पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

काठमाडौं:   सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो । 

काठमाडौं:  महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ । गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् । दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।

काठमाडौं:  पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्ने निर्णय लिएको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्विट्जरल्यान्ड विरुद्ध जित हासिल गरेपनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।   यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने जानकारी दिएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए ।   ‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले भनेका थिए ।

पोखराः   ‘१७ औं प्याब्सन स्पोर्टस मिट’को उपाधि टप्स माविले जितेको छ ।   निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित  प्याब्सन स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । यो सहित प्याब्सन स्पोर्टस मिटमा लगातार ६ पटक च्याम्पियन हुँदै दोश्रो पटक ट्रफी माथि कब्जा जमाएको छ ।  फुटबल  गत मंसिर २० गते देखि सञ्चालन भएको १७ औं प्याब्सन स्पोर्टस मिटमा सम्पन्न मावि सिनियर फुटबलको उपाधि भने स्नो भ्यूले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा स्नो भ्यूले शान्तीदिप माविलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई उपाधि दिलाउन ६३ औं मिनेटमा दृष्य पुनले एक मात्र गोल गरे । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए ।   मावि सिनियरतर्फको फुटबलमा मेरी गोल्ड मावि तेश्रो भएको छ । मेरी गोल्डले बालोदयलाई २–१ गोलले पराजित गर्दै तेश्रो भएको हो । मेरी गोल्डका लागि मिलन फगामी र गणेश भट्टचनले गोल गरे भने एक गोल नारायण गिरीले बालोदयका लागि फर्काए ।  त्यस्तै जुनियरतर्फ फुटबलको च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्वो एकेडेमीका विच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १–१ गोल गरे पछि खेलको नतिजा टाइ व्रेकरमा पुगेको थियो । निर्धारित इडेनका लागि सुभाष गुरुङ र रेन्वोका लागि अनुप पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा ३–२ ले पराजित गर्दै इडेन च्याम्पियन बनेको प्याब्सन कास्कीले जनाएको छ ।  यसै गरी जुनियर तर्फ बेसलाईनले कुमुदिनीलाई १–० गोलले पराजित गर्दै तेश्रो स्थान हात पार्न सफल भयो । उक्त खेलमा बेसलाइनका लागि खालिद मियाँले गोल गरेका थिए । जुनियरतर्फ फुटबलमा इडेनका सुभाष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।  भलिबल छात्र  प्याब्सन स्पोर्टस मिटमा बुधबार सम्पन्न छात्र माविको फाइनल खेलमा सिर्जना माविले न्यू मोडललाई २५–१८, २५–११, २३–२५ र २५–२२ ले खेल जित्दै उपाधि जितेको छ ।  त्यसै गरी कक्षा ११–१२ (प्लस टु) छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ । गुरुकुलले सिर्जनालाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।  मवि छात्रतर्फ न्यू मोडलका सुशान्त सिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।  एथलेटिक्स स्पोर्टस मिट अन्तर्गत सम्पन्न भएको एथलेटिक्स मावि छात्रतर्फ टप्स मावि च्याम्पियन हुँदा बेथानी दोश्रो र लिटिल स्टेप मावि तेश्रो भएको छ । त्यसै गरी मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोश्रो र प्रगती मावि तेश्रो भएको छ ।  एथलेटिक्स प्लस टुतर्फ प्रतिभा मावि प्रथम, स्नो भ्यू द्वितिय र सिर्जना मावि तृतिय भएका छन् ।  एथलेटिक्स छात्रतर्फ टप्सका ओमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बन्न सफल भइन् ।  बुधबार पोखरा रंगशालामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सम्पन्न भएका छन् । मावि छात्रतर्फ १५०० मिटर दौडमा टप्सका ओमित गुरुङ पहिलो, लिटिल स्टेपका मिलन नेपाली दोश्रो र ढुङ्गे साँघु माविका सुमन गुरुङ तेश्रो भए । एथलेटिक्स ४०० मिटरतर्फ बेथानीका सुरज गुरुङ पहिलो, सिर्जनाका आयूष खड्का दोश्रो र विएमजीका स्वपनिल कार्की तेश्रो हुन सफल भए ।  मावि छात्रातर्फ ४०० मिटर दौडमा टप्सकी सविना खातुन मियाँ पहिलो, प्रगतीकी पृया सेवा दोश्रो र सगरमाथाकी अनुष्का अधिकारी तेश्रो भइन् ।  रिले १०० मिटर छात्रतर्फ टप्स मावि पहिलो, शान्तिदिप मावि दोश्रो र नेशनल इन्भेन्टिभ तेश्रो भएका छन् भने छात्रतर्फ टप्स, फिसटेल र सोसल पव्लिक बmमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।  विजयी खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, केन्द्रिय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रिय उपाध्यक्ष द्वय बिर बहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।  प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा बोल्दै राष्ट्रिय अध्यक्ष ढुङ्गानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजि विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै दक्ष जनशक्ती उत्पादन संगै सामुदायिक विद्यालयहरुको विकासमा समेत प्रेरणादायी भूमिका खेलेको दावी गरे ।  अध्यक्ष ढुङ्गानाले शिक्षा संगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्व विद्यालयको स्थापनका लागि समेत प्याव्सनको तर्फबाट  सुझावहरु पेश गरिएको बताउँदै खेलकुद मार्फत समेत राष्ट्रिय पहिचान र व्यवसायिक खेलाडी उत्पादनमा समेत भूमिका रहेको बताए ।  सो अवसरमा १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने र प्याब्सन कास्कीका सचिव पूष्पराज पराजुलीले स्पोर्टस मिट सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।  ७ औं प्याब्सन अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता रहेको थियो ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो  । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च भएको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको १७ औं प्याब्सन स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्याले जानकारी दिए ।  

काठमाडौं:   नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ। तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

पोखरा: पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै  भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् ।  भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ ।   

पोखरा:    फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका हुन्  । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ । गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् । यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

पोखराः  साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो । साविक विजेता फ्रान्सले यस जितसँगै उपाधि रक्षाका लागि फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ । खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लिएको थियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो । दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता कायम राख्यो । खेलाडी परिवर्तन गर्दै फ्रान्सले अग्रता दोब्बर पारेपछि मोरक्को खेलमा फर्कने सम्भावना पातलिएको थियो । अन्त्यसम्म पनि मोरक्कोले आक्रमणमा अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो । खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए । १७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गरे । फ्रान्सले अब उपाधि रक्षाको लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ । एजेन्सीको सहयोगमा

 ​हेम्जा:  माछापुछ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि  माछापुछ्रे –४,लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयले जितेको छ  ।   पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यता ४ स्वर्ण ३ रजत र ३ कास्या प्राप्त गरि   माछापुछ्रे मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ  । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।