पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

काठमाडौंः   गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए । तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो ।   पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे । दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३(० गोलले पराजित गरेको थियो । मेस्सीका लागि सन् २०१४ मा ब्राजिलको प्रतिष्ठित मराकाना रंगशालामा जर्मनीसँग फाइनलमा भोगेको निराशाको भर्पाई गर्ने अवसर आएको छ ।

पोखराः    १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।  निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् । केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् ।     भलिबल प्लस टु तर्फ सेमीफाइनलको समिकरण पुरा प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रा तर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गर्न सफल भएको भलिबलका संयोजक नबिन बरालले जनाएका छन् । त्यसै गरी तेश्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमने सामने हुनेछन् । यस अघि प्रतिभाले करुणानिधिलाई र प्रतिभाले गुरुकुललाई समान २–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।  यता मावितह छात्रा भलिबलको भने क्वाटरफाइनलको समिकरण पुरा भएको छ । आजको खेलमा रेन्वोले डायमण्डलाई २–१ ले, नेपाल आदर्शले स्टेपबाईस्टेपलाई २–१ ले, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् ।  त्यसै गरी मावि छात्रतर्फको सेमीफाइनलमा निलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् । आजको खेलमा निलगिरीले नेशनल इन्भेन्टिभलाइ २–०, सृजनाले विद्या निकेतनलाई २–० ले, न्यू मोडलले ताराकुञ्जलाई २–१ ले र धवलागिरीले ढुङ्गेसांघुलाई २–० को सोझो सेटमा पराजित गरेका थिए ।  बास्केबलको फाइनल खेल बुधबार हुने  बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् । यस अघि प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् । तेश्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् ।  इता छात्रतर्फ प्रतिभा र पारामाउण्ट फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । यस अघि प्रतिभालो बाल कल्याणलाई ३८–२० र पारामाउण्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा शुरक्षित गरे । बास्केटबल छात्र–छात्रा दुवैतर्फको तेश्रो स्थान र फाइनल खेल बुधबार हुने संयोजक गुरुङले जानकारी दिए ।  एथलेटिक्स खेल जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सका खेलहरु जारी रहेको संयोजक राम गुरुङले बताए । एथलेटिक्स प्लस टु छात्रातर्फ २०० मिटर दौडमा बाल कल्याणकी शुदिक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितिय र टप्सकी सम्झाना नेपाली तृतिय भएकी छन् ।  मावि छात्रा शटपुट तर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्वोकी सृष्टि अर्मजा द्वितिय र फिसटेलकी कृष्टिना गुरुङ तृतिय भएका छन् । यस्तै हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मिया प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितिय, स्नो भ्यूकी रिता रसाइली तृतिय भएका छन् । लङ्गजम्पतर्फ शान्ती निकुञ्जकी दिपशिखा रानामगर प्रथम हुँदा, बेसलाइनकी स्वस्तिका मल्ल द्वितिय र शिसुकल्याणकी तेजश्वी गुरुङ तृतिय बन्न सफल भइन् । प्लस टु छात्रतर्फ ८०० मिटर दौडमा केफका बिबेक परियार पहिलो, स्नो भ्यूका शुसन घिमिरे दोश्रो र सृजनाका हेमन्त गुरुङ तेश्रो भएका छन् । छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिल बहादुर पुन दोश्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे ।  टेबुल टेनिसका खेल सुरु  प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् । प्रतियोगिता अन्तर्गत आज सम्पन्न डवल्स छात्रातर्फ सिर्जनाले टप्स विरुद्ध तथा ग्लोवलले केफ संग सेमीफाइनलमा भिड्नेछन् । त्यस्तै छात्रतर्फ रेन्वोले ग्लोबल संग र नेशनल इन्भेन्टिभले सिर्जना संग सेमीफाइनलमा भेट पक्का गरेका छन् । सिंगल्सतर्फ भने पहिलो राउण्डका खेलहरु जारी रहेको प्याब्सन कास्कीले जनाएको छ । सेमीफाइनल र फाइनलका खेलहरु पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार सम्पन्न हुनेछन् ।  फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल खेल सम्पन्न पोखराका विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समिकरण पुरा भएको प्रचार प्रसार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । आज जुनियरतर्फको खेल परिणामा भने रोचक बनेको छ । शान्तीदिप खेल मैदानमा भएको खेलमा दुई विद्यालयहरु खेलाडीको कारण प्रोटेष्ट लाग्दा खेलनै गुमाउन पुगेका छन् । प्रतियोगिताको न्यायिक समितिले छानविन पश्चात मेट्रोपोलिटान र भ्यू पोइन्टलाई कार्वाही गरेको छ । खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो । तर दुवै टिम विरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरी रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।  त्यसै गरी सिनियर छात्रतर्फको खेल समेत क्वाटरफाइनलका समिकरण पुरा भएको छन् । अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदय सङ्ग र शान्ती दिपले मेरी गोल्ड संङ्ग भेट पक्का गरे । यस अघि स्नो भ्यूले बालविद्यालाई ३–१ गोल र बालोदयले शिसु कल्याल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ  । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।   

