युनाइटेड क्लबको १४ औँ साधारण सभा सम्पन्न
पाेखरा | असोज १२, २०८०

पोखरा: युनाइटेड क्लब पोखराको १४ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बेद बहादुर गुरुङले युनाइटेड क्लबले राष्ट्रिय स्तरको क्लबको रुपमा काम गरेको बताए ।
युवाहरुद्धारा स्थापित युनाइटेड क्लबले राज्यले गर्न नसकेका कामहरुलाई क्लब स्तरबाटै पहलकदमी थालेर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा चालेको कदमको प्रशंसा गर्दै पोखरा जुलोजिकल पार्क निर्माण सम्पन्न गराउनका लागी आफ्नो ठाउबाट सहयोग गर्ने समेत बताए । त्यसैगरी क्लबले अगाडि सारेको सेती नदी संरक्षणको काममा समेत आफुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै गुरुङले युनाइटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न जरुरी रहेको समेत बताए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपानेले युनाइटेड क्लब नेपालकै उत्कृष्ट क्लब मध्येमा एक रहेको वताउदै क्लबले आयोजना गर्ने जुनसुकै सामाजिक काममा पोखरा महानगरपालिका वडा नम्बर १० को साथ र सहयोग रहने बताउदै सेती नदी संरक्षणमा समेत वडाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालले बख्रेलले युनाइटेड क्लबलाई राष्ट्रिय स्तरको क्लब निर्माणको लागि पहल जारी रहेको बताउदै साहसिक सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा समेत युनाइटेड क्लब अगाडि वढिरहेको र त्यसको नमुना चित्र आगामी १२ औँ पोखरा महोत्सवमा प्रदशनी गर्ने समेत वताए । क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको र उक्त कामहरुलाई आगामी दिनमा अझ गुणस्तरीय बनाउदै लैजाने बताए ।
अमरसिंह माबि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाइटेड क्लब र अमरसिंह मावि बीच संधै हातेमालो गरेर अगाडि बढ्ने बताउदै युनाइटेड क्लबले लेखनाथको अर्चलेमा रहेको जग्गालाई सदुपयोग गरेर अगाडि बढ्न समेत आग्रह गरे । कोइरालाले १२ औँँ पोखरा महोत्सवको सफलताको अग्रीम सुभकामना समेत ब्यक्त गर्दै महोत्सव सफल बनाउन सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गरे । क्लबका सम्पूर्ण सल्लाहकारहरुको तर्फबाट बोल्दै शुसिलराज पराजुलीले क्लबले सुरु गरेको खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्क निर्माणको काम निरन्तर रुपमा अगाडि बढ्न नसकेकाले त्यस तर्फ गण्डकी प्रदेश सरकारले बिशेष ध्यान दिन आवश्यक रहेको बताए ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा अनुरुप चिडियाखाना निर्माण हुनुपर्छ भनेर अगाडि बढिरहदा हाल आएर बन्द चिडियाखाना बनाउन खोजिएको होकी भन्ने शंका उत्पन्न भएको बताए । सेती नदी संरक्षणमा महानगर र वडाले सहकार्य गर्न आवश्यक रहेको बताउदै युनाइटेड क्लबको सफलतामा अमरसिंह माविको उल्लेखनीय भुमिका रहेको समेत बताए ।
कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठ, महासचिव दिनेश सुनार र कोषाध्यक्ष सूर्य बहादुर बानियाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य र सल्लाहकारहरुले ताली बजाएर प्रतिवेदन पारित गरेका थिए । महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...