पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो ।    गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११।३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।   यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।   नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।   उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उहाँको जन्मभएको थियो ।   

महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो ।  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ ।   पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो ।    कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।

  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ ।   समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।   नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उहाँ  गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।

  नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।   सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन् ।    काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।     घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । 

यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् ।   ‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए ।   उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए ।   “ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए ।   प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् । RSS

पोखरा : गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षणमन्त्री दिपक थापा मगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताएका छन् ।    आज (शनिबार) नेपाल मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दैै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपउन्मुख अवस्थामा पुुग्न थालेको अभिव्यक्ति दिएका हुन् ।    उनले कला तथा संस्कृति मगर समुदायको सम्पत्ती भएको बताउदै संरक्षणको आवश्यकता रहेको बताए ।   ‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुुदै गएको छ जसको कारण भाषा लोपउन्मुुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको संरक्षणमा उचित ध्यान नपुग्दा भाषा, कलासंस्कृति लोपउन्मुख अवस्थामा पुगेको छ, उनले भने, ‘यसको संरक्षणमा सबैका ध्यान जान जरुरी छ ।’   उनले आदिवासीहरुको भाषाहरुलाई उचित प्राथमिकता नदिदा आदिवासीहरुको भाषा कला संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री थापा मगरले राज्यसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।    ‘मौलिक कलासंस्कृति भनेको के हो , मन्त्री थापामगरले प्रश्न गरे, ‘मौलिक खेल भनेको केहो रु सबै संकटमा छन् त्यसैले भाषाको संरक्षणसँगै कलासंस्कृति केहो भनेर युवापुस्तामा सिकाउन र पुुस्तातरण गर्न आवश्यक रहेको छ ।’   उनले आदिवासीहरुको मौलिक खेल समेत ओझेलमा परेको धारणा राखे । ‘आदिवासीहरुको मौलिक खेल अहिले संकटमा छ, उनले भने, ‘उनीहरुको मौलिक खेलहरु अहिले केही मात्र देख्न सकिन्छ तर प्राय खेलहरु लोपउन्मुुख भएकाले यसको संरक्षणमा विशेष योजना राज्यको हुुन आवश्यक छ ।’   यसैगरि अधिवक्ता शुरेन्द्र थापा मगरले पछिल्लो समय मगर युवाहरु पत्रकारितामा आर्कषण भएपनि उनीहरुलाई तालिम तथा गोष्ठीहरुको आवश्यक रहेको बताए ।    ‘मगर समुदायको पनि पत्रकारिता तथा संचारक्षेत्रमा आर्कषण छ तर उचित किसिमको तालिम, परामर्शहरुको आवश्यक छ,  उनले भने, ‘मगर तथा आदिवासीहरुको मुुद्धामा अरुले सहि सुचना दिन नसक्दा उनीहरुले उठाएका मुुद्धाहरुले स्थान नपाएको हो ।’   दक्ष जनशक्ति निर्माण गर्न उनले सबैलाई उचित किसिमको तालिम तथा परामर्शहरुको आवश्यक रहेको बताउदै यथाशिघ्र सञ्चालन गर्न सुझाव दिएका थिए । नवनिर्वाचित टिमको पदस्थापन   नेपाल मगर पत्रकार संघ कास्कीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका निर्वतमान अध्यक्ष एमबी आस्था मगर, नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव तथा अधिवक्ता मनोज घर्ति मगर र अधिवक्ता शुरेन्द्र थापा मगरले पदस्थापन गराए ।   सो कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समिति तथा कौरा समुहलाई सम्मान गरिएको थियो । दोस्रो जिल्ला अधिवेशनले विनु थापा मगरको अध्यक्षतामा १३ सदस्य कायसमिति चयन गरेको थियो ।    समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविन थापा मगर, सहसचिवमा बल बहादुर रोका मगर, कोषााध्यक्षमा श्याम राना मगर, सहकोषाध्यक्षमा आशा मगर चयन भएका  थिए  ।    सदस्यहरुमा बिकाश रोका मगर, जुना थापा मगर, सिजन थापा मगर, गिता राना मगर चयन भएका थिए ।

पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ ।    आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।   सो सम्मेलनको  कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।     यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र  राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने ।  समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका  सह सचिव प्रेम विश्वकर्माले बताए ।    यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ ।    उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

  तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।    उहाँका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । “राष्ट्रव्यापी अभियानअन्तर्गत जिल्लामा पनि खोप अभियान सञ्चालनका लागि तयारीमा जुटेका छाँै, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ”, अधिकारीले भन्नुभयो ।   पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।   दुई लाखले लगाए पूरा मात्रा   जिल्लाका १० वटै पालिकाका दुई लाखभन्दा बढीले खोपको पूरा मात्रा लगाएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका दुई लाख १७ हजार तीन सय सातले पूरा मात्रा लगाएको कार्यालयले जनाएको छ । त्यस्तै एक लाखभन्दा बढीले कोभिड खोपको अतिरिक्त मात्रा लगाएका छन् । एक लाख तीन हजार तीन सय ७६ ले अतिरिक्त मात्रा लगाएका छन् ।   भानु नगरपालिकाका १३ हजार नौ सय ६९, व्यास नगरपालिकाका २८ हजार तीन सय १८, शुक्लागण्डकी नगरपालिकाका १३ हजार दुई सय ९५, भिमाद नगरपालिकाका १२ हजार २७, म्याग्दे गाउँपालिकाका नौ हजार एक सय ९४, घिरिङ गाउँपालिकाका चार हजार चार सय ९४, ऋषिङ गाउँपालिकाका आठ हजार एक सय एक, देवघाट गाउँपालिकाका तीन हजार आठ सय आठ, बन्दीपुर गाउँपालिकाका तीन हजार तीन सय ४०, आँबुखैरेनी गाउँपालिकाका छ हजार आठ सय ३० ले अतिरिक्त मात्रा लगाएका छन् ।

  श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।    तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका-२ मा पर्छ ।    अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताउनुभयो । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।