पोखराः १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर र प्लस टु तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, प्लस टु तर्फ भलिबल र बास्केबल तथा एथलेटिक्सका खेलहरु जारी रहेका हुन् । भलिबल छात्र मावि र प्लस टु तर्फका खेल जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत मंगलबार मावि तहतर्फ क्वाटर फाइनल र प्लस टु (कक्षा ११–१२) तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएको भलिबल खेलका संयोजक नविन बरालले बताए ु मवि छात्रतर्फ भएको खेलमा रेन्वोले डायमण्डलाई २–० ले, ढुङ्गेसाँघुले नेपाल आदर्शलाई २–१ ले, न्यू मोडलले अल्फालाई २–० ले, धौलागिरीले एक्स आर्मीलाई २–० ले पराजित गर्दा एक अर्को खेलमा रेन्वो भने तारापुञ्ज संग २–१ को सेटमा पराजित भएको छ । त्यस्तै वेष्ट पोइन्टले मिलिनियमलाई २–० ले खेल जिते पनि अर्को एक खेलमा भने निलगिरी संग २–१ ले आफ्नो खेल गुमाएको छ । यसै गरी सगरमाथाले सवलाइमलाई २–० को सोझो सेटमा पराजित गरे पनि अर्को एक खेलमा सृजना संग २–० को सोझो सेटमा खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी नेशनल इन्भेन्टिभले हिल पोइन्टले २–० ले पराजित गर्दा विद्या निकेतनले पोखरा स्पाइरललाई वाक ओभर दिएको संयोजक बरालले बताए । यता प्लस टु छात्रतर्फ गुरुकुल, सृजना, टप्स र केफले सेमीफाइनलमा स्थान बनाएका छन् । सम्पन्न खेलमा गुरुकुलले पश्चिमाञ्चललाई २–० ले, सृजनाले हाभर्डलाई २–० ले, टप्सले पोखरा पव्लिकलाई २–० ले केफले माउन्ट अन्न्नपूर्णलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् सिनियर तथा जुनियर फुटबल: प्रि–क्वाटरका खेल सुरु १७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सोमबारबाट सिनियर तथा जुनियर फुटबलतर्फ प्रिक्वाटरका प्रतिष्पर्धाहरु सुरु भएको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । सिनियरतर्फ गौरीशंकर खेल मैदान हेम्जामा सम्पन्न खेलमा रेन्वोले डायमण्डलाई १–० ले, हिल पोइन्टले मेरी गोल्डलाई २–१ ले, शान्तीदिपले ग्लोबललाई ५–० को भारी गोल अन्तरले पराजित गर्दा पोखरा पब्लिकले मेट्रोपोलिटानले ६–१ ले पराजित गर्न सफल भएको छ । त्यसैगरी स्नो भ्यूले सृजनालाई ३–१, बाल विद्याले विद्या निकेतनलाई २–० ले पराजित गरेका छन् । दुई खेलको नतिजा भने टाइव्रेकरमा आएको छ । शिसु कल्याणले शान्ती निकुञ्जलाई ४–२ ले पाखा लगाएको छ भने एक अर्को खेलमा बालोदयले पोखरा एकेडेमीलाई ७–६ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै खेल बराबरीमा सकिएको थियो । नेपाल आदर्शको खेल मैदानमा सम्पन्न खेलमा इडेनले हिल पोइन्टलाई १–० ले, भ्यू पोइन्टले बाल विद्यालाई ३–० ले पराजित गर्दा दुई खेल भने टाइ व्रेकरमा सम्पन्न भएछन् । मनकामना र एक्स आर्मी विचको खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टाइ व्रेकरमा मनकामनाले ३–२ ले खेल जित्यो भने त्यसतै कुमुदिनी र केफ विचको खेल समेत १–१ गोलको बराबरीमा सकिए पछि टाइव्रेकरमा कुमुदिनीले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । यता शान्तीदिप खेल मैदानमा भएको जुनियरतर्फको खेलमा मेट्रोपोलिटानले टाइ व्रेकरमा ६–५ ले जित दर्ता गर्दा बेसलाइनले पारामाउण्टलाई ३–१ ले, रेन्वोले गुरुकुललाई ६–५ ले टाइ व्रेकरमा जित हासिल गरेको छ । आज कै भएको एक अर्को खेलमा स्नो भ्यूले सगरमाथालाई १–० ले पराजित गरेको छ । प्लस टु बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै पोखरा रंगशालमा जारी प्लस टु छात्र बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा भएको बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा बाल कल्याण, पश्चिमाञ्चल, प्रतिभा र पारामाउण्टले अन्तिम चौथोमा स्थान पक्का गरे । बाल कल्याणले मेरी गोल्डलाई ४५–२८ ले, पश्चिमाञ्चलले सोसल पब्लिकलाई ३२–१० ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई ६३–५९ ले र पारामाउण्टले हाभर्डलाई २४–१९ को स्कोरले पराजित गरेको छ । सेमीफाइनल खेल मंगलबार बिहान बाट सुरु हुने संयोजक गुरुङले जानकारी दिए । एथलेटिक्सका प्रतिष्पर्धा जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्स प्लस टु छात्रातर्फ १०० मिटर दौड प्रतिभाकी यूरिका बज्रचार्यले १५ः७ सेकेण्डमा दुरी पार गर्दै जितेकी छन् । त्यस्तै स्नो भ्यूकी अपेक्षा कार्कीले १५ः८८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा बाल कल्याणकी सुदिक्षा घलेले १५ः१९ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल भइन् । मावि तह छात्र शटपुटतर्फ अल्फाका अमित चन्द्र पहिलो हुँदा फेवा पब्लिकका अनिश बिक दोश्रो र न्यू मिलेनियमका रामोन गुरुङ तेश्रो भएका छन् । त्यसै गरी लङ जम्पतर्फ न्यू मोडलका कुमार मल्ल पहिलो भए भने लिटिल स्टेपका मिलन नेपाली दोश्रो र डायमण्डका बन्दन थापा तेश्रो भए । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।