पोखरा:   स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुछ्रे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न भएको छ ।  सोमबार  भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि  मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय  शारदा मा.वि कि सलिना सुनार साथै छात्र तर्फ  प्रथम अमृत भौजाकोटी, द्धितिय माछापुछ्रेमा.वि का निरान परियार ,तृतिय सुकलागण्डकीका अभिषेक नेपालीले जित हात पारेका छन् ।  ३००० मि. दौड छात्र तर्फ  प्रथम शुकलागण्डकीका  मनविर कार्की ,द्धितिय गौरीशंकर मनिलालका  देव बहादुर क्षेत्री , तृतिय महेन्द्र मा.वि का रोहित सुनार भएका छन् । छात्रा तर्फ  प्रथम गौरीशंकर मनिलाल मा.वि कि विन्दु वि.क ,द्धितिय माछापुछ्रे मा.वि कि शुष्मा कुँवर ,तृतिय उदय मा.वि की गंगा कुमाईले जित्न सफल भए । लङजम्पको फाईनलमा छात्र तर्फ  प्रथम माछापुछ्रेमा.विका रोजित वि.क ,द्धितिय महेन्द्र मा.विका  अरुण परियार ,तृतियमा ज्ञानज्योती इ.बो.स्कुलका एमरण थापा भएका छन् । छात्रा तर्फ पृथ्वीनारयण मा.वि की बिनिता वि.क , द्धितिय महेन्द्र मा.कि कुसुम नेपाली , तृतियमा गौरीशंकर मनिलाल मा.वि की  दिक्षाँ दाहालले जितेका छन् । हाईजम्प छात्रा तर्फ प्रथम सोया सुनार, ज्ञानज्योती ई.वो.स्कुल द्धितिय पुजा भुजेल, भुमेश्वर मा.वि  तृतिय करुण कुमाइ ,उदय मा।वि साथै छात्र तर्फ प्रथम अमन नेपाली , महेन्द्र मा.वि द्धितिय  सुजन बुढाथोकी, निष्पक्ष मा.वि र  तृतिय शारदामा विका  निसान परियार भएका छन् । मंसिर २५ गतेदेखि सुुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित  देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

काठमाडौं:  अर्जेन्टिना र क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ । यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन ।

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि नजिक पुग्न आज अर्जेन्टिना र क्रोएसिया पहिलो सेमिफाइनल खेल्दैछ ।   कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले र क्रोएसियाका लागि लुका मोड्रिचले कप्तानी सम्हाल्नेछन् ।     अर्जेन्टिनाले यसअघि क्रोएसियासँग पाँच पटक भिडिसकेको छ । अर्जेन्टिना यसपटकपनि क्रोएसियालाई पारजित गर्दै विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले यसअघि दुई पटक विश्वकप जितिसकेको छ ।   सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले  यसपटक विश्वकपको उचाल्ने योजनामा छ ।  अहिलेसम्म क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।   यसअघि समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।

