प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा
पाेखरा | पुस २९, २०८०
पोखरा: प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे ।
उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए ।
अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।
क्लबका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए ।
यसैबीच साधारण सभाको बन्द सत्रमा क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ ।
साधारणसभाले भावि कार्यक्रम पारित गर्दै क्लब दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेको अध्यक्ष एकराज गिरीले बताए । समाजका महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