काठमाडौं: २८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् । सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए ।
काठमाडौं: पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले देशको लागि विश्वकप जित्ने ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् । ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’ उनले अगाडि भनेका छन्, ‘मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’ ‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैं महान खेलाडीहरूको साथ र लाखौं पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् । रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडीसँगै सर्वाधिक गोलकर्तासमेत हुन् । उनी पोर्चुगलका लागि मात्रै नभई राष्ट्रिय टोलीबाट पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यस विश्वकपमा रोनोल्डोले एक गोल मात्रै सफल भए । उनले पाँचपटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।
पोखराः निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ । पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिए । उनले भने–‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिंदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने संगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’ मुलुकको अग्रगामी बिकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै, विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले औंल्याए । शिक्षा संगै शिपको विकास र अध्ययन लाई रोजगार संग जोड्नु पर्ने बताउँदै मन्त्री पौडेलले भोलीका कर्णधारहरुको भविष्य सुनिष्चित गर्न तिनै तह गर्न शिक्षण पद्धतीलाई सुधार गर्नु पर्ने बताए । उनले भने–‘शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्य छ ।’ शिक्षण संस्थाहरुमा तालावन्दी गर्ने र बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भिर भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सबै नगरिकहरु जिम्मेवार भए नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न पनि उनले जोड दिंदै उनले नेपाली शिक्षण संस्था विरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गन समेत आग्रह गरे । ‘सबै मिलेर नै नेपालको शिक्षामा सुधार ल्याउन सकिन्छ त्यसका लागि सबै निजी शिक्षण संस्थाहरु समेत एक जुट भएर अघि बढ्न म आह्वान गर्दछु’, उनले भने । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा, गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद बेद बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताएका थिए । उद्घाटन अवसरमा कास्की प्याब्सन संग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसै गरी मेरी गोल्ड दोश्रो, पोखरा लनर्स तेश्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्द्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरी होम बहादुर अधिकारी द्वितिय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितिय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए । एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद बेद बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पव्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल भएको छ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
काठमाडौं: नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए । शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् । अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६ औं वरियतामा रहन सफल भए । पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए । महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।
काठमाडौं: फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो । दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुनःअग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुनः पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन । खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए । फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे । २९ औं मिनेटमा लोरिस पुनः बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन । दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ७८ औं मिनेटमा फ्रान्सले पुनः अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो । ८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।
पोखराः पोर्चुगललाई पराजित गर्दै अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १(० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए। शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १(० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि उनको प्रभाव दोस्रो हाफमा पोर्चुगलको टिममा देख्न सकिएन। मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए। मोरक्कोविरुद्ध खेलेसँगै रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरे। कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका हुन्। खेलको अन्त्यतिर मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। मोरक्कोका चेडिरा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स वा इंग्ल्यान्डमध्ये एक टिमसँग भिड्नेछ। फ्रान्स र इंग्ल्यान्ड अन्तिम क्वार्टरफाइनलको खेलमा भिड्दैछन्।
पोखराः ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी रहेको छ भने प्लस–टु (कक्षा ११–१२)तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिताहरु सुरु भएका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन पनि सिनियर र जुनियर फुटबलतर्फका २० खेल सम्पन्न भएका हुन् । पोखराका तिन छुट्टा–छुट्टै खेल मैदानमा सञ्चालन सिनियरतर्फ र जुनियरतर्फ प्रि–क्वाटरका खेलहरु सञ्चालन भइरहेको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद र्पौडेलले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियर फुटबलतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा हिल पोइन्ट, ग्लोबल, शान्ती दिप, पोखरा पब्लिक र मेट्रोपोलिटियन विजयी भएका छन् । खेलमा हिल पोइन्टले हिमाञ्चललाई ४–० गोलले पराजित गर्दा ग्लोबलले भ्यू पोइन्टलाई १–० र पोखरा पब्लिकले तारा कुञ्जलाई ७–१ को भारी गोल अन्तरले पराजित गरेको छ । एक अर्को खेलमा शान्ती दिपले टप्सलाई टाइव्रेकरमा ४–२ ले पाखा लगाएको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । अर्को एक खेलमा मेट्रोपोलिटियनले स्टेप बाई स्टेपलाई २–० ले पराजित गरेको फुटबल संयोजक जगत थापाले जनाए । सिनियर फुटबलतर्फनै बालविद्याले पोखरा युनाइटेडलाई २–० ले, विद्या निकेतनले सरस्वतीलाई २–१ ले, पोखरा एकेडेमीले गोल्डन नेचरलाई ४–० ले बालोदयले बाल प्रभातलाई २–१ ले, शान्तीकुञ्जले हिमालयनलाई १–० ले पराजित गरेको छ । एक अर्को खेलमा शिसु कल्याणले एक्स आर्मीलाई टाइ व्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए । यता शान्ती दिप खेल मैदानमा जुनियरतर्फको खेलमा पारामाउण्टले सोसियल पव्लिकलाई १–० ले, गुरुकुलले प्रगतीलाई ३–२ ले, गुरुकुलले पिएलएलाई ५–० ले, सगरमाथाले भाष्करलाई १–० ले र स्नो भ्यूले ग्लोबललाई २–१ ले पराजित गरेको छ । बास्केटबल प्लस–टु तर्फ छात्रको खेल सुरु प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल सम्पन्न भएको प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् । बास्केटबलको उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिष्पर्धात्मक खेलमा टप्स मावीलाई ३६–३३ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले, माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिष्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेको छ । यस अघि बास्केटबल खेलको उद्घाटन प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङले गरेका थिए । छात्रा भलिबल सुरु प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ । प्लस टु छात्रातर्फ भलिबलमा कूल ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले, करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् । त्यस्तै मावि कक्षा ११–१२ तर्फ सम्पन्न खेलमा रेन्वो एकेडेमी, टप्स मावि, नेपाल आदर्श आज नै सम्पन्न आ–आफ्नो २–२ खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । त्यस्तै एक खेलमा जित एक खेलमा पराजित हुँदै न्यू मोडल बाहिरिएको छ भने डायमण्ड, स्टेप बाई स्टेप र तारा कुञ्ज, धौलागिरी र नेशनल इन्भेन्टिभले एक–एक खेल जित्दै दोश्रो चरणको यात्रा सुरक्षित गरेका छन् । उक्त भलिबल खेलको प्याव्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा र पूर्व केन्द्रिय उपाध्यक्ष रत्नमान गुरुङले एकै समयमा दुई वटा कोर्टमा सुरु भएको दुई छुट्टा–छुट्टै खेलको उद्घाटन गरेका थिए । यस अघि १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले बल प्रतियोगिताका संयोजकलाई हस्तान्तरण गरेकी थिइन् । १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रम अपरान्ह ११ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
पोखराः प्याब्सन कास्की र पोखराका पत्रकारबीच भएको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । शनिबार पोखरा रंगशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) कास्की र पोखराका पत्रकारबिच भएको खेल ६/६ को बराबरी सकिएको हो । प्याब्सनका लागि अन्जन अधिकारीले ह्याट्रिक गर्दा रोशन लिम्बु र रविन कार्कीले १/१ गोल गरे । पत्रकार टिमबाट निकोलस गुरुङले ह्याट्रिक गर्दा सुरज श्रेष्ठ, बसन्त शेर्पा र प्रविन मगरले १/१ गोल गरे ।

