पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  लामो र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।   बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ ।   दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।   बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिनुभयो ।    “जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक-डेढ घण्टाको बाटो छोट्टियो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।” पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।    पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । “विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ”, पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भन्नुभयो, “आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।”

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।  पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिईन् । १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएर कुल ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको उनले बताइन् । अझै विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुने क्रममा रहेको तथा सो मध्ये १ लाख ३ हजार  १ सय २३ रुपैयाँ भुक्तानि गर्न बाँकी रहेका उनले खुलाइन् । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशी कुमार पौडेल र कोषाध्यक्ष कविता घर्तीमगरले बोलेका थिए ।  मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ । छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी घोषित भर्ई प्रदिप खड्का र अरुणा शाहीले एक-एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको थियो ।  यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीले दीपक परियारले प्राप्त गरेका  थिए ।   अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, पोखरा रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारजनको सहयोग, पोखरेली मञ्च युके, निसीखोला गाउँपालिका बाग्लुङ, चिःिलबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, पोखरा पर्यटन परिषद्, पोखरा यूनाइटेड क्लव, हिमालयन क्लव लामाचौर, नवआर्दश सामुदायिक विकास समाज, लामाचौर, एन्फा कास्की, व्याडमिन्टन संघ कास्की, सिर्जना विकास केन्द्र, मनकामना पेट्रोलपम्प, सितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, कास्की जिल्ला टेनिस संघ, नेपाल मुवाथाई केन्द्रिय उपाध्यक्ष दीपक गोदार, नेपाल क्यूकोसिन कान कराते संघ, नेपाल हवाई खेलकुद संस्था (ना), सुनगाभा न्युज, सिटीवान टेलिभिजन, परिचय एड्भर्टाइजिङ, सिटीजन फर्निचर, साइमन पार्टी प्यालेस, वल्डलिंक, स्टेशन गैह्रापाटन, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि, वल्र्ड लिंक, होटल पौवा लेकसाइड, लगायतले सहयोग गरेको मञ्चले जनाएको छ ।    कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न तन, मन र धनसहित विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति मञ्चले आभार व्यक्त गरेको छ । मञ्च समग्र खेल क्षेत्रको प्रर्वद्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्ययेका साथ आजभन्दा झण्डै २२ वर्षअघि स्थापना भएको थियो ।

  पोखरा महानगर पालिका वडा नं–६ बैदाम स्थित ताल बाराही मन्दिरको गुठी ब्यवस्थापन समितिको अध्यक्षमा हिकमत बहादुर कुवँर निर्वाचित भएका छन ।    सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि रहने छ ।    समितिको महिला उपाध्यक्षतामा जुना अधिकारी, पुरुष उपाध्यक्षमा प्रशुराम शर्मा पहारी सचिबमा धुव्र बराल र कोषाअध्यक्षमा निर्मल खत्री, सह-सचिब पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन भएका निर्वाचन मण्डलका अध्यक्ष जगत बहादुर पहारीले जानकारी दिए ।   तेसै गरि सदस्यहरुमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वति बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल चयन भएका छन । जगत बहादुर पहारी, चुडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराई निर्वाचन सम्पन्न गरेको थियो ।    राष्ट्रिय गुठी ब्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगर पालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरि समाबेशि ब्यवस्थापन समिति बनाईएको उपाध्यक्ष प्रशुराम शर्मा पहारीले जानकारी दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा वडा नं–६का कार्यवाहक अध्यक्ष बासु बरालले मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पत्ति भएको बताउदै इनिहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्थ्था गर्नु पर्ने बताए । बरालले ‘तालको बिच भागमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ’ भन्दै पोखराको गहना रुपमा रहेको देवीकोे मन्दिरलाई संरक्षणमा का लागि हामी सवै लाग्नु पर्नेमा जोड दिए ।    अध्यक्ष हिकमत बहादुर कुवँरले गुठी ब्यवस्थापन समिति, वडा कार्यालय समिति वडा नंं. ६, मालपोत कार्यालय कास्की, डुङ्गा ब्यवसायी समिति र पुजारी सहित सारोकार वालाहरुको भेला गरि गुठी संस्थान र पुरातत्व विभागको इन्जिनियरहरुको सयुक्त रुपमा गरिएको सुपरिवेक्षण तथा निरिक्षणको क्रममा मन्दिर तिन इन्च उत्तर तर्फ ढल्लकेको प्रतिबेदन तयार पारेको बताउदै निकट भविष्यमा मन्दिरलाई पुरातत्व बिभाग द्धारा पुननिर्माण गर्ने जानकारी पाएको बताए । कुवँरले मन्दिरलाई मौलिक र कलात्मक ढाचामा बनाउन्न आफुले नेपाल सरकार अन्तरगत रहेको पुरातत्व बिभाग समक्ष आग्रह गरेको सुनाए । उनले अग्रजहरुको सल्लाह र सुझाबलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।   अध्यक्ष हिकमत बहादुर कुवँरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रशुराम शर्मा पहारी, सचिब धुर्व बराल, सल्लाहकार चुडामणि पहारी, सल्लाहकार बुद्धि बहादुर नेपाली र पुजारी निर्मल पहारीले लगाएतका वक्ताहरुले धार्मिक पर्यटकीय संस्कृति रहेको ताल बाराही भगवति मन्दिरको पुननिर्माण सहित सम्बर्द्धन गर्न छिटोभन्दा छिटो नेपाल सरकार र प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । सचिब धुव्र बराल र कोषाअध्यक्ष प्रेमराज पहारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।   

पोखरा:  दानपेटिका चोरी गरेको आरोपमा प्रकाउ परेका जिम्मी दोर्जेलाई पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा प्रकाउ परेका दोर्जेलाई थप अनुुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको हो ।    पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगद सहितको दानपेटिका चोरी गरेका दोर्जेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको थियो ।     मन्दिर परिसरमा राखिएको नगदसहितको दान पेटिका चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षिय जिम्मी दोर्जेलाई दान पेटिका सहित प्रकाउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    ३५ सय जति थियो होलाः कार्यालय सचिव तिमिल्सिना विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाका अनुुसार कृष्ण जन्माष्टीको दिन दानपेटिका चोरी भएको थियो ।    ‘ कृष्ण जन्माष्टीका दिन चोरी भएको त्यो दानपेटिका मुख्य मन्दिरको अगाडी थियो । हामीले ३ बजेसम्मको दान संकलन गरिसकेका थियौँ, उनले भने ‘त्यसपछि बाँकी त्यस्तै ३ हजारदेखि ३५ सय  सम्म थियो होला । त्यो भन्दा बढी पक्कै पनि थिएन ।’   उनले दानपेटिका हराएको थाहा पाएपछि तत्काल  प्रहरीलाई खबर गरेको बताए ।

  पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।   प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।   १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।   आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

  पोखरा:  देशका समसामयिक सबालमा बौद्धिक अन्तक्र्रिया, छलफल गरी नागरिकलाई यथार्थ बुझाउन सघाउने उद्देश्यले पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन भएको छ ।   शनिबार भएको पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टारमा अध्ययनरत विद्यार्थी प्राध्यापकहरुको भेलाले संस्था गठन गरेको हो । सुवास ढुंगानाको संयोजकत्वमा बनेको समितिमा सह–संयोजक फरेन्द्र थापामगर, सचिव मिलन आले, सहसचिव डा सञ्जय कोइराला र कामिल खान र कोषाध्यक्षमा दिलकुमारी पौडेल छन् ।   यस्तै सदस्यमा डा. सुधीररमण पराजुली, क्या. सन्तबहादुर लामिछाने, विष्णु पोखरेल, विष्णु गुरुङ (एकता), लक्ष्मण ढुंगाना, शिवराज रेग्मी र सुमन थापा छन् । भेलाले संस्थाको संरक्षक क्याम्पस प्रमुख सरोज कोइरालालाई बनाएको छ ।   सल्लाहकारमा लालबहादुर कुँवर, थानबहादुर क्षेत्री, डा. उमानाथ बराल, डा। गिरीधारी दाहाल, माधवराज बस्तोला, कमलराज पौडेल र कृष्णप्रसाद तिमिल्सिना छन् ।   बिधान मस्यौदा समितिमा संयोजक वरिष्ठ अधिवक्ता माधवराज बॅास्तोला र सदस्यमा कृष्ण प्रसाद तिमिल्सिना, माधव बॅास्तोला, सुभाष ढुंगाना र मिलन आले छन् ।   कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले यस खालको बौद्धिक बहस गर्ने संस्था शैक्षिक संस्था जरुरी हुने बताए । उनले देशका समसामयिक सवालमा बहस गर्ने थालोको रुपमा संस्थालाई विकास गर्न उनले आग्रह गरे ।   कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको काँडेमा भएको हो । समितिले उद्देश्य अनुरुपका कार्यक्रमका साथै चाडै विधान तयार गरी अधिवेशन गर्ने संयोजक ढुंगानाले जानकारी दिए ।

  पोखरा:  पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ४ पार्टीले आह्वान गरेको नपाल बन्दको आंशिक प्रभाव परेको छ ।    बन्दका कारण सार्वजनिक सवारी साधन नचलेपछी  नागरिकले सास्ती खेप्नु परेको हो ।    पोखराका निजी सवारीसाधन मात्रै छिट्फुट चलेका छन । भने अत्यावश्यक पर्ने एम्बुलेन्स, खानेपानी बोक्ने सवारी साधन तथा सुरक्षा निकायको सवारीसाधन मात्रै गुडिरहेका छन । यसैगरी अत्यावश्यक पर्ने पसलहरु बाहेक अन्य पसलहरु पनि बन्द देखिएका छन् ।   बन्दको प्रभाव परेपनी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन । संभावित घटना रोक्नको लागि मुख्य चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली तैनाथ छन् । नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि खारेजीको माग गर्दै संयुक्त रुपमा ४ पार्टीले आज नेपाल बन्दको आह्वान गरेका थिए ।   हेरौँ  केहि तस्बिरहरु :          

गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक रहेको बताएका छन् ।  नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले संघीयताबारे बाहिर नराम्रो हल्ला फैलाइएको भन्दै विद्यार्थीहरुले संघीयताको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।  ‘संघीयताबारे बजारमा जे हल्ला फैलाइएको छ त्यसमा कनै सत्यता छैन् संघीयता बुझ्न अध्ययन आवश्यक छ त्यसैले विद्यार्थीहरुले यसको बारेमा बुझ्न आवश्यक छ ।’ उनले भने । मन्त्री बुढाले संघीयता कार्यन्वयनसँगै आदिवासीहरुको हक अधिकार प्राप्त भएको अनुभुति भएको बताउदै विद्यार्थीहरुले संविधानमा उल्लेख भएका ऐनहरु अध्ययन गर्न आवश्यक रहेको बताए ।  ‘मुलुकले बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक स्वीकार गरेको छ, उनले भने, ‘तर यसको अहिले बाहिर विरोध हुँदा मगर लगायत आदिवासीको मुद्धाकोसमेत विरोध हुन थालेको आभाष भएको छ ।’   यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीस मगरले बहुभाषिक शैक्षिक प्रणाली लागु हुन नसक्नु दुखद भएको बताए ।  ‘नेपाल संघीय शिक्षा प्रणालीमा प्रवेश गरिसकेको मुलुकलाई बहुभाषिक, बहुजाति, बहुधार्मिक रुपमा घोषणा गरिएपनि यो अझै कार्यान्वयनमा आउन नसक्नु आदिवासीको मुद्धा कार्यान्वयन नहुनु हो ।’ उनले भने । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले अधिवेशनको अवसरमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम वर्षका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो ।  अधिवेशनले कृष्ण बुढा मगरको नेतृत्वमा १५ सदस्य कार्यसमिति समेत चयन गरेको थियो ।   

कास्की तमु कलाकार संघ गण्डकीका नवनिर्वाचित समितिलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले सम्मान गरेको छ ।  तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले  सुरेन्द्र गुरुङको अध्यक्षतामा नवनिर्वाचित समितिलाई फाउण्डेशनले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।  सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमु कलाकार समुहले गुरुङ जातिको लोप उन्मुख संस्कृति जर्गेना गर्न ध्यान दिन आग्रह गरे ।  “समिति समितिमा सिमित भएर हुदैन् गुरुङ जातिको संस्कृति जर्गेनामा विशेष ध्यान दिनुपर्दछ । युवाले संस्कृति संरक्षणमा ध्यान दिन आवश्यक छ ।” उनले भने यसैगरि नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले सम्मान ग्रहण गर्दै पहिलो कार्यकालमा संस्थामा नकारात्मक टिप्पणी भए पनि अहिले यसमा गुरुङ जातिको संस्कृति संरक्षण संघले महत्वपुर्ण योगदान गरेको भन्दै नकारात्मक टिप्पणीलाई चिर्न सफल रहेको बताए ।  ‘जातिय कलाकार संघ गठन गरेर जातीय संगठन बनाएको भन्दै नकारात्मक टिप्पणी गरे, अध्यक्ष गुरुङले भने, ‘नितान्त सस्कृति संरक्षण र गुरुङ कलाकारहरुको कला प्रस्तुतीमा हामीले काम गरेकाले नकारात्मक टिप्पणी चिर्न सफल छौँ ।’ उनले युवा विदेशी पलायन हुुने अवस्थालाई कलाकारिताले यसलाई परिवर्तनको स्वरुप दिएको  बताउदै त्लुुकेर रहेका प्रतिभालाई प्रस्फुुटन गर्न संघले महत्वपुुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।  यसैगरि लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले कलाकारहरुले संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको महत्वपुर्ण भुमिका रहेको बताए ।  “संस्कृति संरक्षणमा कलाकारको भुमिका छ नै संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको भुमिकाको कदर कर्दै सम्मान कार्यक्रम गरेका हौँ ।” फाउण्डेशनका अध्यक्ष गुुरुङले भने, तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।  पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) चयन भएका थिए ।  यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ  । सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन भएका थिए । सो कार्यसमिति लगायत पोखरा २० का वडा सदस्य उत्तम गुरुङ, तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, फोजिन गण्डकीको अध्यक्ष रुद्र श्रीसमगर, समाजसेवी बिनोद गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण  ११ का सभापति विशाल गुरुङ, समाजसेवी तथा युवा व्यवसायी विष्णु गुरुङ लगायतलाई खादाद्वारा सम्मान गरिएको थियो ।