पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए ।   सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।   महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् ।   महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । सोही तौल समूहमा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई हराएकी छन् ।   ५६ केजी समूहमा बागमतीकी शशिकला राईलाई रोकेर सशस्त्र प्रहरीकी विद्या गुरुङ क्वाटर फाइनलमा गएकी छन् । ६० केजी समूहमा नेपाल प्रहरीकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा आफ्रे अघिल्लो चरणमा पुगेका छन् । उनीहरुले क्रमशः बागमतीकी अम्बिका तामाङ र लुम्बिनीकी आयशा शाहीलाई पराजित गरेका हुन् । ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावत प्रमिला विकलाई रोकेर अघिल्लो चरणमा गएकी छन् । मनिषा सशस्त्र र प्रमिला प्रदेश १ का खेलाडी हुन् ।   सोमबार बिहान सान्सौमा पुरुषतर्फ १६ खेल भएका छन् । ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र नेपाली सेनाका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् ।   ५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् ।   पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रष्ेठ विजयी भएका छन् ।   सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् ।   थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।

  पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।   पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोश्रो हाफ भने वागमतीको पक्षमा रहेन ।   खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । त्यसको एक मिनेट पछि अर्थात ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।

  पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए । पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरेका थिए । यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन् ।   

  दमौली  । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए ।        राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा विद्यालय प्राङ्गणमा दुई वटा कोर्ट निर्माण भएका छन् । उक्त बास्केटबल कोर्टमा दमौलीकै खेलाडीले खेल खेल्ने अवसर पाएका छन् भने केहीले प्रशिक्षण लिने अवसर पाएका छन् ।       निर्मलमा बनेको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्टका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँले गर्ने अवसर प्राप्त गरेको छ ।      यसअघि महिला बास्केटबल पनि पोखरामै गर्ने तयारी भइसकेको थियो । तर, अनेकौ प्रयासका बीच महिला बास्केटबल यहाँ सञ्चालन भएको छ । “विद्यालयमा बनेको कोर्टका कारण राष्ट्रकै गौरवका रुपमा रहेको नवौँ खेलकुदको एउटा खेल तनहुँले सञ्चालन गर्न पाउनु गौरवको कुरा हो”, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भन्नुभयो, “यसले समग्र तनहुँको इज्जत बढाएको छ, साथै विद्यालयको पनि नाम बढेको छ ।”      देशभरका बास्केटबल खेलाडी तनहुँमा आएर खेल खेल्दा तनहुँको नाम विश्वमाझ परिचित हुन सक्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो । “निर्मलमा बनेको बास्केटबल कोर्ट तनहुँकै गहनाका रुपमा लिनुपर्छ, यसैका कारण आज देशभरका महिला खेलाडी तनहुँ आउने अवसर जुरेको छ, यसले गर्दा यहाँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।”      राष्ट्रिय खेलकुद परिषद्को रु ४० लाख लगानीमा दुई वटा मापदण्डअनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।       “पूर्वाधार नभएका कारण जिल्लामा अन्य खेल खेलाउनसक्ने स्थिति थिएन, यहाँको बास्केटबल कोर्ट मापदण्डअनुसारको थियो । तर, केही पूर्वाधार अभावका कारण खेल नहुने हो कि भन्ने चिन्ता थियो”, पाण्डेले भन्नुभयो, “स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार बनाउन सहयोग पुगेपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने अवसर पायौँ ।”      राष्ट्रिय खेलकुद परिषद्को टोलीले जिल्लामा विभिन्न पूर्वाधारको अनुगमन गरेको थियो । उक्त टोलीले निर्मलस्थित बास्केटबल कोर्टको निरीक्षण गरेको थियो । अन्य खेल जिल्लामा नहुने भएपछि महिला बास्केटबल खेलाउन सकिने निष्कर्ष निकालिएको थियो । परिषद्का सदस्य राजेश गुरुङले महिला बास्केटबल कोर्ट निरीक्षणका क्रममा भन्नुभएको थियो,“कोर्ट वरपरको मैदान सम्याउनका लागि व्यास नगरपालिकाले बजेट सहयोग गरोस्, खेल सञ्चालन हुन्छ ।”      परिषद् र जिल्ला खेलकुद विकास समितिको आग्रहबमोजिम व्यास नगरपालिकाले कोर्टको वरपरको जमिन सम्याउन रु सात लाख बजेट सहयोग गरेको छ । सोहीबमोजिम कोर्टको नजिक रहेको जमिन ढलान गरी सम्याइएको छ ।       खेलमा सहभागी हुन आएका खेलाडी तथा प्रशिक्षकलाई जिल्लाका महत्वपूर्ण धार्मिकस्थल भ्रमणको व्यवस्था मिलाइएको छ । दमौली नजिक रहेका व्यासगुफा, छाब्दीवाराही मन्दिर, मानुङकोट भ्रमणको व्यवस्था मिलाइएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । “नवौँ राष्ट्रिय खेलकुदले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याएको छ”, पाण्डेले भन्नुभयो ।       लुम्बिनी प्रदेशबाट अफिसियलको रुपमा आएका दाङका बिपिन केसीले गण्डकी प्रदेशको एउटा सानो जिल्लामा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्ट बन्नु पनि निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । खेलकुदको सामान्य पूर्वाधानर निर्माण हुदा पनि जिल्लालाइ राष्ट्रियस्तरमा खेलकुदमा चिनाउन र खेलक्षेत्रको गतिबिधी बढाउन सकिने उहाँले बताउनुभयो ।      बागमती प्रदेशबाट सहभागी खेलाडी अनुषा मल्लले आफ्नै जन्म ठाउँमा आएर खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । “म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएको छु, अहिले पनि तनहुँमा मेरा आफन्तहरु हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ ।”     अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ नर्वौँ खेलकुदको एउटा खेल तनहुँमा हुनु गौरवको कुरा रहेको बताउनुभयो ।       बास्केटबल खेलाडी एवं प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले तनहुँको नाम देशभर चिनिन सहयोग पुगेको बताउनुभयो । श्रेष्ठले यहाँ रहेको कोर्टमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ ।

  पोखरा । एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते । १०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पार गर्दै हात पारिन् । एपीएफकी भगिरथी कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । ३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । काँस्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।

  पोखरा । भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन नेपाल पुलिसले ३ र नेपाल आर्मी १ स्वर्ण जित्न सफल भए । नेपाल पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । आइतबार राति पुरुष ६१ केजी तौल समूहमा भएको स्पर्धाम स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे । प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव काँस्यमा सीमित भए । महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितेका थिए ।  

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।   सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।     भलिबलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपिएफले २५-१५, २५-१८, २५-१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो ।   प्रतियोगितामा वुमन अफ द म्याच एपिएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । दिउँसो १ बजे आर्मी र पुलिस, ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।   सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ । 

  पोखरा:  बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ ।  पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए । पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्वलका प्रेम चौधरीले ५ नम्बर ल्याए ।  बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए । 

  पोखरा । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।  सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए ।  निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।  दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।  पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए । उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।