पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भर उन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।    आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो । गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उहाँले बताउनुभयो । प्रतिकिलो रु ७५ को आलु रु ३७।५० मा किसानलाई अनुदानमा दिइएको हो ।    नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा रु १२ लाखको आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो ।     भदौमा आलुखेती गर्ने हो भने वर्षमा दुई मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्रसमेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । तीन महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ ।    किसानले प्रतिबोरा रु तीन सय ५० देखि रु पाँच सयसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ । यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “चिस्यान केन्द्र बनेपछि किसानले महँगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ ।”    नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरुप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ ।     चिस्यान केन्द्रका लागि रु सात लाख ३३ हजार सात सय २८ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराऐसँगै गाईजात्रा शुरु भएको थियो ।   गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ (हास्य नाच) प्रदर्शन गरिएको थियो । मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो ।   आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो । सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए । सो अवसरमा हातमा दियो बालेरसमेत स्थानीयवासी सहभागी भएका थिए ।    गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका साँस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ ।

  पोखरा । पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गर्नुभएको हो ।    भवनको उद्घघाटन पछी बोल्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताउनुभयो ।    उनले भने,‘आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मअनुशासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।’   नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीहरूको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहन समेत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।   पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा उक्त विद्यालय अग्रणी रहेको बताउनुभयो । विद्यालय संचालनमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय तथा पहल गर्ने उहाँले बताउनुभयो ।   राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका मार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताहरूको सहयोग समेत गरी भवन निर्माणमा रु४१ लाख ६५ हजार बढी खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्यालयमा आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले बताउनुभयो ।   कक्षा ६ देखी १० सम्म पढाई हुने उक्त विद्यालयमा २५ जना विद्यार्थीहरूले आवासीय सुविधा सहित अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले बताउनुभयो । विद्यालयमा महानगरको सहयोगमा ५ जना शिक्षकहरू कार्यरत रहेका छन् भने हालसम्म कुनै पनि दरबन्दीको व्यवस्था छैन । दरबन्दी नहुँदा शिक्षकहरूले न्यूनतम पारिश्रमिकमा पढाउनु पर्ने भएका कारण स्थायी रूपमा शिक्षकहरूलाई रोक्न नसकिएको गुनासो रेग्मीको छ । उहाँका अनुसार विद्यालयको मासिक खर्च रु३ लाखको हाराहारीमा छ ।    २०७० सालमा स्थापित उक्त विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषयहरूमा पढाई हुने गरेको छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थीहरू पास आउट भैसकेका छन् ।

पोखरा । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ ।   असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ र महिलातर्फका पाँच खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् ।   आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् ।   पोखरा रङ्गशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिवद्धता जनाएका छन् । उनले भने–“राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” उनले पैसाका कारणले व्यवस्थापकिय तथा खेलाडीलाई आधारभुत कुराहरुमा कुनै कमि हुन नदिइने उनको भनाई थियो ।   अर्थ मन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पुर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेश अन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले भने–“सवै ठाउँमा संघियाता आए पनि खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।” उनले अधिकारको लागि अझै केही लडाँई लड्नु पर्ने उनको भनाई थियो । खेलकुद सवैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै मन्त्री बरालले भोलीका दिनमा उत्कृष्ट नतिजा ल्याउने गरी प्रशिक्षणमा ध्यान दिन उनले आग्रह गरे । नवौं राष्ट्रियमा व्यवस्थापकिय पक्षलाई समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले सबैलाई निष्ठा पूर्वक र नयाँ सन्देश दिने गरी अघि बढ्ने उनले बताए ।   उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिंदै नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषदले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।   सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको बताए । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।   सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे ।   कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे । कार्यक्रममा परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगर र सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।  

  पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।   मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृद्धीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ,’ उनले भने ।   मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे । चार्डर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए । सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनले बताए ।   एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचारा बढाउन समेत सहयोग मिल्ने बताए । यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिलने उनको भनाई छ । फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।

