काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । ...

काठमाडौंः   कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।  यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । 

काठमाडौंः   फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।  कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए । खेलको ३५औँ मिनेटमा वेलिङघमले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औँ मिनेटमा साकाले गोल गर्दै इङग्ल्यान्डको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो ।  यसैगरी खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे । खेलको ९०औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।  त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए । इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए ।  यस जितसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अङ्क जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । आजै राति १२स्४५ बजे समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । उक्त खेल अहिले ९ः४५ बजे सुरुआत हुनेछ ।  

काठमाडौं:  आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बजे (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्ने एकजना सुपरस्टार निश्चित भइसकेको छ । उनी हुन्, विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुक । दक्षिण कोरियाको केपप ब्याई ब्राण्ड बीटीएस विश्वभर सर्बाधिक फ्यान फलोइङ भएको ब्याण्ड हो । जंगकुक ब्याण्डका सबैभन्दा लोकप्रिय सदस्य हुन् । ‘गर्वका साथ घोषणा गर्दैछौं कि जंगकुक फिफा विश्वकप कतार २०२२ को सदस्य बन्दैन् । उनले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्,’ बीटीएसको आधिकारिक ट्वीटर एकाउण्टबाट १२ नोभेम्बरमा पोष्ट भएको थियो । उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् । कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो । ‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ । फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।

एजेन्सी: आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्।   खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।   कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ।   यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो।    यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।   

पोखरा:   राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाउनुभएको छ भने उपकप्तान दीपक डुम्रे हुनुहुन्छ । टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल हुनुहुन्छ । यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने हुनुहुन्छ । गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहनुभएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिनुभयो ।  गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।

काठमाडौंः   नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । तीन खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन ।  त्यसैगरी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए ।  युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले अविजित २० रन बनाए । यस्तै अलिशन शराफुले ३३ रन बनाउदाँ रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।  नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२  विकेट लिए भने  सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए ।

काठमाडौं:  बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने अवसर पाएका छन् । हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो । विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा  विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् । विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले लक्की ट्रका विजेतालाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल पाकिस्तान मैत्रीपूर्ण फुटबलको टिकेटिङ अधिकार फुटसल भिलेज नेपालले पाएको थियो । रंगशालामा दर्शक आकर्षित गर्न उसैले विजेतालाई विश्वकप टिकटको स्किम ल्याएको थियो ।

पोखराः  नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।    आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।    त्यसै गरी म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेश्रो र सान्त्वना सम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिला,े दोस्रो र तेश्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।    त्यसै गरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ । म्याराथन अन्तर्गतनै हुने १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितिय हुनेले नगद २० र तृतियले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रम अन्तर्गत नै विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।    गत केही सस्करणमा कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवारनै हुने अध्यक्ष पराजुलीले बताए । पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण बढाउने तर्फ मञ्चको ध्यान केन्द्रित गरिएको बताउँदै उनले भने–“वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो । तर अव पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पु¥याएका छौं ।” यो संगै म्याराथनतर्फ दौड पुरा गर्नेलाई १ सयजना, हाफ म्याराथनतर्फ ५० जना, १० किमि पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिव एक हजार मेडलका साथमा ईप्रमाण पत्र समेत वितरण गरिनेछ ।    पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यिय विभिन्न समिति समेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन् । उनका अनुसार खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने । १७ औं संस्करणबाट एक साता अगावै दर्ता प्रक्रिया समेत रोक्ने आयोजकले जनाएको छ ।    पोखराको प्रतिष्ठित उद्योग मध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् ।    मञ्चले हालै गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले प्राप्त गरेको सफलता प्रति खुसी व्यक्त गरेको छ । प्रदेशहरु मध्ये गण्डकी प्रदेश उत्कृष्ट नतिजाका साथ प्रथम हुनु सबैको लागि खुसीको विषय रहेको बताउँदै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई बधाई दिएको हो ।   

काठमाडौं: मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७.५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् । थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके । कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल चम्काउने नाममा थुकको प्रयोग गर्न नपाउने अभ्यासलाई नियमकै रुपमा मान्यता दिएको छ । तर, युएईका एकजना बलरले थुकको प्रयोग गरी बल चम्काएपछि युएईले ५ रन पेनाल्टी ब्यहोर्नुपरेको थियो । २१ औं ओभरको सुरुवात गर्ने क्रममा यूएईका बलर अलिशान सराफूले बल पुछ्ने क्रममा थुकको प्रयोग गरेका थिए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो । तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । बलिङमा १ विकेटसमेत लिएका गुल्सन प्लेयर अल द म्याचसमेत चुनिए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए । बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो । सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो । युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो । युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् । युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३–३ विकेट लिए । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।