पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ्ग व्यवस्थापनका विषय उठाउनु भयो । पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाको भनाई रहेको थियो । उहाले आवश्यकता हेरेर सडक पार्किङ्लाई पाला सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उहाको भनाई रहेको छ ।   विशालवजार एरियाका व्यवसायीहरुले पवन प्रजापतीको अनुभव र क्षमताका आधारमा अहिलेको निर्वाचन प्रजापती पक्षमा आएमा व्यवसायीक हित हुने अपेक्षा पनि राखेका छन् । उनिहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा समेत राखे     अध्क्षय  प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्द्ध भन्ने विषयमा छलफल समेत गरेको छ ।    प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको  दावी समेत गर्नु भयो   । प्रजापतिले यही भाद्र २४ र २५ गते  हुने संघको  पोउवा संघमा विगत लामो समय देखि सदस्य हुदै पदाधीकारीमा समेत रहेर काम गरीरनु भएको छ ।      घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले  मतदाताहरुको प्रतिक्रिया सकारात्मक रहेको बताउनु भयो ।   

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ ।   घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउन नव आदर्शबाट हुने सहयोगमा कुनै कन्ज्यूसाई नगर्ने समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउन हामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगका लागि भन्नेछौं ।’   समाजका पूर्वअध्यक्ष नविन भण्डारीले आफूहरुको आयोजनामा मेला भईरहेकाले सँगसँगै हिड्न नसकेपनि नैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमा आफूहरुले साथ दिएजस्तै जितिसकेपछि पनि लामाचौरका उद्योगी व्यावसायीहरुको समस्यामा साथै रहन उनको आग्रह थियो । लामाचौर क्षेत्रमा ट्रान्सपोर्टको समस्या रहेको उनले सनाए । साथै पछि मनोनीत सदस्य राख्ने बेलमा भेग हेरेर राख्न उनको सुझाव थियो ।    लामाचौर र बाटुलेचौरको घरदैलो कार्यक्रम सकेर टोली पोखरा ट्रेड मल पुगेको थियो । मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले पोखरा उद्योग वाणिज्य संघको समस्या सम्बन्धीत ठाउँमा निर्धक्क राख्न सक्ने खुबी भएका पोखरेल प्यानलमा रहेको बताए । यसले गर्दा उद्योगी व्यावसायीको समस्या छिटो समाधान हुन सक्ने उनको आंकलन थियो । नयाँ र पुराना पुस्तालाई समेट्दै जानस सक्ने खुवी पनि पोखरेल प्यानलमा देखेको उनले बताए । दैनिक जीवनमा आइपर्ने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने गरी कर प्रणालीमा सुधार गर्दै संस्था चलाउनुपर्ने उनको सुझाव थियो ।   पोखरा ट्रेड मलको चुनावी कार्यक्रम सकेर पोखरेलको प्यानल सिमपानी, हरिचोक, ट्याक्सीचोक, हनुमान गल्लि पुगेको थियो । सबै ठाउँका मतदाताले युवाको नेतृत्वमा सबै उमेर समुहलाई समेटेको परिपक्व टिम भएकाले जित्ने निश्चित रहेको प्रतिक्रिया दिएका थिए ।    सभेन स्टार स्काई इन्टरनेशल प्रालिका निर्देशक पोखरेलको टिम सक्षम रहेको प्रतिक्रिया दिए । ‘यो टिममा नयाँ तथा पुराना सक्षम व्याक्तिहरु छन्,’ उनले भने, ‘सबै भोटका कुरा हुन् तर सक्षम मतदाताहरुले सक्षम व्याक्तिहरुलाई रोज्छन भन्नेमा ढुक्क छु ।’

