फलोअप: जीप चालक थापाको मृत्यु
घाइते द्वय वृद्धाभत्ता लिन पाेखरा झरेका थिए
पाेखरा | माघ १०, २०८०
पोखरा: पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा घाइते भएका चालक कृष्ण थापाको मृत्यु भएको छ ।
उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका ग्यारजातीका ४९ वर्षीय थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका हुन् ।
आज बिहान करिब सवा ९ बजेतिर पोखरा झर्दै गरेको दुध बोकेको ग ३ च २६०३ नम्बरको बोरेलो जीप सडकबाट करिब २० फिट तल खसेको थियो ।
मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।
दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको बताउदै खतरामुक्त भएको कास्की प्रहरीले जनाएको छ ।
घाइते द्वय वृद्धा भत्ता लिन पोखरा आएको बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

