काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । ...

पोखरा : बगर भाइखलकको आयोजनामा १२ संस्करणको एट– ए साइड अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ ३ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।    पोखराको पुरानो टुँडीखेल मैदानमा हुने प्रतियोगितामा आगामी माघ ३ देखि ८ गतेसम्म आयोजना हुने बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।    ४० देखि ६५ वर्ष सम्मको उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको मुख्य प्रायोजन चौधरी ग्रुपको उत्पादन हिमालयन ब्रुअरीले गर्ने भएको छ । ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्धेश्यका साथ आयोजना हुँदै आएको एट ए साइड फुटबल प्रतियोगितामा विभिन्न क्लवहरुबाट पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिताले पनि थप आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन पूर्व खेलाडीहरुमा रहेको प्रतिभालाई यूवा पिढींका खेलाडीमा हस्तान्तरण गर्नु पनि हो ।”   सातौं सस्करण देखि पूर्व राष्ट्रिय खेलाडी स्व.रञ्जित गुरुङका परिवारले मुख्य प्रायोजन गर्दै आएको उक्त प्रतियोगितामा आगामी पाँच वर्षका लागि राष्ट्रिय उद्योगको रुपमा स्थापित हिमालयन ब्रुअरी जोडिएकोले पनि यसको गरिमा अझै बढ्दै गएको बताउँदै अध्यक्ष गुरुङले यो प्रतियोगिताले समाजको हरेक अङ्गमा छुट्टै सञ्चार प्रवाहित गर्न सफल रहेको दावी गरे । “यो प्रतियोगिताका लागि मात्रै आयोजना गरिएको होइन यसका छुट्टै आयामहरु छन् । स्वदेश देखि विदेश सम्म समेत यसको आकर्षण बढ्दै गएको छ ।” प्रतियोगितामा सह आयोजकको रुपमा बगर भाई खलक युके समेत रहँदै आएको छ ।   बगर भाइखलक एट–ए साइडको ११ औं संस्करणको डिफेन्डिङ च्याम्पियन ललितपुरको टि वर्गर रहेको थियो । संस्थाले हरेक वर्ष एकजना पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान समेत गर्दै आएको छ ।  

पोखरा : पोखरा रंगशालामा आयोजना हुने तेस्रो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघमा हुने भएको छ ।    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ ८ देखि १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।    माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोलीसहित विभिन्न क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्वीकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् ।   पहिलो संस्करणमा पुरषतर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका थिए भने दोस्रो संस्करणमा पुरष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ सशस्त्र प्रहरी बलको नेपाल एफिएफ क्लबले उपाधि जितेका थिए ।  

पोखरा:  फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ ।   पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए ।   उनका अनुसार  पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो ।   ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’   फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए ।    सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु ।’ उनले भने ।   उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’    फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।    सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीहरुले खादा लगाएर विदाई गरिएको थियो ।     

  पोखरा । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो । गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् । 

  पर्वत । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरुको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो ।  तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन ।  विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । “मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्”, पूर्व फुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।” गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ । “२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ”, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन ।”    विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे ।  तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ । “द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन”, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भन्नुभयो ।  तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उहाँको भनाइ छ ।  “राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भन्नुभयो ।  पूर्वधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उहाँका अनुसार रु पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ ।  कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याइ हुँदैन ।”

काठमाडौं : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ ।    मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले  पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो ।     प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवसथापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएकाकारण खेलाडीले अनुमान गरेभन्दा  राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य पदक जितेको हो ।     सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त ग¥यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कास्य पदक हात पारेको थियो ।   बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीकाकारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आँकलन गरेका केही पदक भने गुमाउन परेको थियो ।    तथापी सेनाले सबै  टिमलाई पछि पार्दै आफनो पुरानो च्याम्पियनको छवि र वर्चश्व कायम राख्न  सफल भएको छ । महासेनानी बस्नेत भन्नुहुन्छ, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।”   सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो ।    मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी सावित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हँुदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।   प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवलटेनिस, कबडडी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्डबल र स्क्वासमा प्रतिस्पर्धा ग¥यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।   यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ ।   त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफनो पोल्टामा राख्न सफल भएका हुन् ।

  पोखरा । तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।  च्याम्पियन पृथ्वीचोकले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हेम्जाले २० हजार रुपैयाँको साथमा शिल्डक मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै तेस्रो भएको भीमसेनटोलले १० हजार रुपैयाँ प्राप्त गर्यो।  नेवार समुदायका युवाहरुबीच आपसी भाइचारको सम्बन्ध विकसित गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पृथ्वीचोकका विजय श्रेष्ठ घोषित भए । यस्तै पृथ्वीचोककै अजय श्रेष्ठ उत्कृष्ट एला, कृष्णराज भण्डारी उत्कृष्ट फिक्सो घोषित भए । हेम्जाका चार्लित श्रेष्ठ उत्कृष्ट गोलरक्षक र अंकित श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताको अनुशाशीत टिम मोहोरिया ल्यह्मा पुचः घोषित भयो ।   ल्याम्ह पुच: नेवार समुदायका युवाहरु बिच भाइचारा सम्बन्ध राख्न आयोजना गरिएको प्रतियोगिता शुक्रबारदेखी सुरु भएको थियो । शुक्रबार र शनिबार लिगचरणका खेलहरु भएका थिए । आइतबार सेमिफाइनल तथा फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक रोविन मानन्धरले जानकारी दिए । कोरोना महामाररीका कारण ३ वर्ष प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । २०७४ सालदेखी रनिङशिल्ड सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा कुल १५ टिमको सहभागिता रहेको थियो ।  

