पोखरा: पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु भएको छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु उक्त प्रतियोगिताको खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले प्रतियोगिता निर्देशक अजय विष्टलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव पौडेलले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धी हाँसिल गरेको बताए । टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुको उत्साहलेनै यस्तो सम्भवन भएको पौडेलको भनाई थियो । खेल विकासका लागि भौतिक पूर्वाधार महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै प्रदेश सरकारले यसका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्नेमा पौडेलले जोड दिए । समारोहमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासंगै उत्कृष्ट खेलाडीहरु समेत उत्पादन गरेको भन्दै खुसि व्यक्त गरे । नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफुले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे । आयोजक संघ कास्कीका अध्यक्षले प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको जानकारी दिए । प्रतियोगिताकै दोश्रो सर्किटमा पनि झण्डै यतिनै खेलाडीको सहभागिता रहने अपेक्षा प्रकट गर्दै टेनिसले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको जनाए । यस्ता प्रतियोगिताहरुको प्रवद्र्धनमा महानगर तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने गुरुङ्गको भनाई थियो । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुनेछ । यसैविच प्रतियोगिताको उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजबिर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे । पहिलो दिनका अन्य खेलहरुमा भारतका सिद्धान्त सर्माले कोरियाका जिवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरेका छन् ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए । यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्ष पछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा वुझाउन आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनावद्ध कार्यक्रमले नै स्थापनको छोटो अवधिमा नै परिषदले सफलताका साथ आफ्ना योजनाहरु अघि बढाएको बताए । उनको सामिप्यताले खेलकुदमा उत्साह जागेको बताउँदै संस्थापक सदस्य सचिव गुरुङका योजनाहरु कार्यान्वयन गरे परिषदले अझै उचाई प्राप्त गर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरे । परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले सहि व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई विर्सन नहुने बताए । परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको विदाई कार्यक्रममा परिषदका कार्यकारी सदस्य, वोर्ड सदस्यहरु, सल्लाहकारहरु, कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । परिषदले आगामी १८ गते पोखरा रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको हो । सो सम्मान कार्यक्रमका लागि परिषद्ले करिब ४० लाख बजेट छुट्याएको छ । प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलका अनुसार खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म ३९ वर्षपछि गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जितेको थियो । परिषद्का अनुसार गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलमा ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरि कुल ३२५ खेलाडीलाई सम्मान गर्नेछ । त्यसै गरी पदक विजेता ४६ जना प्रशिक्षक र ३५ जना व्यवस्थापक गरि ८१ जना र सम्बन्धित २८ खेल संघहरुलाईसमेत सम्मान गरिने बताइएको छ ।
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।
पोखराः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताउनुभयो । पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उहाँले जानकारी दिनुभयो । एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताउनुभयो । महोत्सवमा सात हजार खेलाडी प्रतिस्पर्धामा सहभागी बन्ने र लगभग २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव’ ट्रफी र लोगो अनावरण समेत गरिएको थियो । खेल महोत्सवको विविध पक्ष बारे एन प्यावसन कास्कीका सचिव मानकाजी गुरुङ र सह क्रियाकलाप उपसमितिका संयोजक राजु केसीले जानकारी गराएका थिए ।
काठमाडौंः कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेको । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ । ‘खेलकुद एकताको लागि, एकता समृद्धिको लागि’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिका ६स्थित भिंडावारी खेलमैदानमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड आयोजना गरिएको हो । मंसिर २३ र २४ गते सञ्चालन हुने प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सेभेन ए साईड फुटबल प्रतियोतिता, भलिबल, रिले दौड, घैटो फोड, रक्साकस्सी र ठोलो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । २ हजार र १ सय मिटर दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २५सय र २ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । घैटोफोड प्रतियोगितामा प्रथम हुने समूहले २ हजार प्राप्त गर्नेछन् । महिला रस्साकस्सी प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले ६हजार ५ सय र ४ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ वडा भित्रको बसोबास गर्ने परिचयपत्रको आधारमा प्रतियोगितामा सहभागिता जनाउन सकिने र प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए । युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतमले वडाभित्र रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘वडाभित्र रहेका युवाहरुमा आ–आफ्नो प्रतिभा छन्’, उनले भने, ‘युवाहरुको चाहना अनुसार र वडाभित्र छरिएर रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको हो । युवाहरुलाई गलत कार्यमा लाग्नबाट रोक्न खेलकुद र मनोरञ्जनको भुमिका महत्वपूर्ण छ ।’ वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालक समितिका संयोजक सन्देश अधिकारीले जनप्रतिनिधि र युवाहरुलाई एकतामा बाध्न प्रतियोगिता महत्वपूर्ण हुने बताए । ‘प्र्रतियोगिताको पहिलो उद्धेश्य युवाहरुमा एकताको सन्देश प्रवाह हो । जनप्रनिधि र युवाहरुबीच एकताको सन्देश दिन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले भने । वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको संयोजक अधिकारीले बताए । प्रतियोगितामा सहभागिता हुन वडा नम्बर भित्र बसोबास गरेको प्रमाण पेश गर्नुपर्नेछ ।
काठमाडौंः बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।

