व्यवसायीक उत्पादनको बजारीकरणका लागि पोखरा १४ ले महोत्सव गर्ने

वडा भित्रका उत्पादनलाई प्राथमिकता

पाेखरा | माघ २१, २०८०

व्यवसायीक उत्पादनको बजारीकरणका लागि पोखरा १४ ले महोत्सव गर्ने

पोखरा:    पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । 


पोखरा १४ को वडा कार्यालयमा आज (आइतबार) स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिएको हो । 


महोत्सववारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बोधराज कार्कीले वडामा उत्पादनमा भएका वस्तुहरुको व्यवसायीक बजारीकरण र वडालाई उत्पादनशील क्षेत्रमा जोड दिन महोत्सव आयोजना गरेको बताए । 


‘वडाको कुन टोलमा के उत्पादन हुन्छ, भन्ने जानकारी सबै वडाका टोलवासीलाई थाहा पाउनुपर्छ’,वडाध्यक्ष कार्कीले भने, ‘वडामा उत्पादन भएका कृषि जन्य वस्तु र उत्पादनशील वस्तुहरुको व्यवसायीक बजारीकरण गर्न महोत्सव आयोजना गरेका हौं ।’


दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडामा भएका सबै टोल तथा कृषक, उद्यमीहरुलाई निशुल्क रुपमा स्टल प्रदान गर्ने वडाध्यक्ष कार्कीले जानकारी दिए । 


‘हामीले विभिन्न टोल, कृषक तथा उद्यमीहरुलाई महोत्सवमा निशुल्क रुपमा स्टल उपलब्ध गराउँछौं, उनले भने, ‘महोत्सवमा टोल तथा कृषक उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, उत्पादन  र व्यवसायीक बजारीकरण महोत्सव मुख्य उद्धेश्य हो ।


अन्तरक्रिया कार्यक्रममा स्थानीय लक्ष्मण कार्कीले महोत्सवमा स्थानीय वस्तु र स्थानीय कषकहरुले उत्पादन गरेका वस्तुहरुलाई प्राथमिकता दिन माग गरे । स्थानीय जीवनकुमारी  बराल, शान्ता देवकोटा, राजु थापा लगायतले वडा भित्र नै उत्पादन गरेका विभिन्न किसिमका हस्तकलादेखि उत्पादनहरुले महोत्सवमा प्रर्दशनसँगै व्यवसायीक रुपमा थप हौसला प्रदान गर्ने बताएका छन् । 


स्थानीयहरुले अन्तरक्रिया कार्यक्रममा वडाले विभिन्न शिर्षकमा दिने अनुदान र बजेट वास्तविक कृषक, उद्यमीसम्म पुग्यो कि पुगेन भन्ने विषयले प्राथमिकता पाउने उल्लेख गरेका छन् । स्थानीयहरुले वडाका उत्पादन र कला संस्कृतिलाई महोत्सवमा स्थान दिन माग गरेका छन् । 


अन्तरक्रियामा बोल्ने वक्ताहरुले खेलकुद, कला, संस्कृतिलाई समेत महोत्सवमा जोड्न सुझाव दिएका छन् । 


पोखरा महानगपालिका १४ का वडाध्यक्ष कार्कीले महोत्सव सञ्चालन गर्न करिव २१ लाख रुपैयाँ लाग्ने अनुमान रहेको बताए ।  दुईदिनसम्म पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने महोत्सवमा वडामा उत्पादनका भएका कृषि जन्य वस्तु, सामाग्री, विभिन्न टोल समुहको झाँकी ¥याली लगायत कलाकारहरुको प्रस्तुती रहेने वडा कार्यालयले जनाएको छ ।  
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्