काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । ...

पोखरा : कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् ।    सुर्यचन्द्र विकास समाज, पोखरा–५ को आयोजनामा शनिवारबाट मालेपाटनमा शुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन् ।   अन्र्तराष्ट्रिय स्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचनको प्रसङ्ग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफुले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिलाउन फेरि आफुलाई विजयी गराउन उनको आग्रह छ ।   कार्यक्रममा बोल्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए । वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभुमि भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उल्लेख गरे ।    कार्यक्रम आयोजक संस्था सुर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तीन दिन सम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता रहेको छ । 

  लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राख्नुभएको थियो । भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टा छुट्टै समूहमा खेलाईएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ । १४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहले  कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो । छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ । यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ्ग प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् । प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ्ग उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० ए का एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ टोनिज गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका संञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् । प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा मनिष क्षेत्री र सुमन गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो । समापन कार्यक्रममा गण्डकी विश्व विद्यालयका खेलकुद संयोजक डा.मधुसुधन सुबेदी, डाईरेक्टर अफ रिर्सच सेन्टरका डा. राजकुमार थापा, वडा नं. २७ की वडा सदस्य बुद्घिमाया गुरुङ्ग + २ संयोजक शिव प्रसाद लामिछाने लगाएतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएको मा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक नारायण प्रसाद वाग्ले ले गर्नु भएको थियो ।

  पोखरा । छैठौं  ल्यमा पुछ को तेस्रो रनिङशिल्ड प्रतियोगिता शुक्रबार बाट शुरु भएको छ ।  महेन्द्रपुल ल्यमा पुचको अयोजनामा भएको प्रतियोगिता आगामि आइतबार सम्म चल्ने कार्यक्रम संयोजक रबिन मान्नधरले जानकारी दिनुभयो ।  बिफिट फुटसल पोखरा ४ गणेशटोलमा जारी खेलमा १६ टिमको सहभागिता मा १३ वटा ल्मापुच टोलिको सहभागिता रहेको मान्नधरले बताउनुभयो ।  कार्यक्रममा शुक्रबार पहिलो लिग चरण खेलहरु भएका छन् । प्रतियोगिता अन्तरर्गत शुक्रवार ७ ओटा खेलहरु भएका छन् । महेन्द्रपुल लामा पुचकाका अध्यक्ष बिकल शाहिले भिन्तुनाको अवसर पारेर भाइचाराको सम्बन्ध बनाउन खेल आयोजना गरिएको जनाउनुभयो ।  पोखरा महानगरपालिका वडा नम्बर ९को वडा अध्यक्ष दिपेन्द्र मर्सानिले खेलकुदको माध्यम बाट नेवार समुदायम आपसि मित्रता बढाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा ल्यमा पुच कास्कीका मधुसुधन जोशि लगाएतले नेवारी सस्कृति र खेलकुदको महत्वको बिषयमा बोल्नुभएको थियो ।  खेलमा लिगं चरण र नकाउट चरणका खेलहरु हुने छन् । प्रतियोगिताको बिजेताले रुपैंया ४० हजार,दोस्रो २० हजार , तेस्रो १० हजार क्रमस ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।  

पोखरा: पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगर (सुशान्त) ले कास्य पदक जितेका छन् ।   रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशका गाहामगरले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशको तर्फबाट टिम इभेन्ट तर्फ कास्य पदक जितेका हुन् ।   गाहामगरले अनुभवी खेलाडी धन बहादुर घलेलाई पहलिो सेट १४–१२ को अंकसहित सँघर्षपूर्ण जित निकाले ।   दोस्रो सेटमा गाहामगरले खेललाई सुधार्दै ११–८ मा र अन्तिम सेट ११–६ मा पराजित गर्दै लुम्बिनी प्रदेशलाई टिम इभेन्टतर्फ कास्य पदक दिलाएका हुन् ।   कास्य जितेका गाहामगर एबिसी टेलिभिजनका पोखरा संवाददाता समेत हुन् ।   सो खेल अघि लुम्बिनीकै ज्ञानु बहादुर चौधरीले प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।   लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी र गाहामगरसँगै सुदिप सिं रहेका थिए । उक्त खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशबाट ७ जना महिला र २५ जना पुरुष गरि कुल ३२ जना राष्ट्रिय खेलाडीको सहभागिता रहेको थियो ।

पोखरा : दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।    नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे ।   यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।   नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी समापन समारोहका प्रमुख अतिथी  प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो ।   समापन समारोहका विच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङ्गका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।   औपचारिक रुपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध साँस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।

पोखरा :  विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ ।   ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिक पुरा गरेको हो ।    आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।   ६४ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लब तेश्रो भएको छ ।    घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्य पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा थौचो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।    प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।   मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो । सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाण्डौंमा भएको थियो ।   

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ ।    पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।    एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउँ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् ।    एपीएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो ।  आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे ।  आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । आर्मीले रजतमै चित्त बुझायो ।  त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखेपनि गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा दिनेश हेनजनको क्रसलाई नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरियो ।  १४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गरेपनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नविन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे ।  ३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गल्ति गर्दा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकीक प्रहार सोझैँ गोलरक्षक विकेश कुथुको हातमा पुग्यो ।    ४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेपनि एपीएफका विकु तामाङले नविनलाई पास दिएपनि गोलगर्नबाट चुक्यो । नविनले  नियन्त्रणमा लिदैँ प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको संकट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे ।   ६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा स्वेहाङ आङ्गदेम्बेको होभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो ।  ७२ औं मिनेट आवास लामिछानेको पासमा प्रदिप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ७८ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच केहि विवाद भएपछि आर्मीका परिवर्तित खेलाडी पदम तामाङ र एपिएफका प्रदिप लामाले रातो कार्ड पाए । त्यसपछि दुवैटिम १०÷१० खेलाडीमा सिमित हुन पुगे । ८४ औं मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपीएफका गोलरक्षक राजु निकै अघि बढि किल्यर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सिमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिएपनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो ।    निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त ग¥यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए ।    आर्मीले  यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ ।   

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।     महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो ।   राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो ।  पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।  

पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ ।   आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई  ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए ।    त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।    त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् ।   पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।   यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए ।   सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।