पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  मानिएका जिल्ला भलिबल बागलुङ र स्याङ्जा फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई पराजित गर्दै बागलुङसँग फाइनलमा भेट पक्का गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई २२–२५, २५–२०, २५–२०, १७–२५ र १५–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  यस्तै पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  फाइनलमा जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ भने तृतिय स्थानका लागि जिल्ला भलिबल संघ नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ  । दुवै खेल आइतबार पोखरा रंगशाला भलिबल कोर्टमा हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

काठमाडौं:  काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो । काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।  खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो । सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो ।  कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो ।  प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।  लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ । 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका  जिल्ला भलिबल स्याङ्जा र नवलपुर सेमिफाइनल खेल्ने भएका छन् ।   समूह ‘क’ लिग चरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेपछि समूह ‘क’को उपविजेता बन्दै सेमिफाइनलमा स्याङ्जा र नवलपुरको भेट पक्का भएको हो ।  पोखरा रगंशाला भलिबल कोर्टमा आज (शनिबार) बिहान भएको लिगचरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेको हो । बागलुङले नवलपुरलाई २२–२५, २५–२१,२५–२०, २३–२५ र १५–७ अङ्कले पराजित गरेको थियो ।  गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङ र कास्की र दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरको बिच हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ ।    गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो ।  स्याङ्जाले लिगचरणको  खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए ।  समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।  जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो ।  समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

काठमाडौं:  नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल टी २० लिगको विजेताले ५५ लाख रूपैयाँ प्राप्त गर्ने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित प्रत्रकारसम्मेलनमा पुरस्कार राशी सार्वजनिक भएको हो। यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र पाँच लाख रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच लाख र इमर्जिङ प्लेयरले एक लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच भोलिदेखि सुरु हुने बताएका छन्। ‘पछिल्ला समय धेरै अन्योल भए, नेपाल टी २० लिग स्थगित–रद्द, हुने–नहुने अन्योलका बीच पनि हामीले सुरु गनेर्छौं,’ उनले भने। ‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्म निर्भर बनाउनु पर्छ भनेर गरिएको निर्णय थियो। एसोसिएटले ठूलो चुनौती फेस गर्नुपर्ने रहेछ,’ उनले भने, ‘क्यानको साधारण सभाले आठ वर्षका लागि विदेशी कम्पनीसँग सम्झौता गर्ने भनेर सुरु गरेका छौं। कानुनी जटिलताले न काम न तयारी गर्न सकिएन। मुद्दा दायर छ, लिग हुनुहुँदैन भनेर।’ यद्यपि, विभिन्न बाधा व्यवधानका बाबजुद पनि प्रतियोगिता आयोजना हुने उनले बताए। ‘साथीहरूले यो प्रतियोगिता हुनु हुँदै भनेर मुद्दा हाल्न कसैले बाँकी राखेनन्। क्यानले अदालतमा छिटो टुङ्गो लगाइदिन गर्यौं,’ उनले भने, ‘पलिहो संस्करण हो, तयारी गर्न दिइएन्, अवरोहहरू आए, भने जस्तो तयारी भएन। तर, सबै विदेशी खेलाडी आइरहँदा, हामी तयार भइरहँदा लिग रोक्नु ठीक हो त ? होइन, यसले क्रिकेटलाई समाप्त पार्छ भनेर कानुन सम्मत् अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं।’ सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन आलुवालियाले यहाँसम्म आइपुग्न निकै कठिन यात्रा गर्नुपरेको बताए। ‘हामीले विश्व स्तरीय क्रिकेट आयोजना गर्न, र सोही स्तरका खेलाडी, प्रशिक्षक र टेन्किल टि ल्याउन खोजेका हौं,’ आलुवालियाले भने, ‘नेपालमा सम्भावना छ, भारतीय टिम १९९३ मा जस्तै छ। नेपाल एकदिन विश्वकप जित्न सक्ने टिम छ। तर, त्यसका लागि लगानी र भौतिक संरचना र व्यावसायिकता चाहिन्छ। त्यसैले हामी यहाँ छौं।’ नेपाल टी २० बाट चार पक्ष लाभान्वित हुने आलुवालियाले बताएका थिए। खेलाडी, क्यान, अर्थतन्त्र र बोर्डलाई फाइदा हुने उनको भनाई थियो। प्रतियोगिताको युरो स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने पनि उनले जानकारी दिए। फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रशारण गर्नेछ। प्रतियोगिताको टाइटल स्पोन्सर वान् एक्स ब्याट कम्पनी रहेको उनले बताए। यस्तै, स्पोर्ट्स इन्टिग्रिटी सम्बन्धी कम्पनी स्पोर्ट्स राडारले खेलमा हुन सक्ने मिलोमतो जस्ता कुरामा निगरानी राख्ने आलुवालियाले बताए। यसअघि आज (शुक्रबार)देखि हुने तय भए पनि प्राविधिक कारण देखाउँदै क्यानले एक दिन पछाडि सारेको थियो। बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता पछाडि सरेको र नयाँ निर्देशक चयन भएको बताएका थिए।

पोखराः    पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।  नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित  पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो ।  पृथ्वीनारायण क्याम्पसको आयोजना र  विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते  प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए ।  उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।    ३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए ।  ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’ शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए ।  ‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ ।  आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’ खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए ।  यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ ।    

