पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   बुद्धटोल युवा क्लबले आगामी माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।   क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।     उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिदै आएको बताउदै यसपटक स्व। गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘हाम्रो क्लबको सल्लाहकार हुनुहुन्थ्यो स्वर्गीय विरेन दाई, प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौ, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाईकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’   उनले सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।    यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।   अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिनेछ ।   सो प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

म्याग्दी:  म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल सङ्घ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 

पोखराः   पोखराको पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट“प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”सुरु भएको छ । उद्घाटन खेलमा बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५-१ को भारी गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक गर्दै खेलको म्यान अफ दि म्याच घोषित भए । त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३-१ ले पराजित गर्यो। खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए । प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका यिए ।प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए । स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०र२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ 

पोखराः   पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् ।  नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने–“पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य संगै आवश्यक कार्यहरु पुरा गर्नेछ ।” पोखरा म्याराथनले १६ औं सस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुको समेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगर संग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीहरुलाई निमन्त्रणा गर्ने संगै नेपालका अन्य शहरहरुका मेयरहरुलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने मेयर आचार्यले बताए ।  सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरामा खेल संस्कृतीको विकास एवं प्रवद्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पोखरा महानगरले अपनत्व ग्रहण गरेमा यसले थप उचाई प्राप्त गर्ने बताए । हालै मात्र पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाए संगै पोखरा म्याराथनको चर्चा अन्तर्राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय धावकहरुको समेत ध्यनाकर्षण हुन थालेको उनले उल्लेख गरे ।  मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका उपमेयर मञ्जु देवी गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, सल्लाहकारहरु महोश गुरुङ, अग्रज पत्रकार नारायण कार्की लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । १७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नं वडाहरुको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमि, २१ किमि, १० किमि, ५ किमि, ह्विल चियर र दृष्टिविहिन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार रहेको छ ।        

पोखराः   युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित ल्वाङ घलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए ।  ‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’ प्रतियोगिता आगामी माघ १८ देखि २१ सम्म सञ्चालन हुने अध्यक्ष विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो ।  पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ ।  यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ ।  प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् ।  खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले प्रदेश अन्तर वडास्तरीय प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।  ‘प्रतियोगिताको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु हो, गुरुङले भने, ‘उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेशस्तरीय कार्यक्रममा अगाडी बढाउन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’  उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन आउने समूहलाई घरबाँस (होमस्टे) र स्थानीय होटलमा सुपथ मूल्यमा व्यवस्थापन गरिने आयोजकले जनाएको छ । घरबाँस (होमस्टे) मा प्याकेजमा १ हजार १ सय ५० भएपनि खेलाडीहरुलाई १ हजारमा प्याकेजमा व्यवस्थापन गरिने उल्लेख गरेको छ ।    विभिन्न जातजातिको बसोबास रहेको ठाँटी ल्वाङ घलेलमा सामुदायिक घरबाँस (होमस्टे) मर्दी हिमाल पैदल मार्ग, चिया बगान, क्यानोनिङ, अर्गानिक कृषि उपजलगायत आकर्षण रहेका छन् ।   

पोखराः    पोखरा महानगरपालिका वडा नं १५ ले आयोजना गरेको वृहत वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । पोखरा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा पौष २७ गतेदेखि सञ्चालन भएको खेलकुद महोत्सव शनिबार सम्पन्न भएको हो ।   करिव एक हजार प्रतियोगी सहभागी भएको खेलकुद महोत्सवमा विभिन्न ८ चरणका खेलहरू खेलाइएको थियो । पुरुष फुटबलमा प्रतिभा टोल विकास संस्था विजयी बन्दै नगद २५ हजार हात पारेको छ ।  प्रतिभाले फाइनलमा तल्लो नयाँ गाउँ लाई ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।  उप विजेता बनेको नयाँ गाउँले २० हजार हात पारेको छ ।  यस्तै, पुरुष भलिबलमा गलेश्वर युवा क्लबलाई पराजित गर्दै तल्लो नयाँ गाउँ विजयी बनेको छ । गलेश्वर विरुद्ध लगातार तिनै सेट जित्दै नयाँ गाउँ पुरुष भलिबलमा पहिलो बन्न सफल भएको हो ।  महिला भलिबलमा जन जागृति आमा समूह विजयी भएको छ।  जन जागृतिले एकता आमा समूहलाई पराजित गर्दै प्रथम बन्न सफल भएको हो । यता विद्यालय स्तरीय फुटबलमा वेलननलाई पराजित गर्दै शुभ तारा थ्री एन्जल प्रथम बन्न सफल भयो ।  ४० वर्ष माथिका महिला दौडमा जन जागृति युवा क्लब र ५० वर्ष माथिका पुरुष दौडमा तल्लो नयाँ गाउँ विजयी बन्यो ।  यस्तै, आमा समूह रस्साकस्सी अन्तर्गत लक्ष्मी टोल आमा समूह विजयी बनेको छ । भने, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच भएको बास्केटबल प्रतिस्पर्धामा  पोखरा १५ हरियोले ४७ –२७ अन्तरले निलो लाई पराजित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं २ क गण्डकी प्रदेश सभासद् भीम बहादुर कार्कीले खेलकुदले राष्ट्रलाई विश्वभर चिनाउन मद्दत गर्ने र खेलकुदमा लाग्ने व्यक्तिहरू निरोगी र तन्दुरुस्त बन्ने हुँदा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।    उनले वडा नं १५ ले खेलकुदलाई महत्व दिँदै व्यापक सहभागिताका बिच खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए । कार्कीले अस्पतालको सङ्ख्या बढाउनु भन्दा रंगशालाको सङ्ख्या बढाउनु पर्छ भन्ने मान्यता विश्वभर बढिरहेको भन्दै ठाउँ–ठाउँ रङ्गशालाको सङ्ख्या बढाउन सकेमा नागरिकहरू स्वस्थ हुन सक्ने र यो अभियानमा वडा नं १५ एक फड्को अगाडी बढेको प्रतिक्रिया दिए ।    यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै व्यक्तिलाई अनुशासनमा पनि हिँड्न सिकाउने भन्दै खेलाडीहरू समाजका आदर्श व्यक्ति बन्नुपर्नेमा जोड दिए । स्वस्थ नागरिकले नै समाज र देशका लागि योगदान दिन सक्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बानियाँको भनाई थियो ।    वडा सदस्य तथा खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रममा करिब ९०० खेलाडीहरूले सहभागिता जनाएको बताए । स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै भण्डारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिए  ।    खेलकुद समापन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद देवकोटा, आईएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज गुरुङ लगायत पूर्व जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उनीहरूले विजयी खेलाडी तथा समूहहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । 

काठमाडौं:   विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । गण्डकीले दिएको ५२ रनको विजयी लक्ष्य एपीएफले ८।४ ओभरका तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १९ रन बनाउनुभयो । रोमा थापाले अविजित १४ र ज्योति पाण्डेले ८ रन जोड्नुभयो । बलिङमा गण्डकीकी श्रृष्टि जैसीले तीन विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका श्रृष्टि जैसीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सुमन विष्टले तीन विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । 

काठमाडौं:   अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यँहाका विभिन्न महत्वपुर्ण क्षेत्रहरुमा महत्व पाउँदै गएको छ ।  क्रिकेटको विश्वकै नम्बर ‘वान’ राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट अहिले जारी रहेको छ । यहि क्रममा एडिलेडमा सोमबार भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेट्स बिचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीले प्राप्त गरेका छन् । बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अवसर दिइएको हो । अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुगेका थिए । यस अगाडी एनका अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो । जोशीले भने, ‘नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासको लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको छ ।’

पोखरा:    पोखरा महानगरपालिका वडा नं –१५ ले वडा स्तरीय वृहत खेलकुद महोत्सवको आयोजना गरेको छ । पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको खुल्ला चौरमा आजदेखि खेलकुद महोत्सवको आयोजना गरिएको हो । खेलकुद महोत्सवमा महिला तथा पुरुष भलिबल, पुरुष फुटबल, अन्तर विद्यालय स्तरीय फुटबल, महिला, पुरुष दौड, आमा समूह बिच रस्साकस्सी खेल लगायत फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच बास्केटबल र ह्विलचियर दौड प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद महोत्सवबारे जानकारी दिँदै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि खेलकुदले महत्त्व राख्ने हुँदा खेलकुद महोत्सवको आयोजना गरिएको बताए। उनले वडाले लिएको नीति अनुरूप अब भौतिक पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै त्यसका लागि नागरिकहरू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुन आवश्यक रहेको भन्दै खेलकुदलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिए। बानियाँले खेलकुद महोत्सवमा सहभागिता जनाउने टिम धेरै भएकाले समयमै सम्पन्न गर्नका लागि आज (बुधवार) देखि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । यस्तै, कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद महोत्सवमा वडावासी नागरिकको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई पनि खुसी र थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले खेलकुद महोत्सवमा झन्डै एक हजार जनाले विभिन्न खेल मार्फत सहभागिता जनाउन लागेको दाबी गर्दै प्रतियोगितालाई सफल र विवादरहित बनाउनका लागि आयोजकको तर्फबाट सम्पूर्ण तयारी चुस्त दुरुस्त पारिएको बताए। भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७ टोली, अन्तर विद्यालय स्तरिय ८,  महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १७ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना तथा फरक क्षमता भएकाहरूको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, खेलकुद महोत्सव अन्तर्गत आज पुरुष फुटबलमा ६ खेल र भलिबलमा ५ खेल  खेलाइएको छ। आज भएको प्रतिस्पर्धामा पुरुष फुटबल तर्फ ठुली मजुवाले मिलन शान्ति टोललाई १–० गोल, सानी मजुवाले तल्लो सिमल बोट मार्गलाई ३–० गोल, फलेपाटनले निर्मल टोललाई ३–२ गोल, प्रतिभा मार्गले बेलबटोलाई ४–१ गोल, तल्लो नयाँ गाउँले गण्डकी रिभर साइडलाई २–० गोल र जना जागृतिले अलकापुरलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै भलिबलतर्फ गलेश्वरले दुई आजै खेल खेल्दै नयाँ गाउँ र जनशक्ति टोललाई पराजित गरेको छ भने, अलकापुरले बेलबोट, तल्लो नयाँ गाउँले प्रतिभा मार्ग र लक्ष्मी टोल विकासले ठुली मजुवालाई पराजित गरेको छ । भोलिको खेलमा पनि पुरुष फुटबल तथा पुरुष महिला भलिबल, आमा समूह दौड, रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । खेल पौष ३० गतेसम्म सञ्चालन हुनेछ ।