पोखरा: माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । स्रोतका अनुसार छात्राबास (होस्टेल) मै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध भएको थाहापाएपछि अभिभावकले हिजो (आइतबार)देखि विद्यालयमा तालाबन्दी गरेको हुन् । ‘एसइई दिने समयमा होस्टेलमा रहदाँ ४ महिनाअघि किशोर र किशोरीबीच अनैतिक सम्बन्ध भएको रहेछ, स्रोतले सुनगाभा न्यूजसँग भन्यो, ‘अहिले अभिभावाकले थाहापाएपछि तालाबन्दी गरेका हुन् ।’ स्रोतका अनुसार उक्त घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् । र किशोरी गर्भवती भएको थाहा भयो... एसइई तयारीको लागि उक्त विद्यालयको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए । स्रोतका अनुसार घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् । पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि याे घटना बाहिर आएको हो ।’ स्रोतका अनुसार अहिले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजार, वटा ६ का जनप्रतिनिधिहरु तथा अभिभावकलगायतको टोलीले वार्ता गरिरहेको छ । वार्ताको क्रममा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामा माग गरेको बताइएको छ । अभिभावकले विद्यालयमा तालाबन्दी गरेपछि उक्त घटना बाहिरिएको हो । तालाबन्दीपश्चात अहिले पठनपाठन ठप्प भएको छ । यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा डिएपसी सुन्दर तिवारीले सो घटनाबारे बेखबर रहेको बताए । ‘त्यो घटनाबारे हामीलाई केही थाहा छैन, उनले भने, ‘अहिलेसम्म कुनै निवेदन र खबर आएको छैन । बुझ्दै छौं ।’ सो विषयमा बुझ्न विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर मिजारलाई टेलिफोन सम्पर्क गर्दा फोन उठ्न सकेन ।
पोखरा: नेपाल प्रहरीको मातहतमा रहेका विभिन्न प्रहरीहरुले गर्ने साझा काम भनेको सुरक्षा दिने र अपराध रोक्ने हो । शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्ने नेपाल प्रहरीको दैनिकी नै हो । नेपाल प्रहरीकै मातहतमा रहेको पर्यटक प्रहरीपनि त्यही नै गर्छ । पर्यटकीय गतिविधि चलायमान हुने क्षेत्रमा सिमित सँख्यामा परिचालित हुदैं आएका छन् । पोखरा पनि पर्यटकीय गन्तव्य हो । यहाँ पनि जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा पर्यटक प्रहरी परिचालित छ । जसले पर्यटकहरूको सुरक्षाका लागि काम गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटक प्रहरीले नेपालमा भ्रमण गर्न आउने पर्यटकहरूको सुरक्षा विषयमा काम गर्दै आएको छ । वि.सं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीको लागि छुट्टै भर्ना भने लिइदैँन । नेपाल प्रहरीबाटै पर्यटक प्रहरीमा दरबन्दी थमाइन्छ । अहिले कास्की जिल्लामा पर्यटक प्रहरीको दरबन्दी ३७ जनाको छ । तर यतिबेला २५ जना मात्रै कार्यरत छन् । १२ वटा दरबन्दी रिक्त रहेको पर्यटक प्रहरी नायव निरिक्षक रविन पाण्डेले बताए । दरबन्दीसमेत पूर्ण नभएको पर्यटक प्रहरीसँग आवश्यक स्रोत तथा साधन समेत नभएको उनको गुनासो छ । पाण्डेका अनुसार पर्यटक प्रहरीसँग पोखरामा अहिले १ वटा भ्यान र १ वटा मोटरसाइकल छ भने विभिन्न संघसंस्थाले दिएको ३ वटा पुराना साइकल छन् । ‘कार्यालयमा एउटा मात्रै कम्युुटर छ सबै काम त्यही देखि हुुन्छ, प्रहरी निरीक्षक पाण्डेले भने, ‘केही दिन अगाडी पर्यटन बोर्डले नयाँ कम्युुटर दिएको छ जसोतसो काम गरिराखेका छौं ।’ छैन आफ्नै भवन कर्मचारीको दरबन्दी पुरा नहुनु, आवश्यक स्रोत तथा सवारी साधन नहुनु, कम्प्युटर यथेष्ट नहुन मात्रै पर्यटक प्रहरीको समस्या होइन । पर्यटक प्रहरीको आफ्नै भवन नहुनु मुख्य पीडादायी विषय हो । उनीहरु अस्थायी टहरामा गर्जाे टारिरहेका छन् । कास्कीको पर्यटक प्रहरीको दयनीय अवस्था देख्दा पर्यटक प्रहरीलाई नै सुरक्षा दिनुपर्ने देखिन्छ । त्यसैले पर्यटक प्रहरी कास्कीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको पर्यटन प्रहरी नायव निरिक्षक पाण्डेको गुनासो छ । नेपाल पर्यटन वोर्डको कार्यालय नजिक रहेको पर्यटन प्रहरीको टहरोले पर्यटक प्रहरीको कार्यशैलीलाई गिज्जाइरहेको छ । तर पनि सिमित स्रोत र साधनकै भरमा पनि तदारुपताकासाथ आफुहरु खटिदै आएको पाण्डेले बताए । ‘भवन सानो हुँदा कार्यसम्पादनमा समस्या हुन्छ नै हाम्रो मात्र हैन कतिपय कार्यालयहरुको पनि हालत यस्तै छ, अहिले सम्म चलिरहेको छ, उनले भने, ‘जतिसक्दो हामीले साँघुरो कोठाबाटै नागरिकलाई सेवा दिइरहेका छौं ।’ उनका अनुसार पोखरामा २०, घान्द्रुकमा १, बिरेठाटीमा २ र धम्पुसमा २ जना गरी पर्यटकीय स्थलहरुमा २५ जना पर्यटक प्रहरी कार्यरत छन् । पोखरामा कार्यरत २० जनाले पोखराको लेकसाइड लगायतका विभिन्न पर्यटकीय क्षेत्रलाई हेर्नुपर्छ । ३६ पर्यटकको उजुरी पर्यटन प्रहरी कार्यालय पोखरामा चालु आर्थिक वर्ष २०७८/०७९ वर्षमा ३६ वटा उजुरी दर्ता भएका छन् । पर्यटन प्रहरी नायब निरिक्षक पाण्डेका अनुसार पासपोर्ट हराएका ५ र विभिन्न सामान तथा मोबाइल हराएका १९ वटा उजुरी दर्ता भएका हुन् । ‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा कुनै समस्या पर्दा नेपाल प्रहरी होइन पर्यटक प्रहरीलाई खबर आउँछ त्यसैले समस्या आउँदा जिल्ला प्रहरी प्रहरी कार्यालयसँग सहकार्य गरेर काम गर्छाै, उनले भने । उनले प्राय पर्यटकले मोबाइल हराएको उजुरी दिने गरेको बताए । ‘ट्रेकिङमा जादाँ मोबाइल हराएको उजुरी आउँछm उनले भने, ‘कसैले भेटाएको भए फिर्ता दिन्छौ नत्र उनीहरुले सबै सामानको वीमा गर्ने भएकाले त्यसको सहजिकरणको लागि काम गछौं ।’ पर्यटक प्रहरीका अनुसार सामान हराएको, चोरी भएको वा कसैले अभद्र व्यवहार गरेका उजुरी दर्ता हुने गरेको छ । आर्थिक वर्षमा पासपोर्टको म्याद सकिएर लुकीछिपी बस्दै आएको ४ विदेशी नागरिकहरुलाई अध्यागन विभागमा बुझाइएको उनले जानकारी दिए । ‘सबै धनी पर्यटक आउँछन् भन्ने छैन कोही मध्यम वर्गका पनि आउँछन् आर्थिकका कारण कोही भिषा सकिएर पनि लुकेर बसेको पाइन्छ यो अवस्थामा आफ्नै खर्चमा समेत उनीहरुलाई सहयोग गर्नुुपर्छ ।’ प्रहरी नायव निरीक्षक पाण्डेले भने । के गर्छ पर्यटक प्रहरी? पर्यटक प्रहरीले पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकको लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने र गराउने काम गर्दै आएको छ । यसैगरि इजाजतविना गाइड कार्य गर्नेहरूमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासहरूसँग सम्पर्क राखी स्थानीय प्रहरीमार्फत आवश्यक कारवाही गर्ने, पर्यटकीय स्थलहरूमा पर्यटकको सुरक्षाको व्यवस्था मिलाउने गर्छ । होटल तथा ट्राभल, ट्रेकिङ र याफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन गरी प्रतिवेदन तयार पार्ने, समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ । पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ । पर्यटकलाई कुनै समस्या पर्दा वा कसैले पर्यटक समस्यामा परेको देखेमा ११४४ मा फोन गर्न सकिने पर्यटक प्रहरीले जनाएको छ ।
मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् । मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् । गत जेठ ५ गते कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको थियो । आगलागीबाट करिब २५/३० लाख बराबरको क्षती भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘ग्यास लीग भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन्,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५/३० लाख जतिको क्षती भयो होला ।’ विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् । हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् । नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उनको भनाई थियो । वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे-८ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे । सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताईन् ।
म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ । यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई पनि उजागर गर्ने गर्दछन् । बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे । परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका : खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ । ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडिी बर्खेनाचको लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाचमध्ये सापारुलाई विशेष महत्वको रुपमा लिइन्छ । विशेष गरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ । नेवार समुदाय मात्र होइन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागानागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्र्याउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठूलो भीड जम्मा हुने गर्छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अग्रजले धानेको परम्परा मंकाः खलः को संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ ।” उहाँले भन्नुभयो, “लोप हुन लागेको नारु पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसको लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।” खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवं अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्मोनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे । “पुस्ता हस्तान्तरणको महसुस गरिएको छ”, लामो समय बर्खेनाच संरक्षणमा योगदान पुर्याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।”
कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका छन् । कालीगण्डकी नदीबाट अवैधरुपमा भइरहेको गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले साझा धारणा बनाएका हुन् । कालीगण्डकी नदी डाइभर्सन आयोजनाका कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा दर्ता भएको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले कालीगण्डकी नदीमा कुनै पनि क्रियाकलाप नगर्न आदेश दिएको थियो । चार जिल्लाका समन्वय समिति, स्थानीय तहसहित ४० संस्थालाई विपक्षी बनाई परेको रिटमाथिको आदेश कार्यान्वयनका लागि समन्वय समितिले पहल थालेका हुन् । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारीको संयुक्त बैठकले कालीगण्डकी नदीबाट गैरकानुनी रुपमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन, सङ्कलन र बिक्री वितरण नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ । “एक्लैले मात्रै गरेर कालीगण्डकीको दोहन रोक्न असम्भव देखियो, त्यसैले साझा कार्यक्रम बनाउन लागेका हौँ”, जिसस पर्वतका प्रमुख विष्णुराम विकले भन्नुभयोे, “प्रकृतिको अवैध दोहनबाट व्यक्ति मोटाउने, प्रकृति सकिने काम सबै मिलेर रोक्नुपर्छ ।” कालीगण्डकी नदिको प्राकृतिक सुन्दरता कायम राख्नका लागि गैरकानुनी दोहनलाई तत्काल रोक्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । “नदीजन्य पदार्थको संरक्षण र उपयोग दुवै गर्नुपर्ने हाम्रो दायित्व हो”, बैठकमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले भन्नुभयो, “प्राकृतिक अवस्थामा खलल नआउने गरी कानुनीरुपमा मात्रै नदीजन्य पदार्थको उत्खनन गर्नुपर्छ ।” कालीगण्डकी नदीको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि विविध बाधा देखापरेको भन्दै बैठकमा सहभागीले जिल्ला समन्वय समितिको काम अनुगमन गर्ने मात्रै भएकाले समस्या पैदा भएको बताउनुभयो । “संविधानले जिल्लासभा र समन्वयको काम कर्तव्य अधिकारका विषयमा प्रदेश कानुनबमोजिम हुने भनेको छ”, थापाले भन्नुभयो, “प्रदेशले समयमा कानुन निर्माण नगर्दा हामीलाई काम कारबाहीमा समस्या भइरहेको छ ।” बैठकले यथाशीघ्र कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागीले दोहनकर्ताको पहुँच राज्य संरचना र राजनीतिमा समेत माथिल्लो तहमा नै रहेकाले दोहन रोक्न कठिन भइरहेको गुनासो गर्नुभयो । “हामीले केही दिन पहिला अनुगमन गर्दा अवैध दोहन भेटेर प्रहरी प्रशासनको सहयोगमा कारबाहीसमेत गरेका थियौँ”, जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले भन्नुभयो ‘दोहन गर्ने कारवाहीमा परेको एक दुई दिनमा नै सुरक्षाका निकायका प्रमुखको सरुवा भयो ।” सर्वोच्चको आदेशलाई देखाएर नदीजन्य पदार्थको मूल्य वृद्धि गर्ने र दोहन पनि नरोकिने अवस्था आएकाले स्थानीय तहहरुले तत्काल रिटको फैसलाका लागि पहल गर्नुपर्नेमा उहाँहरुको जोड थियो । कालीगण्डकी नदीबाट उत्खनन हुने ढुङ्गा, गिट्टी, बालुवाबाट स्थानीय तहले राजस्व जम्मा गर्ने गरेका भए पनि संरक्षणमा स्थानीय तहको चासो कम भएको जिल्ला समन्वय प्रमुखको गुनासो थियो । बैठकमा कालीगण्डकी नदीबाट उत्खनन गर्नै परे ड्याम तयार गरेर त्यहाँ जम्मा हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सकिने धारणासमेत प्रस्तुत भएका थिए । कालीगण्डकी नदी बागलुङ र पर्वतमा दोहनका कारण सङ्कटमा रहेको भए पनि म्याग्दी र मुस्ताङमा भने नदीजन्य पदार्थकै कारण बस्ती नै जोखिममा रहेको निष्कर्ष बैठकले निकालेको छ । म्याग्दी र मुस्ताङका कालीगण्डकी जलाधार क्षेत्रमा जोखिममा रहेका बस्ती जोगाउन तत्काल तटबन्ध निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् । स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ । स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए । रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिनुभयो । स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाउनुभएको जनाइएको छ ।
पोखरा: जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको समिति पुर्नगठन तथा विस्तारित भेलाले गुरुङको अध्यक्षतामा ७६ सदस्य नयाँ समिति चयन गरेको हो । जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेश समितिसँगै तमुवान– मगरात संघर्ष समिति, प्रदेश महिला समिति, प्रदेश युवा समिति, महानगर समिति, समाजवादी विद्यार्थी संघ, समाजवादी भुपु सैनिक संघ र जिल्ला समिति लगायतका समिति गठन गरिएको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषत्रसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा नारायणगढबाट पोखरा आउँदै गरेको माईक्रो बसमा सवार तीन यात्रुलाई लागुऔषधसहित शनिबार पक्राउ गरेको हो । कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अुनसार पक्राउ पर्नेमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ बस्ने २० वर्षिय प्रल्हाद लोहार (विशेष), पर्वतको मोदी गाउँपालिका ६ स्थायी घर भई हाल पोखरा–१० बस्ने २६ वर्षिय सविन केसी र पोखरा १४ चाउथे बस्ने वर्ष ३२ को भुषण मिजार रहेका छन् । उनीहरुको साथबाट लागुऔषध डाईजापाम– २०० एम्पुल, फेनेरागन– २०० एम्पुल, नुर्फिन– २०० एम्पुल गरि जम्मा– ६०० एम्पुल बरामत गरेको डिएसपी तिवारीले जानकारी दिए । उनका अनुसार फक्राउ परेका उनीहरुलाई लागुऔषध कसुर मुद्दामा दश (१०) म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।

