भारतीय चर्चित गायक रितो रिबा पोखरा आउँदै, आइतबार क्याटवाकमा लाइभ कन्सर्ट
पाेखरा | असोज २५, २०८०

पोखरा: भारतीय चर्चित गायक रितो रिबा असोज २८ गते घटस्थापनाको दिन पोखरा आउने भएका छन् ।
पोखराको प्रतिक इभेन्ट र काठमाडौंको टौवा क्रियशनले गायक रिबालाई ल्याउन लागेको हो । लेकसाइड स्थित क्यार्टवार्कमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् ।
असोज २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्ट पछि असोज २८ गते आइतबार पोखरामा रिबाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक प्रतिक इभेन्टका प्रतिक सुनारले जानकारी गराए । उनका अनुसार प्रीबुकिङका लागि टिकट खुल्ला गरिएको छ ।
इसेवा मार्फत पनि सर्वसाधारणले टिकट खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । कन्सर्टका दिन राति १० बजे डोर ओपन हुने र रिबाले ११ः३० बजे प्रस्तुती दिने प्रतिकले बताए ।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । पछिल्लो समय काठमाडौंमा अन्तर्राष्ट्रिय कलाकार आइरहँदा पोखरामा भने कमै आउने गरेका थिए ।
भारतीय गायकहरुको प्रस्तुति पोखरामा कम नै हुनेगथ्र्यो । तर प्रतिक इभेन्ट र टौवा क्रियशनले भने पोखरामा पनि भारतीय कलाकारको प्रस्तुतिको चाँजोपाँजो मिलाएका छन् ।
इन्डियन आइडल १३ मा उत्कृष्ट १५ बाट बाहिरिएका गायक हुन् रितो रिबा ।
उनी बाहिरिए पनि उनको आवाजलाई भने सामाजिक संजालमा निकै रुचाइएको छ । रितो रिबाको ‘तू मेरी हीर’ युटुबमा मिलियन पटक हेरिएको छ । उनका चर्चित गीत ‘इक तुही मेरी बना गी क्या’ चर्चामा छ । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका रिबाले भारतमा सयौं साँगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
काठमाडौं: आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...