पोखरा:     उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा सुरु भएको छ ।  पोखरा रंगशालामा आयोजित १५ औं हिसान स्पोर्टस मिटको एक भव्य समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका छन्  । सेम अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पोखरा खेलकुद संस्कृतीको शहरको रुपमा बिकास भएको बताए । उनले भने–“गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको संस्कृतीको शहरको रुपमा स्थापित गर्न सहयोग गरेको छ ।” पोखरालाई खेलकुद राजधानीको शहरको रुपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुराहरु संघिय सरकारलाई अघि बढाएको बताउँदै मुख्यमन्त्री पोखरेलले हिसानले शिक्षाको क्षेत्रमा जसरी बिकास गरेको छ त्यसरीनै खेलकुद विकासका लागि समेत महत्वपूर्ण भूमिका खेलेकोमा हिसान कास्की प्रति आभार व्यक्त गरे ।  सो अवसरमा आफ्ना भनाई राख्दै हिसानका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनितीमा जस्तो हार वा जितको विषय नहुने बताए । उनले खेलकुदले एकताको विकास गर्न अहम भूमिका खेल्ने बताउँदै हिसानले आगामी दिन चाँडै नै राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै स्पोर्टस मिटले खेलकुद मार्फत मित्रता बढाउन कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।  हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए ।  उद्घाटन कार्यक्रममा अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।  बास्केटबल  १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत बिहिबार प्लस टु छात्रतर्फ १३ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरुङले जनाएका छन् । प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा सगरमाथाले रेन्वो ४४–६ को स्कोरले पराजित गरेको छ । यसै गरी हाभर्डले गुरुकुल विद्याश्रमलाई २२–१२, साइनिङस्टारले सबलाइमलाई ११–९ ले, बालोदयले पोखरा मल्टिमोडललाई २७–११ ले, गोरखाले न्यूलाइटलाई १५–१३ ले, बाल क्ल्याणले गुरुकुल विद्यासदनलाई ४१–२४ ले, भाष्करले त्रिवेणीलाई ३७–३४ ले पराजित गरेको छ ।  त्यस्तै सोही स्पर्धा अन्तर्गत जेशिएले वेलननलाई ३६–२ ले, ग्लोबले बेथानीलाई ५०–२० ले, मेरी गोल्डले न्यू मोडललाई २४–७ ले, केएमएले सिर्जनालाई ४१–३२ले, मनकामनाले एलएलाई ६५–१९ ले, मासले डायमण्डलाई ५०–९ ले पराजित गर्न सफल भएका छन् ।  टेबुल टेनिस यसै गरी प्रतियोगिता अन्तर्गत विश्वविद्यालय छात्रा सिंगल्स टेबुल टेनिसमा पोखरा इन्जिनियरिङकी प्रकिती गौतम प्रथम भएकी छन् भने लेकसिटीकी सिमर विक दोश्रो र लाग्राण्डीकी आस्था श्रेष्ठ र सपना बानियाँ तेश्रो भएका छन् ।  विश्वविद्यालयतर्फ भएको डबल्स् छात्रातर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट पहिलो हुँदा दोश्रो लेकसिटी कलेज भएको छ । त्यस्तै लाग्राण्डी र पोखरा इन्जिनियरिङ कलेज तेश्रो भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाएका छन् ।  आजै सम्पन्न विश्वविद्यालय छात्र टेबुल टेनिस सिंगल्सतर्फ सोच कलेजका कविर श्रेष्ठ पहिलो हुँदा लिंकनका अमिष ढकाल दोश्रो भएका छन् । त्यस्तै पिसिएमका शिसिर बास्तोला र इम्फरमेटिक्सका प्रताप खड्का तेश्रो भएका छन् ।  त्यसै गरी छात्र डबल्सतर्फ लिंकन कलेज पहिलो, सोच कलेजले दोश्रो भए भने पोखरा इन्जिनियरिङ्ग कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।  भलिबल १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा भलिबलतर्फ १६ वटा खेलहरु सम्पन्न भएको संयोजक किरण सापकोटाले जनाएका छन् । प्रतियोगिता अन्तर्गत छात्रतर्फ पोखरा यूनाइटेडले लिटिलस्टेपलाई, बाल प्रभातले केएमएलाई, स्पाइर ग्यालेक्सीले ग्लोबललाई, केफले अक्सफोर्डलाई, हिल पोइन्टले त्रिवेणीलाई, वेष्ट पोइन्टले वेलननलाई, टप्सले बालोदयलाई, मासले पोखर मल्टिमोडललाई, प्रतिभाले भाष्करलाई पराजित गर्न सफल रहे । त्यस्तै प्लस टु छात्रा भलिबलमा केएमएले प्रतिभालाई, पश्चिमाञ्चलले जेसिएलाई, केफले सिर्जनालाई, मदर ल्याण्डले शाइनिङ स्टारलाई, हिल पोइन्टलो मल्टिमोडललाई, केएमएले टप्सलाई, डायमण्डले न्यू ग्यालेक्सीलाई जितेको संयोजक सापकोटाले जानकारी दिए ।  ब्याडमिन्टन स्पोर्टस मिट अन्तर्गत नै बिहिबारबाट प्लस टु छात्र–छात्रा सिंगल्स र डबल्सका ब्याडमिन्टनका पहिलो चरणका स्पर्धा सुरु भएको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जनाए । आज सिंगल्स र डबल्सतर्फ गरी कूल ६९ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबारबाट विश्वविद्यालयतर्फका पहिलो चरणका खेलहरु हुने र प्लस टुतर्फ प्रि क्वाटरका खेलहरु सुरु हुने उनले जनाए ।  हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा  विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।  

काठमाडौं:  बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशलाई स्तब्ध पार्दै नेपाल जितको लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोली धिरोज कुमार बस्नेतको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग धिरोजसँगै हेमन्त मल्ल, रवि केसी, सफल विक र रुप बहादुर गुरौ लगायतको साथ रहेको छ । आज नै ६ः१५ बजे किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।