पोखरामा स्कार्पियोे र हाइस एकआपसमा ठोक्किए, ८ जना चिनियाँ नागरिक घाइते
पाेखरा | बैशाख ६, २०८१
पोखरा: पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।
राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १ प ८५५२ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् ।
स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बैदाम प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा हाइसमा भएका १३ जना मध्य ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जनाएको छ ।
स्कार्पियो र हाइस एकआपसमा ठोक्किद राष्ट्र बैंक स्थित पार्किङमा रहेको बा २१ प ११५२ नं को स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कार्पियो र हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

