पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

काठमाडौंः:  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २७६ रनको लक्ष्य पाएको छ । टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे । ओपनरद्वय लो–हान्ड्री लोरेन्स र डिभान ला कक क्रमशः १४ र १८ रनमा आउट भए । तेस्रो विकेटका लागि कप्तान गेरहार्ड र माइकलले ९९ रनको साझेदारी गरे । कप्तान गेरहार्ड इरामुसले ७६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । तेस्रो क्रममा आएका माइकल र पाँचौ ब्याटर जान निकोलले ९० रनको साझेदारी गरे । जान ३२ बल खेल्दै ४० रन बनाउँदै ललित राजवंशीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच भए । छैटौं ब्याटर जे जे स्मिथ ५ बल खेल्दै २ रनमा कुशल भुर्तेलको हातबाट क्याच भए । जेन ग्रिन १० बलमा ९ रन बनाई ललित राजवंशीको बलमा आशिफ शेखबाट क्याच भए । नेपालका लागि स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस प्रतियोगितामा २ विकेट लिए । दोस्रो विकेटसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । सागर ढकालले १ विकेट लिए ।

काठमाडौं:   एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पोल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले र पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । यस्तै क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र मोरक्कोले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको छ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।  दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

 काठमाडौं:  पोर्चुगिज युवा स्टार गोन्कालो रामोस फिफा विश्वकप कतार २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गर्दै उनी यस विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै युवा स्टार रामोसलाई खेलाएर जोखिम मोलेका थिए । तर, त्यो जोखिमलाई उनले आँफुलाई प्रमाणित गरिदिए । रोनाल्डोको स्थानमा पहिलो रोजाईमा खेलेका रामोसले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले विश्वकपमा स्वीजरल्याण्डविरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् । पोर्चुगलको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका उनले १७ नोभेम्वर २०२२ मा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले चार खेलमा चार गोल गरिसकेका छन् । यसअघि इक्वेडरका एनर भ्यालेन्सिया, इंग्ल्यान्डका बुकायो साका, इरानका मेहेदी तारेमी, फ्रान्सका ओलिभर जिरुड, स्पेनका फेरान टोरेस, ब्राजिलका रिचार्लीसन, फ्रान्सका केलियन एमबाप्पे, क्रोएसियाका एन्डरेज क्रामारिच, दक्षिण कोरियाका गुई सुङ चो, घानाका मोहम्मेद कुडुस, पोर्चुगलका ब्रुनो फर्नान्डेस, इंग्ल्यान्डका मार्कस रासफोर्ड, जर्मनीका काई हाभर्टज र उरुग्वेका जिओरजियन डि एरासकाइटाले एकै खेलमा दुई गोल गरेपनि ह्याट्रिक गर्न सकेका थिएनन् ।

काठमाडौं:  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ । नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

पोखराः    अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजन विगतका वर्षझै यसपटक पनि प्रा.डा. भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए । विगत १६ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य, वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् ।   आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो । यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी हुँदै फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ । आज हुने दुवै खेलको विजेता क्वाटरपाइनलमा आमने–सामने हुनेछन् । अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम आठ अर्थात क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

काठमाडौंः   विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एकरएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

पोखराः   क्रोएसियाले टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको छ ।   गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ‌। सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए । मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।    हाम्रो खेलकुद

पोखराः  प्याब्सन कास्कीको आयोजनामा भोलिदेखि ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने १७ औं प्याब्सन स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ ।  मंसिर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) प्याब्सन कास्कीले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका छात्र, छात्रा सिनियर, जुनियर फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट्स मिटका संयोजक उमा लामिछानेले बताए । उनका अनुसार कक्षा ११ र १२ का छात्र, छात्राबिच भलिबल, बास्केटबल र एथेलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।  १७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व प्याब्सन कास्कीले आयोजना गरेको विविध प्रतियोगिता मध्ये सिनियर देखि जुनियरसम्म फुटबलमा सबैभन्दा बढी विद्यालयमा सहभागिता जनाएका छन् ।  कक्षा १ देखि १० सम्मे सिनियर फुटबलमा ६९ विद्यालय, जुनियर तर्फ ५६ विद्यालयले सहभागिता रहेको छ । यस्तै भलिबल तर्फ छात्र तर्फ १८ विद्यालय र छात्रा तर्फ १९  विद्यालयले सहभागिता हुनेछन् ।  टेबलटेनिसतर्फ तर्फ सिंगलतर्फ छात्र ४१, छात्रा १९ र डवलतर्फ छात्र ३९, छात्रा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । एथेलेटिक्स तर्फ छात्र ६५ र छात्रा तर्फ ५३ विद्यालयले सहभागिता रहेको छ । यस्तै कक्षा ११ र १२ को भलिबल छात्र तर्फ १६ र छात्रा तर्फ ८ विद्यालय र बास्केटबल तर्फ छात्रतर्फ १७ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको छ ।  १७ औं प्याब्सन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन पुष २५ देखि सुरु हुने भएपनि सिनियर तथा जुनियर तर्फको फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा सञ्चालन हुनेछ ।  १७ औं प्याब्सन स्पोर्ट्स मिटमा ९० बढी निजि विद्यालयका  ७ हजार बढी विद्यार्थीहरुले विभिन्न विधाका प्रतियोगिताहरुमा प्रतिपस्र्धा गर्नेछन् भने ११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनले २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ ।