पोखरामा पहिरो जाँदा २ घरमा क्षति, दुईजना सामान्य घाइते

पाेखरा | साउन १४, २०८०

पोखरामा पहिरो जाँदा २ घरमा क्षति, दुईजना सामान्य घाइते

पोखरा:   पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ घरमा क्षति पुगेको छ । 


गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने २ जना सामान्य घाइते भएका छन्  । 


पोखरा महानगरपालिका १८ सराङकोट डाँडामा गएराति पहिरो जाँदा मिरुवाका दुई घरमा क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


बैदाम प्रहरीका अनुसार गएराति १२ बजेर ५ मिनेट पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ । 


प्रहरीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्