पोखराः   १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर र प्लस टु तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।  निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, प्लस टु तर्फ भलिबल र बास्केबल तथा एथलेटिक्सका खेलहरु जारी रहेका हुन् ।    भलिबल छात्र मावि र प्लस टु तर्फका खेल जारी   प्याब्सन स्पोर्टस मिट अन्तर्गत मंगलबार मावि तहतर्फ क्वाटर फाइनल र प्लस टु (कक्षा ११–१२) तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएको भलिबल खेलका संयोजक नविन बरालले बताए ु मवि छात्रतर्फ भएको खेलमा रेन्वोले डायमण्डलाई २–० ले, ढुङ्गेसाँघुले नेपाल आदर्शलाई २–१ ले, न्यू मोडलले अल्फालाई २–० ले, धौलागिरीले एक्स आर्मीलाई २–० ले पराजित गर्दा एक अर्को खेलमा रेन्वो भने तारापुञ्ज संग २–१ को सेटमा पराजित भएको छ । त्यस्तै वेष्ट पोइन्टले मिलिनियमलाई २–० ले खेल जिते पनि अर्को एक खेलमा भने निलगिरी संग २–१ ले आफ्नो खेल गुमाएको छ । यसै गरी सगरमाथाले सवलाइमलाई २–० को सोझो सेटमा पराजित गरे पनि अर्को एक खेलमा सृजना संग २–० को सोझो सेटमा खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी नेशनल इन्भेन्टिभले हिल पोइन्टले २–० ले पराजित गर्दा विद्या निकेतनले पोखरा स्पाइरललाई वाक ओभर दिएको संयोजक बरालले बताए । यता प्लस टु छात्रतर्फ गुरुकुल, सृजना, टप्स र केफले सेमीफाइनलमा स्थान बनाएका छन् । सम्पन्न खेलमा गुरुकुलले पश्चिमाञ्चललाई २–० ले, सृजनाले हाभर्डलाई २–० ले, टप्सले पोखरा पव्लिकलाई २–० ले केफले माउन्ट अन्न्नपूर्णलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्  सिनियर तथा जुनियर फुटबल: प्रि–क्वाटरका खेल सुरु  १७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सोमबारबाट सिनियर तथा जुनियर फुटबलतर्फ प्रिक्वाटरका प्रतिष्पर्धाहरु सुरु भएको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।  सिनियरतर्फ गौरीशंकर खेल मैदान हेम्जामा सम्पन्न खेलमा रेन्वोले डायमण्डलाई १–० ले, हिल पोइन्टले मेरी गोल्डलाई २–१ ले, शान्तीदिपले ग्लोबललाई ५–० को भारी गोल अन्तरले पराजित गर्दा पोखरा पब्लिकले मेट्रोपोलिटानले ६–१ ले पराजित गर्न सफल भएको छ । त्यसैगरी स्नो भ्यूले सृजनालाई ३–१, बाल विद्याले विद्या निकेतनलाई २–० ले पराजित गरेका छन् । दुई खेलको नतिजा भने टाइव्रेकरमा आएको छ । शिसु कल्याणले शान्ती निकुञ्जलाई ४–२ ले पाखा लगाएको छ भने एक अर्को खेलमा बालोदयले पोखरा एकेडेमीलाई ७–६ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै खेल बराबरीमा सकिएको थियो ।  नेपाल आदर्शको खेल मैदानमा सम्पन्न खेलमा इडेनले हिल पोइन्टलाई १–० ले, भ्यू पोइन्टले बाल विद्यालाई ३–० ले पराजित गर्दा दुई खेल भने टाइ व्रेकरमा सम्पन्न भएछन् । मनकामना र एक्स आर्मी विचको खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टाइ व्रेकरमा मनकामनाले ३–२ ले खेल जित्यो भने त्यसतै कुमुदिनी र केफ विचको खेल समेत १–१ गोलको बराबरीमा सकिए पछि टाइव्रेकरमा कुमुदिनीले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।  यता शान्तीदिप खेल मैदानमा भएको जुनियरतर्फको खेलमा मेट्रोपोलिटानले टाइ व्रेकरमा ६–५ ले जित दर्ता गर्दा बेसलाइनले पारामाउण्टलाई ३–१ ले, रेन्वोले गुरुकुललाई ६–५ ले टाइ व्रेकरमा जित हासिल गरेको छ । आज कै भएको एक अर्को खेलमा स्नो भ्यूले सगरमाथालाई १–० ले पराजित गरेको छ । प्लस टु बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै पोखरा रंगशालमा जारी प्लस टु छात्र बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा भएको बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् ।  प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा बाल कल्याण, पश्चिमाञ्चल, प्रतिभा र पारामाउण्टले अन्तिम चौथोमा स्थान पक्का गरे । बाल कल्याणले मेरी गोल्डलाई ४५–२८ ले, पश्चिमाञ्चलले सोसल पब्लिकलाई ३२–१० ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई ६३–५९ ले र पारामाउण्टले हाभर्डलाई २४–१९ को स्कोरले पराजित गरेको छ । सेमीफाइनल खेल मंगलबार बिहान बाट सुरु हुने संयोजक गुरुङले जानकारी दिए ।  एथलेटिक्सका प्रतिष्पर्धा जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्स प्लस टु छात्रातर्फ १०० मिटर दौड प्रतिभाकी यूरिका बज्रचार्यले १५ः७ सेकेण्डमा दुरी पार गर्दै जितेकी छन् । त्यस्तै स्नो भ्यूकी अपेक्षा कार्कीले १५ः८८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा बाल कल्याणकी सुदिक्षा घलेले १५ः१९ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल भइन् । मावि तह छात्र शटपुटतर्फ अल्फाका अमित चन्द्र पहिलो हुँदा फेवा पब्लिकका अनिश बिक दोश्रो र न्यू मिलेनियमका रामोन गुरुङ तेश्रो भएका छन् । त्यसै गरी लङ जम्पतर्फ न्यू मोडलका कुमार मल्ल पहिलो भए भने लिटिल स्टेपका मिलन नेपाली दोश्रो र डायमण्डका बन्दन थापा तेश्रो भए ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।   