कास्की:  देशको दूरदराजमा रहेका विद्यालयमा पढाई सकिएर परीक्षा हुनलाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार बाराम्बार सुनिँदै आइएको छ ।    तर नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि त्यस्तै समस्या भोगिरहेका छन् भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर वास्तविकता यही हो ।    २५० रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् । प्राध्यापक र शिक्षकहरुको संख्या ६ सय बढी छ ।   क्याम्पसको पुस्तकालय भवन देख्दा त्यहाँ कुन पुस्तक नपाइएला र ! भन्न सकिन्छ । तर ४ वर्षे स्नातकतहको पठनपाठन सुरु भएपछि अधिकांश विषयका पाठ्यपुस्तक हालसम्म पाइएको छैन ।    पाठ्पुस्तक नपाइँदा विद्यार्थीहरु अलपत्र छन् । केही विद्यार्थी  भर्ना भएको महिना पनि बितेको छैन । नयाँ शैक्षिकसत्रबाट अध्यनरत  विद्यार्थीहरु पनि समस्यामा छन् । धेरै विषयको कोर्स सकिएको छ, प्राध्यापकहरुले निरन्तररुपमा अध्यापन गराइरहेका छन्, तर पुस्ताकलयमा पाठ्यक्रमानुसारको किताब नपाइने र बजारमा नआउने समस्याले विद्यार्थीहरु आजित छन् ।      अब विद्यार्थीले के गर्ने होला त ? प्राध्यापकहरुलाई सोधे सजिलो जवाफ ‘प्रशासनमा जाउँ’, प्रशासन गयो ‘आउँदैछ, काम हुँदैछ, भइरहेको छ’ भन्ने जवाफ आउँछ । यस्तै समस्याहरुबाट आजित विद्यार्थीहरुको गुनासोलाई समेट्दै  अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस प्रशासन र विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ ।    मानविकी संकायका विद्यार्थीहरुसहित अनेरास्ववियु पृृथ्वीनारायण क्याम्पसका मानविकी संकायकै  उपाध्यक्ष अमृत अधिकारीको नेतृत्वमा अन्तरक्रिया भएकोे हो ।    अन्तरक्रियामा अनेरास्ववियुका अध्यक्ष विष्णु पोखरेलले विद्यार्थीका समस्यालाई प्रस्ट्याए । पुस्तकालयमा समयसापेक्ष र परिवर्तित पाठ्यपुस्तक हुनुपर्नेमा पोखरलले जोड दिए । उनले भने, ‘अब हामी आधुनिकीकरणमा लागिसकेका छौँ, विद्यार्थीहरुले पाठ्यक्रमको निम्ति  लाग्ने ‘फि’ बुझाईसकेका छन् सो बापत विद्यार्थीहरुको संख्याको आधारमा पुस्तकतालयमा पाठ्यपुस्तक ल्याइनुपर्छ ।’   क्याम्पसको पुस्तकालय सिंहदरबार भन्दा कम छैन । विशाल क्षेत्रमा फैलिएको भवनको दुबै तलामा पुस्तकले भरिभराउ छ । छानी–छानी पुस्तक पढ्न सकिन्छ । ईतिहासदेखि वर्तमानसम्म, राजनीतिदेखि संस्कार र संस्कृतिसम्म ।  तर पाठ्यक्रम अनुसारको समयसापेक्ष पुस्तक भने पाउन कठिन छ ।    केहि समय यता पुस्तकालयमा नयाँ पाठ्यक्रमको पुस्तक आउन सकेको छैन । यसैकारण पनि विद्यार्थीहरु पुरानै पुस्तक पढ्न बाध्य छन् । जसबाट उनीहरु परीक्षाको लागि चिन्तित छन् ।    ‘बजारमा गयो पुस्तक पाइँदैन, सरले भनेको भरमा र लेखाइदिएको भरमा मात्र विद्यार्थीले कसरी पढ्ने ?’ मानविकी संकायकी छात्रा समीक्षा पौडेलले दुखेसो पोखिन् ।    हो, हाल बजारमा पाठ्यपुस्तक पाउन कठिन भएको छ । ‘पाठ्यक्रमअनुसारको पुस्तक आएको छैन’ पुस्तक पसलेको जवाफ छ । यसैमा भुगोल, पत्रकारिता, इतिहास, राजनीतिशास्त्रको पुस्तक मगाउँदासमेत पाउन कठिन छ ।    बगर क्याम्पस गेट छेउ रहेको एडभान्स बुक एण्ड स्टेशनरीका सञ्चालक भन्छन् ‘पढ्ने विद्यार्थीहरु कम हुन्छन्, पुस्तक बिक्री हुँदैन, पुस्तक मात्र ल्याएर के गर्ने  ?’ पुस्तक कम मात्रामा छापिएकाले पनि पाउन कठिन हुने उनी बताउँछन् । ‘विद्यार्थीहरु समुहमा आएर मगाए हामी मगाउन सक्छौं’ उनी भन्छन् ।    ‘६० सालमा जन्मेको मान्छेले ६८ सालको पाठ्यपुस्तक पढ्न परेको छ  अलि गाह्रो पनि लाग्यो, ल अलि पछि नयाँ पाठ्यक्रमको पुस्तक आयो खुशी भइयो, परीक्षामा राम्रै नम्बर आउने भयो’ मानविकी संकायका अमन मगर भन्छन् ‘तर समस्या त निश्चित पाठ्यक्रमअनुसारको पुस्तक नै रहेनछ, अब के गर्ने होला ? ’      यसैबीच, क्याम्पसका सहप्रध्यापक यादवराज उपाध्यायले विद्यार्थीलाई सान्त्वना दिँदै पाठ्यक्रम अनुसारको पुस्तक ल्याउने बताए ।  ‘बुधबारसम्ममा पुस्तकको सम्पूर्ण विवरण तयार पारि तपाईहरुबाटै एक विद्यार्थी लिएर हामी काठमाडौँ जानेछौ ।’ उनले भने ।   पाठ्यपुस्तककैबारेमा पुस्तकालय प्रमुख किशोर सुवेदीले प्रशासनको आदेशविना आफुले केही गर्न नसक्ने बताए । ‘क्याम्पस प्रशासनको आदेशविना मैले केही गर्न सक्दिन, हाल क्याम्पस प्रशासनले पुस्तक ल्याएकोे छैन ।’ उनले भने ।   अन्तरक्रियामा पाठ्यक्रमअनुसारको पुस्तक ल्याउने विद्यार्थी र शिक्षकबीच सम्झौता भएको छ । तर निर्धारित समयमा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँला ? त्यो भने हेर्न बाँकी छ । 

  पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।   शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।   सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।   यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा नकुहिने र नष्ट नहुने प्लास्टिकजन्य फोहोर सङ्कलनमा जोड दिइएको बताए। उनले यस्ता प्रकृतिका फोहोरलाई जथाभाबी नफाली बोरामा जम्मा गरेर फोहोरको गाडीमा मात्र फाल्न नगरवासीमा आग्रह गरे। साथै, केसीले नदीपुर क्षेत्रबाट सेती नहरमा प्लास्टिक जन्य फोहोर बगाउने गरेका कारण पोखरा –१४ ,१५ का वडाहरूका अत्यन्तै दूषित हुँदै आएकाले यस्ता कार्य नगर्न सबैलाई आग्रह गरे ।   आजको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व न्यायिक समिति सदस्य पार्वती थापा, टोल बासी आमा समूह, स्थानीय समाजसेवी, वृद्ध लगायत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीको कमान्डमा ३४९ जवानहरूको सहभागिता रहेको थियो। भने, सहभागीबाट ४ ट्रक फोहोर सङ्कलन भएको थियो ।

  पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ।   पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहनुभएको छ।   यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन हुनुभएको छ।   नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै तिनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गर्नुभयो। नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।   यस अघि पाँचौ साधारणसभा, तेश्रो अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले मौलिक कला, सँस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो। कठिन बेलामा  पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो।   कार्यक्रममा तमु कलाकार संघका केन्द्रिय अध्यक्ष सर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सम्मानित स्रष्टा शान्ति गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।   कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो। यसै गरी अमेरिकाबाट आउनुभएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन हुनुभएकोमा संघका आजीवन सदस्य एवम सहयोगी लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै कलाकार संघले वर्षको उत्कृष्ठ सदस्यहरुमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरिएको थियो। यस्तै गरी संघको संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकर  बिरही गुरुङलाई बधाई ज्ञापन गरिएको थियो भने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो।   कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा गुरुङले गीत प्रस्तुत र संघका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए।   तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचव टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।  

  पोखरा ।  पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ ।   फोेटोग्राफर संघ  गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो ।    सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।    १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो । फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो ।    दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।