इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा त्रिशक्ति समाजको दीप प्रज्वलन

पाेखरा | असोज २४, २०८०

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा त्रिशक्ति समाजको दीप प्रज्वलन

पोखरा:  इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरा १ सिमपानीमा श्रदाञ्जली सभासँगै दीप प्रज्वलन गरिएको छ ।

 

पोखरामा त्रियाशिल स्थानीय त्रिशक्ति समाज सेवा क्लबले मृतक आत्माको चीर शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो । 

 

‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका नेपाली १० विद्यार्थीको मृत्यु भएको थियो ।  

 

मृत्यु हुनेहरुमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशीष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । 

 

१७ जनाको समूहमा रहेका उनीहरु मध्ये १ बेपत्ता, ४ घाइते छन् भन् २ जना सकुसल रहेका छन् । 

 

मृत आत्मा शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप बालेको क्लबका सहसचिव प्रविण सुवेदीले बताए ।

 

‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल रहेका १० जना नेपालीको निधनले देश शोकमा डुबेको छ । उहाँहरुको सम्मान र सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं, उनले भने, ‘मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । 

 

सो कार्यक्रममा क्लबका कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्