  पोखरा । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ ।   गण्डकी प्रदेशले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको हो ।   गण्डकीले आर्मीमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हार बावजुत आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।   गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो ।   लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो ।   प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीले २०–२३ को स्थिति उल्ट्याएर लगातार ५ अंक जोड्दै जित निकाल्न सफल भएको थियो । निर्णायक तथा पाँचौ सेटमा गण्डकीले एक समय ८–४ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन गर्दा खेल रोमाञ्चक बन्न पुग्दा तीन पटकको सेट प्वाइन्टमा जित निकाल्न सफल भयो । गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।   आर्मी र गण्डकीबीचको खेल शनिबार नै हुनुपर्ने भएपनि वर्षाले प्रभावित बन्दा शनिबार र आइतबार एक–एक सेटपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो । शनिबार आर्मीले ३१–२९ को सेटमा जित निकाल्दा आइतबार गण्डकीले २५–१९ को सहज जित निकालेको थियो ।

  पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ ।    आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायीरुपमा निर्मित भवनबाट सेवा दिइरहेको छ । आश्रममा अहिले ५० सहयोगापेक्षी बेसहारा मानिसलाई राखिएको आश्रमका संयोजनक विपना तामाङले बताउनुभयो । उहाँले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाउनाका साथै आफ्नै भवन तीव्र गतिमा बनाइरहेको बताउनुभयो ।  विसं २०७३ मा बागलुङमा स्थापना भएको उक्त आश्रमले गतवर्षदेखि वडा नं ४स्थित  निरयघाटमा रु १२ करोडको लागतमा भवन निर्माण सुरु गरेको हो ।   आश्रमको अहिले ‘बि’ ब्लक भवनको दुई तला र ‘सि’ ब्लक भवनको एक तला ढलान गरिएको छ । आश्रमले आर्थिक वर्ष २०७८÷७९मा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाबाट रु ९८ लाख ४६ हजार सङ्कलन गरेर भवन निर्माणमा लगाएको थियो। भवन निर्माणमा हालसम्म रु एक करोड ६१ लाख खर्च भएकामा  गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास कार्यालयबाट  रु ४६ लाख त्रिसठ्ठी हजार,  नगरपालिकाबाट रु आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाबाट रु १० लाख ५३ हजार, रघुगङ्गा गाउँपालिकाबाट रु एक लाख ९४ हजार, जलजला गाउँपालिकाबाट रु छ लाख ६४ हजार र मानव सेवा आश्रम हेटौँडा शाखाबाट रु १० लाख सहयोग प्राप्त भएको आश्रम निर्माण समितिका अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो । भवन निर्माणकै लागि  गत आर्थिक वर्षमा रु १२ लाख १७ हजार विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको थियो ।  अध्यक्ष खड्काका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु ५० लाखसहित विभिन्न पालिकाबाट सङ्कलित रु ७३ लाखको लागतमा ‘बी’ ब्लकको पहिलो तला निर्माण भएको थियो । “हामी भवन निर्माणको सुरुआतीमै छौँ ।    भवन लागत र डिजाइन हेर्ने हो भने निकै खर्चिलो छ, हालसम्म जम्मा एक करोड ६१ लाख मात्रै खर्च भएको छ, चालु आर्थिक वर्षमासमेत गण्डकी प्रदेश सरकारका साथै बागलुङ, पर्वत र म्याग्दीका विभिन्न पालिकाबाट झण्डै रु एक करोड रकम विनियोजन भएकाले भवनको ‘ए’ ब्लक बनाउने लक्ष्य लिएका छौँ” खड्काले भन्नुभयो “चालु आर्थिक वर्षमा भवनले एउटा आकार लिनेछ,, हामीले ‘बी’ ब्लकलाई तीन तला र ए र सी ब्लकलाई दुई तला ‘सी’ आकारमा निर्माण गरिरहेका छौँ, सबैको सहयोगमा आश्रमले सुविधा सम्पन्न भवन, तालिम कक्ष, योगा कक्ष, नर्सिङ सेन्टर, पार्किङ तथा प्राङ्गण निर्माण गर्नेछ ।”   चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिकालगायत पालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । एक वर्षपछि आश्रमको केही भाग निर्माण गरेर आफ्नै भवनबाट सेवा दिनेछ भने भवन निर्माण केही वर्षमा सम्पन्न हुनेछ ।  

  नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा ओमराज आले चयन हुनुभएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आज सम्पन्न बैठकले आलेलाई जिल्ला संयोजकमा चयन गरेको हो । आले यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । यसअघिका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने पार्टीको वैकल्पिक केन्द्रीय सदस्य चयन भएपछि आलेलाई संयोजकको जिम्मेवारी दिइएको हो ।    बैठकले निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीका संयोजक र इन्चार्जहरु पनि तोकेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन हुनुभएको छ । सो पार्टीको आज सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।    यसअघिका अध्यक्ष शङ्करनारायण श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य चयन भएपछि सचिव रहेका कार्की अध्यक्षमा पदोन्नति हुनुभएको हो । पाटीको केन्द्रीय सर्कुलर अनुसार केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार  जिल्ला श्रेष्ठ जिल्ला कमिटीबाट बिदा हुनुभएको हो । बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गाकुमार श्रेष्ठ, उपसचिवमा  ऋषीराम पन्त, गजिन्द्रराज पन्थ र नरबहादुर रानाभाटसहित एक सय १५ सदस्यीय जिल्ला कमिटी पुनःगठन गरेको छ ।

बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ ।     ‘जनता नगरपालिका होइन नगरपालिका जनताकहाँ’ भन्ने मूल नाराका साथ नगरपालिकाले सय दिनमा एक हजार ५०० जनालाई गाउँमै पुगेर सेवा दिएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पुर्‍याउँदा जनतामा उत्साह छाएको हो । बागलुङ नगरपालिकाले सय दिनमा ठूला आयोजनाको समन्वय, फोहर व्यवस्थापन, पार्किङ व्यवस्थापनका लागि पहलदेखि नगरपालिकाका मुख्य सेवा गाउँमै पुर्‍याउन सफल भएको नगरपालिकाले जनाएको छ ।    नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार निर्वाचनका बेला कल्पना गरेका योजना सय दिनभित्रै कार्यान्वयनको चरणमा पुगेकाले जनतामा सकारात्मक प्रभाव पार्न थालिएको बताउनुभयो । नगरपालिकाले सय दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको उपलब्धि ३२ बुदाँमा उल्लेख गरेको छ ।    सो अवधिमा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गरेसँगै नगरपालिकाको सदरमुकाम केन्द्रित सेवा गाउँमा पुर्‍याएको विषयलाई बढी जोड दिएको जनाइएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरमार्फत नगरका दुर्गम वडा रायडाँडा, भकुण्डे, अमलाचौर, पैयूँपाटा र नारायणस्थानमा नगरका पाँच मुख्य सेवा प्रदान गरिसकेको र अन्य वडामा समेत लगत्तै सेवा दिने जनाएको छ ।    नगरपालिकाले असारमा मात्रै विकासे योजना सम्पन्न गर्ने परिपाटीको अन्त्यका लागि भदौमै योजना सम्झौता थालेको छ । नगरपालिकाले पहिलो चरणमा बागलुङ नगरपालिका–११ रायडाँडा र १० नम्बर वडाको भुकण्डेमा घुम्ती सेवा शिविर आयोजना गरेको थियो । यस्तै दोस्रो चरणमा नगरपालिकाको १२, १३ र १४ वडामा सो सेवा पुर्‍याइएको छ ।    दुई चरणमा पाँच वटा वडामा दिएको स्वास्थ्य शिविर, योजना सम्झौता, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण र वित्तीय साक्षरता प्रदानबाट एक हजार ५०० सेवाग्राही लाभान्वित भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।      “जनताको थुप्रै अपेक्षाकाबीच नगरपालिकाले सय दिनमा केही सकरात्मक प्रभाव छोड्न सफल भएको छ, नागरिकलाई योजना सम्झौता गर्न, बैंक खाता खोल्न समस्या थियो, हामीले एक मुष्ठ सेवा सबै वडामा लगेका छौँ १४ मध्ये ५ वडामा सम्पन्नसमेत गरिसकेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब जनता नगरपालिकाकोमा धाउने हैन नगरपालिका जनताकोमा धाउने गरी कामको थालनी गरेका छौँ ।” अब नगरपालिकाको सामान्य सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गरी वडाबाटै धेरै सेवा लिनेगरी काम थालनी भइरहेको छ ।    बागलुङ नगरपालिका–११ रायडाँडास्थित दुर्गा सापकोटाको बुबाआमा र दुई भाइले पहिलो पटक घुम्ती शिवरमा अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको थियो । नगरपालिकाले उहाँ जस्तै एक सय ६७ जनालाई अपाङ्गता परिचयपत्र वितरण र नवीकरण गरेको छ ।   अपाङ्गता परिचयपत्र वडामै पहिलोपटक पाउँदा खुसी लागेको मात्रै छैन सापकोटालाई बल्ल नजिकको सरकार भएको आभास भएको छ । नगरपालिकाले हालसम्म वडामै पुगेर ९३ योजना सम्झौता, आठ सय ६९ जनाको स्वास्थ्य परीक्षण, २३ जनाको यौन रोग, दुई सय ७८ जनाको कोरोना परीक्षण, तीन सय ५१ जनाको आँखा परीक्षण, १२ जनाको मलेरिया परीक्षण र ११ वटा टोल विकास संस्थासमेत गठन गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।    नगरपालिकाले कानुन बमोजिम नगरपालिकाको मुख्य जिम्मेवारीलाई पाँच वटा विषयगत समिति गठन गरी कार्य जिम्मेवारी बाँडफाँट गरिएका, १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडातहलाई जिम्मेवार बनाइएको,  नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले उपलब्धि सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्यसम्पादन गर्ने पद्धतिको सुरुआत गरिएको, नगरको वास्तविक अवस्थाको चित्रणसहितको ३८ बुँदे श्वेतपत्र सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।     यस्तै सय दिने उपलव्धि अनुसार स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हासिल गर्ने उद्देश्यका साथ २०७९ मङ्सिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरेको, बागलुङ बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापनमा समन्वय थालेको, मालढुङ्गा देखि गणेशथान घुम्तीसम्म सोलार बत्ती जडान, पाँच हजार दुई सय ३५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ ।    विद्युतीय प्रणाली बाट भुक्तानी दिन थालिएको, बागलुङ नगरपालिकाको व्यवस्थित कार्यालय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारी र विभिन्न निकायसँग औपचारिक अनौपचारिक छलफल एवं बैठक गरी समस्या सामाधानको लागि पहल गरिएको, दावगरा बसपार्क सञ्चालन सम्बन्धमा देखिएका समस्या समाधान गरी सकेसम्म छिटो बसपार्क सञ्चालनका गर्न कार्यदल गठन भएको,  सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न थालिएको लगायतका उपलब्धि हासिल गरेको जनाएको छ । 