काठमाडौं:  २८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।   ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।   सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए । 

काठमाडौं:  पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले देशको लागि विश्वकप जित्ने ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् । ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’ उनले अगाडि भनेका छन्, ‘मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’ ‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैं महान खेलाडीहरूको साथ र लाखौं पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् । रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडीसँगै सर्वाधिक गोलकर्तासमेत हुन् । उनी पोर्चुगलका लागि मात्रै नभई राष्ट्रिय टोलीबाट पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यस विश्वकपमा रोनोल्डोले एक गोल मात्रै सफल भए । उनले पाँचपटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।

पोखराः   निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।  पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिए । उनले भने–‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिंदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने संगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’ मुलुकको अग्रगामी बिकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै, विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले औंल्याए । शिक्षा संगै शिपको विकास र अध्ययन लाई रोजगार संग जोड्नु पर्ने बताउँदै मन्त्री पौडेलले भोलीका कर्णधारहरुको भविष्य सुनिष्चित गर्न तिनै तह गर्न शिक्षण पद्धतीलाई सुधार गर्नु पर्ने बताए । उनले भने–‘शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्य छ ।’  शिक्षण संस्थाहरुमा तालावन्दी गर्ने र बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भिर भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सबै नगरिकहरु जिम्मेवार भए नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न पनि उनले जोड दिंदै उनले नेपाली शिक्षण संस्था विरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गन समेत आग्रह गरे । ‘सबै मिलेर नै नेपालको शिक्षामा सुधार ल्याउन सकिन्छ त्यसका लागि सबै निजी शिक्षण संस्थाहरु समेत एक जुट भएर अघि बढ्न म आह्वान गर्दछु’, उनले भने ।  प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा, गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद बेद बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताएका थिए ।  उद्घाटन अवसरमा कास्की प्याब्सन संग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसै गरी मेरी गोल्ड दोश्रो, पोखरा लनर्स तेश्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्द्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।  आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरी होम बहादुर अधिकारी द्वितिय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितिय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए ।  एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद बेद बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पव्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल भएको छ ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।