पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

पोखरा :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ ।   लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको  खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो । एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।  

कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए ।    उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए ।   उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।   उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए । ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’   भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन । तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ ।’      स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन् ।

पोखरा : आयोजक गण्डकी प्रदेश पुरुष ह्याण्डबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।     पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष ह्याण्डबलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।   अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश स्वर्ण पदक विजेता समेत हो ।

  पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत  ह्याण्डबलमा प्रतियोगितामा गण्डकी प्रदेशका महिला र पुरष टोलीले अन्तिम चारमा स्थामा बनाएको छ ।     पुरषतर्फ गण्डकीसँगै , लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएका छन् ।   समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।   पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७र२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो ।   यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ ।   सेमीफाइनलमा गण्डकीले लुम्बिनी र एपिएफले आर्मीको सामना गर्नेछ ।   महिला ह्याण्डबलतर्फ एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम चारमा   समूह ए बाट विभागीय एपीएफले समूह विजेताको स्थान बनाएको छ । एपिएफ समुह विजेता बन्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।   पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ ।   सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो । सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ । त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ ।

लुम्बिनी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो ।    मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुुग्नेछ । खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् ।    सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहनुभएका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताउनुभयो ।    ओलम्पिक टर्च ¥यालीका संयोजक मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ पुु¥याएर ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।    खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती तथा लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा ओढाएर स्वागतसहित सफलताको शुभकामना दिनुभएको थियो । नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन् ।

पोखरा : गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ ।   पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।   एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको दशौं मिनेटमा गरे ।  

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ ।    गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।   गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।   गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाईन् ।   त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।   अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।   यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो ।   ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।  

पोखरा :  ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुुरु हुँदैछ ।   राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ ।   हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।   प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन् । विसं २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो ।      प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन् ।   खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताउनुभयो ।   उद्घाटनमा झल्किने छ सात प्रदेशको संस्कृति   राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रङ्गशालामा दुई सातादेखि तयारी भइरहेको छ । रङ्गशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ । शुक्रबार साँझ ४ः०० बजे प्रतियोगिता विधिवत उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिङ्गारिएको छ । ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ ।   उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।   प्रदेश नं १ को राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।   राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले उद्घाटन समारोहलाई भव्य बनाएर राम्रो सन्देश देशभर दिने गरी उद्घाटन समारोहको तयारी गरिएको बताउनुभयो ।   नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विधिधता र त्यसभित्रको जातिय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरु प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ, सिङ्गो देश खेलकुदमय हुनेछ ।”   पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ । सेनाका तीन सय जनाले मार्चपास गर्नेछन् । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम हुनेछ । त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गर्नेछ । नेपाली सेनाका १८ जना महिलाको टोलीले सात प्रदेश, विभाग र खेल सङ्घको झण्डा बोकेर रङ्गशालामा मार्चपास गर्नेछन् ।   संस्कृतिको अनुपम नमूना गण्डकी प्रदेशको विभिन्न जाति, जनजाति र समुदायकोे संस्कार र संस्कृति झल्कने १२ वटा झाँकी प्रस्तुत हुनेछ । गण्डकी प्रदेशको चर्चित मगर समुदायको कौडा, गुरुङको घाँटु, हिमाली भोटेको याक लगायतका नृत्य प्रस्तुत प्रदर्शन हुनेछ ।   पोखरा रङ्गशालाको खेल मैदान ढाकिने गरी चार सय विद्यार्थीले खेलकुदसँग सम्बन्धित र अन्य यहाँको मौलिक गीतमा नृत्य गर्नेछन् । नृत्यका लागि चार सय जनाका दरले तीन वटा समूह बनाइएको छ । तीनवटै समुहले फरक फरक गीतमा नृत्य प्रस्तुत गर्नेछन् ।   “गण्डकी प्रदेश लोकसंस्कृतिको खानी भएकाले यहाँका जातजातिको विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । साथै देशका सातै प्रदेशका संस्कार र संस्कृति अनुसारका झाँकी हुनेछन् । जसले खेलकुदका माध्यमबाट देशलाई एकतावद्ध बनाउने छ ।” समारोह उपसमितिका संयोजक कुँबरले भन्नुभयो ।       चर्चित लोक गायक शिव परियार, कुन्ति मोक्तान, रचना रिमाल सहितको छ जनाको टोलीले पूरै रङ्गशाला गुञ्जने गरी स्टेजबाट गीत प्रस्तुत गर्नेछन् । सो गीतमा व्यावसायिक नृत्य गर्ने ४० जना कलाकारको समूहले मैदानमा नृत्य प्रस्तुत गर्नेछन् ।       समारोहलाई भव्य र उल्लासमय बनाउन उद्घाटन समारोहको अन्तिममा आतसवाजीको तयारी गरिएको छ । भारतको लखनउबाट आएको आतबाजीको समूहले केहीदिनदेखी नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको छ ।   सातवटा प्रदेशलाई समेट्ने गरी पूर्वदेखि पश्चिमसम्मको संस्कृति देखाउने नृत्य र झाँकीले राष्ट्रिय भाव दर्शाउने समारोहको झाँकी तथा नृत्य उपसमितिका संयोजक  नन्दा बस्यालले बताउनुभयो । त्यससँगै गण्डकीका विभिन्न समुदायको संस्कृतिले प्रदेशसवासीलाई राष्ट्रिय खेलकुदको अपनत्व हुने उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, “छोटो समयमा समारोहका लागि तयारी गरेका छौँ । सांस्कृतिक, झाँकी राम्रो हुन्छ । अग्रज कलाकारसँग सहकार्य गरेर समारोहलाई रङ्गीचङ्गी बनाउने र खेलकुदका माध्यमबाट राम्रो सन्देश दिने गरी लागि परेका छौँ ।” प्रतियोगिताको समारोहको तयारीका लागि मात्र रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।   तयार छन् खेलस्थल ​ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका छन् । अधिकाँस खेलहरु शुक्रबारदेखी सुरु हुँदैछन् । विशेषगरी पूर्वाधार अभाव र समयलाई मध्यनजर गरी कतिपय खेल अघि सारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौँमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौँमै हुनेछ । बाँकी खेलहरु अधिकाँस पोखरा रङ्गशालामा हुनेछन । पोखरामा २७ खेलहरु हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरु गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी छ जिल्लामा हुँदैछ ।      प्रतियोगिताका लागि सबै खेलस्थलहरु तयारी अवस्थामा रहेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । केही खेलका सामान्य मर्मत र सरसफाईका काम बाँकी रहेको गुनासो आएको छ ।   खेल सञ्चालन अघि खेलस्थलमा सबै काम सकिने गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“तोकिएका सबै खेलस्थलहरुको मर्मत तथा स्तरोन्नतिको काम सकिएको छ । प्रतियोगिता सञ्चालनका लागि अब कुनै समस्या छैन ।”   राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएकामा  पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको बताइन्छ ।    राष्ट्रिय खेलकुदकमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली(एनआरएनए)को गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता बनाएको छ ।   स्थानीय सरकारको साथ   राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी संघीय सरकारको हो । स्थानीय आयोजकका रुपमा गण्डकी प्रदेश सरकारले काम गरेको छ । प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ । यसैगरी महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको हो । महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकाहरुमा स्वागतद्धार र प्रचार सामग्री राखेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नो तर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“पोखरा खेलकुदमय छ भन्ने बनाउन विद्युतिय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट प्रचार प्रसार गरेका छौँै ।”   महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आग्रह गरिएको जनाएको छ । “राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सानो भएपनि योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा नीजि क्षेत्रसँग आह्वान गरेका छौँ ।” आचार्यले भन्नुभयो ।   महानगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता महानगरका खेलाडीहरुलाई व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश ः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गर्ने घोषणा गरेको छ ।    यसैगरी टिम खेलतर्फ पदक विजेतालाई नगद रु पाँच÷पाँच हजार दरले पुरस्कार दिइने महानगरले जनाएको छ ।   राष्ट्रिय खेलकुदको चार दशक   नेपालमा विसं २०३८ देखी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भएपनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन ।   राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखी असोज ४ सम्म राजधानी काठमाडौँमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो।    विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संकरण विरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौँमा पाँचौँ संस्करण भयो । विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादले गर्नुभएको थियो ।      सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।    

पोखरा  :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।     खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ ।    यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।    अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८-१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश-१ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ ।    महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् ।