  पोखरा​:  जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।   जयन्ती ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर वोमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो ।    कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो ।    कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउनुभयो । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उहाँको भनाई थियो ।   त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्म सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाउनुभयो । महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।   

  लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ ।    समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् ।    अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ ।    यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीमा जम्मा भएको पूँजिलाई उद्यमशिलतामा लगानी गर्न सुझाव दिए । अध्यक्ष आत्रेयले सहकारीका शेयर सदस्यलाई लाभांस उनिहरुको कर्जा र निक्षेपमा सक्रियताको आधारमा दिईनु पर्नेमा जोड दिए ।    नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले कृषिमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न आग्रह गरे ।    सहकारीका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी प्रसाद त्रिपाठी, देवराज पन्थि, नवराज सापकोटा, मानकुमारी पराजुली नवराज पौडेल लगायतले बोलेका थिए ।  साधारण सभाले अध्यक्ष सुमन भट्टराईको प्रतिवेदन, सचिव नवराज तिवारी र कोषाध्यक्ष रामजी पौडेलको प्रतिवेदन पारित गरेको थियो ।   

  पोखरा:  पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ ।   पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो ।    सुचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्र भित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आजका मितिले ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ ।    अन्यथा कानुन बमोजिम हुुने व्यहोरा जानकारी गराईन्छ ।’ नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सुचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारवाही गर्ने जनाएको छ ।