअर च्वाइस रोश्ना बुढाथोकी मगर लगायतलाई सम्मान गरिएको थियो । संस्थाका महासचिव गुरुङले गुभाजू परिवारद्वारा स्थापित ७ लाखको कोषमा यस वर्ष १ लाख रुपैया थपगरि ८ लाख पुर्याइएको बताए । सो कार्यक्रममा फोजिनका केन्द्रीय सल्लाहकार हुम बहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष बुद्ध घर्ती भुजेल, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, प्रेस चौतारी गण्डकीका संयोजक इन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीसको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यलयबाट खटिएका प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ३ स्थानबाट ८ जनालाई लागू औषध सहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा कास्की अन्नपूर्ण गाँउपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बि.पी मार्ग बस्ने २१ वर्षीय प्रमिस गुरुङ, म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर बस्ने २८ वर्षीय दिपक पुन, सोही स्थान बस्ने २५ वर्षीय प्रदिप फगामी, पर्वत घर भई हाल पोखरा महानगरपालिका १८ अधेरीकना बस्ने ३० वर्षीय लबिन पुन रहेका छन् । यसैगरि पोखरा आउने क्रममा लुम्बिनी साांस्कृतिक नगरपालिका २ बस्ने २० वर्षीय द्वारिका लोध रुपन्देही कै मायादेवी गाँउपालिका ६ बनगाई बस्ने १७ वर्षिय किशोर, पोखरा महानगरपालिका११ रानिपौवा बस्ने २७ वर्षीय सन्दिप गुरुङ र पोखरा ११ काँहुडाँडा बस्ने २७ वर्षीय विश्व कार्की रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान प्रकिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेकपा एमालेले केन्द्रीय सदस्य कृष्ण थापालाई कास्की इन्चार्जको जिम्मा सुम्पेको छ । काठमाण्डौंमा आज (बिहिबार) बसेको सचिवालय ११ औं बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्की इन्चार्जको जिम्मेवारी दिएको हो । यसअघि कास्कीको इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य भीम कार्कीलाई इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मेवारी थमाइएको बताइएको छ ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित म्याग्दी घर भई हाल पोखरा ३ नदीपुर बस्ने दिपक पुनलाई पक्राउ गरेको छ । बुधबार बेलुकी करिब ८ बजे पोखरा–२ बाग्लुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डबाट चेकजाँचको क्रममा २८ वर्षिय पुनलाई प्रक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार संकास्पद अवस्थामा रहेका पुनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुर्फिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल र फेनरागन–२६ एम्पुल गरि कुल ७६ एम्पुल लागुऔषध तथा सामसुङ मोबाइल १, आइफोन १, ओप्पो फोन १ र नगद रु. ८ हजार बरामद गरेको थियो । कास्की प्रहरीको नियन्त्रणमा रहेका पुनलाई लागुऔषध कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलास्थित आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार आज (बिहिबार) विहान करिब ७ बजे ग १६ प ५४६१ नम्बरको स्कुटर दुर्घटना हुँदा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षिय बसन्त श्रेष्ठको मृत्यु भएको हो । प्रहरीलाई स्कुटर दुर्घटना भएको जानकारी भएपछि घटना स्थलमा पुग्दा स्कुटर बाटोको छेउमा रहेको थियो भने मृतक श्रेष्ठ कुनामा उछिट्टिएका थिए । मृतक श्रेष्ठ निवर्तमान वडाध्यक्ष रहेको समेत बताइएको छ । मृतक श्रेष्ठको दुवै हातको कुईनामा सामान्य चोट देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीलाई प्रशिक्षण दिइएको छ । प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति घोषणाभएसँगै वडा कमिटीलाई एमाले नेता दामोदर बैरागी र