पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते महाधिवेशनको मिति घोषणा भएसँगै अध्यक्षका उम्मेदवार पवन कुमार प्रजापतिले १४ बुदे प्रतिवद्धतासँगै  पदाधिकारी प्यानल घोषणा गरेका छन् ।    अध्यक्षका उम्मेद्वार प्रजापतिको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग बरिष्ठ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन्  । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।    अध्यक्षका उम्मेदवार प्रजापतिले व्यवसायीहरु माझ व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि पहिलो प्राथमिकता रहेको बताए ।    उनले व्यावसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्धनमा सघाउने प्रतिवद्धता पत्रका उल्लेख गरेका छन् ।     सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य राख्दै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि आवश्यक छलफल र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने पत्रकार सम्मेलनमा बताए ।    संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै सदस्य महानुुभावलाई घरमै आवश्यक सूचना र सहयोग पुर्याउने र संघलाई साना, मझौला र ठुला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने प्रतिवद्धता सहित प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।    संघमा अध्यक्षको रुपमा सर्वसम्मत बनाउने बैठक भएपनि यो सम्भव नभएर उम्मेदवारी घोषणा भएको हो भन्ने पत्रकारको प्रश्नमा प्रजापतिले उम्मेदवारी घोषणामा कुनै अन्यथा मान्नुपर्ने केही नभएको बताए ।    उनले भने,‘ कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव लिएको छु । आफु संघमा अनुभवले बटुल्दै आएकाले कुनैपनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकेको छु। यसमा अन्यथा मान्नुपर्ने केहि छैन ।   म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो समुहमा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं ।   यसअगाडी पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा अर्जुन पोखरेलले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

    पोखरा ।  सुुन्दर शहर पोखरामा सुुनौलो भविष्य खोज्दै ग्रामीण भेगका विद्यार्थीसँगै सर्वसाधारणको लर्को छ ।     कतिले आफ्नो सपना पुरा गरेका छन् भने कति जागिरको आशमा ठगिने क्रम बढ्दो छ । पोखरामा ठगी गर्नेहरुको गिरोह फरक फरक समयमा भेटिन्छन् । नक्कली डाक्टर भनेर ठगी गरेको विषय चलिरहँदा फेरि समाज सेवाको नाममा ठगी गरेर फरार भएको अर्को घटना बाहिर आएको छ ।    स्वयंसेवक समाज नेपाल संस्था दर्ता गरेर दुई व्यक्तिले पोखरामा लाखौ ठगी गरेर फरार भएका छन् । विशेषगरी जटिल रोग लागेर सहयोगको खाचो परेका व्यक्तिहरुलाई उनीहरुले ठगी गर्ने गरेको खुल्न आएको छ ।    र सुरु भयो ठगी धन्दा  ​एक पीडितका अनुसार पोखरा नदिपुर बस्ने नाम परिवर्तन (राम बहादुर) लाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भइरहेको थियो । पोखराको व्यस्त शहरमा एक्कासी उनको नजर स्वयमसेवक समाज नेपाल ब्यानर लेखिएको गाडीमा नजर पर्यो । फोन नम्बर टिपे र घरमा गएर फोन गरे ।    सहयोगको अभियान संचालन भयो रकम संकलन भयो तर आधा रकम लिएर उनीहरु फरार भए । स्वयम सेवक समाज नेपाल संस्थाले मृगौला पीडित र क्यान्सर रोग लागेको व्यक्तिहरुको नाममा रकम संकलन गरेर बिरामी र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको पिडितहरुको गुनासो छ ।    संस्थाले अहिले कति रकम ठगी गरेको छ भनेर खुल्न आएको छैन् । ठगी गर्दै आएका उनीहरु प्रहरीको फरार सुचीमा रहेको स्रोतले बतायो ।    मृगौला पीडितका अनुसार आफ्नो नाममा संकलन भएको ६ लाख बढी  रकम मध्ये ४ लाख मात्र पाएको र बाँकी रकम उपचार भएको १६ महिना बितिसक्दा समेत कहिले दिने भनेर आफुलाई पिडामा झन् पिडा थपेको पिडितले बताए । ‘उनीहरु ठगी धन्दामा फरार सुचीमा रहेको जानकारी पाएको छु त्यसैमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छु ।’ पीडितले भने ।    अहिले उनले उपचार गरेको १६ महिना बितिसकेको छ तर उनले आफ्नो नाममा संकलन भएको पुरा रकम भने पाउन सकेका छैनन् । उपचार हुनुपूर्व उनलाई संस्थामा संचालक सुवास र सन्तोष बिक नाम गरेका व्यक्तिहरुले दिन दुखी र उपचारका क्रममा सहयोग गर्छौ भनेर बिरामीलाई पिडा दिएर लाखौँ ठगी गरेर फरार भएको पिडितको बिरामीले सुनगाभा न्यूजलाई जानकारी दिए ।    बागलुङ घर भएका लक्ष्मी थापा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनले पोखरा जव सेन्टरले कर्मचारी आवश्यकता सम्वन्धी विज्ञापन गरिरहेको थाहा पाएपछि उनी स्वयमसेवक समाज नामक संस्थामा जोडिए ।    अध्ययनसँगै पोखरामा सुन्दर भविष्य खोजेका थापाले जागिरसँगै विरामीको सेवा गर्न पाउँदा भाग्यमानी नै ठानिन् । पोखरा जबसेन्टरमा १५ हजार तलब भनिए पनि संस्थामा जाँदा १८ हजार तलब दिने आश्वासन दिए । तर तलब आश्वासनमा सिमित भएको उनको आरोप छ ।    ‘हामी १८–२० जनाको संख्यामा त्यस संस्थामा गएका हौँ । सुरुमा ५ जनाको ग्रुप बनाएर विरामीको नाममा पैसा संकलन गर्न भनियो, उनले भनिन्, ‘पोखरामा हामीले एक ग्रुपले झण्डै ४ देखि ५ हजार संकलन भयो । तर यो पैसा लिएर उनीहरु महिना दिनमा फरार भए ।’    थापाका अनुसार बिरामीको नाममा उनीहरुले लाखौँ ठगी गरेका छन् । दिनमा एक ग्रुपले ४ हजार संकलन गर्दा ४ ग्रुपले पोखरामा अनुमान गर्दा ८० हजार रुपैयाँ संकलन हुन्छ यसरी हिसाब गर्दा महिना दिनमा लाखौँ संकलन भएको उनको अनुमान छ ।    पोखराको रवी होटलमा उनीहरुलाई संस्थाले गर्ने कार्यहरुको बारेमा विकहरुले गोष्ठी कार्यक्रम संचालन गरेका थिए । संस्थाका संचालनक भनिएका विकले  कर्मचारी भनेर झापा देखि दुईजना व्यक्तिहरु लिए कार्यक्रममा खर्च भएको रकमसमेत कर्मचारीहरुको नाममा दर्ता गरेर कर्मचारीलाई नै ठगी गरेको बताइएको छ ।

  पोखरा ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताको नाममा पक्राउ पुर्जी जारी गरेको विरुद्धमा सँयुक्त रुपमा चार कम्युनिष्ट पार्टीले भोली (मंगलबार) नेपाल बन्दको आह्वान गरेका छन् ।    नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेकपा माओवादी समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी, र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले पत्र जारी गर्दै संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन् ।    ‘२०७७ फागुन २१ गते नेपाल सरकार र कम्युनिष्ट पार्टीबीच ३ बुदेँ सहमति भएको थियो, पत्रमा भनिएको छ, ‘उक्त सहमतिको बुदाँ नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ भन्ने कुरा उल्लेखीत भएको थियो । तर हालसम्मपनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठा मुद्धा खारेज गरिएको छैन ।’    पत्रमा उल्लेख गरिएको छ, ‘उल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुदेँ सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षडयन्त्रमुलक र मुलुकलाई जबरजस्त द्वन्दमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुदेँ सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।’   एमसिसी, एसपिपी विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, झुठा मुद्दाको खारेजी, आकासिदो महंगी नियन्त्रण लगायतको माग गर्दै नेपाल बन्दको घोषणा गरिएको पत्रमा उल्लेख छ ।    

  पोखरा । गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।    समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ ।    यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ ।   स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक÷स्रोता मन्त्रमुग्ध हुने गरेका छन् ।   यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।  

  पोखरा ।  नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।   बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो।   बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ।     त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।   बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले  पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।

  पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी पोखरामा आयोजित दुईदिने तालिम सम्पन्न भएको छ।   राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज आयोजित तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले नेतृत्व तहमा नपुग्दासम्म अधिकार नपाईने बताउनुभयो। उहाले  राजनीतिक चेतनाका साथै नेतृत्व विकास जरुरी छ भन्नुहुदै तमु समुदायले अहिलेसम्म पनि राज्यबाट पाउने सेवा सुविधाका बारेमा समेत अज्ञानताका कारण पछि पर्नुपरेको बताउनुभयो।   आफ्नो अधिकारका बारेमा सचेत, प्राप्त अधिकारको उपयोग, समुदायको मौलिकता एवम पहिचानलाई संरक्षणका लागि तमुहरु जागरुक रहन आग्रह गर्नुहुदै उपप्रमुख गुरुङले पोखरामा तमु भेषभुषाको संरक्षण भए पनि तमु भाषा लोप हुदै गएकाले तमु संघ संस्था समाजहरुको ध्यान जानुपर्ने बताउनुभयो। आदिवासी जनजाति तमुहरुको छुट्टै पहिचान, मौलिकता संरक्षण गर्न तमु समाजहरु गठन भई क्रियाशिल रहनु अति नै सह्रानिय भएको बताउनुभयो। तमु जातिको परापुर्वको ज्ञान सिप पुस्ता हस्तान्तरणको आवाश्यकतालाई दुईदिने कार्यक्रमले झकझकाएको र सहभागीहरुले प्राप्त ज्ञानको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। आगामी दिनमा यस्ता महत्वका कार्यक्रमहरुका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउनुहुदै उहाँले पोखरा महानगरपालिकाले शैक्षिक सहजता कार्यक्रम, कानुनी सचेतना कार्यक्रम, महिलाका अधिकार संरक्षणका कार्यक्रमहरु समेत रहेको जानकारी दिनुभयो।     कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिको परम्परागत  मौलिक ज्ञान सिप पुस्तालाई हस्तान्तरण कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले समुदायका मौलिक पहिचानलाई संरक्षण गर्न युवा पुस्ताले सोंच बताउनुपर्ने भन्नुहुदै तालिममा प्राप्त ज्ञानलाई घर परिवार, साथीहरु बिचमा सन्देसको रुपमा पुर्याउन आग्रह गर्नुभयो।   कार्यक्रमको संचालन कार्यक्रमको संयोजक बिन्ती गुरुङले गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका गण्डकी प्रदेश संयोजक माया गुरुङले व्यवस्थापन गर्नुभएको थियो।   समापन कार्यक्रम अघि तालिममा सहभागीहरुले तमु धिं नेपाल र तमु धिं नेपालमा हालै शुरु गरिएको गुरुङ संग्रहालयको अवलोकन गरेका थिए भने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालको स्थापना, उद्धेश्य, गरिरहेको गतिविधी, गुरुङ संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो।   तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको थियो।

