पोखरामा स्कार्पियोे र हाइस एकआपसमा ठोक्किए, ८ जना चिनियाँ नागरिक घाइते

पाेखरा | बैशाख ६, २०८१

पोखरामा स्कार्पियोे र हाइस एकआपसमा ठोक्किए, ८ जना चिनियाँ नागरिक घाइते

पोखरा:   पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । 


राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १ प ८५५२ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् । 


स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बैदाम प्रहरीले जनाएको छ । 


वडा प्रहरी कार्यालय बैदामका अनुसार स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा हाइसमा भएका १३ जना मध्य ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जनाएको छ । 


स्कार्पियो र हाइस एकआपसमा ठोक्किद राष्ट्र बैंक स्थित पार्किङमा रहेको बा २१ प ११५२ नं को स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

 

दुर्घटनापछि स्कार्पियो र हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्