पर्वत :  महिला क्रिकेट विकासका निमित्त जिल्ला क्रिकेट संघ पर्वतले खेलाडीहरुलाई आवश्यक क्रिकेट समान र जर्सी वितरण गरेको छ।   पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ पोखरे स्थित सरस्वती माध्यमिक विद्यालयका १४ छात्रा खेलाडीलाई एक कार्यक्रममा विच खेलाडीलाई आवश्यक साम्रगी वितरण गरिएको हो।   जिल्लामा पुरुष खेलाडीहरुको विकास मात्रै नभएर महिला क्रिकेट विकासको लागि गर्रास रुटबाट नै विकास गर्ने हेतुले उक्त   कार्यक्रमको सुरुवात गरेको र आगामी दिनहरुमा अन्य स्थानहरूमा पनि गरिने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्षले जानकारी दिनुभयो। सरस्वती माध्यमिक बिद्यालयलाई पढाईका  साथै खेलकुदमा  पनि अगाडी बढाउने उद्धेश्यका साथ समय अनुकुल मिलाएर र हरेक हप्ता  विद्यार्थीहरुलाई क्रिकेट खेल्न प्रोत्साहन , प्रशिक्षण र समय समयमा विभिन्न प्रतियोगितामा सहभागी गराउने कार्ययोजना रहेको कुरा उक्त बिद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले बताउनु  दिनुभयो। यस्तै कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले महिला क्रिकेट खेल विकासको निमित्त कार्यक्रम अगाडी बढाएको भन्दै जिल्ला क्रिकेट संघ पर्वतलाई धन्यवाद दिदैं गाउँपालिकाको खेल प्रर्वदन गर्न खेलाडी र खेलाडीहरुको विकासको लागि सधै साथ सहयोग दिने उद्घोष गर्नुभयो ।    कार्यक्रमम विद्यालय व्यवस्थापन समिमिका अध्यक्ष बमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्ष रेशमबहादर केसी, मोदी गाउँपालिकाका योजना शाखाका प्रमुख दिने शर्मा पौडेलको उपस्थिति रहेको थियो । 

  पोखरा । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेमिफाइनलसम्म पुग्यो ।  पोखरामा गत असोज २८ देखि यही कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदले टोलीका लागि राम्रो अवसर प्रदान गरेको कप्तान रामजन रावतले बताउनुभयो । “हुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सोच थियो, तर टोली कस्तो बनेको छ भन्ने थाहा थिएन्,” उहाँले भन्नुभयो, “पोखरा आएर खेलेपछि हामी पनि सक्षम छौंँ भन्ने थाहा भयो ।” कर्णालीको पुरुष हक्की टोली जस्तै धेरैले कोरोनापछि खेल्ने मौका पाए ।  व्यवस्थापकीय कमजोरी हुँदाहुँदै राष्ट्रिय खेलकुदमा थुप्रै कीर्तिमान बने । पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारू र शिवराज पार्की, जिम्न्यास्टिकका राजु राई, भारोत्तोलनकी तारादेवी पुन, उसुकी एलिना चौधरी र सुस्मिता तामाङ, स्क्वासका अमृत थापा मगरलगायत खेलाडी चम्किए । नवौँं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो परिणाम दिन सक्ने खेलाडी जन्माएको छ ।  पौडीकी गौरिका सिंह नवौँंमा आफ्ना प्रतिस्पर्धी खेलाडी बढेको बताउनुहुन्छ । पौडीमा नेपाली खेलाडीको रुचि बढिरहेको अवस्थामा प्रतियोगिता आयोजना भएकामा उहाँ खुसी हुनुहुन्छ । यसले पौडीमा धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएको उहाँको भनाइ थियो ।  “डुवाना, एलेक्स, नासिर सबैले राम्रो खेलिरहनुभएको छ,” उहाँले भन्नुभयो, “यसरी नै प्रतियोगिता भइरहेमा एसियाली तथा  ओलम्पिक प्रतियोगितामा पनि पदक जित्न सहज हुन्छ ।”    पोखरामा राष्ट्रिय खेलकुद हुँदा पोखरावासी अन्तरआत्मादेखि नै खुसी भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । “सानातिना कमजोरी जहाँ पनि हुन्छन्,” उहाँले भन्नुभयो, “काम गर्दा नै कमजोरी हुने हो । ठूलै गल्ती केही भएन भन्नुपर्छ । अब कर्णालीमा हुने राष्ट्रिय खेलकुदका लागि यो एउटा सिकाइ हो ।”  गुनासा, चुनौती र सीमितताका बाबजुद राष्ट्रिय खेलकुदले गण्डकी प्रदेशका जनतालाई खुसी बाँड्न सफल भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव तेजबहादुर गुरुङले बताउनुयो ।  विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय टोली बाहेक प्रदेशमध्ये पहिलो पटक हामी पहिलो हुन सफल भएका छौंँ,” उहाँले भन्नुभयो, “गण्डकीले इतिहास बनाएको छ ।” प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्यसहित च्याम्पियन बन्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब ६५ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब ६१ स्वर्ण जित्दै तेस्रो बन्यो । चौथा बनेको घरेलु टोली गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक हात पार्यो ।  प्रतियोगितामा बागमती प्रदेश पाँचौँ, प्रदेश १ छैटौँं, सुदूरपश्चिम सातौँं, एनआरएनए आठौंँ, लुम्बिनी प्रदेश नवौँं, मधेश प्रदेश दशौँं र कर्णाली प्रदेश एघारौँं स्थानमा रहे ।