  पोखरा । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन् ।    कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना हामी सबैको साझा लक्ष्य हो भन्दै यसलाई संस्थागत गर्नका लागि  प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए ।    संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्न समेत संघ सरकारले वाधा गरेको बताए । उनले भने, कानुनले संविधानले दिएका व्यवस्था पनि हामीले उपभोग गर्न पाइएन । वन क्षेत्र र शिक्षाको अधिकारमा केन्द्र उदार देखिएको छैन । प्रहरी समायोजनदेखि निजामती कर्मचारी ऐन ल्याउनका लागि समेत संघ सरकार नै वाधक बनेको उनले बताए ।    संघ सरकारको भन्दा खर्च गर्ने क्षमता बढी रहेको भन्दै उनले भने, कम्तीमा ५० प्रतिशत बजेट दिनुस् हामी खर्च गरेर देखाइदिन्छौं । अधिकार दिन किन हिचकिचाएको । मुख्यमन्त्री पोखरेलले संघमा नेतृत्व गर्नेहरुले अघिकार पोको पारेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलसँग प्रदेश नम्बर १, मधेश, वागमती र लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं सुदूर पश्चिममका सदस्यले अलगअलग रुपमा भेट समेत गरेका थिए ।    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नेपाल सरकारका मन्त्रीहरु आफ्नो कामभन्दा पनि अरुमा बढी ध्यान केन्द्रित गर्दा समस्या भएको बताए । उनले भने, मन्त्रीहरु योजना कार्यान्वयनभन्दा पनि नीति निर्माणमा बढी क्रियाशील भएको पाइएको छ । अहिले विभिन्न संस्था खडा गरेर योजना आयोगलाई कमजोर बनाउन थालिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ६० वर्षदेखि गठनादेशबाट चल्दै आएको आयोगलाई ऐनद्वारा निर्देशित गरिनुपर्ने भनाइ राखे ।     फरक प्रसंगमा मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गए पनि डराइहाल्ने अवस्था नरहेको बताए । रेमिट्यान्स, पर्यटन र जलविद्युतबाट हाम्रो अर्थतन्त्रलाई बचाउन सहयोग गर्ने उनको भनाइ थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले संघ र प्रदेशमा उस्तै समस्या दोहोरिएको पाइएको भन्दै समस्या समाधान नगरेकै कारण किन दोहोरिएर आयो यसतर्फ सोच्ने बेला आएको बताए । साढे ४ वर्षको अवधिमा प्रदेश सरकारहरुले गरेका कार्यक्रमका बारेमा सामूहिक रुपमा सार्वजनिकीकरण गर्नुपर्ने उनको भनाइ थियो । उनले राष्ट्रिय योजना आयोगलाई कमजोर बनाउँदै जान खोजिएको भन्दै तथ्यांक विभागलाई आयोगमातहतबाट बाहिर लैजानु राम्रो पक्ष नभएको बताए ।   उक्त अवसरमा राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. दीलबहादुर गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले संघीयता कार्यान्वयनका सिलसिलामा आयोगले निर्वाह गरेका भूमिकाका बारेमा जानकारी गराएका थिए ।     लुम्बिनीमा भएको सातै प्रदेशका योजना आयोगका अनुभव आदानप्रदान कार्यक्रम र वागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार पार्ने जिम्मा गण्डकीलाई परे अनुसार पोखरामा कार्यक्रम गरिएको गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले जानकारी गराए ।    गण्डकी प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले आयोजना बैंक स्थापनाका बारेमा सबै सहभागीले प्रसंग उठाएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कर्मचारीकै कारण प्रदेशमा काम प्रभाव हुने अवस्था नरहेको भनाइ राखे । गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखि नै प्रभावकारी र नागरिकको हितका लागि काम गर्दै आएको उनले बताए ।    २ दिनसम्म चल्ने कार्यक्रममा प्रदेशको वस्तुस्थिति, अनुभव, नवीनतम कार्यहरु तथा भावी सोच, प्रदेश नीति तथा योजना आयोगको ऐनको मस्यौदामाथि छलफल गरिने गण्डकीका योजना आयोगका सदस्य डा. सुवास अधिकारीले बताए । यसैगरी प्रदेश नीति तथा योजना आयोगको प्रस्तावित सांगठनिक ढाँचामा छलफल गरिएको छ ।    यसैगरी अनुगमन तथा मूल्यांकन ऐन बनाउने बारेमा, तथ्यांक व्यवस्थापन गर्ने ऐनका बारेमा समेत भेलामा छलफल गरिएको सदस्य डा. अधिकारीले बताए । आयोजना बैंक नहुँदा खल्तीका योजना आउने र दीगोपना नदेखिएकाले यसका बारेमा समेत छलफल गरिएको छ ।    संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीको सामना गर्दै संघ सरकारलाई अझै झकझक्याउन यस्ता बैठकहरु उपलब्धिमूलक हुने सहभागीको अपेक्षा छ । टुक्रे आयोजनालाई कम गर्नुपर्ने, राष्ट्रिय योजना आयोगले वित्तीय हस्तान्तरणमा रकम बढाउनुपर्नेमा सशर्त योजना आउने गरेकोप्रति सहभागी उपाध्यक्षहरुले गुनासो पोखेका छन् ।    कार्यक्रममा प्रदेश १ का उपाध्यक्ष डा. पूर्णकुमार लोक्सोम, मधेश प्रदेशका भोगेन्द्र झा, वागमतीका डा. कृष्णराज पन्त, लुम्बिनीका वामदेव क्षेत्री, गण्डकीका सदस्य माया तिम्सिना, सुदूरपश्चिमका सदस्य मोहनदेव बिस्टले प्रस्तुति राखेका थिए । प्रदेशमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशाका बारेमा उनीहरुले प्रस्तुति केन्द्रित गरे । सोमबार साझा अवधारणा बनाएर भेला समापन गरिने प्रदेश नीति तथा योजना आयोगका निमित्त सचिव डिल्लीराम सिग्देलले जानकारी गराए । 

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।      यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिनुभयो । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उहाँले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काउनुभयो ।     सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उहाँ झसङ्ग हुनुभयो । यसबीचमा आचार्यले कसैसँग पनि पैसा माग्नुभएको थिएन । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उहाँ आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुग्नुभयो । मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताउनुभयो ।      उहाँले भन्नुभयो, “मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट रु ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो ।      उहाँ मात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुग्नुभएको थियो । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर इसेवाको पासवर्ड पठाउन भनेपछि उहाँले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिनुभयो तर काकाको फेसबुक आइडी ह्याक गरिएको उहाँले भोलिपल्ट बिहान मात्र थाहा पाउनुभयो ।     भण्डारीले इसेवाको पासवर्ड दिएपछि उहाँको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारणमात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ ।      जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताउनुभयो । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उहाँको भनाइ छ ।     उहाँले भन्नुभयो, “फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।”     साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । प्रनाउ तिवारीले भन्नुभयो “आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।”     ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ ।     जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

  म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।    बेनी–जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।    सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ ।    मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।    यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उहाँले जानकारी दिनुभयो ।