नेकपा कास्कीका उपसचिवसमेत रहेका युवा नेता दर्शन लामाले (बुधबार) अगुवा कार्यकर्ता प्रशिक्षण दिएका हुन् । प्रशिक्षणको क्रममा युवा नेता लामाले बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको सन्देश, समिक्षा र आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलक्षित रणनैतिक योजनाबारे प्रशिक्षण दिएको वडा ८ इकाईका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए । उनका अनुसार सो प्रशिक्षण कार्यक्रममा कमिटीका सबै पदाधिकारीहरुलाई नेतृत्व विकास र आगामी निर्वाचनमा कमिटीको भुमिका बारे प्रष्ट पारिएको थियो । माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीका अध्यक्ष कृष्ण दवाडीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज महेश्वर दवाडी लगायतले शुभकामता मन्तव्य व्यक्त गरेका थिए । आगामी दिनमासमेत एमाले कास्कीले कार्यकर्ता तथा विभिन्न तहका कमिटीहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई तिव्रता दिने जनाएको छ ।
काठमाडौं: राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २०० कम्पनीहरूको सहभागितामा काठमाडौंमा ‘सीएनआई रोजगार तथा शीप मेला–२०२२’ आयोजना हुने भएको छ । बजारमा शीपको उपलब्धता, रोजगारदाता र शीपयुक्त बेरोजगारबीचको खाडल कम गराई कम्पनीसँग सीधा सम्पर्क गराउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म यो मेला आयोजना गर्ने भएको हो । रोजगारदाताले शीपयुक्त जनशक्ति पाउन नसकेको, तर शीप सिकेका युवा बेरोजगार हुनुपरेको अवस्था न्यूनीकरणमा मेलाले सघाउ पुग्ने बताइएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यस्तो जानकारी दिएको हो । मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्म कम्पनीहरूले कर्मचारी माग गरे पनि रोजगारदाता र काम खोज्नेबीच चुस्तरूपमा सम्पर्क स्थापित हुन सकेको छैन । यो अवस्था न्यूनीकरण गर्नु मेलाको उद्देश्य रहेको परिसंघले बताएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले रोजगारी खोजिरहेकाहरू र रोजगारदाताबीच समन्वय गरिने बताए । यसका लागि परिसंघले मेलामा सहभागी हुने कम्पनीसँग सीधा सम्पर्क स्थापित गरेर रोजगारी खोज्न सहज गराउने उद्देश्यले ‘एप’ पनि सार्वजनिक गर्ने जानकारी उनले दिए । ‘रोजगारी दिन मेला आयोजना गरिएको होइन,’ अधिकारीले भने, ‘रोजगार र शीपबीच रहेको अहिलेको खाडललाई न्यूनीकरण गर्न सेतु बन्ने मेलाको ध्येय हो ।’ परिसंघको यो पहिलो प्रयास रहेको भन्दै उनले रोजगारको आपूर्तिका लागि शिक्षाको रणनीतिमा पनि ध्यान दिनुपर्ने बेला आएको बताए । परिसंघकै उपाध्यक्ष राजेश अग्रवालले शिक्षा, रोजगार, शीपको विषयलाई राष्ट्रिय बहसको रूपमा विकास गर्न पनि मेला आवश्यक रहेको बताए । पहिलोपटक परिसंघले काठमाडौंमा यस्तो मेला आयोजना गरेको भए पनि आगामी दिनमा प्रदेशस्तरमा पनि गरिने उनले जानकारी दिए । मेलामा आएका कम्पनीहरूसँग सम्पर्कका लागि एप बनाउने र रोजगारको आवश्यकता पर्नेहरूले दर्ता गरेर सोही एपबाटै रोजगारीका लागि आवेदन दिन सक्ने उनले बताए । रोजगारदाताको आवश्यकता, शीपयुक्त कर्मचारीको मागको परिपूर्तिका विषयमा बृहत् छलफल समेत हुने जानकारी दिइएको छ । मेला संयोजक द्विराज शर्माले स्वदेशका साथै भारतको टाटादेखि अन्य देशका कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिने बताए । खासगरी सूचनाप्रविधि, हस्पिटालिटी र कृषिक्षेत्रमा अध्ययन गरेर रोजगारको अवस्था र मागका विषयमा पनि परिसंघले मेलापूर्व नै अध्ययन गर्ने भएको छ । मेलाबाट नेपालमा विश्वस्तरीय जनशक्ति सृजना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान लगायत उपलब्धि हासिल हुने परिसंघको अपेक्षा छ । एजेन्सी

