पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ ।   सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समय अनकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ ।   पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।   शिक्षालाई समयानुकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए।    “पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ”, उनले भने ।   रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।   रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन् ।   कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्त्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए ।    क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ ।   रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्।   वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।   गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो।   सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।   हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।   कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।   हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्‍याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएकाे छ ।   उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ।

ताप्लेजुङ:  गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।   पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।   ३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।   पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।   यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औं संस्करणको सफल पोखरा म्यारथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बन्दै नयाँ रेकर्ड बनाएका छन् ।   यसअघि सोही देशकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दुरी पार गरेका थिए ।   उनको गत वर्षको रेकर्डलाई तोड्दै विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।    यस्तै साविक विजेता जुलियस मुरियाली वाहोमले निर्धारित दुरी २ घन्टा १७ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे ।    अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गर्दै तृतीय बने । उनीहरुले क्रमश: ५ लाख, ३ लाख र २ लाख नगद प्राप्त गरे ।   नेपाली धावक किरण सिंह बोगोटी भने चौथो बने ।   नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौं, दिनेश सिंह बोगोटी सातौं र केन्याली धावक माइकल माथिया आठौं बने ।   उनीहरुले जनही क्रमश: नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।   गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे ।   उनीहरुले पनि क्रमश: जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।   पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरो पहिलो, नेपाली धावक सन्तोष विक्रम दोस्रो, गजेन्द्र राई तेस्रो बने ।   उनीहरुले क्रमश: जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार प्राप्त गरे ।   यस्तै महिलातर्फ २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ पहिलो, केन्याली स्वारोन जोनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो बनिन् ।   उनीहरुले क्रमश: जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार प्राप्त गरिन् ।

तनहुँको भिमाद बजारमा सञ्चालित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।   शिक्षिका सुष्मा श्रेष्ठलाई कक्षा ४ मा अध्ययनरत ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको आरोपमा फक्राउ परेकी हुन् ।   उनले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै १० वर्षीय प्रमिश परियारसहित ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् ।   ३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।   सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।  

गोदावरी:  मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ ।   धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो ।   एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पु¥याएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो ।   महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।   महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गर्नुभएको थियो । विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताउनुभयो ।   शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।

गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।    गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।    स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ।    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।  

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।   बुधबार झिसमिसे बिहानमा मौनी औँसीमा अमृत स्नान गर्न सङ्गमस्थल जाने क्रममा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो ।   अझै केही व्यक्ति हराइरहेका छन् । घटनामा ६० भन्दा बढी मानिस गम्भीर घाइते भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मृतकमध्ये २५ जनाको सनाखत भएको छ ।    ङ्गमस्थलमा प्रमुख स्नानमा रोक लगाइए पनि वरपर स्नान गर्नेको भिड नथामिँदा भागदौड मच्चिएको थियो । भिड अस्तव्यस्त हुँदै एकअर्कामाथि हामफाल्दै कुद्न थालेपछि च्यापिएर मानिसको मृत्यु भएको जनाइएको छ । उद्धार टोलीले घाइते तीर्थयात्रीको उद्धार गरेका थिए ।    एक सय चवालिस वर्षमा महाकुम्भ   यो वर्षको महाकुम्भ मेला १४४ वर्षमा आउने अद्भुत ग्रह तथा नक्षत्रहरूको सङ्गमका बिच भएको मानिन्छ ।   त्यसैले पनि यस वर्षको महाकुम्भलाई विशेष मानिएको छ । यहाँ नेपाल, भारतलगायत विश्वभरका हिन्दु धर्मावलम्बी अमृत स्नान गर्र्दै रोगव्याधी, पापमोचनलगायत कष्ट मेटाउने उद्देश्यका साथ स्नानका लागि जाने गरेका छन् ।    आकाशमा सात वटै ग्रह एक लहरमा आउने क्रम चलिरहेकाले यो अवसरमा अमृत निस्कने धार्मिक मान्यता रहिआएको छ ।   हिन्दु धार्मिक कथन अनुसार समुद्र मन्थन गर्दा उत्पन्न हुने अमृतको घडालाई कुम्भ भनिन्छ । अमृत पिएर अमर हुने लालसामा देव र दानवको सङ्ग्राम भएको मानिन्छ ।    नेपाली तीर्थयात्रुको घुइँचो   प्रयागराजमा नेपालबाट मात्र ५० लाख बढी तीर्थयात्री पुगेका अनुमान छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा महाकुम्भमा नेपाली श्रद्धालुका लागि विशेष स्थान निर्माण गरिएको छ । त्यस्तै अन्य महन्तले पनि आफू अनुकूलको सहयोग नेपाली तीर्थालुलाई उपलब्ध गराएर बस्नेखाने व्यवस्था मिलाएका छन् ।    

म्याग्दी:   जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।   रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो ।    “फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट ९बिटुमीन० बिछ्याएर ‘फस्टकोट’ ९बिटुमिन र चिप्स० राख्न थालिएको हो”, उहाँले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”   गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।   मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।   विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो ।   पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताउनुभयो ।    गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ ।   म्याग्दीको लाइफ लाइन ९भाग्यरेखा० मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।  सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।   कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उहाँले बताउनुभयो । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ ।