पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखराः     पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो । ४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए । प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५र५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् । पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

पोखराः    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट अनौपचारिक रुपमा बुधबारबाट सुरु भएको छ ।  स्पोर्टस मिट अन्तर्गत पोखरा रंगशालामा आजबाट छात्र–छात्र भलिबल र बास्केटबलका खेलहरु सुरु भएको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका हुन् । प्रतियोगिता अन्तर्गत छात्र भलिबल प्लस टु लेभलतर्फ तर्फ पहिलो दिन ९ र छात्रातर्फ ८ खेल सम्पन्न भएको भलिबल खेलका संयोजक किरण सापकोटाले जनाएका छन् ।  प्लस टु छात्र भलिबलमा ग्लोबलले साइनिङ स्टारलाई, सबलाइमले न्यू लाइटलाई, सिर्जनाले पोखरा आदर्शलाई, सगरमाथाले जुनियर सिटिजन एकेडेमीलाई, डायमण्डले शिसुनिकेतनलाई सोझो २–० सेटमा पराजित गरेका छन् । त्यसै गरी हाभर्डले पिकेजीलाई, भाष्करले रत्नज्योतीलाई पश्चिमाञ्चलले मदरल्याण्डलाई, न्यू मोडलले गुरुकुललाई यूनिभर्सले लिटिल फ्लावरलाई पराजित गर्न सफल भएको संयोजक सापकोटाले जानकारी दिए ।  यसै गरी प्लस टु छात्रातर्फ माउन्ट अन्नपूर्णले यूनिभर्सलाई, रत्नज्योतीले लिटिल स्टेपलाई, त्रिवेणीले बालोदयलाई, डायमण्डले पोखरा आदर्शलाई पराजित गरेका छन् ।  प्रतियोगिता अन्तर्गतनै बुधबार पहिलो दिन प्लस टु छात्रा बास्केटबलका पहिलो चरणका ८ खेलहरु सम्पन्न भएको बास्केटबल प्रतियोगिता संयोजक खिम गुरुङले बताएका छन् । प्रतियोगिता अन्तर्गत केफले वेलननलाई ४०–० ले, पोखरा आदर्शले त्रिवेणीलाई २२–० ले, न्यू ग्यालेक्सीले मनकामनालाई १८–७ ले, ग्लोबलले सगरमाथालाई १८–४ ले, भाष्करले डायमण्डलाई ३५–२ ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई २८–४ ले, मेरी गोल्डले कास्की मोर्डनाइज्डलाई २२–१८ ले र जेसिएले सवलाइमलाई १४–८ को स्कोरले पराजित गरेका छन् ।  शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजना गरिएको हिसान कास्कीले जनाएको छ । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । १५ औं हिसान स्पोर्टस मिटको पुष ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।   उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा  विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

पोखराः   गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को पहिलो खेल स्याङजाले  र गोरखाको सामना गर्ने भएको छ ।  आज (बुधबार)बाट पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको चार खेल सञ्चालन हुनेछ ।   लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल  बागलुङ र पर्वतबीच  दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् ।   प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय  बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।     

पोखराः   २२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि भएको छ । सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र, नेपाल प्रहरी फुटबल क्लब,  संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् । गत वर्षको विजेता एपिएफ र उपविजेता मनाङ मस्याङ््दी क्लब हुन् ।  प्रतियोगितामा विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने छ । प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।   

विश्वकपको उपाधि चुम्न अर्जेन्टिना बाधक बनेपछि कुनै प्रतिक्रिया नजनाएका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेले अन्ततः मौनता तोडेका छन् ।    एमबाप्पेले ट्वीट्मार्फत् ‘वी विल बी ब्याक’ अर्थात् हामी फेरि आउनेछौं भनेका छन् । उनको भनाई अनुसार फ्रेञ्च टोली आगामी विश्वकपकालागि पुनः तयार हुनेछ ।      एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपनि टाइब्रेकरमा देशलाई जिताउन सकेनन् । विश्वकपको फाइनल इतिहासमा सन् १९६६ मा बेलायती खेलाडी जिओफ हस्र्टपछि एमबाप्पेले ह्याट्रिक गरेका हुन् ।      अर्जेन्टिनासँग निर्धारित र थप समयमा ३–३ बराबरीपछि टाइब्रेकरमा ४–२ को गोल अन्तरले फ्रान्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । 

काठमाडौं:  फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए । एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

पोखराः    दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् । टुर दि पोखराको तयारी पुरा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ ।  दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो ।  बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ ।  साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् ।  यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।     

पोखराः    गण्डकी प्रदेश भलिबल संघले पोखरामा आयोजना गर्नै प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  पुष ६ देखि १० गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकीका १० जिल्लाको सहभागिता हुने संघका महासचिव टहलसिंह थापा मगरले बताए ।  ‘पुष २४ देखि काठमाडौंमा एनभिए कप र माघ ८ देखि पोखरामा टाइगर कपलाई मध्यनजर गर्दै गण्डकी प्रदेशका जिल्लाबाट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरेका हौं, महासचिव थापामगरले भने, ‘पत्राचार ११ जिल्लालाई नै गरेका हौं, मनाङबाट उपस्थित नहुने खवर पाएका छौं मनाङ बाहेक १० जिल्लाको सहभागिता रहन्छ ।’  उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।  प्रतियोगिता सञ्चालन गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय  बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।  उनले प्रतियोगिताबाट संकलित रकमले खेलाडीहरुलाई लक्षितगरि महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको बताएका थिए ।   

काठमाडौं:  फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’ मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।