पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र बागमतीले १ पदक जितेको छ । कास्य पदक तर्फभने एपिएफले ४, आर्मीले ३ र गण्डकीले १ पदक जित्न सफल भएको छ । विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरि नेपाल आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् । साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीलाई एक–एक स्वर्ण आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् । त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् । आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् । त्यस्तै एपिएफकी हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरि १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।
पोखरा । महिला ४ सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् ।
पोखरा । पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् ।
लेखनाथ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो । महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुर पश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन । बिजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् । रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काश्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् । कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् । कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् । स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए । स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सिमित् भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् । कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।
नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन । त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन । कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ । मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् । कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो । प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।
पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।
पोखरा: महिला रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी पुरा गरिन्। गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् । यसैगरि पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् ।